更新日:2022年4月8日

ここから本文です。

खोप लगाउने बारेको क्रमिकता

बुकिङ गर्ने तरिका

1.खोप लगाउने टिकटपठाईने छ

 

पहिले (पहिलो, दोस्रोपटक) को खोपलगाउनको लागि खोप लगाउने टिकट, रेवा 3 (2021) मार्च अन्तिमबाट क्रमशः, उमेरअनुसार हुलाक द्वारा पठाईएको थियो ।

 

थप खोप (बुस्टर डोज) (तेश्रोपटक)खोप लगाउनको लागि खोप लगाउने टिकट, लक्षित व्यक्तिलाई रेवा 3 (2021) नोवेम्बेरको अन्त्यबाट क्रमशः पठाईने छ । त्यसैले, सेन्दाई सिटि बाहेकको खोप लगाउने टिकटले दोस्रोपटककोखोप लगाएको व्यक्ति वा सेन्दाई सिटिमा दोस्रोपटकको खोप लगाए पछि सिटि बाहिर सरुवाभएका व्यक्तिहरु, लाई चांही खोप लगाउने टिकट प्राप्त गर्नको लागि आवेदनदिनुपर्ने आवश्यक पर्छ ।

यदि खोपलगाउने टिकट प्राप्त नभएको खण्डमा वा हराएको खण्डमा, कलसेंटर(0120-39-5670)मा सम्पर्क गार्नुहोस ।

 

2.खोप लगाउने तरिकाको छनोट

भ्याक्सिन लगाउने कार्यचाँही स्थानीय चिकित्सा संस्थानमा गरिने 「व्यक्तिगत खोप」र ,नागरिक केन्द्र आदि स्थानमा गरिने「सामुदायिक खोप」या「ठुलोस्थरमा लगाउने खोप」मध्ये कुनैमा लगाउन सकिने छ ।

 

3.खोप केन्द्रमा बुकिङ गर्न

「व्यक्तिगत खोप」र「सामुदायिक खोप」,「ठुलोस्थरमा लगाउने खोप」हरुको बुकिङ गर्ने तरिकामा फरक पर्दछ ।

 

व्यक्तिगत खोप

बृस्तित बिबरणको लागि व्यक्तिगत खोप बारेको पेज मा हेर्नुहोला ।

सामुदायिक खोप

बृस्तित बिबरणको लागि सामुदायिक खोप बारेको पेज मा हेर्नुहोला । सामुहिकरुपमा लगाउने खोप चाँही, 12 बर्ष भन्दा माथिका बालबालिका लक्षित गरिएको छ ।

ठुलोस्थरमा लगाउने खोप

बृस्तित बिबरणको लागि ठुलोस्थरमालगाउने खोप बारेको पेज मा हेर्नुहोला । 

 

4.खोप केन्द्रमा खोप लागाउने

खोप लगाउने दिनमा, घरमाआफ्नोशारीरिक अवस्थाको बारेमा विचार गरेर मात्र खोप लगाउने कार्य अगाडि बढाउनुहोस । अनि,ज्वोरो आएको अवस्थामा या शरीर अस्वस्थ रहेको अवस्थामा,खोप लगाउन मिल्दैन ।

5बर्ष देखि 15बर्षको व्यक्तिले खोप लगाउँदाकोखण्डमा,अभिभावक साथै हुन आवश्यक पर्दछ ।

 

उक्त दिन आवस्यक पर्नेवस्तुहरू, निम्न प्रकार छन ।

  • खोप लगाउने टिकट (प्रारम्भिक चिकित्सा जाँच फारम सँग एउटा पानामा संगै जोडीएको छ । प्रारम्भिक चिकित्सा जाँच फारममा पहिलेनै भरेर आफुसँग ल्याउन सक्नुहुन्छ । बिदेशी भाषा संस्करणको अनुबाद(श्रम तथास्वास्थ्य कल्याण मन्त्रालयको होमपेजको लिंक)मा हेर्दै जापानिज भाषाको प्रारम्भिक चिकित्सा जाँच फारममा भर्नुहोस । खोप लगाउने टिकटमा चाँही खोप लगाएको संख्याको छाप लगाएको हुनेहुँदा, आफुले खोप लगाउनु पर्ने संख्या अनुरुपको टिकटलिएर जानुहोस ।)
  • खोप प्रमाणपत्र (फारम) (खोप लगाउने स्थानमा खोप प्रमाणपत्र को रुपमा पेश गर्नको लागिको फारम हो । खोप लगाउने टिकटमा सँगै एकै पानामा गरिएको छ । बुस्टर डोज लगाउने व्यक्तिहरुको लागि चाँही खोप लगाउने टिकट प्रारम्भिक चिकित्सा जाँच फारमको बाँया पट्टीको भाग हो ।)
  • आफ्नो पहिचानप्रमाणित हुने कागजात (रेसिडेन्सकार्ड, ड्राइभिंग लाइसेन्स, स्वास्थ्य बिमा कार्डआदि) 
  • (5 बर्ष पुगेका देखि 11बर्ष सम्मका बालबालिका)बच्चा स्वास्थ्य जाँच रेकड पुस्तिका

 

※ रेवा4 (2022) फेब्रुअरी 28तारिकमा नै, 12बर्ष भन्दा माथिका व्यक्तिहरुका लागि पठाएको पहिलो र दोस्रोपटकको खोप लगाउनको लागिको  खोप लगाउने टिकट, दुईपटकको खोप लगाउने टिकट(सिल)र खोप प्रमाणपत्र(सिल)चाँही एकैपाना कागजमा टासिएको हुन्छ । खोप लगाउने स्थानमा सिललाई नउप्काईकन, एकपाना पुरै लिएर जानुहोस । साथै, तलका प्रारम्भिक चिकित्सा जाँच फारम डाउनलोड गरि प्रयोग गर्नपनि सक्नुहुन्छ । प्रारम्भिक चिकित्सा जाँच फारम चाँही प्रत्येक वडा कार्यालय,सामान्य शाखा कार्यालय र नागरिक केन्द्र बाट प्राप्त गर्न सकिन्छ र त्यो दिनमा खोप लगाउने स्थानमा पनि राखिएको हुन्छ।

  • प्रारम्भिकचिकित्सा जाँच फारम(फाइजर कम्पनी, ताकेदा / मोडेर्ना कम्पनी)(PDF:391KB) ※प्रिन्टगर्ने बेलामा , पेजकोसाइजको सेटिंग लाइ "वास्तविक आकार" मा गरेरप्रिन्ट गर्नुहोला । सेटिंगचाहिँ "कागज सँग मिल्ने" मा गर्नु भयो भने सबैतिर खुम्चिएर ,मेसिनलेप्रोसेसिंग गर्ने बेलामा पढ्न नमिल्ने हुन्छ । खोप लगाउने टिकट र प्रारम्भिक चिकित्सा जाँच फारमसँगै एकैपानामा भएको हुने व्यक्तिले चाँही प्रयोग गर्न सक्नेछैनन ।)

 

「नयाँकोरोना भाइरस खोप व्याख्यातथा निर्देशन」

प्रारम्भिकचिकित्सा जाँच फारमको प्रश्नपर्चीमा सोधिएको कुरा भरि 「नयाँकोरोना भाइरस खोप को निर्देशन पुस्तिका फारम」निम्नानुसार छ । आफुले लगाउने खोप, खोपकोप्रकारका बारेमा व्याख्यातथा निर्देशन पुष्टी गर्नुहोस ।

【पहिले(पहिलो, दोस्रोपटक) को खोप लगाउने व्यक्ति】

 

【थप खोप (बुस्टर डोज) (तेश्रोपटक)को खोप लगाउने व्यक्ति】

 

Adobe Readerのダウンロードページへ

PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。Adobe Readerをダウンロードしてください。Adobe Readerのダウンロードページ

お問い合わせ

仙台市新型コロナウイルスワクチン接種専用コールセンター
電話番号:0120-39-5670