ホーム > 仙台市新型コロナウイルスワクチン接種ポータルサイト > 外国語翻訳ページ Foreign Language > २०२३ को नयाँ कोरोनाभाइरसको खोप लगाउने बारेमा
更新日:2023年9月1日
ここから本文です。
खोप लगाउनको लागि व्यक्तिको आफ्नो सहमति आवश्यक पर्छ।
यदि हाल अन्य रोगको लागि औषधि लिइरहनुभएको व्यक्ति, अस्वस्थ महसुस गरिरहनु भएको व्यक्ति, वा खोप लगाउनको लागि चिन्ता लागिरहेको व्यक्तिहरुले भने, तपाइँ सधै गईरहने अस्पतालको डाक्टरसँग परामर्श गरि निर्णय लिनुहोस।
खोप लगाउने दिनमा, सेन्दाई सिटीमा निवास दर्ता भएको व्यक्तिहरुले, सेन्दाई सिटीको अस्पताल वा खोप लगाउने स्थानबाट खोप लगाउन सक्नुहुनेछ।
यधपी, लामो समय सम्म अस्पताल भर्ना भएका वा बृद्धआश्रम आदिमा बस्नुहुने व्यक्तिहरु आदिले भने, सेन्दाई सिटिमा निवास दर्ता नभएको भएपनि, सेन्दाई सिटीको अस्पताल वा खोप लगाउने स्थानबाट खोप लगाउन सक्नुहुनेछ।
खोप लगाउन निःशुल्क हुनेछ।
उमेर वा अहिले सम्म लगाएको खोपको संख्याको आधारमा लगाउन मिल्ने खोप फरक हुन्छ।
अहिले सम्म खोप नलगाएको व्यक्तिहरुले भने, पहिले देखि चलिआएको खोपको पहिलो डोजको खोप लागाउनुहोस।
पहिलोपटकको खोप लगाउन मिल्ने चाँही, जन्मिएको ६ महिनादेखिको बच्चादेखि माथिका व्यक्तिहरु हो।
पहिले देखि चलिआएको खोप (फाइजर कम्पनि,ताकेदा कम्पनी (नोभाभ्याक्स)
तिनहप्ताको अन्तरालमा २ पटक
पहिले देखि चलिआएको बालखोप अन्तर्गतको खोप (फाइजर कम्पनी)
तिनहप्ताको अन्तरालमा २ पटक
पहिले देखि चलिआएको शिशु खोप अन्तर्गतको खोप (फाइजर कम्पनी)
तिनहप्ताको अन्तरालमा २ पटक हो। त्यसपछि, ८ हप्ता बढीको अन्तरालमा एकपटक [कुल तिन पटक]
पहिलोपटक लगाउने खोपको डोज पुरागरेको व्यक्ति, निम्न सर्तहरू अन्तर्गत पर्ने व्यक्ति, ओमिक्रोन भेरियन्ट लक्षित खोप प्रयोग गरिएको बूस्टर डोज खोप लगाउन सक्नुहुन्छ।
बूस्टर डोज लगाउन मिल्ने भने, ५ बर्षभन्दा माथिका व्यक्तिहरु हो।
हाल, अगस्ट अन्त्यसम्मको नीति निर्णय गरिएको छ। सेप्टेम्बर पछिको कुराभने निर्णय भएपछि जानकारी गर्नेछौ।
पछिल्लोपटक खोप लगाइएको मिति देखि ३ महिनाभन्दा बढी नाघेको व्यक्ति भै, तलको कुनै एक अन्तर्गतमा पर्ने व्यक्ति
मे महिनाको ८ तारिक देखि अगष्टको अन्तिम सम्मको अवधि भित्रमा १ पटक
ओमिक्रोन भेरियन्ट लक्षित खोप (फाइजर कम्पनी, मोडेर्ना कम्पनी)
※ताकेदा कम्पनी (नोभाभ्याक्स) को परम्परागत खोप अनुसारको बूस्टर डोज पनि लगाउन सम्भव हुन्छ। त्यस्तो खण्डमा,पछिल्लो पटक खोप लगाएको ६ महिना भन्दा बढी समय नाघेपछि खोप लगाउन सकिन्छ।
पछिल्लोपटक खोप लगाइएपछि ३ महिनाभन्दा बढी नाघेको व्यक्ति
मार्च महिना २० तारिक देखि अगष्टको अन्तिम सम्मको अवधि भित्रमा १ पटक
※शरीरमा अन्तर्निहित रोग भएका व्यक्तिहरु, वा नयाँ कोरोनाभाइरस रोग बाट सङ्क्रमित भएको खण्डमा गम्बिर जोखिम बढ्ने भनी डाक्टरले ठहर गरेका व्यक्तिहरुले, मे ७ तारिक सम्ममा बालखोप अन्तर्गतको ओमिक्रोन भेरियन्ट लक्षित खोप लगाएमा, मे ८ तारिक देखि अगष्टको अन्तिम सम्मको अवधि भित्रमा, अझै एकपटक खोप लगाउन सकिनेछ।
बालखोप अन्तर्गत ओमिक्रोन भेरियन्ट लक्षित खोप (फाइजर कम्पनी)
तलका निम्न खोपहरू विदेशमा लगाएको खण्डमा, जापानमा, त्यसपछिको डोजबाट खोप लगाउन सकिन्छ।
तलका निम्न खोपहरू बाहेकको खोप लगाएको खण्डमा, जापानमा फेरी सुरुको पहिलोपटक देखि खोप लगाउन पर्नेछ।
※विदेशमा पहिलोपटक जोनसन फार्मा कम्पनीको खोप लगाएको खण्डमा, जापानमा दोस्रोपटकको डोज सम्म पूरा भएको मानिन्छ। यसबाहेक अन्य कम्पनीको खोपहरू भने, जापानमा लगाइने खोपको संख्या सरह नै मानिनेछ।
खोप लगाउनको लागी भने, खोप लगाउने टिकटको आवश्यकता पर्छ।
पहिलोपटक लगाउने खोपको टिकट चाँही, बच्चा जन्मिएको ६ महिना भएपछि पठाइनेछ। त्यस बाहेक अन्य व्यक्तिहरुलाई भने पहिले नै पठाइसकिएको छ।
बूस्टर डोज खोप लगाउने टिकट चाँही, बूस्टर डोज खोप लगाउने बेला भएपछि टिकट पठाइनेछ।
यदि, खोप लगाउने टिकट हरायो वा, सेन्दाई सिटिमा बसाई सरि आएको खण्डमा भने, आबेदन दिनुपर्ने आवश्यक पर्छ। कल सेन्टर (☎०१२०-३९-५६७०) मा फोन गरि बुझनुहोस।
खोप चाँही,स्थानीय अस्पताल तथा क्लिनिकमा「व्यक्तिगतरुपमा लगाउने खोप」लगाइने कार्य संचालन गरिएको छ ।
खोप लगाउने कार्य गरिरहेको अस्पतालहरुमा, सिधै सम्पर्क गरि बुकिंग गर्नुहोस।
खोप लगाउने कार्य गरिरहेको अस्पतालहरुको कल सेन्टर (☎०१२०-३९-५६७०) बाट जानकारी प्रदान गर्दछ।
साथै, सेन्दाई सिटिको होमपेजमा पनि खोप लगाउने कार्य गरिरहेको अस्पतालहरुको सुची पोस्ट गरिएको छ।
खोप लगाउने कार्य गरिरहेको अस्पतालहरुको सुची यहाँबाट हेर्नुहोस (※जापानीज भाषा मात्र)
※ अहिले, नागरिक केन्द्र हरुमा「सामुहिकरुपमा लगाउने खोप」लगाइने कार्य संचालन गरिएको छैन ।
खोप लगाउने दिनमा, घरैमा आफ्नो शारीरिक अवस्थाको बारेमा जाँच गर्नुहोस। यदि ज्वरो आएको खण्डमा वा अस्वास्थ्य महसुस गरिरहनुभएको खण्डमा,खोप लगाउन पाइनेछैन।
खोप लगाउने टिकट र प्रारिम्भक चिकित्सा जाँच फारम, सँग एउटा पानामा संगै जोडीएको छ। खोप लगाउनु भन्दा पहिलेनै प्रारिम्भक चिकित्सा जाँच फारम भरेर, अस्पताल वा खोप लगाउने स्थानमा साथै लिएर गएमा, रिसेप्शनमा चाँडै काम हुनेछ।
※श्रम तथा स्वास्थ्य कल्याण मन्त्रालयको होमपेज (बाह्य साइटको लिङ्क) मा प्रारिम्भक चिकित्सा जाँच फारम वा खोपको व्याख्या तथा निर्देशन विदेशी भाषा संस्करण पनि प्रकाशित गरिएको छ ।
उदहारण) रेसिडेन्सकार्ड, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य बीमा कार्ड, आदि
खोप लगाउने स्थानमा, खोप लगाएपछि, तपाइँले खोप लगाइएको प्रमाणित गर्नको लागि प्रयोग गरिने कागजात हो। खोप लगाउने टिकटसँगै पठाउनेछौ। बूस्टर डोज खोपको लागि भने, खोप लगाउने टिकट र प्रारिम्भक चिकित्सा जाँच फारम, एउटा पानामा संगै जोडीएको हुनेहुँदा, यसलाई काट्ने वा छुट्याउने नगरी,साथै लिएर जानुहोस।
※खोप लगाएको प्रमाणपत्र भनेको तपाईले खोप लगाइएको प्रमाणित गर्ने कागजात हो। कृपया यसलाई सुरक्षित स्थानमा जतनसाथ राख्नुहोस।
※जन्मिएको ६ महिना देखि ११ वर्षको बालबालिका मात्र
खोप लगाएपछि, इंजेक्शन लगाएको भागमा दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, टाउको दुख्ने, थकान लाग्ने आदि साइडइफेक्टहरू हुन सक्छ।
जापानमा चाँही, एनाफिलेक्सिस आदिको सामना गर्नको लागि, खोप लगाएपछि लगभग १५ देखि ३० मिनेटसम्म खोप लगाएको ठाउँमा आराम गर्नुपर्छ। एनाफिलेक्सिस भयो भने, तुरुन्तै उपचार गर्नुपर्छ।
साइडइफेक्टको बारेमा परामर्श गर्न सकिन्छ।
फोन नम्बर: ०५०-३६१५-६९४१
रिसेप्शन समय : बिहान ८:४५ देखि बेलुका ५:१५ बजे सम्म
※भाषा बुझ्न वा बोल्न कठिनाइ हुने व्यक्ति) ले, तलको नम्बरमा फ्याक्स वा इमेल गर्नुहोस।
फ्याक्स: ०२२-२००-२९३२
इमेल ठेगाना:m-side-reaction@medi-staffsup.com
खोप लगाउँदा हुने, साइडइफेक्टका कारण स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ।
विरलै हुन सक्ने, तर शून्य भने हुन सक्दैन। त्यसका लागि राहत प्रणाली छ।
आबेदन प्रक्रियाको लागि, वाडा कार्यालयको परिवार स्वास्थ्य शाखा वा सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण शाखामा परामर्श गर्नुहोस।
お問い合わせ
仙台市新型コロナウイルスワクチン接種専用コールセンター
電話番号:0120-39-5670
受付日:祝日を除く月曜~金曜
受付時間:8時30分~19時00分
Copyright©City of Sendai All Rights Reserved.