現在位置ホーム > 新型コロナウイルス感染症特設ページ > 重要なお知らせ > 仙台市新型コロナウイルスワクチン接種のお知らせ > सेन्दाई सिटीको नयाँ कोरोना भाइरसको खोप लगाउने बारे सुचना(नेपाली/ネパール語)

更新日:2021年4月12日

ここから本文です。

सेन्दाई सिटीको नयाँ कोरोना भाइरसको खोप लगाउने बारे सुचना(नेपाली/ネパール語)

यो पेज चाँहि, जापानिज भाषाको पेजलाई अनुवाद गरिएकोसामाग्री हो ।

अनुवाद हुनको लागी केहिसमय लाग्न सक्ने हुनाले,ताजाजानकारीको लागि यहाँबाट (जापानिज भाषा) मा हेर्नुहोला ।

महत्वपुर्ण सुचना

हामी, ६५ वर्ष वा सो भन्दामाथिका बृध्द /बृध्दाहरुलाइखोप लागाउनको लागिको कुपन (खोप लगाउने टिकट) पठाउदछौं

हाम्रो यस नगरमा चाँही कोरोनाभाइरसको खोप लागाउने कार्य,विशेष हेरचाह चाहिने बृध्दआश्रममा भर्ना तथा बसोबास गरिरहेका व्यक्तिहरुबाट लगाउन शुरु गर्न गइरहेका छौं ।

यसपटक खोप लागाउनशुरुगर्नु भन्दा पहिला, मार्च ३१ तारिख (बुधबार)मा ६५ वर्ष वा सो भन्दा माथिकाबृध्द /बृध्दाहरुलाइ खोप लगाउनेटिकट पठाईएकोछ

त्यसैगरी,अहिलेको अवस्थामा व्यक्तिगत तथा सामुहिक खोप लगाउनको लागि बुकिङ गर्न शुरुहुने समयचाहिँ अनिर्णीत छ तर, तपाइलाई आएको खोप लगाउनेटिकट चाहिँ खोप लागाउन शुरुहुनु सम्म सुरक्षितका साथ राख्नुहुन अनुरोध गर्दछौं

खोप लगाउने बारेमा

हाम्रो सेन्दाई शहर, अप्रिलमा आपूर्ति हुने खोपहरु लाई ध्यानमा राख्दै , अप्रिल महिना भरि व्यक्तिगत साथै सामुहिक खोप लगाइने छैन। बृद्दा आश्रममा या हेरचाह केन्द्रमा बसोबास गर्ने व्यक्ति जसको उमेर ६५ वर्ष भन्दा माथिका बृद्द /बृद्दाहरु बाट खोप लगाउन शुरु गरिन्छ (जो २०२१ साल भित्र मा ६५ वर्ष हुनेछ वा जो सन १९५७ साल अप्रिल १ तरीक भन्दा अगाडी जन्मेका थिए।)

त्यसैगरी, मे महिना देखिको बारेमा चाहिँ, खोपको आपूर्तिको आधारमा निर्णयगर्दै जानेछौं ।

हामी सुव्यवस्थित रूपमा खोपको तयारी जारी राख्ने छौ। त्यसैले हामी तपाइँको समझदारी र सहयोगको अपेक्षा गर्दछौ ।

 

नयाँ कोरोना भाइरसको खोप लगाउने बारे सुचना

सेन्दाई शहर कोरोना भाइरसको खोप बारेमा सूचना(PDF:480KB)

सेन्दाई शहर ले नयाँ कोरोना भाइरसको खोप लगाउन इच्छुक नागरिकहरुलाई सुव्यवस्थित रूपमा खोपलगाउनको लागि तयारी गरिरहेको छ । नयाँ जानकारी प्राप्त हुने बितिकै हामी क्रमिक रुपमा जानकारी गर्नेछौ ।

सबभन्दा नयाँ जानकारीको लागी कृपया प्रधानमन्त्री कार्यालयको पृष्ठ/ पेज (बाह्य साइट लिंक) स्वास्थ,श्रम तथा कल्याण मन्त्रालयको पृष्ठ/ पेज (बाह्य साइट लिंक)हेर्नुहोस।

  1. खोप लगाउनुको उदेश्य
  2. खोप लगाउन को लागि लक्षित व्यक्ति
  3. खोप लगाउने पालो /क्रम
  4. खोपलगाउने स्थान
  5. खोप लगाउन लाग्ने लागत
  6. कुपन (खोप लगाउने टिकट)
  7. खोप लगाउनुपर्ने संख्या/ पटक
  8. खोप लगाउन जबर्जस्ती गरिदैन /अनिवार्य छैन
  9. साइड रियाक्सन
  10. कल सेन्टर
  11. प्राय सोधिने प्रश्न र उतरहरु(FAQ)

1. खोप लगाउनुको उदेश्य

यसको उदेश्य नया कोरोना भाइरस संक्रमण को शुरुवात रोक्नु, मृत्यु र गम्भिर बिरामी को घटना लाई सकेसम्म कम गर्ने र परिणाम स्वरूप नया कोरोना भाइरस संक्रमण को फैलावट लाई रोक्नु हो ।

2. खोप लगाउन को लागि लक्षित व्यक्ति

१६ बर्ष या सो भन्दा माथिका व्यक्तिहरु खोप लगाउन को लागि योग्य हुने छन्।

सिदान्तत, खोपलागाउने मितिमा सेन्दाई शहर मा बसाई दर्ता भएको व्यक्ति हुनुपर्ने छ।

यद्येपी अपरिहार्ये परिस्थितिहरु जस्तै दिर्घकालिन रुपमा अस्पतालमा भर्ना भएका या लामो समय को लागि बृद्द हेरचाहकेन्द्रमा  भर्ना भएको अबस्थामा तपाई आफ्नो निबास कार्ड को स्थान बाहेक कुनै पनि स्थानमा खोप लिन सक्नु हुन्छ।

3. खोप लगाउने पालो /क्रम

६५ बर्ष भन्दा माथिका बृद्द /बृद्दा (सन १९५७ अप्रिल महिना १ तारिक भन्दा अगाडी जन्मेका व्यक्ति) बृद्दाश्रममा काम गर्ने ब्यक्ति,अन्तर्निहित रोग भएका आदि ब्यक्तिहरु लाइ प्राथमिकता दिदै सबै लक्षित ब्यक्ति हरु लाइ क्रमबद्ध रुपमा दिईन्छ।

अन्तरनिहित बिरामी भएकाहरु

बिएमआइ(BMI) ३० वा सो भन्दा बढीको मोटोपन भएका व्यक्तिहरु र तलको निम्न रोग र अवस्था भएका व्यक्तिहरु भइ , नियमित जाँच गराउनुपर्ने वा अस्पतालमा भर्ना भएका बिरामीहरु

(※BMI = शरीरको वजन(kg)÷ उचाई(m)÷ उचाई(m))

  1. दिर्घकालिन श्वासप्रश्वास सम्बन्धि रोगी
  2. दिर्घकालिन मुटु रोग (उच्च रक्तचाप समेत भएको)
  3. दिर्घकालिन मृगौला रोग
  4. दिर्घकालिन कलेजो रोग (सिरोसिस आदी)
  5. इन्सुलिन वा खाने औषधिहरु प्रयोग गरेर उपचार गरिरहेको मधुमेहका रोगि वा अन्य रोगहरुको साथै मधुमेह भएको व्यक्ति
  6. रक्त रोग (आइरनको कमी भएको एनिमिया बाहेक)
  7. रोग प्रतिरोधात्मक क्षमता कम हुने रोगहरु (उपचार अन्तर्गतका घातक ट्युमर आदी)
  8. रोग प्रतिरोधात्मक क्षमता कम गर्न उपचार गर्दै गरेका जस्तै:स्टेरोइड्स
  9. न्यूरोलजिकल र न्यूरोमस्कुलर रोग प्रतिरोधात्मक क्षमताका विकारहरूसँग सम्बन्धित छ ।
  10. यस्तो शारीरिक अवस्था जहाँ शारीरिक काम न्यूरोलजिकल वा न्युरोमस्कुलर रोग (श्वासप्रश्वास विकारहरु आदी) को कारणले बिग्रेको छ ।
  11. क्रोमोजोमको असमान्यता
  12. गम्भीर मानसिक र शारीरिक असक्षमता (गम्भीर शारीरिक असक्षमता र गम्भीर बौद्धिक  असक्षमता सँगै भएको  अवस्था)
  13. स्लिप एपनिया सिन्ड्रोम
  14. गम्भीर मानसिक रोग(मानसिक समस्याको उपचारका लागि अस्पतालमा भर्नाभएका,मानसिक रूपमा अशक्त व्यक्तिको स्वास्थ्य तथा कल्याण कार्ड बोकेका, वा आफ्नै खर्चमा「गम्भीर र निरन्तर 」श्रेणीको उपचार गराई रहेको (मानसिक अस्पताल ) वा बौद्धिकअक्षमता (पुनर्स्थापनाप्रमाणपत्र धारी)

 4. खोप लगाउने स्थान

हामी चिकित्सा संस्थामा “व्यक्तिगत खोप” र नगरको अस्थायी रूपमा खोल्ने खोप केन्द्रमा " सामुहिक खोपको"योजना गर्दैछौ। हामी बृद्द /बृद्दाहरुको ख्याल गर्ने स्थान मा पनि खोप लगाउने कुरा मा विचार गर्दैछौ ।

व्यक्तिगत खोपलगाउने

नगरका क्लिनिक तथा ४६८ चिकित्त्सा संस्थामा यसलाई लागु गर्ने योजना गर्दैछौ। व्यक्तिगत खोपको शुरुवात सँगै यस वेबसाइट आदि बाट व्यक्तिगत चिकित्त्सा संस्थाको नाममा घोषणा गरिनेछ। (चिकित्सा संस्थाहरुको संख्या सन् २०२१ को मार्च १२ हालको डाटा हो त्यसैले यसलाई समय समयमा परिमार्जित गर्दै लाने छौ।

सामूहिक खोपलगाउने

खोप लगाउने स्थान चाही तलको निम्न नागरिक केन्द्र वा राम्रो यातायातको पहुँचका पुगेको निजी संस्थान आदि गरि हामी २२ ओटा खोप केन्द्रहरुको योजना गर्दैछौ ।

वार्डक्षेत्र स्थानकेन्द्र
आओबा बार्ड आसाहीगाओका नागरिक केन्द्र, ओरिताते नागरिक केन्द्र, योसिनारी नागरिक केन्द्र, मियागीनिसी नागरिक केन्द्र, मियागी स्वास्थ केन्द्र(※मियागी सामान्य शाखा केन्द्र), मियागी TKP गार्डेन सिटी PREMIUM仙台西口प्रिमियम सेन्दाई निशिगुची(बाह्य साइट लिंक)
मियागीनो बार्ड मियागीनो केन्द्रिय नागरिक केन्द्र, ताकासागो नागरिक केन्द्र, इवाकिरी नागरिक केन्द्र
वाकाबायासी बार्ड वाकाबायासी बार्ड केन्द्रिय नागरिक केन्द्र(छुट्टै भवन), सिचिगो नागरिक केन्द्र, रोकुगो नागरिक केन्द्र
ताइहाकु बार्ड ताइहाकु केन्द्रिय नागरिक केन्द्र, ओइदे नागरिक केन्द्र, यागीयामा नागरिक केन्द्रनाकता नागरिक केन्द्र,आकीउ किल्निक, जेबिओआरी-ना सेन्दाई(बाह्य साइट लिंक)
इजुमी बार्ड ताकामोरी नागरिक केन्द्र, नानाकिता पार्क ब्यायामशाला, सानेज़ावा प्राथमिक बिद्यालय, सेन्दाई नगर मेडिकल एसोशिएसन नर्सिङ्ग कलेज(बाह्य साइट लिंक)
सामुहिक खोप लगाउने केन्द्र को सुची

※शनिबार,आइतबार र सार्बजनिक बिदाहरुको दिन मात्र खोप केन्द्रको रुपमा प्रयोग गरिन्छ।

※तपाइँ केहि संस्थान भित्र रहेका बच्चाहरुको केन्द्र,बच्चा हुर्काउने सम्पर्क प्लाजा (नोविसोकु ),बृद्द /बृद्दा हरुको लागी कल्याण केन्द्र आदि चाही प्राय सधैँ प्रयोग गर्न सक्नु हुन्छ।

※खुल्ने ठाउँकोसंख्या, खोलिने दिनकोबारेमा, अप्रिल महिना पछि नगरमा आपूर्ति हुने खोपको मात्रा ,मेडिकल स्टाफको सुरक्षित संख्या आदिको आधारमा परिवर्तन हुन सक्छ ।

※कृपया नागरिक केन्द्र उपयोग गर्नको लागी यो पृष्ठ/ पेज हेर्नुहोस।

5. खोप लगाउन लाग्ने लागत

खोप लगाउन निशुल्क हो।

※खोप लगाउनको लागी पैसा माग्ने या तपाइँको निजी जानकारी माग्ने आदि अनावश्यक फोन आएको खवर आइरहेको हुदा,यदि तपाइँलाई पनि यस्ता अनावश्यक फोन आएको छ भने कृपया नजिकको पुलिस थाना या सेन्दाई नगर उपभोक्ता केन्द्र (०२२-२६८-७८६७)मा सम्पर्क गर्नुहोस्।

6. खोप लगाउने टिकट (कुपन टिकट)

खोप लगाउनको लागी तपाइँलाई नगरबाट पठाएको कुपन (खोप लगाउने टिकट) चाहिन्छ।

कुपन (खोप लगाउने टिकट)कुनै पनि समयमा लक्षित व्यक्तिलाई पठाइने छ ।

खोप लागाउने बेलामा आवस्यक पर्ने प्रारम्भिक परीक्षण पर्चीर जानकारी गराउने कागज चाहिँ , खोप लगाउने स्थान मा हुनु का साथै , निम्न तरिकाबाटपनि डाउनलोड गर्न सकिन्छ ।

7. खोप लगाउनुपर्ने संख्या / पटक

वर्तमानमा सरकारले सुरक्षा लिन अपेक्षा गरेको खोपको मात्रा २ पटक लगाउन आवस्यक छ।

फाइज़र कम्पनीको खोप सामान्यतया पहिलो पटक खोप लगाए पछि ३ हप्तापछि दोश्रो पटकको खोप लगाउनु पर्दछ। पहिलो पटक लगाएको खोप तेश्रो हप्ता कटेमा सकेसम्म छिटो दोश्रो पटक को खोप लगाउनुहोस ।

8. खोप लगाउन जबर्जस्ती गरिदैन /अनिवार्य छैन

खोप लगाउन जबर्जस्ती गरिदैन । /खोप लगाउन अनिवार्य गरिएको छैन ।

खोप लिने व्यक्तिहरुले संक्रामक रोगहरु रोक्नको लागी खोपको प्रभाव र साइड इफेक्टको जोखिम दुबैलाई बुझ्नु पर्दछ र आफ्नै इच्छामा खोप लिनु पर्दछ। खोप लगाउने व्यक्तिको स्वीकृति बिना खोप लगाइने छैन।

यदि तपाइँ ले हालमा केहि रोगको उपचार गर्दै हुनुहुन्छ भने वा तपाइँ आफ्नो शारीरिक अवस्थाको कारण खोपको बारेमा चिन्तित हुनुहुन्छ भने खोप लिने कि नलिने विचार गर्नु अघि कृपया आफ्नो डाक्टरको सल्लाह लिनुहोस्।

9. साइड रियाक्सन

जापानमा लगाउने खोपहरु,फाइज़र कम्पनि,एस्त्रोजेनेका कम्पनि र ताकेदा मोदर्ना कम्पनि को हो । यो रिपोर्ट गरिएको छ कि सबै खोपहरुक साइड इफेच्ट छन् जस्तै खोप लगाएको ठाउँमा दुख्ने, थकान, टाउको दुख्ने , मांसपेशी को दुखाई आदि।

जापानमा नयाँ कोरोना भाइरसको खोप लगाएपछि एनाफिलेक्सिस इत्यादी संग लड्नको लागी तपाइँलाई १५ देखि ३० मिनेट सम्म खोप केन्द्र वा मेडिकल संस्थामा बस्न आग्रह गरिन्छ र सम्भावित घटनामा एनाफिलेक्सिस भयो भने तुरुन्तै घटना स्थलमै उपचार गरिन्छ।

बिस्तृत जानकारीको लागी कृपया स्वास्थ,श्रम तथा कल्याण मन्त्रालयको वेबसाइट हेर्नुहोस्।

10. कल सेन्टर

सेन्दाई शहर नयाँ कोरोना भाइरस खोप कल सेन्टर

खोप सम्बन्धि प्रक्रियाहरुको लागी हामीलाई सम्पर्क गर्नुहोस्।

फोन नम्बर: ०५७०-०५-५६७०

रिसेप्शन समय: बिहान ८:३० बजे देखि बेलुका ७ बजे सम्म (मार्च महिनामा सोमबार देखि शुक्रबार सम्म मात्र । अप्रिल महिना बाट शनिवार,आइतवार र सार्वजनिक बिदाका दिन पनि संचालन हुनेछ।)

अंग्रेजीभाषा,चाइनिजभाषा,कोरियनभाषा,भियेतनामीभाषा,नेपाली भाषामा सोपोर्ट गरिन्छ।

※यदि तपाइँ माथिका बाहेक अरु कुनै भाषामा सल्लाह लिन चाहनु हुन्छ भने सेन्दाई बहु साँस्कृतिक केन्द्रमा फोन गर्नुहोस्। फोन नम्बर:०२२-२२४-१९१९ बिहान ९ बजे बाट दिउसो ५ बजे सम्म

मियागीप्रान्त नयाँ कोरोना भाइरस संक्रामण चिकित्सा सेवा / परामर्श केन्द्र

यो चाँही साइट रियाक्सनसम्बन्धि कुराको लागिको टेलीफोन परामर्श काउन्टर हो ।

फोन नम्बर : ०२२-३९८-९२११

रिसेप्सन समय : २४सै घण्टा(शनी,आइबार र सार्वजनिक बिदाको दिनमा पनि उपलब्ध)

फ्याक्स : ०२२-२००-२९६५

रिसेप्सन समय : २४सै घण्टा(शनी,आइबार र सार्वजनिक बिदाको दिनमा पनि उपलब्ध)

मेल एड्रेस :sodan-corona@medi-staffsup.com

 समय    : बिहान ८:३० बजे बाट बेलुका ५:१५ बजे सम्म

स्वास्थ,श्रम तथा कल्याण मन्त्रालय नयाँ कोरोना भाइरस खोप कल सेन्टर

नयाँ कोरोना भाइरस सम्बन्धि सामान्य परामर्श लिन सक्नु हुन्छ।

फोन नम्बर न: ०१२० -७६१७७० (निशुल्क डायल)

रेसेप्शन समय:बिहान ९ बजे बाट बेलुका ९ बजे सम्म (शनिवार ,आइतवार र बिदाको दिन पनि)

11. प्राय सोधिने प्रश्न र उतरहरु(FAQ)

नयाँ कोरोना भाइरस खोपको सम्बन्धमा प्राय सोधिने प्रस्न र उतरहरुको लागि कृपया यो पृष्ठ/पेज हेर्नुहोस्।

※(FAQ) प्राय सोधिने प्रस्न र उतरहरु समय समयमा अपडेट गरिन्छ।

Adobe Readerのダウンロードページへ

PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。Adobe Readerをダウンロードしてください。Adobe Readerのダウンロードページ

お問い合わせ

健康福祉局新型コロナウイルスワクチン接種推進室

仙台市青葉区国分町3-7-1市役所本庁舎6階

電話番号:022-214-8069 ファクス:022-214-8066