नगर तथा प्रान्तीय करको विवरण बुझाउन पर्ने बारे
कर बुझाउन जाने स्थलमा भीडभाड रोकथामको लागी, नगर तथा प्रान्तीय करको रशिद बिबरण हुलाक मार्फत बुझाउनुहोला।
<नगर तथा प्रान्तीय करको विवरण बुझाउन आवश्यक पर्ने व्यक्तिहरु>
- २०२५ जनवरी १ तारिक हाल सम्म, यस नगरको बासिन्दा भई, निम्नलिखित「नगर तथा प्रान्तीय करको विवरण बुझाउन आवश्यकता नभएका व्यक्ति」मा नपर्नुहुनेहरु (२०२४ मा आम्दानी नभएकाहरुले पनि विवरण बुझाउन पर्ने। विवरण नबुझाएको खण्डमा,कर छुटको प्रमाणपत्र आदि जारी नहुने हुनाले, सावधान रहनुहोला।)
<नगर तथा प्रान्तीय करको विवरण बुझाउन आवश्यक नपर्ने व्यक्तिहरु>
- आयकर फिर्ताको लागि आवेदन दिने व्यक्तिहरु
- आम्दानीको स्रोतमा तलब मात्र भएको अथवा सरकारी पेन्सन मात्रको आम्दानीको स्रोत भएको (आर्थिक बर्षको बिचदेखि जागिर गर्न थाली वा अवकाश लिई, वर्षको अन्त्यमा कर समायोजन नगरेका व्यक्तिहरु तथा चिकित्सा खर्च आदिको रकम फर्छ्यौट पर्चीमा सूचीबद्ध नगरिएका र फिर्ता पाउनुपर्ने भएको खण्डमा विवरण बुझाउनुपर्ने।)
- माथि उल्लेखित बुँदाहरूमा पर्नु हुने आश्रीत व्यक्तिहरु आदि (एकै घर परिवारको पति/पत्नी वा आश्रीत व्यक्ति) (सेन्दाई नगर बाहेक अन्य ठाउँमा बसोबास गर्ने व्यक्तिहरुमा आश्रीत व्यक्तिहरुले विवरण बुझाउन पर्ने।)
नगर तथा प्रान्तीय कर विवरण बुझाउने स्थल
- खुल्ने अवधि=फेब्रुअरी १७ तारिक(सोम)देखि फेब्रुअरी २८ तारिक(शुक्र)(कार्यालय बन्द हुने दिन बाहेक)
रिसेप्सन समय बिहान ९:०० बजे देखि ११:३० बजे सम्म、दिउँसो १:०० बजे देखि ४:०० बजे सम्म
स्थल नगरपालिक (सियाक्सो) उत्तरपट्टीको भवन दोस्रो तल्ला विशेष स्थल ( आओबा वार्ड, वाकाबयासी वार्ड, ताईहाकु वडाकार्यालयको बैकल्पिक स्थल)
- खुल्ने अवधि=फेब्रुअरी १७ तारिक(सोम)देखि मार्च १७ तारिक(सोम)(कार्यालय बन्द हुने दिन बाहेक)
रिसेप्सन समय बिहान ९:०० बजे देखि ११:३० बजे सम्म、दिउँसो १:०० बजे देखि ४:०० बजे सम्म
स्थल मियागीनो वडाकार्यालयको छैटौं तल्लाको हल, इजुमी वडाकार्यालयको पुर्बपट्टि सरकारी भवनको पहिलो तल्लाको मुख्य सम्मेलन कक्ष
रिसेप्सन समय बिहान ९:३० बजे देखि ११:३० बजे सम्म、दिउँसो १:०० बजे देखि ४:०० बजे सम्म
स्थल मियागी सामान्य शाखा कार्यालयको तेस्रो तल्लाको सम्मेलन कक्ष
- खुल्ने अवधि=मार्च ३ तारिक(सोम)देखि मार्च १७ तारिक(सोम)
रिसेप्सन समय बिहान ९:०० बजे देखि ११:३० बजे सम्म、दिउँसो १:०० बजे देखि ४:०० बजे सम्म
स्थल आएर पाँचौं तल्लाको प्रदर्शनी क्षेत्रको विशेष स्थान ( आओबा वार्ड, वाकाबयासी वार्ड, ताईहाकु वार्डको बैकल्पिक स्थल)
- खुल्ने अवधि=फेब्रुअरी २५ तारिक(मङ्गल)देखि मार्च १७ तारिक(सोम)(कार्यालय बन्द हुने दिन बाहेक)
रिसेप्सन समय बिहान ९:३० बजे देखि ११:३० बजे सम्म、दिउँसो १:०० बजे देखि ४:०० बजे सम्म
स्थल आकियु सामान्य शाखा कार्यालयको दोस्रो तल्लाको सम्मेलन कक्ष
सम्पर्क: नगर तथा प्रान्तीय कर बिभाग【आओब वार्ड・इजुमी वार्ड 】०२२-२१४-८६३७,【मियागीनो वार्ड・वाकाबायाशी वार्ड・ताइहाकु वार्ड】०२२-२१४-८६३८
कर सम्बन्धि सूचना
आयकर, नगर तथा प्रान्तीय करको विवरण बुझाउने अवधि मार्च १७ तारिक (सोम) हो। विवरण बुझाउन पर्ने व्यक्तिहरुले तोकिएको अवधि भित्रमा विवरण बुझाउनु हुन अनुरोध गर्दछौ।
त्यसैले, आयकरको विवरणको लागि विद्युतीय माध्यम (e-tax), नगर तथा प्रान्तीय करको विवरणको लागि हुलाक मार्फत विवरण पेश गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं।
<माई नम्बर कार्डको विवरण र व्यक्तिगत नम्बर पुष्टि गर्न सकिने कागजपत्र आदिको बारेमा>
- आयकर विवरण बुझाई कर संयोजन र नगर तथा प्रान्तीय करको विवरण दुवै बुझाउँदा, कर फिर्ता फारम, पेशकर्ता स्वयम, कर कटौती लक्षित योग्य व्यक्ति (एकै घर परिवारको) पति/पत्नी अथवा अन्य आश्रित परिवारको माई नम्बर पनि उल्लेख गर्न आवश्यक पर्दछ।
- करको विवरण पेश गर्ने समयमा पेशकर्ताले आफ्नो व्यक्तिगत नम्बर पुष्टि हुने कागजपत्र र आफ्नो पहिचान खुलाउने कागजपत्रको प्रमाण पेश गर्न आवश्यक पर्नेछ। (कर कटौतीका लागि लक्षित व्यक्ति (एकै घर परिवारको) पति/पत्नी अथवा अन्य आश्रित परिवारको माई नम्बरको सम्बन्धमा पुष्टिकरणको कागजपत्र पेश गर्न आवश्यक पर्ने छैन।)
आयकर विवरण बुझाउने बारे सम्पर्क गर्न :
सेन्दाई किता कर कार्यालय ०२२-२२२-८१२१ , सेन्दाई नाका कर कार्यालय ०२२-७८३-७८३१ , सेन्दाई मिनामी कर कार्यालय ०२२-३०६-८००१
J-अलर्टको राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण कार्य गरिने
भुकम्प, सुनामी वा सशस्त्र आक्रमण आदि भएको खण्ड पूर्वतयारी स्वरुप, राष्ट्रव्यापी तात्कालिक चेतावनी प्रणाली (J-अलर्ट) प्रयोग गरी राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण गरिने कार्य फेब्रुअरी १२ तारिक (बुध) बिहान ११ बजे गरिने।
त्यसदिन, नगरको वेबसाइट, नगरको आधिकारिक LINE अकाउन्ट, नगरको संकट व्यवस्थापन बिभाग X (पुरानो ट्विटर) बाट परीक्षण सूचना प्रसारण गर्ने अतिरिक्त, शहरको पूर्वी भागमा जडान गरिएको माईक द्वारा परीक्षणको अडियो पनि प्रसारण गरिनेछ। कृपया ध्यान दिनुहोस।
सम्पर्क:संकट व्यवस्थापन बिभाग ०२२-२१४-८५१९
आर्थिक वर्ष २०२४ मा आवासीय कर छुट पाएका घरपरिवारहरूलाई आपतकालीन सहायता अनुदान रकम प्रदान गरिनेछ
आर्थिक वर्ष २०२४ को आवासीय कर छुट पाएका घरपरिवार लक्षित गरि, प्रति घरपरिवार ३०,००० येन प्रदान गरिनेछ। साथै, यो अनुदानको लागि योग्य घरपरिवारहरू मध्ये, १८ वर्ष देखि मुनिका बालबालिका पालनपोषण गरिरहेका परिवारहरूलाई प्रत्येक बालबालिकाको लागि थप २०,००० येन प्रदान गरिनेछ।
सम्पर्क: सेन्दाई सिटि आपतकालीन सहायता अनुदान प्रशासनिक केन्द्र ०१२०-०००-४८३ (कार्यालयको दिन बिहान ८:३०- बजेदेखि बेलुका ५:०० बजे सम्म)
नेपाली
उद्योग ब्यबसाय परामर्श कार्यक्रम
- उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (फेब्रुअरी १९ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्ने योजना भएको व्यक्ति, वा भर्खरै व्यवसाय सुरु गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले आउनेलाई प्रथामिकता दिइनेछ)
- विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (फेब्रुअरी २७ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले आउनेलाई प्रथामिकता दिइनेछ)
सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४
एड्स, सोही दिन परीक्षण गरिने सिफिलिस
- बुकिंग प्रणाली
- आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता अगाडि देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागिको मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
- रतिको समयमा गरिने परिक्षण…फेब्रुअरी २८ तारिक(शुक्र), मार्च १४ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे /आएर बिल्डिंगको ५ औं तल्ला
- बिदाको दिन गरिने परिक्षण… मार्च १ तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)
परिक्षण क्षमता भने लगभग ३० जना जति (पहिले आइपुग्ने व्यक्तिबाट गनेर)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९
के तपाईंले राष्ट्रिय स्वास्थ्य बीमा दर्ता प्रक्रिया पूरा गर्नुभयो?
काम छोड्नु भएको वा बेरोजगार जस्ता कारणले आफ्नो कार्यस्थलको स्वास्थ्य बीमाबाट बाहिरिनु भएको अवस्थामा, राष्ट्रिय स्वास्थ्य बीमा दर्ता प्रक्रिया पुरागर्न आवश्यक पर्दछ (स्वैच्छिक स्वास्थ्य बीमामा दर्ता हुनुभएको वा परिवारको सदस्यको स्वास्थ्य बीमामा निर्भर हुनुभएको अवस्थामा बाहेक)।
कार्यस्थलको स्वास्थ्य बीमाबाट बाहिरिनु भएको मिति नै राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएको मिति हुने भई, दर्ता भएको अर्को महिनाबाट बीमा शुल्क लाग्नेछ। बीमा दर्ता प्रक्रियामा ढिला भएमा पनि त्यही नियम लागू हुने।
दर्ता प्रक्रिया पुरा नगर्नु भएका व्यक्तिहरुले चाँही, कृपया चाँडो दर्ता प्रक्रिया पुरा गर्नुहोला।
सम्पर्क: वार्ड कार्यालय, मियागी सामान्य शाखा कार्यालयको बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग
HPV खोप क्याच-अप खोप लगाउनेको लागि खोप लगाउने अवधि निश्चित सर्तहरू सहित म्याद थप गरिएकोछ।
HPV खोप (पाठेघरको मुखको क्यान्सर रोकथाम खोप) को क्याच-अप खोपहरूको बारेमा, २०२२ अप्रिल १ तारिक देखि २०२५ मार्च ३१ तारिक सम्मको अवधिमा एक डोज भन्दा बढी खोप लगाएका व्यक्तिहरु लक्षित गरि, नि:शुल्क खोप लगाउने भएको छ, यो अवधि चाँही, २०२६ मार्च ३१ तारिक (मंगलबार) सम्म थप गरिएकोछ। यदि तपाईं यो खोप लगाउन चाहनुहुन्छ भने, कृपया सकेसम्म चाँडो नजिकैको चिकित्सा संस्थामा सम्पर्क गर्नुहोस।
(1)क्याच-अप खोप लगाउन
लक्षित=१९९७ अप्रिल २ तारिक देखि २००८ अप्रिल १ तारिक को बीचमा जन्मेका महिलाहरू
(2)नियमित खोप (अन्तिम पटक लगाएका व्यक्तिहरु)
लक्षित=उच्च माध्यमिक विद्यालय प्रथम वर्षको महिलाहरु (२००८ अप्रिल २ तारिक देखि २००९ अप्रिल १ तारिकको बीचमा जन्मेका महिला)
※(1)र (2)दुवैका लागि, २०२२ अप्रिल १ तारिक देखि २०२५ मार्च ३१ तारिक बीचमा कम्तिमा एक पटक भन्दा बढी HPV खोप लगाएको भै, र तीनवटै डोजको खोप पूरा नगरेका महिलाहरु लक्षित गरिएको छ।
- सबैगरि ३ पटक मध्ये बाकीं १ देखि २ पटकको डोजको लागि थप अवधि भित्रमा खोप लगाउन सकिन्छ।
- खोप लगाउने स्थान= नियमित HPV खोप लगाउनको लागि दर्ता भएको चिकित्सा संस्था (बुकिंग आदिको लागि, दर्ता भएको चिकित्सा संस्थालाई सिधै सम्पर्क गरि सोध्नुहोस)
- लिएर जानुपर्ने कुराहरु = आफ्नो पहिचान गर्न सक्ने कागजातहरू जस्तैः (माई नम्बर कार्ड, आदि), यो भन्दा पहिले खोप लगाएको भए त्यसको रेकर्ड राखिएको पुष्टि गर्ने सकिने बस्तु (मातृ तथा बाल स्वास्थ्य पुस्तिका आदि), स्वास्थ्य परीक्ष फारम (नियमित HPV खोप लगाउनको लागि दर्ता भएका चिकित्सा संस्थाहरूमा पनि उपलब्ध गराउन सकिन्छ)
- तपाईको आफ्नो खोप लगाएको रेकड कार्ड वा मातृ तथा बाल स्वास्थ्य पुस्तिका आदिमा पुष्टी गर्नुहोस। यदि तपाईंले खोप लगाएको रेकडको बारेमा अनभिज्ञ हुनुहुन्छ भने, खोप लगाउने विचार गर्नु अघि आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस।
- आणविक बमको कारणले विस्थापितहरू सम्बन्धी विशेष ऐन अन्तर्गत पर्ने फुकुशिमा प्रान्तका १३ नगरपालिकाका बाट विस्थापित भएकाहरू पनि समावेश गरिन्छ।
- बिस्तृत जानकारीको लागि सिटिको वेबसाइटमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क : रोकथाम आयोजना बिभाग ०२२-२१४-८४५२
बहुसांस्कृतिक समाज परियोजना आदिको लागि अनुदान रकम प्रदान गरिनेछ।
पहिलो अवधि
परियोजना कार्यान्वयन अवधि: अप्रिल देखि २०२६ मार्च, आवेदन अवधि: फेब्रुअरी १तारिक देखि २८ तारिक सम्म
दोस्रो अवधि
परियोजना कार्यान्वयन अवधि: जुलाई देखि २०२६ मार्च, आवेदन अवधि: मे १ तारिक देखि ३१ तारिक सम्म
तेस्रो अवधि
परियोजना कार्यान्वयन अवधि: अक्टोबर देखि २०२६ मार्च, आवेदन अवधि: अगस्ट १ तारिक देखि ३१ तारिक सम्म
चौथो अवधि
परियोजना कार्यान्वयन अवधि: २०२६ जनवरी देखि मार्च, आवेदन अवधि: नोभेम्बर १ तारिक देखि ३० तारिक सम्म
※आवेदन गर्नको लागि भने शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन बाहेक गर्नुपर्ने
- लक्षित=यो सिटि भित्र बसोबास गरि सक्रिय रहेका, अधिकांश सदस्यहरू शहर भित्रै बासी वा आवतजावत एउटा संस्था जुन मुख्यतया शहर भित्र सञ्चालन हुन्छ र यसका अधिकांश सदस्यहरू शहरमा बस्छन्, काम गर्छन् वा स्कूल जान्छन्।
- अनुदान दिने अधिकतम सिमा रकम १००,००० येन
- आबेदन गर्ने तरिका आदि बिस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस
सम्पर्क: सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६०