ホーム > くらしの情報 > 手続きと相談 > 生活に困ったとき > 電力・ガス・食料品等価格高騰緊急支援給付金(1世帯あたり5万円の給付)について > 電力・ガス・食料品等価格高騰緊急支援給付金(外国語情報ページ/Foreign Language) > सेन्दाई शहरले दिने बिजुली, ग्यास र खानेकुरा आदिको बढिरहेको मूल्यहरूबारे आकस्मिक सहायता भत्ताबारे सूचना
更新日:2022年11月18日
ここから本文です。
यो बिजुली, ग्यास र खानेकुरा आदिको बढिरहेको मूल्यको कारण आर्थिक रूपमा ठूलो असर पुगेको बसोबास कर छुट पाएका घरहरूलाई दिइने भत्ता हो।
प्रतिघर 50,000 येन
2022 साल सेप्टेम्बर 30 तारिखमा सेन्दाई सहरमा बसोबास दर्ता भएको र निम्न ① वा ② को मापदण्ड पूरा गरेको घरहरू योग्य छन्।
भएको अनि घरका सबै सदस्यलाई 2022 आर्थिक वर्षको बसोबास करमध्ये बराबर कर छुट पाएका घरहरू(सबैलाई लागू नहुन सक्छ।) ※सामाजिक सहयोग प्राप्त गरिरहेको घरसमेत
2022 जनवरीदेखि डिसेम्बरसम्म अप्रत्याशित रूपमा आय घटेको र बसोबास कर छुट पाएका घरहरूको जस्तै आर्थिक अवस्था भएका घरहरू
※ ① र ② घरहरूमध्ये बसोबास कर तिर्नुपरेकाहरूका आश्रित व्यक्तिहरू मात्र भएको घरहरू भत्ताको लागि योग्य छैन। साथै कोही व्यक्ति कर सन्धिको कारण बसोबास करबाट छुट लिएकाहरू हुनुभएको खण्डमा उक्त व्यक्ति पेमेन्टको लागि योग्य छैन।
※ आकस्मिक सहायता भत्ता चाहिँ 2021 आर्थिक वर्ष वा 2022 आर्थिक वर्षमा पहिल्यै बसोबास कर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता (100,000 येन) पाइसकेका घरहरू पनि प्राप्त गर्न योग्य छ।
●2022 साल नोभेम्बरदेखि पालैसँग सेन्दाई शहरबाट आवेदनको लागि आवश्यक कागजातहरू आउँछन्।
● कागजातहरू पाएकाहरूमध्ये पेमेन्टको लागि योग्य हुनुभएको खण्डमा आवश्यक जानकारीहरू भरेर सेन्दाई शहरमा हुलाकद्वारा पठाउनुहोस्।
● 2022 जनवरी 2 मा वा त्यसपछि सेन्दाई शहरमा बसाइँ सर्नुभएको व्यक्तिहरूलाई एकनासले भत्ताको सूचनाको पोस्टकार्ड आइपुग्नेछ। पेमेन्टको लागि योग्य
हुनुभएको खण्डमा आवेदन फारामहरू मेल गरिनेछ, त्यसैले पोस्टकार्डमा लेखिएको नम्बरमा सम्पर्क गर्नुहोस्।
● आवेदन दिने अन्तिम म्याद 2023 साल जनवरी 31 तारिख (मङ्गलबार) सम्म हो।
【2022 साल जनवरी 1 तारिखसम्ममा सेन्दाई शहरमा बसाइँ सरेकाहरू】
पुष्टिकरण फाराम भर्ने तरिका(PDF:2,334KB)
【2022 साल जनवरी 2 तारिखसम्ममा सेन्दाई शहरमा बसाइँ सरेकाहरू】
तपाईँले सुचना पोस्टकार्ड प्राप्त गर्नुहुनेछ। पोस्टकार्डमा लेखिएको नम्बरमा सम्पर्क गर्नुहोस् र पठाइएको आवेदन फाराम लिनुहोस्।
आवेदनफाराम (पुर्जा) भर्नेतरिका(PDF:3,074KB)
<कागजातको नमुना>
यस्तो खाम आउँछ
तपाईँले सुचना पोस्टकार्ड प्राप्त गर्नुहुनेछ। पोस्टकार्डमा लेखिएको नम्बरमा सम्पर्क गर्नुहोस् र पठाइएको आवेदन फाराम लिनुहोस्।
यस्तो खाम आउँछ
● प्रत्येक वडा कार्यालय र त्यसको शाखा कार्यालय अनि सेन्दाई बहुसाँस्कृतिक केन्द्र जस्ता ठाउँहरूमा आवेदन फाराम पाउनुहोस्।
तल दिइएको “बिजुली, ग्यास र खानेकुरा आदिको बढिरहेको मूल्यहरूबारे आकस्मिक सहायता भत्ताको लागि टेलिफोन” लाई कल गर्नुभयो भने तपाईंको घरमा हुलाकद्वारा आवेदन फाराम पठाइनेछ।
● आवश्यक जानकारी आवेदन फाराममा भरेपछि फाराम सँगसँगै पठाइएको जवाफ दिने खाममा अरू आवश्यक कागजातहरूसँगै हालेर हुलाकद्वारा सेन्दाई शहरमा पठाउनुहोस्।
● आवेदन दिने म्याद 2023 साल जनवरी 31 तारिख (मङ्गलबार) सम्म हो।
भत्ताको विषयमा सोधपुछ गर्न चाहनुहुन्छ भने निम्न नम्बरलाई फोन गर्नुहोस्।
0120-489-048
3 कसले भत्ता पाउन सक्छ ?” मा उल्लिखित सर्तहरू पूरा गरेको छ भने विदेशीहरू पनि भत्ताको लागि योग्य हुन्छन्। तर कर सन्धिअनुसार बसोबास कर छुटको आवेदन दिएको खण्डमा योग्य हुँदैनन्।
जागिर खानुभएको हो भने कम्पनीले दिने वार्षिक आयकर कट्टी पत्र जस्ता कागज हेरेर पक्का गर्नुहोस्। बुझ्नुभएन भने माथि बुँदा “5 भत्ताको विषयमा कहाँ सल्लाह गर्न सकिन्छ?” मा उल्लिखित नम्बरलाई फोन गर्नुहोस्।
2022 साल सेप्टेम्बर 30 मा तपाईंको बसोबास दर्ता जापानको कतै पनि नभएको खण्डमा भत्ता पाउन योग्य छैन।
सेन्दाई शहरको वेब पेजमा आवेदन फाराम भर्ने तरिका विभिन्न भाषामा बताइएको हुनाले पहिला त्यो वेब पेज हेर्नुहोस्।
बुझ्नुभएन भने “5 भत्ताको विषयमा कहाँ सल्लाह गर्न सकिन्छ?” मा उल्लिखित नम्बरलाई फोन गर्नुहोस्।
जापानी भाषा बोल्न सक्ने व्यक्तिसँग “अस्थायी भत्ता कार्यालय केन्द्र”सम्म आउनुहोस्।
कार्यालयको ठेगाना SSसेन्दाई बिल्डिङ 9F, 4-7-17 इचिबान्चो, आओबा वडा, सेन्दाई हो।
भत्ता पाउने सम्भावना हुने भएकोले माथि उल्लेखित नम्बरलाई (0120-489-048) फोन गर्नुहोस्।
अरू विभिन्न विषयमा विदेशी भाषामा सल्लाह गर्न “सेन्दाई बहुसंस्कृति केन्द्र”लाई फोन गर्नुहोस्।
फोन नम्बर:022-224-1919(बिहान 9:00 देखि साँझ 5:00 सम्म)
PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。Adobe Readerをダウンロードしてください。Adobe Readerのダウンロードページ
お問い合わせ
仙台市緊急支援金事務センター
仙台市青葉区一番町4-7-17 SS仙台ビル9F
Copyright©City of Sendai All Rights Reserved.