現在位置ホーム > くらしの情報 > 手続きと相談 > 生活に困ったとき > 【受付終了】住民税非課税世帯等への臨時特別給付金を支給します > 住民税非課税世帯等への臨時特別給付金等の支給について(外国語情報ページ/Foreign Language) > सेन्दाई शहरले दिने “बसोबास कर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता”बारे सूचना

更新日:2022年5月13日

ここから本文です。

सेन्दाई शहरले दिने “बसोबास कर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता”बारे सूचना

 कस्तो किसिमको भत्ता हो ?

बसोबास कर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता भनेको कोभिड १९ को महामारीले गर्दा विभिन्न समस्यामा परेका व्यक्तिहरूले दैनिक जीवनमा चाहिने आवश्यक मदत तुरुन्तै पाउनको लागि प्रबन्ध गरिएको भत्ता हो।

सेन्दाई शहरले दिने “बसोबास कर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता”बारे सूचना(PDF:564KB)

 कति पैसा पाइन्छ ?

प्रतिघर 100,000 येन

3 कसले भत्ता पाउन सक्छ ?

2021 साल डिसेम्बर 10 तारिखमा नगलपालिकामा बसोबास दर्ता भएको र निम्न ①~③ को कुनै पनि मापदण्ड पूरा गरेको घरहरू योग्य छन्।

①2022 आर्थिक वर्षको बसोबास कर छुट पाएका घरहरू

2022 साल जुन 1 तारिखमा बसोबास दर्ता सेन्दाई शहरमा भएको अनि घरका सबै सदस्यलाई 2022 आर्थिक वर्षको बसोबास करमध्ये बराबर कर छुट पाएका घरहरू(सबैलाई लागू नहुन सक्छ।) ※सामाजिक सहयोग प्राप्त गरिरहेको घरसमेत

②2021 आर्थिक वर्षको बसोबास कर छुट पाएका घरहरू

2021 साल डिसेम्बर 10 तारिखमा बसोबास दर्ता सेन्दाई शहरमा भएको अनि घरका सबै सदस्यलाई 2021 आर्थिक वर्षको बसोबास करमध्ये बराबर कर छुट पाएका घरहरू(सबैलाई लागू नहुन सक्छ।) ※सामाजिक सहयोग प्राप्त गरिरहेको घरसमेत

③पारिवारिक बजेट अचानक परिवर्तन भएका घरहरू

आवेदन दिएको दिनमा तपाईंको बसोबास दर्ता सेन्दाई शहरमा भएको हुनुपर्छ र कोभिड १९ले गर्दा 2022 जनवरी देखि यता पारिवारिक बजेटमा अचानक परिवर्तन भएको अनि बसोबास कर छुट पाएका घरहरू जस्तै अवस्थामा भएका घरहरू

※①~③ सम्मका घरहरूमध्ये पहिल्यै अस्थायी भत्ता पाइसकेका घरहरू अनि बसोबास कर तिर्नुपरेकाहरूका आश्रित व्यक्तिहरू मात्र भएको घरहरू भत्ताको लागि योग्य छैन। साथै कोही व्यक्ति कर सन्धिको कारण बसोबास करबाट छुट लिएकाहरू हुनुभएको खण्डमा उक्त व्यक्ति पेमेन्टको लागि योग्य छैन।

4 भत्ता पाउन कसरी अनि कहिलेसम्ममा आवेदन दिनुपर्छ ?

①2022 आर्थिक वर्षको बसोबास कर छुट पाएको घरहरू

● 2022 साल जुलाइदेखि पालैसन्ती सेन्दाई शहरबाट आवेदनको लागि आवश्यक कागजातहरू आउँछन्।

● कागजातहरू पाएकाहरूमध्ये पेमेन्टको लागि योग्य हुनुभएको खण्डमा आवश्यक जानकारीहरू भरेर सेन्दाई शहरमा हुलाकद्वारा पठाउनुहोस्।

● 2022 जनवरी 2 मा वा त्यसपछि सेन्दाई शहरमा बसाइँ सर्नुभएको व्यक्तिहरूलाई एकनासले भत्ताको सूचनाको पोस्टकार्ड आइपुग्नेछ। पेमेन्टको लागि योग्य

हुनुभएको खण्डमा आवेदन फारामहरू मेल गरिनेछ, त्यसैले पोस्टकार्डमा लेखिएको नम्बरमा सम्पर्क गर्नुहोस्।

● आवेदन दिने अन्तिम म्याद 2022 साल अक्टोवर 31 तारिख (सोमबार) सम्म हो।

【2021साल डिसेम्बर 10 तारिखसम्ममा सेन्दाई शहरमा】

पुष्टिकरण फाराम भर्ने तरिका(PDF:3,197KB)

【2021 साल डिसेम्बर 11 तारिखसम्ममा सेन्दाई शहरमा बसाइँ】

आवेदन फारमको लेख्ने तरिका आदि परामर्शको लागि यहाँबाट

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र

टेलीफोन 022-224-1919 (रिसेप्शन समय: 9:00 देखि 5:00 (बिदाको दिन बाहेक))

<कागजातको नमुना>

  • 2021साल डिसेम्बर 10 तारिखसम्ममा सेन्दाई शहरमा

यस्तो खाम आउँछ

令和4年度確認書発送封筒

  • 2021 साल डिसेम्बर 11 तारिखसम्ममा सेन्दाई शहरमा बसाइँ

यस्तो खाम आउँछ

令和4年度申請書発送封筒

②2021 आर्थिक वर्षको बसोबास कर छुट पाएका घरहरू  

● योग्य घरहरूलाई आवश्यक कागजातहरू पहिल्यै मेल गरिसकेको छ।

● कुनै घरले केही कारणवश दिइएको समय सिमा (मे 31) सम्म प्रक्रिया पूरा गर्न सकेन भने 2022 सेप्टेम्बर 30 (शुक्रबार) सम्म स्विकार गरिनेछ।

③पारिवारिक बजेट अचानक परिवर्तन भएका घरहरू

● प्रत्येक वडा कार्यालय र त्यसको शाखा कार्यालय अनि सेन्दाई बहुसंस्कृति केन्द्र जस्ता ठाउँहरूमा आवेदन फाराम पाउन सकिन्छ।

  तल दिइएको “‘बसोबास कर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ताको लागि टेलिफोन” लाई कल गर्नुभयो भने तपाईंको घरमा हुलाकद्वारा आवेदन फाराम पठाइनेछ।

● आवश्यक जानकारी आवेदन फाराममा भरेपछि फाराम सँगसँगै पठाइएको जवाफ दिने खाममा अरू आवश्यक कागजातहरूसँगै हालेर हुलाकद्वारा सेन्दाई शहरमा पठाउनुहोस्।

● आवेदन दिने म्याद 2022 साल सेप्टेम्बर 30 तारिखशुक्रबारसम्म हो

 भत्ताको विषयमा कहाँ सल्लाह गर्न सकिन्छ ?

भत्ताको विषयमा सोधपुछ गर्न चाहनुहुन्छ भने निम्न नम्बरलाई फोन गर्नुहोस्।

बसोबास कर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ताको लागि टेलिफोन

0120-489-048

  • रिसेप्सनको समय
    सोमबारदेखि शुक्रबारसम्म  बिहान 8:30 देखि बेलुका 7:00सम्म
  • उपलब्ध भाषा
    जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामिज, नेपाली जस्ता 21वटा भाषामा

 अक्सर सोधिने प्रश्नहरू

1.म विदेशी भए पनि भत्ता पाउन सक्छु ?        

3 कसले भत्ता पाउन सक्छ ?” मा उल्लिखित सर्तहरू पूरा गरेको छ भने विदेशीहरू पनि भत्ताको लागि योग्य हुन्छन्। तर कर सन्धिअनुसार बसोबास कर छुटको आवेदन दिएको खण्डमा योग्य हुँदैनन्।

2.आफू बसोबास कर छुट पाएको घरमा पर्छु कि पर्दिनँ भन्ने कुरा मलाई थाह छैन, के गर्ने ?

जागिर खानुभएको हो भने कम्पनीले दिने वार्षिक आयकर कट्टी पत्र जस्ता कागज हेरेर पक्का गर्नुहोस्। बुझ्नुभएन भने माथि बुँदा “5 भत्ताको विषयमा कहाँ सल्लाह गर्न सकिन्छ?” मा उल्लिखित नम्बरलाई फोन गर्नुहोस्।

3.म 2021 साल डिसेम्बर 11 तारिखभन्दा पछि जापानमा आएँ। के मैले भत्ता पाउन सक्छु ?

2021 साल डिसेम्बर 10 मा तपाईंको बसोबास दर्ता जापानको कतैमा पनि नभएको खण्डमा भत्ता पाउन सक्नुहुन्न।

4.आवेदन फाराम भर्ने तरिका मैले बुझिनँ। कसरी सिक्न सक्छु ?

सेन्दाई शहरको वेब पेजमा आवेदन फाराम भर्ने तरिका विभिन्न भाषामा बताइएको हुनाले पहिला त्यो वेब पेज हेर्नुहोस्।

बुझ्नुभएन भने “5 भत्ताको विषयमा कहाँ सल्लाह गर्न सकिन्छ?” मा उल्लिखित नम्बरलाई फोन गर्नुहोस्।

5.मलाई जापानिज लेख्न आउँदैन। कहाँ जाँदा आवेदन फाराम भर्ने तरिका सिक्न सक्छु ?

जापानी भाषा बोल्न सक्ने व्यक्तिसँग “अस्थायी भत्ता कार्यालय केन्द्र”सम्म आउनुहोस्।

कार्यालयको ठेगाना SSसेन्दाई बिल्डिङ 9F, 4-7-7 इचिबान्चो, आओबा वडा, सेन्दाई हो।

6.मेरो बसोबास दर्ता अर्कै शहरमा छ। तर DVको सिकार भएर अहिले सेन्दाई शहरमा शरण लिन आएको छु। मैले भत्ता पाउन सक्छु कि ?

भत्ता पाउने सम्भावना हुने भएकोले माथि उल्लेखित नम्बरलाई (0120-489-048) फोन गर्नुहोस्। 

7.भत्ताको विषयबाहेक अरू विषयमा पनि विदेशी भाषामा सल्लाह गर्न सकिन्छ ?

अरू विभिन्न विषयमा विदेशी भाषामा सल्लाह गर्न “सेन्दाई बहुसंस्कृति केन्द्र”लाई फोन गर्नुहोस्।

फोन नम्बर:022-224-1919(बिहान 9:00 देखि साँझ 5:00 सम्म)

Adobe Readerのダウンロードページへ

PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。Adobe Readerをダウンロードしてください。Adobe Readerのダウンロードページ

お問い合わせ

仙台市臨時特別給付金等事務センター
仙台市青葉区一番町4-7-17 SS仙台ビル9階