Page ID: 83003

Updated: November 7, 2025

ここから本文です。

2025 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)नोभेम्बर अंक

कानले सुन्न सक्ने हजाड म्याप (जोखिम क्षेत्रको नक्सा) (बहुभाषामा पनि)

स्मार्टफोन र ट्याब्लेट प्रयोग गरि, विपद् जोखिम र आश्रयस्थलहरू आदि बारेको जानकारीहरु अडियो द्वारा, पुष्टी गर्न सकिने「कानले सुन्न सक्ने हजाड म्याप」सञ्चालन सुरु भएको छ। सम्बधित एप,「Uni-Voice Blind」प्रयोग गरेर, दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू र विदेशीनागरिकहरू सहित जो कोहीले पनि सजिलै सँग विपद रोकथाम जानकारीको पुष्टी गर्न र उपयुक्त सुरक्षित स्थलहरू मा जान सकिन्छ। प्रत्येक जानकारी, सूचनाबोर्डमा लेखिएको कुराहरु पढ्न साथै अडियोबाट सुन्न सकिने (अंग्रेजी, चाइनिज (सरल र परम्परागत), कोरियन, भियतनामी र नेपाली) बिभिन्न भाषाहरुमा उपलब्ध छ। आफ्नो घर, विद्यालय, कार्यस्थल, आदिमा हुने विपद् जोखिमको लागि पहिले नै पुष्टी गरि, आपतकालीन अवस्थाको लागि तयारी अवस्थामा बसौं। बिस्तृत जानकारीको लागि, शहरको वेबसाइटमा हेर्नुहोस।
「कानले सुन्न सक्ने हजाड म्याप (जोखिम क्षेत्रको नक्सा)」पम्प्लेट (सरल जापानी भाषा)

जे-अलर्ट राष्ट्रव्यापी सूचना एकैसाथ प्रसारण परीक्षण गरिनेछ

भूकम्प, सुनामी र सशस्त्र आक्रमण आदि घटनाको पूर्व तयारीको लागि, राष्ट्रव्यापी आपतकाली चेतावनी प्रणाली (जे-अलर्ट) प्रयोग गरी राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण कार्य नोभेम्बर १२ तारिक (बुधवार) बिहान ११ बजे गरिनेछ।
त्यस दिन, नगरको होमपेज, नगरको सोसियल मिडिया (लाइन) आधिकारिक वेबसाइट, संकट व्यवस्थापन बिभागको X (पुरानो ट्विटर) द्वारा पनि प्रकाशित गर्नुका साथै, नगरको पूर्वी भागमा जडान गरिएको लाउडस्पीकर द्वारा पनि, अडियो परीक्षणको प्रसारण कार्य गरिनेछ। कृपया ध्यान दिनुहोला।
सम्पर्क : संकट व्यवस्थापन बिभागको फोन ०२२-२१४-८५१९

उच्चमाध्यामिक विद्यालय आदि अध्ययन कोष ऋण सहायता प्रणाली बारेको जानकारी

जापान वित्तीय सरकारी कोष बाट प्रदान गरिने सामान्य शैक्षिक ऋण (राष्ट्रिय शैक्षिक ऋण) बाट यदि, ऋण लिई प्रयोग गरेको भएमा, त्यो ऋणको ब्याज चाँही, उच्चमाध्यामिक विद्यालय अध्ययन अवधि भित्रमा तिरेको भए त्यो ब्याज चाँही अनुदान दिइनेछ। 

  • आवेदन अवधि=डिसेम्बर ५ तारिक (शुक्र)
  • लक्षित = सेन्दाई सिटि भित्र बसोबास भएको उच्चमाध्यामिक विद्यालय आदिका विद्यार्थीका अभिभावक
  • नगर कर भुक्तानी गरेकालाई मात्र दिइने सर्त राखिएको छ

सम्पर्क : शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१

उद्योग ब्यबसाय परामर्श कार्यक्रम

(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (नोभेम्बर महिना १९ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म) 
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (नोभेम्बर महिना २० तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)

  • स्थान = आएर बिल्डिंगको ७ औं तला
  • बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
  • आवेदन = नोभेम्बर महिना ६ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट पनि निबेदन दिन सक्नुहुन्छ। (1) नम्बरको लागि भने फोनबाट पनि निबेदन गर्न सक्नुहुन्छ।

सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४

सेन्दाई शहर मातहत मिनामि कोइजुमी निम्नमाध्यामिक बिधालयको रात्रीकालिन कक्षामा आर्थिकबर्ष २०२६ को लागि विद्यार्थी भर्ना खुल्ला

  • आवेदनको लागि योग्यता= यी निम्न मध्ये कुनै पनि एक मापदण्ड पूरा गरेका र मियागी प्रान्तमा बसोबास गर्ने व्यक्तिहरु (1)अनिवार्य शिक्षा पूरा नगरी बिधालय जाने उमेर नागेका व्यक्तिहरू (2) विभिन्न कारणले गर्दा बिधालयमा अनुपस्थिति भै, पर्याप्त शिक्षा प्राप्त नगरी निम्नमाध्यमिक बिधालयबाट ग्राजुएसन गरेका व्यक्तिहरू (3)आफ्नो देश वा जापानबाट अनिवार्य शिक्षा पूरा नगरी बिधालय जाने उमेर पर गरेका विदेशी नागरिक बालबालिका।

आवेदन: नगरपालिकाको वेबसाइटबाट नयाँ भर्ना आवेदन फारम डाउनलोड गरि, आर्थिक बर्ष २०२६ जनवरी ३० तारिक भित्रमा पठाउने (यस मिति भित्र पुग्ने गरि)।
नयाँ भर्ना बारे व्याख्या कार्यक्रम

  • मिति समय=(1) डिसेम्बर २ तारिक (मंगल) साँझ ६:३० बजेदेखि ७:१५, (2) डिसेम्बर २० तारिक (शनि) दिउँसो २:०० बजेदेखि २:४५, (3) जनवरी २० तारिक (मंगल) साँझ ६:३० बजेदेखि ७:१५
  • स्थान= सेन्दाई शहर मातहत मिनामी कोइजुमी निम्नमाध्यामिक बिधालय
  • लक्ष्य= आर्थिक बर्ष २०२६ मा नयाँभर्ना हुन चाहनेहरू र उनीहरू सँग सम्बन्धित व्यक्तिहरु
  • आवेदन= (1) नोभेम्बर २८ तारिक, (2) डिसेम्बर १७ तारिक, (3) २०२६ जनवरी १६ तारिकमा फोन मार्फत आबेदन गर्न सकिन्छ। अथवा वेबसाइट मार्फत पनि आवेदन दिन सकिन्छ।

यी कुनैपनि माध्यमबाट आवेदन, सोधपुछ गर्नको लागि शिक्षा मार्गदर्शन विभाग ०२२-२१४-८८७५ मा फोन गर्नु सक्नुहुन्छ।

एड्स, सिफिलिस सोही दिन परीक्षण

  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता अगाडि देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंगको लागि मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
  1. परिक्षण कार्यक्रम… नोभेम्बर २२ तारिक (शनि) बिहान १०:०० बजेदेखि ११:३०, दिउँसो २:०० बजेदेखि ३:३० / आओबा वडा कार्यालय परिसर
  2. रतिको समयमा परिक्षण गरिने एड्स, सोहिदिन परिक्षण गरिने सिफिलिस,…नोभेम्बर २८ तारिक(शुक्र, डिसेम्बर १२ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे / आएर बिल्डिंगको छैठौ तल्ला
  3. बिदाको दिन परिक्षण गरिने एड्स, सोहिदिन परिक्षण गरिने सिफिलिस… डिसेम्बर ६ तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)

परिक्षण क्षमता भने प्रत्येकको लागि ३० जना जति (पहिले आइपुग्ने व्यक्तिबाट गनेर)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने पछि मात्र नतिजाको जानकारी गराउनेछौं)
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९

नागरिक स्वास्थ्य परिक्षण गराउन नबिर्सनुहोला

नगर द्वारा संचालन गरिएको स्वास्थ्य परिक्षण मध्ये, पेटको क्यान्सर, पाठेघरको क्यान्सर, स्तन क्यान्सर, ठुलो आन्द्राको क्यान्सर परीक्षण अथवा सामान्य परीक्षणको लागि आवेदन गर्नको लागि थप म्याद नोभेम्बर २८ तारिक (शुक्र) (पुग्नुपर्ने) सम्म हो(फोक्सोको क्यान्सर, क्षयरोगको परीक्षण, (अन्डकोष) प्रोस्टेट क्यान्सर परीक्षणको लागिको आवेदन समाप्त भएकोछ।)आवेदन प्रक्रियाको जानकारी भने, तपाईं बसोबास गर्नुभएको सिटीको वार्ड कार्यालय वा वार्डको सामान्य शाखा कार्यालय द्वारा वितरण गरिएको छ। साथै, नगरपालिकाको वेबसाइट मार्फत पनि आवेदन दिन सक्नुहुनेछ। बिस्तृत जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ। यदि पहिले नै परीक्षण कार्ड लिनु भएको अवस्थामा, परीक्षण गर्न नबिर्सनुहोला।
सम्पर्क : वडाकार्यालय परिवार स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग

नोरोभाइरस (हैजा) बाट साबधानी अपनाउनहोस

जाडो मौसममा नोरोभाइरस (हैजा) का कारण स्वास्थ्य समस्याहरु सबैभन्दा बढी हुनेगर्छ। खाना पकाउनु अघि राम्रोसँग हात धुने र खानेकुरालाई राम्ररी पकाउने जस्ता रोकथामका उपायहरू अपनाउने गरौं।
घरेलु रोकथामका उपाय सँग सम्बन्धित पर्चाहरू, वडा कार्यालय स्वास्थ्य तथा कल्याण केन्द्र व्यवस्थापन बिभाग साथै सरसफाइ बिभाग बाट पनि वितरण गरिएको छ।
सम्पर्क : वडा कार्यालय स्वास्थ्य तथा कल्याण केन्द्र व्यवस्थापन विभाग अथवा सरसफाई बिभाग

आर्थिक वर्ष २०२६ बाल क्लबको लागी आवेदक आवाहन 

कामकाजि आदिका कारणले बालबालिकाको विद्यालय समयपछि पनि घरमा अभिभावक (सँगै बस्ने ६५ वर्ष मुनिका आफन्तहरू पनि समाबेश) नहुने परिवारको लागि प्राथमिक विद्यालयका विद्यार्थीहरू लक्षित गरि, बाल केन्द्रहरूमा उपयुक्त दैनिकीको लागि बस्ने र खेल्ने ठाउँहरू प्रदान गरि, बालबालिकाको स्वस्थ विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छौं।

  • लक्षित बालबालिका:यस नगरपालि भित्रको बिधालयमा भर्ना भएका प्राथमिक बिधालय कक्षा १ देखि ६ कक्षा सम्मका बालबालिकाहरु (सर्तहरु, आफै बिधालय जानेआउने गर्न सक्ने, आफ्नो साधारण कार्य आफै गर्न सक्नेहुनुपर्ने)
  • लागत:मासिक शुल्क ३००० येन (छुट हुन सक्ने ब्यबस्था भएको) समय अवधि थप गरि प्रयोग गर्नु परेको (बेलुका ६ बजे देखि बेलुका ७ बजेर १५ मिनेट) खण्डमा अलग मासिक शुल्क १००० लाग्नेछ। यस बाहेक, खाजा शुल्क तथा बिभिन्न कार्यक्रमहरुको लागि शुल्क, आदि लाग्ने अवस्था पनि हुन्छ।
  • आवेदन:नोभेम्बर १७ तारिक देखि डिसेम्बर ६ तारिक(आइतबार र सरकारी बिदाको दिन बाहेक)बिहान ९ बजे देखि बेलुका ६ बजे(शनिबार चाँही बेलुका ५ बजे सम्म)सम्ममा आवेदन लिएर प्रत्यक्ष बाल केन्द्रमा जाने
  • आवेदन फारम प्रत्येक बाल केन्द्रबाट वितरण गरिएको छ (सिटिको होमपेजबाट पनि डाउनलोड गर्न सकिन्छ)।
  • लामो समयको बिदा (जस्तै गर्मी बिदा) मा मात्र बाल क्लबमा राख्न चाहनुहुन्छ भने पनि आवेदन अवधिमा आवेदन दिनुहोस।
  • आवेदन गर्दा अभिभावकको रोजगार प्रमाणपत्र आदि पेश गर्न आवश्यक पर्छ।
  • बाल केन्द्र बाहेक अन्य ठाउँमा पनि बाल कल्बको सन्चालन गर्नुपर्ने अवस्था पनि हुन्छ।
  • आवेदन अवधि समाप्त भएपछि पनि, जुनसुकै बेलामा पनि आवेदन बुझिनेछ।

बिस्तृत विवरणहरूको लागि, नगरपालिकाको होमपेजमा हेर्नुहोस

download Adobe Reader

To view the file in PDF format, you will need to have Adobe Acrobat Reader. The software may be downloaded from the link provided. Download Adobe Acrobat Reader

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917