ホーム > 仙台市新型コロナウイルスワクチン接種ポータルサイト > 外国語翻訳ページ Foreign Language > खोप लगाउने बारेमा
更新日:2022年6月13日
ここから本文です。
नयाँ कोरोना भाइरस संक्रमण को फैलावट लाई रोकी, मृत्यु र गम्भिर बिरामी को घटना लाई सकेसम्म कम गर्नेर परिणाम स्वरूप नयाँ कोरोना भाइरस संक्रमण को फैलावट लाई रोक्नु नै यसको प्रमुखउद्देश्य हो ।
सैदान्तिक रुपमा, खोपलगाउने मितिमा सेन्दाई सिटिमा बसाई दर्ता भएको व्यक्ति हुनुपर्ने छ ।
यद्येपी, अपरिहार्ये परिस्थितिहरु जस्तै दिर्घकालिन रुपमाअस्पतालमा भर्ना भएका या लामो समय को लागि बृद्द हेरचाहकेन्द्रमा भर्ना भएको अबस्थामा तपाई आफ्नो बसाइ दर्ता भएको स्थान बाहेक अन्य स्थानमा पनि खोप लगाउन सक्नु हुन्छ ।
खोप लगाउनको लागि लक्षित व्यक्ति चाँही 5 वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू हुनेछन ।
खोप लगाउनको लागि लक्षित व्यक्ति चाँही दोस्रोपटकको खोप लगाएपछि 5 महिना कटिसकेको 12 बर्षभन्दा माथिका व्यक्तिहरु हुनेछन ।
खोप लगाउनको लागि लक्षित व्यक्ति चाँही तेस्रोपटकको खोप लगाएपछि 5 महिना कटिसकेको 60 वर्षभन्दा माथिका व्यक्तिहरू र 18 वर्षभन्दा माथि 60 बर्ष भन्दा मुनिका तलका निम्नलिखित सर्त अन्तर्गत गर्ने व्यक्तिहरु हुनेछन ।
【18 वर्षभन्दा माथिका 60 वर्ष भन्दा मुनिका व्यक्तिहरु चौथोपटकको खोप लगाउनको लागि लक्षित व्यक्तिहरु हुन】
1.तलका निम्नलिखित अन्तर्निहित रोगहरूको कारणले अस्पतालमा भर्ना भएका वा अस्पतालमा स्वास्थ्य जाँचको लागि जानुपर्ने व्यक्तिहरु
2. मापदण्ड (BMI 30 भन्दा माथि) नाघेको मोटोपन भएका व्यक्तिहरु(अनुमानित BMI 30:उचाई 170 सेमी भै तौल लगभग 87 केजी、उचाई 160 सेमी भै तौल लगभग 77 केजी)
3. माथिका बाहेक、नयाँ कोरोना भाइरस संक्रमण भएको खण्डमा गम्भीर उच्च जोखिम हुने भन्ने चिकित्सकहरूले अनुमोदित गरेका व्यक्ति(कृपया पहिले नै आफ्नो नियमित स्वास्थ्य जाँच गर्ने चिकित्सा संस्थामा परामर्श गर्नुहोला)
खोप लगाउन शुल्क लाग्ने छैन ।
※खोप लगाउनको लागी पैसा माग्ने या तपाइँको निजी जानकारी माग्ने आदि अनावश्यक, शंकास्पद फोनहरु आएको खवर आइरहेको छ । यदि तपाइँहरुलाई पनि यस्ता अनावश्यक फोन आएको खण्डमा, नजिकको पुलिस चौकी वा सेन्दाई सिटिको उपभोक्ता केन्द्र (०२२-२६८-७८६७)मा सम्पर्क गर्नुहोस् । बृस्तितमा जानकारीको लागि उपभोक्ता केन्द्रको पेजमा हेर्नुहोस ।
सामान्यतया, पहिलो पटक खोप लगाए पछि ३हप्तापछि दोश्रो पटकको खोप लगाउनु पर्दछ। पहिलो पटक लगाएको खोप तेश्रो हप्ता कटेमासकेसम्म छिटो दोश्रो पटक को खोप लगाउनुहोस ।
5 बर्ष पुरा भएका देखि 11बर्षको बालबालिकाका लागिको खोप चाँही फाइजर कम्पनिको बालबच्चालाई प्रयोग गरिने अन्तर्गतको खोप प्रयोग गरिन्छ ।
सामान्यतया, पहिलो पटक खोप लगाए पछि ४हप्तापछि दोश्रो पटकको खोप लगाउनु पर्दछ। पहिलो पटक लगाएको खोप चौथोहप्ता कटेमा सकेसम्म छिटो दोश्रो पटक को खोप लगाउनुहोस ।
12 बर्ष देखि 17 वर्षका व्यक्तिहरुलाई फाइजर कम्पनिको खोपको प्रयोग गरिनेछ ।
18 बर्ष भन्दा माथिका व्यक्तिहरुलाई फाइजर कम्पनिको खोप अथवा ताकेदा / मोडेरुना कम्पनिको खोप खोपको प्रयोग गरिनेछ ।
खोप लगाउन अनिवार्य छैन।
खोप लगाउने व्यक्तिहरुले, खोपलगएपछिको संक्रामक रोगहरु रोक्नको लागी खोपको प्रभाव र साइड इफेक्टको जोखिम दुबैलाई बुझ्नु पर्दछ र आफ्नै इच्छामा खोप लगाउनु पर्दछ । खोप लगाउने व्यक्तिको स्वीकृति बिना खोप लगाइने छैन ।
हालमा, केहि रोगको उपचार गर्दै हुनुहुन्छ भने वा आफ्नो शारीरिक अवस्थाको कारण खोपको बारेमा चिन्तित हुनुहुन्छ भने खोप लगाउन हुन्छ कि हुदैन आफुले जाचँ गराई राखिएको डाक्टरको सल्लाह लिनुहोस ।
お問い合わせ
仙台市新型コロナウイルスワクチン接種専用コールセンター
電話番号:0120-39-5670
Copyright©City of Sendai All Rights Reserved.