現在位置ホーム > くらしの情報 > 手続きと相談 > 生活に困ったとき > 低所得世帯への物価高対策緊急支援給付金及び子育て世帯への加算給付について > 低所得世帯への物価高対策緊急支援給付金(1世帯あたり7万円)の支給について > 低所得世帯への物価高対策緊急支援給付金(外国語情報ページ/Foreign Language) > उच्च मूल्य विरुद्ध न्यून आय भएका घरहरूलाई दिइने आकस्मिक सहायता भत्ता (प्रतिघरको लागि 70,000 येन)

ページID:72569

更新日:2024年4月1日

ここから本文です。

उच्च मूल्य विरुद्ध न्यून आय भएका घरहरूलाई दिइने आकस्मिक सहायता भत्ता (प्रतिघरको लागि 70,000 येन)

कस्तो किसिमको भत्ता हो ?

बढिरहेको मूल्यको कारण ठूलो असर पुगेका बसोबास कर छुट पाएका घरहरूलाई सहायता दिन प्रतिघर 70,000 येन उपलब्ध गराइनेछ।

कति पैसा पाइन्छ ?

प्रतिघर 70,000 येन।

कसले भत्ता पाउन सक्छ?

  निम्न मापदण्ड पूरा गरेका घरहरू योग्य छन्।

  • 2023 आर्थिक वर्षको बसोबास कर छुट पाएका घरहरू (सामाजिक सहयोग प्राप्त गरिरहेका घरहरूसमेत)

  आधार मिति 2023 साल डिसेम्बर 1 तारिखमा सेन्दाई शहरमा बसोबास दर्ता भएका घरहरूमध्ये घरका सबै सदस्हरूको 2023 आर्थिक वर्षको बसोबास करमध्ये बराबर कर छुट पाएका घरहरू

※तर माथिको घरहरूमध्ये घरका सबै सदस्यहरू 2023 आर्थिक वर्षको बसोबास करमध्ये बराबर कर तिर्नुपरेकाहरूका आश्रित व्यक्तिहरूमात्र भएको घरहरू भत्ताको लागि योग्य छैन। साथै कोही व्यक्ति कर सन्धिको कारण बसोबास करबाट छुटको लागि सुचना दिएको छ भने योग्य छैन।

※यो भत्ता 2021 आर्थिक वर्ष वा 2022 आर्थिक वर्षमा बसोबास कर छुट पाएका घरहरूलाई दिइने अस्थायी भत्ता (प्रति घर 100,000 येन) वा बिजुली, ग्यास र खानेकुरा आदिको बढिरहेको मूल्यहरूबारे आकस्मिक सहायता भत्ता (प्रति घर 50,000 येन) वा बसोबास कर छुट पाएका घरहरूलाई दिइने आकस्मिक सहायता भत्ता (प्रतिघरको लागि 30,000 येन) पाइसकेका घरहरूले पनि प्राप्त गर्न योग्य छ।

भत्ता पाउन कसरी अनि कहिलेसम्ममा आवेदन दिनुपर्छ ?

1 2023 साल जनवरी 1 तारिखमा सेन्दाई शहरमा बसोबास दर्ता गरेका घरहरू

योग्य घरहरूलाई आवश्यक कागजातहरू मेल गरिनेछ।

(1)“बसोबास कर छुट पाएका घरहरूलाई दिइने आकस्मिक सहायता भत्ता (प्रति घर 30,000 येन)” भुक्तान गरिएका घरहरूमध्ये योग्य घरहरूलाई “पेमेन्ट सुचना” मेल गरिनेछ। “बसोबास कर छुट पाएका घरहरूलाई दिइने आकस्मिक सहायता भत्ता (प्रति घर 30,000 येन)” को भुक्तान गरिएको खातामा रकम स्थानान्तरण गर्ने भएकोले कुनै विशेष आवेदनको प्रक्रिया पूरा गर्न आवश्यक छैन। यदि स्थानान्तरण खाता परिवर्तन गर्न चाहनुहुन्छ र यो भत्ता प्राप्त गर्न चाहनुहुन्न भने 2024 साल फेब्रुअरी 5 (सोमबार) सम्ममा दिइएको नम्बरमा 0120-000-483 मा सम्पर्क गर्नुहोस्।

योग्य घरहरूले यस्तो खाम प्राप्त गर्नेछन्।

R5物価高対策緊急支援給付金7万円支給のお知らせ封筒_リサイズ

(2) (1)योग्य घरहरूबाहेक अन्य घरहरू

योग्य घरहरूलाई आवेदनको लागि आवश्यक कागजात मेल गरिनेछ। पेमेन्टको लागि योग्य हुनुभएको खण्डमा आवश्यक जानकारीहरू भरेर सेन्दाई शहरमा हुलाकद्वारा पठाउनुहोस्। आवेदन दिने अन्तिम म्याद 2024 साल मे 31 (शुक्रबार) सम्म हो।

आवश्यक कागजात भर्ने तरिका(PDF:2,801KB)

योग्य घरहरूले यस्तो खाम प्राप्त गर्नेछन्।

R5物価高対策緊急支援給付金7万円確認書封筒_リサイズ

 2  2023 साल जनवरी 2 तारिखमा वा त्यसपछि सेन्दाई शहरमा बसाइँ सर्नुभएको व्यक्तिहरू हुने घरहरु

एकनासले भत्ताको सूचनाको पोस्टकार्ड आइपुग्नेछ। यो भत्ताको लागि योग्य हुनुहुन्छ भने भत्ताको लागि टेलिफोन 0120-000-483 मा सम्पर्क गर्नुहोस्। पछि आवेदन फाराम मेल गरिनेछ।

R5物価高対策緊急支援給付金7万円転入者ハガキ_リサイズ

※तर माथि 1 (1)“बसोबास कर छुट पाएका घरहरूलाई दिइने आकस्मिक सहायता भत्ता (प्रति घर 30,000 येन)” लागू भएका घरहरूलाई “पेमेन्ट सुचना” मेल गरिनेछ। पेमेन्ट गर्ने तरिका 1 (1) को जस्तै हो।

आवश्यक कागजात भर्ने तरिका(PDF:4,053KB)

आवेदन फाराम यस्तो खाममा आउनेछ।

R5物価高対策緊急支援給付金7万円申請書封筒_リサイズ

भत्ताको विषयमा कहाँ सल्लाह गर्न सकिन्छ ?

भत्ताको विषयमा सोधपुछ गर्न चाहनुहुन्छ भने निम्न नम्बरलाई फोन गर्नुहोस्।

  • आकस्मिक सहायता भत्ताको लागि टेलिफोन

・फोन नम्बर

0120-000-483

  • रिसेप्सनको समय

सोमबारदेखि शुक्रबारसम्म बिहान 8:30 देखि बेलुका 5:00 सम्म

  • उपलब्ध भाषा

जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामिज, नेपाली

अक्सर सोधिने प्रश्नहरू

1 म विदेशी भए पनि भत्ता पाउन सक्छु ?

“कसले भत्ता पाउन सक्छ?” मा उल्लिखित सर्तहरू पूरा गरेको छ भने विदेशीहरू पनि भत्ताको लागि योग्य हुन्छन्। तर बसोबास कर तिर्नुपरेकाहरूका आश्रित व्यक्तिहरू मात्र भएको घरहरू वा कर सन्धिको कारण बसोबास करबाट छुटको आवेदन दिएको खण्डमा योग्य हुँदैनन्।

2 आफू बसोबास कर छुट पाएको घरमा पर्छु कि पर्दिनँ भन्ने कुरा मलाई थाह छैन, के गर्ने ?

जागिर खानुभएको हो भने कम्पनीले दिने वार्षिक आयकर कट्टी पत्र जस्ता कागज हेरेर पक्का गर्नुहोस्। यदि पक्का हुनुहुन्न भने भत्ताको लागि टेलिफोन 0120-000-483 मा फोन गर्नुहोस्।

3 म 2023 साल डिसेम्बर 2 तारिख वा सोभन्दा पछि विदेशबाट सेन्दाइ सहरमा आएँ। के मैले भत्ता पाउन सक्छु?

2023 साल डिसेम्बर 1 मा सेन्दाई शहरमा बसोबास दर्ता गरिएको छैन भने यो भत्ताहरू प्राप्त गर्न योग्य हुदैन।

4 आवेदन फाराम भर्ने तरिका मैले बुझिनँ। कसरी सिक्न सक्छु ?

“भत्ता पाउन कसरी अनि कहिलेसम्ममा आवेदन दिनुपर्छ?” भन्ने भागमा आवेदन फाराम भर्ने तरिकाबारे बताइएको छ। अझै पक्का हुनुहुन्न भने भत्ताको लागि टेलिफोन 0120-000-483 मा फोन गर्नुहोस्।

5 मलाई जापानिज लेख्न आउँदैन। कहाँ जाँदा आवेदन फाराम भर्ने तरिका सिक्न सक्छु ?

जापानी भाषा बोल्न सक्ने व्यक्तिसँग “अस्थायी भत्ता कार्यालय केन्द्र”सम्म आउनुहोस्। कार्यालय तोहोकु ओजी फुदोसन बिल, पहिलो तल्ला, 1-6-18 कोकुबुन्चो, आओबा-कु, सेन्दाई शहरमा छ।

6 मेरो बसोबास दर्ता अर्कै शहरमा छ। तर DVको सिकार भएर अहिले सेन्दाई शहरमा शरण लिन आएको छु। मैले भत्ता पाउन सक्छु कि ?

भत्ता पाउने सम्भावना हुने भएकोले माथि उल्लेखित नम्बरलाई (0120-000-483) फोन गर्नुहोस्।

7 भत्ताको विषयबाहेक अरू विषयमा पनि विदेशी भाषामा सल्लाह गर्न सकिन्छ ?

अरू विभिन्न विषयमा विदेशी भाषामा सल्लाह गर्न “सेन्दाई बहुसंस्कृति केन्द्र” लाई फोन गर्नुहोस्।

  • सेन्दाई बहुसंस्कृति केन्द्र
  • फोन नम्बर

022-224-1919

  • रिसेप्सनको समय

हरेक दिन बिहान 9:00 बजे देखि साँझ 5:00 सम्म (यस केन्द्र बन्द हुने महिनाको 1 वा 2 दिन अनि

वर्षको अन्त र नयाँ वर्षको विदाको दिनहरू बाहेक)

Adobe Readerのダウンロードページへ

PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。Adobe Readerをダウンロードしてください。Adobe Readerのダウンロードページ

お問い合わせ

仙台市緊急支援給付金事務センター
仙台市青葉区国分町1-6-18 東北王子不動産ビル1F
電話番号:0120-000-483