Page ID: 65004

Updated: March 3, 2023

ここから本文です。

बिपत आश्रयस्थल कहाँ छ?

बिपत आश्रय स्थल भनेको के हो ?

ठूलाठूला प्राकृतिक प्रकोप आउँदा आफ्नो घरभित्र बस्न सक्ने अवस्था नभएमा आश्रय लिने ठाउँ हो (प्राथमिक बिधालय, निम्न माध्यामिक बिधालयको भित्र व्यायामशाला) । ओढने ब्लान्क्केट र खानेकुराहरु हुन्छ । जो सुकैपनि त्यहाँ प्रबेश गर्न सकिन्छ । आश्रय स्थलमा जम्मा भएका ब्यक्तिहरु मिलेर संचालन गरिन्छ । आफुले गर्न सक्ने कुरा भएमा मद्दत गरौ ।
सेन्दाई सिटिले, तलको तालिका अनुसार बिपत आश्रयस्थलको स्थापना गरेको छ । आफ्नो बसोबास गर्ने
स्थान नजिकै भएको बिपत आश्रयस्थल वा आश्रयस्थल जाने बाटोको पहिले देखि नै जानकारी राखीराखौ ।

1. तोकिएको बिपत आश्रयस्थल

आश्रय लिनको लागि फराकिलो र बलियो भवनको बेवस्था गरिएको हुनुपर्ने हुँदा, आश्रयस्थलमा दैनिक दिनचर्या यापन गर्नुपर्ने ठाउँको रुपमा सरकारी प्राथमिक विधालय, निम्न माध्यमिक विधालय, उच्चमाध्यमिक विधालय आदि स्थानमा तोकिएको हुन्छ । 
तालिक सूची

2. स्थानीय क्षेत्र बिपत आश्रयस्थल

तोकिएको आश्रयस्थलहरु सुरक्षित गर्न गाह्रोहुने स्थानीय क्षेत्रहरूमा भने अस्थायी आश्रयस्थल क्षेत्रको रुपमा, अपेक्षाकृत ठूलो पार्कहरु लाई ठाउँको रुपमा तोकिएको हुन्छ ।
तालिका सूची

3.फराकिलो क्षेत्र बिपत आश्रयस्थल

आगोलागिको फैलावटको कारणले तोकिएको आश्रयस्थल आदि सम्म फैलिन सक्ने भै बस्न नसक्ने अवस्था भएमा बिपत आश्रयस्थल क्षेत्रको रुपमा, फराकिलो क्षेत्रफल भएको पार्कलाई तोकिएको हुन्छ ।
तालिका सूची

4. कल्याणकारी बिपत आश्रयस्थल

तोकिएको आश्रयस्थलको दैनिक जीवनयापनमा समस्या हुने जेष्ठनागरिक वा र अपाङ्गता भएका मानिसहरू आदि विपद्को समयमा सहायता चाहिने व्यक्तिहरूको दैनिक दिनचर्याको लागि तयार पारिएको बिपत आश्रयस्थल हो । 
※यो प्राकृतिक विपद्को समयमको आवश्यकता अनुसार तयार पारिएको हुनाले, यसलाई सुरुदेखि नै बिपत आश्रयस्थलको रूपमा प्रयोग गर्न भने पाउनेछैन । 
तालिका सूची (जापानिज भाषा मात्र)
 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917