現在位置ホーム > くらしの情報 > 手続きと相談 > 税金 > 市税について > 個人市県民税 > 個人市県民税の制度と手続き > 出国時における個人市県民税の納税について > जापान छोड्नु आगाडी व्यक्तिगत शहर तथा प्रान्तीय कर भुक्तानी गर्नुपर्ने बारेमा

ページID:83140

更新日:2025年10月28日

ここから本文です。

जापान छोड्नु आगाडी व्यक्तिगत शहर तथा प्रान्तीय कर भुक्तानी गर्नुपर्ने बारेमा

जापान छोड्नु अघि, तपाईंले आफ्नो व्यक्तिगत शहर तथा प्रान्तीय कर आदि तिर्नको लागी प्रक्रियाहरू पूरा गर्नुपर्ने आवश्यक हुन्छ।

यदि तपाईंले जापान छोड्नु हुने भयोभने पनि, व्यक्तिगत शहर तथा प्रान्तीय कर तिर्नुपर्ने हुन सक्छ।

व्यक्तिगत शहर तथा प्रान्तीय कर चाँही, तपाईंको अघिल्लो वर्षको आम्दानीको आधारमा, यस वर्षको जनवरी १ तारिकमा आफु बसोबास गर्ने शहर वा गाउँपालिकाले निर्धारण गरि कर लगाउने प्रावधान छ। यस कारणले गर्दा, तपाई वर्षको बिचतिर जापान छोड्ने योजनामा हुनुहुन्छ भने पनि, आफ्नो व्यक्तिगत शहर तथा प्रान्तीय कर अनिवार्य तिर्नुपर्ने हुन सक्छ।

जापान छोड्नु अघि कर भुक्तानी प्रक्रिया पूरा गर्न आवश्यक पर्ने व्यक्तिहरू

यदि, जनवरी देखि जुन महिना (कर भुक्तानी सूचना कार्ड प्राप्तगर्नु अघि) को बीचमा जापान छोड्दै हुनुन्छ भने

जापान छोडेको बर्षको तिर्नुपर्ने व्यक्तिगत शहर तथा प्रान्तीय करको लागि कर सूचना कार्ड चाँही, त्यो वर्षको जुन महिनाको मध्यमा पठाइनेछ (जापानमा प्रान्तीय कर तिर्नको लागि प्रत्येक बर्षको जुन महिनाको बीच तिर घरमा रसिद पठाउने गरिन्छ।) यदि तपाईंको अघिल्लो वर्षको आयआम्दानी (तलब) निश्चित रकमभन्दा बढी छ भने, तपाईंले व्यक्तिगत शहर तथा प्रान्तीय कर तिर्नुपर्ने (व्यक्तिगत शहर तथा प्रान्तीय कर अवश्य तिर्नुपर्ने हुन्छ) हुन्छ, जापान छोडेर गर्नु अघि, आफ्नो सट्टामा, कर -सम्बन्धित कागजात बुझीलिने र कर तिरिदिने कार्य गर्ने,「कर तिरिदिने एजेन्ट」राख्ने अथवा कर सूचना कार्ड पठाउनु अघिनै आफैंले वडाकार्यालयमा गई कर हिसाबकिताब गरि「अग्रिम भुक्तानी」तिर्नुपर्ने आवश्यक हुन्छ।

यदि, जुन महिना (कर भुक्तानी सूचना कार्ड प्राप्त भएपछि) देखि डिसेम्बरको बीचमा जापान छोड्दै हुनुन्छ भने

यदि तपाईंले जापान छोड्नु अघिनै करको पूरा किस्ता तिर्नुभएको खण्डमा भने, थप कुनैपनि प्रक्रिया गर्नुपर्ने आवश्यकता पर्दैन।

तिर्न बाँकि भएको आफ्नो व्यक्तिगत शहर तथा प्रान्तीय कर छ भने, आफ्नो सट्टामा कर तिरिदिनको लागि「कर तिरिदिने एजेन्ट」छनोट गरि राख्नुपर्ने हुन्छ।

कर तिरिदिने एजेन्ट राख्ने बिधि

जापान छोड्नु अघि,「कर भुक्तानी एजेन्ट छनोट, परिवर्तन,कर समायोजन (आबेदन) फारम」साथै,「कर भुक्तानी एजेन्ट (छनोट/परिवर्तन) [अनुमोदन/अस्वीकृति] फारम」(यो शहर बाहिर बस्ने व्यक्तिलाई कर भुक्तानी एजेन्ट नियुक्त गर्दा को खण्डमा मात्र) सेन्दाई सिटीको नगर कर बिभागमा पेश गर्नुपर्नेछ।

कर तिरिदिने एजेन्ट भन्नाले…

कर तिरिदिने एजेन्ट भनेको चाँही, करदाता द्वारा नियुक्त गरिने प्रतिनिधि हो। जो नगरपालिकालाई कर तिर्न अनिवार्य व्यक्ति, शहर भित्र ठेगाना वा बसोबास नभएका, यस्तो अवस्थामा कर एजेन्टले करदाताको सट्टा करदाताको तर्फबाट कर व्यवस्थापन गर्ने कार्य गर्दछ।

कर तिरिदिने एजेन्टको रुपमा काम गर्न सक्ने व्यक्ति …

कर एजेन्ट यस्तो हुनुपर्दछ जसको जापानमा ठेगाना, निवास तथा कार्यालय, वा व्यावसायिक प्रतिष्ठान (निगमहरू सहित) भएको जसले व्यवसाय गर्दछ। यदि कर तिरिदिने एजेन्ट नियुक्त गर्न चाहनुहुन्छ भने, तपाईंले कर रिटर्न (आवेदन) बुझाउनु पर्ने आवश्यक हुन्छ।

कर तिरिदिने एजेन्टको भूमिका

कर एजेन्टले करदाताको तर्फबाट कर मामिलाहरूको प्रबन्ध गर्ने काम गर्दछ। जस्तै कर भुक्तान गर्ने तथा कर भुक्तान सूचना सम्बन्धि पत्रहरु भुझिलिने पेश गर्ने गर्नु पर्दछ।

अग्रिम भुक्तानी प्रक्रिया

यदि कर सूचना आउनु अगाडि नै कर रकम गणनागरि, तपाईं जापान छोड्नु अघि आफ्नो कर आफैं तिर्न चाहनुहुन्छ भने,「अग्रिम भुक्तानीको लागि आवेदन」र कर रिटर्न फारमको प्रतिलिपि र कर रोक्का पर्ची, आदि, अघिल्लो वर्षको आफ्नो आय आम्दानी र अन्य स्थिति प्रमाणित गर्ने कागजातहरू नगरपालिका कर विभागमा पेश गर्नुहोस।

 


Adobe Readerのダウンロードページへ

PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。Adobe Readerをダウンロードしてください。Adobe Readerのダウンロードページ

お問い合わせ

財政局市民税課

仙台市青葉区二日町1-1市役所北庁舎5階

ファクス:022-214-8613

【青葉区・泉区にお住まいの方】
電話:022-214-8637 ファクス:022-214-8613
【宮城野区・若林区・太白区にお住まいの方】
電話:022-214-8638 ファクス:022-214-8613