1 कस्तो किसिमको भत्ता हो ?
2 कति पैसा पाइन्छ ?
3 कसले भत्ता पाउन सक्छ ?
4 भत्ता पाउन कसरी अनि कहिलेसम्ममा आवेदन दिनुपर्छ ?
5 भत्ताको विषयमा कहाँ सल्लाह गर्न सकिन्छ ?
6 अक्सर सोधिने प्रश्नहरू
बसोबास करछुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता भनेको कोभिड १९ को महामारीले गर्दा विभिन्न समस्यामापरेका व्यक्तिहरूले दैनिक जीवनमा चाहिने आवश्यक मदत तुरुन्तै पाउनको लागि प्रबन्धगरिएको भत्ता हो।
जाडो यामको लागि राहत भनेको अस्थायी भत्ता पाउने व्यक्तिहरूलाई मट्टीतेल जस्ताचीजहरू किन्नको लागि दिइने राहत हो। तर घरको सबै सदस्य कल्याण आश्रममा बस्छन् भनेयो राहत नपाउन पनि सक्छ।
सेन्दाई शहरले दिने भत्ता ”बसोबासकर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता” “जाडो यामको लागि राहत” बारे सूचना(PDF:979KB)
बसोबास करछुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता
जाडो यामको लागि राहत
निम्न घरभित्रमा पर्नुभयो भने यो भत्ता पाउन सक्नुहुन्छ।
बसोबास कर छुट पाएका घरहरू
2021 साल डिसेम्बर 10 तारिखमा बसोबास दर्तासेन्दाई शहरमा भएको अनि घरका सबै सदस्यलाई 2021 आर्थिक वर्षको बसोबासकरमध्ये बराबर कर छुट पाएका घरहरू(सबैलाई लागू नहुन सक्छ।)
सामाजिक सुरक्षा पाएका घरहरू
सेन्दाई शहरबाट सामाजिक सुरक्षा पाइरहेका घरहरू
पारिवारिक बजेट अचानकपरिवर्तन भएका घरहरू
आवेदन दिएको दिनमा तपाईंको बसोबास दर्ता सेन्दाई शहरमा भएकोहुनुपर्छ र कोभिड १९ले गर्दा 2021 जनवरी देखि यता पारिवारिक बजेटमा अचानक परिवर्तनभएको अनि बसोबास कर छुट पाएका घरहरू जस्तै अवस्थामा भएका घरहरू
बसोबास कर छुट पाएका घरहरू वा सामाजिक सुरक्षा पाएका घरहरू भएमा
- 2022 साल जनवरी अन्ततिर देखि फेब्रुअरीभित्रमा सेन्दाईशहरबाट आवेदनको लागि आवश्यक कागजातहरू आउँछन्।
- कागजातहरूपाउनुभयो भने आवश्यक जानकारीहरू भरेर सेन्दाई शहरमा हुलाकद्वारा पठाउनुहोस्।
<2021साल जनवरी 1तारिखसम्ममा सेन्दाई शहरमा बसाइँ सरेकाहरू>
पुष्टिकरण फाराम भर्ने तरिका(PDF:3,599KB)
<2021साल जनवरी 2तारिखभन्दा पछि सेन्दाई शहरमा बसाइँ सरेकाहरू>
आवेदनफाराम (पुर्जा) भर्नेतरिका(PDF:3,860KB)
- आवेदन दिने म्याद 2022साल मे 31तारिख (मंगलबार)सम्म हो।
<कागजातको नमुना>
- 2021साल जनवरी 1तारिखसम्ममा सेन्दाई शहरमा बसाइँ सरेकाहरू
यस्तो खाम आउँछ

- 2021साल जनवरी 2तारिखभन्दा पछि सेन्दाई शहरमा बसाइँ सरेकाहरू
यस्तो खाम आउँछ

पारिवारिक बजेट अचानकपरिवर्तन भएका घरहरू भएमा
- प्रत्येक वडा कार्यालय र त्यसको शाखा कार्यालय अनि सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र जस्ता ठाउँहरूमा आवेदन फाराम पाउन सकिन्छ। तल दिइएको “‘बसोबास कर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता’ तथा ‘जाडोयामको लागि राहत’को लागि टेलिफोन”लाई कल गर्नुभयो भने तपाईंको घरमा हुलाकद्वाराआवेदन फाराम पठाइनेछ।
- आवश्यक जानकारी आवेदन फाराममा भरेपछि फाराम सँगसँगैपठाइएको जवाफ दिने खाममा अरू आवश्यक कागजातहरूसँगै हालेर हुलाकद्वारा सेन्दाई शहरमा पठाउनुहोस्।
- आवेदन दिने म्याद 2022 सालसेप्टेम्बर 30 तारिख(शुक्रबार)सम्म हो।
*जाडोयामको लागि राहत को आवेदन पनिदिन चाहनुहुन्छ भने 2022 साल मे 31 तारिख(मंगलबार)सम्ममा आवेदन बुझाउनुहोस्।
भत्ताको विषयमा सोधपुछ गर्न चाहनुहुन्छ भने निम्ननम्बरलाई फोन गर्नुहोस्।
‘बसोबासकर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता’ तथा ‘जाडो यामको लागि राहत’को लागि टेलिफोन
- रिसेप्सनको समय
सोमबारदेखि शुक्रबारसम्म बिहान 8:30 देखि बेलुका 7:00 सम्म
*फेब्रुअरी महिना मात्र सप्ताहन्तर बिदाको दिनमा पनि रिसेप्सन खुल्छ।(बिहान 9:00 देखि साँझ 5:00 सम्म)
- उपलब्ध भाषा
जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामिज, नेपाली जस्ता 21वटा भाषामा
- म विदेशी भए पनि भत्ता पाउन सक्छु ?
पहिलो पानाको बुँदा 3मा लेखिएका सर्तहरू पूरा गर्नुभएकोछ भने विदेशी भए पनि भत्ता पाउन सक्नुहुन्छ।
- आफू बसोबास कर छुट पाएको घरमा पर्छु कि पर्दिनँ भन्नेकुरा मलाई थाह छैन, के गर्ने ?
जागिर खानुभएको हो भने कम्पनीले दिने वार्षिक आयकर कट्टीपत्र जस्ता कागज हेरेर पक्का गर्नुहोस्। यदि बुझ्नुभएन भने माथि बुँदा 5मा उल्लेखितनम्बरलाई फोन गर्नुहोस्।
- म भर्खर 2021साल जनवरी 2तारिखभन्दा पछि जापानमा आएँ। त्यसैले अझै करको सन्दर्भमाकेही कदम चालेको छैनँ। मैले पनि भत्ता पाउन सक्छु कि ?
2021 आर्थिक वर्षको बसोबास कर तपाईंलाई लाग्दैन, त्यसैले 2021साल डिसेम्बर 10तारिखसम्ममा तपाईंको बसोबास दर्ता भइसकेको छ भने भत्ता पाउन सक्नुहुन्छ। साथैघरका सदस्यहरू 2 जनाभन्दा बढी छन् भने सबै सदस्यले 2021 आर्थिक वर्षको बसोबास करमध्ये बराबर कर छुट पाएमा मात्रभत्ता पाउन सक्नुहुन्छ।
- आवेदन फाराम भर्ने तरिका मैले बुझिनँ। कसरी सिक्न सक्छु?
सेन्दाई शहरको वेब पेजमा आवेदन फाराम भर्ने तरिकाविभिन्न भाषामा बताइएको हुनाले पहिला त्यो वेब पेज हेर्नुहोस्। बुझ्नुभएन भने माथि बुँदा 5मा उल्लेखित नम्बरलाई फोनगर्नुहोस्।
- मलाई जापानिज लेख्न आउँदैन। कहाँ जाँदा आवेदन फारामभर्ने तरिका सिक्न सक्छु ?
जापानी भाषा बोल्न सक्ने व्यक्तिसँग “अस्थायी भत्ताकार्यालय केन्द्र”सम्म आउनुहोस्। कार्यालयकोठेगाना SSसेन्दाईबिल्डिङ 9F, 4-7-17 इचिबान्चो, आओबा वडा, सेन्दाई हो।
- मेरोबसोबास दर्ता अर्कै शहरमा छ। तर DVको सिकारभएर अहिले सेन्दाई शहरमा शरण लिन आएको छु। मैले भत्ता पाउन सक्छु कि ?
भत्ता पाउने सम्भावना हुने भएकोले माथि उल्लेखितनम्बरलाई (0120-489-048) फोन गर्नुहोस्।
- भत्ताको विषयबाहेक अरूविषयमा पनि विदेशी भाषामा सल्लाह गर्न सकिन्छ ?
अरू विभिन्न विषयमा विदेशीभाषामा सल्लाह गर्न “सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र” लाई फोन गर्नुहोस्। फोन नम्बर: 022-224-1919 (बिहान 9:00 देखि साँझ 5:00 सम्म)
仙台市臨時特別給付金等事務センター
仙台市青葉区一番町4-7-17 SS仙台ビル9階