बसाईसराई गाइड
सेन्दाई सिटि सामन्य कल सेन्टर「भनिदेउ मोरि नो मियाको हेल्पलाईन」
टेलिफोन : ०२२-३९८-४८९४ फ्याक्स : ०२२-३९८-५०७०
नगरपालिका (सियाक्सो), वा वडा कार्यालय आदि बिभिन्न प्रक्रियाहरू सँग सम्बन्धी तपाईंका प्रश्नहरूको जवाफ दिनेछौं। रिसेप्सन समय चाँही, बिहान ८:०० बजे देखि बेलुका ८:०० बजे सम्म (वर्षभरि खुला रहन्छ, तर शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनमा भने साँझ ५:०० बजे सम्म खुला रहन्छ)
जापानी, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरु उपलब्ध हुनेछ।
बसाईसर्दा निस्कने फोहोर
ठुलो आकारको फोहोर र धेरै मात्रामा निस्कने फोहोरहरु घरेलु फोहोरको रुपमा सङ्कलन स्थानमा फाल्न मिल्दैन। तल उल्लेखित कुनै बिधि (सशुल्क) मार्फत फोहोर ब्यबस्थापन गर्नुहोला। यधपी, ४ ओटा घरेलु विधुतीय उपकरणहरू (एयर कन्डिशनर, टेलिभिजन, रेफ्रिजरेटर, फ्रिजर, वाशिंग मेशिन, लुगा सुकाउने मेशिन), कम्प्युटर आदि सामानहरु नगरले फोहोर सङ्कलन गर्दैन। विस्तृत जानकारीको लागि नगरपालिकाको होमपेजमा हेर्ने अथवा सम्पर्क स्थानमा सम्पर्क गर्नुहोस।
- ठुलो आकारको फोहोर सङ्कलनको लागि निवेदन (साधारणतया २ हप्तामा १ पटक सङ्कलन गरिन्छ)
ठुलो आकारको फोहोर संकलन रिसेप्सन सेन्टर (निबेदन आवश्यक पर्ने) टेलिफोन: ०२२-७१६-५३०१
सिटिको होमपेजबाट निबेदन फारम भर्नु पर्छ
- धेरै मात्रामा निक्लेको फोहोर (ठुलो आकारको फोहोर पनि समाबेश) को संकलन गर्न निवेदन को लागी, आफुबसोबास गरेको वार्डको वातावरणीय कार्यालय (निवेदन आवश्यक पर्ने)
(मियागी, अकिउ सामान्य शाखा कार्यालय मार्फत निबेदनको लागि मियागी सरसफाई तथा पर्यावरण निगमलाई ०२२-३९३-२२१६ मा सम्पर्क गर्नुहोला।)
- आफैले फोहोर प्रशोधन केन्द्रमा लान
इमाइजुमी फोहोर प्रशोधन केन्द्र (वाकाबायाशी कु इमाइजुमी कामिशिन्डेन १०३, टेलिफोन: ०२२-२८९-४६७१)
(कुजुओका फोहोर प्रशोधन केन्द्र (आओबा-कु रोकुजी कुजुओका ५७-१ टेलिफोन: ०२२-२७७-५३९९)
सम्पर्क :
आओबा पर्यावरण कार्यालय ०२२-२७७-५३००, मियागिनो पर्यावरण कार्यालय ०२२-२३६-५३००
वाकाबायाशी पर्यावरण कार्यालय ०२२-२८९-२०५१, ताईहाकु पर्यावरण कार्यालय ०२२-२४८-५३००
इजुमी पर्यावरण कार्यालय ०२२-७७३-५३००, घरेलु फोहोर न्यूनीकरण विभाग०२२-२१४-८२२७
बसाईसराई दर्ता, उपचार खर्चको अनुदान आदि प्रक्रियाको लागीको काउन्टर
- बसाईसराई दर्ता
वडाकार्यालयको परिवार तथा निवास दर्ता विभाग, मियागी सामान्य शाखा कार्यालय कर तथा निवास दर्ता विभाग, अकिउ सामान्य शाखा कार्यालय सामान्य मामिला विभाग, आओबा वडाकार्यालयको परिवार तथा निवास दर्ता विभागको सेन्दाई स्टेशन अगाडी सर्भिस सेन्टर (आएर ५औं तला, नयाँ ठेगाना वा पुरानो ठेगाना भएका आओबा वार्डका बासिन्दाहरु लक्षित)
- बालबालिका, एकल आमा वा बुवा भएका परिवारको बच्चाहरूको उपचार खर्चको लागि अनुदान, बालभत्ता को लागी सूचना आदि
वडाकार्यालयको बाल हेरचाह अनुदान विभाग, सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
- शारीरिक तथा मानसिक रूपमा अशक्तका लागि उपचार खर्चको अनुदान
वडाकार्यालय, मियागी सामान्य शाखा कार्यालय अपाङ्ग तथा वृद्ध विभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
- इलेक्ट्रिक साइकल
वार्ड कार्यालयको कर तथा लेखा बिभाग, मियागी सामान्य शाखा कार्यालय कर तथा निवास दर्ता विभाग, अकिउ सामान्य शाखा कार्यालय सामान्य मामिला विभाग
सार्वजनिक सेवा शुल्क आदि
- ग्यास (ग्यास शाखाको ग्राहक सेन्टर) बसाईसराई विशेषको लागि टेलिफोन (टोल फ्री)
०८००-८००-८९७८
- खानेपानी (खानेपानी शाखाको कल सेन्टर)
०२२-७४८-११११
- NHK (NHK फ़ुरेआई सेन्टर )
०१२०-१५१५१५
- बिजुली
- बिजुलीको आपूर्ति रोक्न वा पुन सन्चालन गर्ने बारेमा, सम्झौता भएको प्रत्येक खुद्रा बिजुली कम्पनीलाई सम्पर्क गर्नुहोस।
प्राथमिक, माध्यमिक विद्यालय परिवर्तन गर्न र नयाँ भर्ना गर्न
शैक्षिक मामिला विभाग ०२२-२१४-८८६०
बसाईसराईको सिजनमा वार्ड कार्यालयको काउन्टर आईतबारको दिन पनि खुल्ला गरि, सोमबार देखि शुक्रबार सम्म बेलुका ६ बजे सम्म लम्बाईएको छ।
(1)आईतबार काउन्टर खोलिने छ
- अवधि=मार्च ३० तारिख (आईत) र अप्रिल ६ तारिख (आईत)
- समय=बिहान ९ बजे देखि दिउसो ३ बजे सम्म
- लक्षित काउन्टर=वार्ड कार्यालयको परिवार तथा निवासी दर्ता विभाग
※सामान्य शाखा कार्यालय आईतबार खुल्ला रहनेछैन
(2)कार्यालयको दिन काउन्टर खुल्ला रहने समय लम्बाइएको छ
- अवधि=मार्च २१ तारिख (शुक्र) देखि अप्रिल ४ तारिक (शुक्र) कार्यालयको दिन
- समय=बिहान ८:३० बजे देखि बेलुका ६ बजे सम्म (सामान्य शाखा कार्यालय नियमित रुपमा बेलुका ५ बजे सम्म)
- लक्षित काउन्टर=वार्ड कार्यालयको परिवार तथा निवासी दर्ता विभाग, आओबा वार्ड कार्यालयको परिवार तथा निवास दर्ता विभागको सेन्दाई स्टेशन अगाडी सर्भिस सेन्टर (आएर ५औं तल्ला। सेन्दाई स्टेशन अगाडी सर्भिस सेन्टर, नयाँ वा पुरानो ठेगाना भएका आओबा वार्डका बासिन्दाहरु लक्षित)
※दिउँसो १२ बजे देखि बेलुका ४ बजे तिर बडी भिडभाड हुने गर्छ। मार्च २१ तारिख (शुक्र), २४ तारिख(सोम), २८ तारिक (शुक्र)、३१ तारिख (सोम), अप्रिल १ तारिख (मंगल), ४ तारिक (शुक्र) भीड हुने अपेक्षा गरिएको छ।
※तपाईले घरबाट वा बाहिर भएको बेलामा भएपनि, वडाकार्यालयको परिवार दर्ता तथा निवास बिभागमा पालो पर्खिबसेका व्यक्तिहरूको संख्या कति छ भनि, सिटिको होमपेजमा हेर्न सक्नुहुन्छ।
(3)लक्षित सेवाहरू (ठेगाना परिवर्तन गर्ने कार्य संग सम्बन्धित काम मात्र)
- बसाईसराई दर्ता गर्न र त्यस संग सम्बन्धित राष्ट्रिय स्वास्थ्य बीमा, राष्ट्रिय पेन्सन, नर्सिङ केयर बीमाको लागि ठेगाना परिवर्तन सूचनाको आवेदन
- विद्यालय परिवर्तन, विद्यार्थीको विद्यालयको नामांकन
- निवास दर्ता प्रमाणपत्र, परिवार दर्ता प्रतिलिपि、परिवार दर्ता सम्बन्धी प्रमाणपत्र、 हानको दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गर्ने, आदि।
सम्पर्क : वडा कार्यालय परिवार तथा निवास दर्ता मामिला बिभाग
नगर बस संचालनको सूचना
- अप्रिल १ तारिख देखि नगर बसको संचालन समय तालिका परिवर्तन हुनेछ।
नयाँ समय तालिका मार्च १७ तारिख (सोम) देखि वितरण गरिने यातायात विभागको होमपेज मा पोस्ट गरिनेछ, त्यसैले कृपया हेर्नुहोला। समय तालिका, फ्याक्स वा हुलाक द्वारा पठाउन सकिन्छ। त्यसैले, अब देखि वाडाकार्यालय सामान्य साखाको गाइडहरू को समय तालिका आदि वितरण गरिने छैन। थप जानकारीको चाहिँएमा सम्पर्क गर्नुहोस।
सम्पर्क : यातायात विभागको जानकारी केन्द्र ०२२-२२२-२२५६
जीवनयापन भत्ता, सहायता अनुदान प्राप्त गरिरहेका परिवारको लागि खानेपानी र ढल उपयोग शुल्क छुटको लागि आवेदन लिइनेछ
- छूट हुने अवधि = आवेदन दिएको महिनाको अर्को महिना देखि २०२6 मार्च सम्म
- लक्षित वर्ग=जीवनयापन भत्ता प्राप्त गरिरहेका घरपरिवार, युद्धको बेला चीनमा छुटी पछि जापान आएका परिवारका लागिको अनुदान प्राप्त गर्ने परिवारहरु
- छुट पाउने रकम =खानेपानी शुल्कको न्युनतम रकम, ढल उपयोग शुल्कको सम्पूर्ण रकम
- नयाँ आबेदन दिने व्यक्तिहरु र हाल छुट प्राप्त लिनु भएको तर सहमति फारम नबुझाएकोहरुले छुट प्राप्त गरिरहेको वार्ड अथवा मियागी सामान्य शाखा कार्यालयको जीवन कल्याण विभागमा आवेदन दिनुहोला।
- भवन वा खानेपानिको प्रयोग अवस्था हेरी छुट प्राप्त नहुने अवस्था पनि हुनसक्ने।
सम्पर्क: खानेपानि विभाग दक्षिण शुल्क सेन्टर ०२२-३०४-००२०, निर्माण शाखाको कार्य विभाग ०२२-२१४-८३३७
जापान आएका, विदेशी बिधार्थीहरु आदिलाई अध्ययनमा मार्गदर्शन गर्ने प्रशिक्षकहरुको लागि आबेदन खुल्ला
हामी नगर मातहतको प्राथमिक र माध्यामिक बिधालयमा दोभाषे वा सरल जापानी भाषा अध्ययनमा मार्गदर्शन गर्न सक्ने प्रशिक्षक स्वयंसेवकहरू खोजिरहेका छौं।
- लक्षित : अंग्रेजी, चाइनिज, नेपाली, भियतनामी र इन्डोनेसियन जस्ता भाषाहरूमा दैनिक कुराकानी गर्न सक्ने र जापानी भाषा पनि बोल्न सक्ने व्यक्तिहरू
- पारिश्रमिक प्रदान गरिनेछ
- थप जानकारीको लागि सिटिको वेबसाइट हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क : शिक्षण मार्गदर्शन विभाग ०२२-२१४-८८७५
उद्योग ब्यबसाय परामर्श कार्यक्रम
- उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (मार्च १९ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सुरु गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले आउनेलाई प्रथामिकता दिइनेछ)
- विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (मार्च २७ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले आउनेलाई प्रथामिकता दिइनेछ)
- स्थल: आएर बिल्डिंगको ७ औं तला
- बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञहरू द्वारा उद्योग व्यवसाय सँग सम्बन्धि व्यक्तिगत परामर्श कार्यक्रम
- आवेदन = मार्च ६ तारिक बिहान ९:०० बजेदेखि फोनबाट भएमा। वेबसाइट https://www.siip.city.sendai.jp/assista/ यहाँबाट पनि आवेदन गर्न सक्नुहुन्छ।
सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४
कर सम्बन्धि सूचना
नगर तथा प्रान्तीय कर, आयकर आदिको कर समायोजन को अन्तिम म्याद नजिकिँदैछ
- नगर तथा प्रान्तीय कर : कर समायोजन गर्ने अन्तिम म्याद मार्च १७ तारिक (सोम)
सम्पर्क : नगर तथा प्रान्तीय कर विभाग [आओबा वार्ड, इजुमी वार्ड] ०२२-२१४-८६३७ [मियागिनो वार्ड, वाकाबायाशी वार्ड, ताइहाकु वार्ड] ०२२-२१४-८६३८
- आयकर तथा पुनर्निर्माण विशेष आयकर, बहुमुल्य बस्तु उपहार कर :कर समायोजन गर्ने अन्तिम म्याद मार्च १७ तारिक (सोम)
- उपभोक्ता कर र स्थानीय उपभोक्ता कर : कर समायोजन गर्ने अन्तिम म्याद मार्च ३१ तारिक (सोम)
सम्पर्क : सेन्दाई किता कर कार्यालय ०२२-२२२-८१२१, सेन्दाई नाका कर कार्यालय ०२२-७८३-७८३१, सेन्दाई मिनामी कर कार्यालय ०२२-३०६-८००१
कृपया हुलाक वा इलेक्ट्रोनिक साधनको प्रयोग गरि कर समायोजन गर्नुहोस।
यदि कर समायोजन गर्न आवश्यक छ भएको व्यक्तिहरुले भने, म्याद अवधि भित्र कर समायोजन गर्नुहोस। नगर तथा प्रान्तीय करको कर समायोजन फारम भरि हुलाक मार्फत पठाई सहयोग गर्न अनुरोध गर्दछौ। आयकर आदि अन्य कर फिर्ताको लागि, आफ्नो स्मार्टफोन वा कम्प्युटरमा इलेक्ट्रोनिक फाइलिङ प्रणाली (ई-कर) प्रयोग गर्नुहोस।
नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदन खुल्ला - मार्च १६ तारिख (आईत) सम्म आवेदन बुझिने-
- 「आवास आबेदन खुल्ला भएको जानकारी」=मार्च ६ तारिक(बिहि)बाट नगरपालिका कोकुबुन्चो शाखा कार्यालय भवनको दोस्रो तल्ला सेन्दाई सिटि शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग, नगरपालिका सरकारी भवनको दोस्रो तल्लामा रहेको नगर सूचना केन्द्र, वाडाकार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय,आओबा वार्ड कार्यालयको नागरिक दर्ता बिभाग सेन्दाई एकिमाए सेवा केन्द्रको (आएरु ५ तल्ला ),प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वार्ड कार्यालयको केन्द्रीय नागरिक केन्द्र,प्रत्येक वार्ड कार्यालयहरूको सेन्दाई नगर समाज कल्याण परिषद्व, आजीवन सिकाई विभाग आदिमा वितरण
- आवेदनको प्रक्रिया : उल्लेखित घरहरुबाट एउटा घर छनौट गरि「आवास आवेदन खुल्लाको जानकारी」मा भएको आवेदन फारमलाई खाममा राखी मार्च १६ सम्ममा पठाउनुहोला। धेरै आवेदन आएको खण्डमा गोलाप्रथा बाट छनोट हुनेछ।
- घर सर्न मिल्ने दिन = मे ३१ तारिक (शनि) को (योजना)
- आवेदन दिन मिल्ने व्यक्ति=निम्न मापदण्डहरु पूरा गर्नेहरू
- हाल आवासको समस्या भएकाहरु।
- हाल संगै बस्ने वा संगै बस्ने योजना भएको परिवार भएकाहरु ।
- यस नगरमा बसाई वा काम भएकाहरु। यस बाहेक, आय आम्दानी निश्चित तोकिएको मापदण्ड भन्दा कम हुनुपर्ने।
विस्तृत जानकारीको लागि「आवास आवेदन खुल्लाको जानकारी」हेर्ने अथवा सम्पर्क गर्नुहोला।
आणविक प्रकोपका कारण सुरक्षित स्थानमा सर्न निर्देशन पाएको क्षेत्रमा बसोबास गर्ने व्यक्ति वा बालबच्चा, प्रकोप पीडितहरूको सहयोग ऐनमा आधारित अनुदानद्वारा लक्षित क्षेत्रहरूमा बसोबास गर्नेहरू, घरेलु हिंसाका पिडितहरू,आपराधिक गतिविधिका पिडितहरूको आवेदनको मापदण्डहरु फरक हुने भएकोले, हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई नगर निर्माण सार्वजनिक निगम बिभाग ०२२-२१४-३६०४
जापानिज भाषा कक्षाको जानकारी
यो स्थानीय स्वयंसेवकहरु द्वारा सञ्चालित बिदेशी नागरिकहरुको लागि जापानिज भाषाको कक्षा हो। सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको होमपेज( External link ) मार्फत यस जानकारी बिदेशी भाषामा (नेपालीमा) पनि हेर्न सकिन्छ।
(1)सेन्दाई जापानी भाषा कक्षा (पहिलो चरण)
- पाठ्यक्रम अवधि: अप्रिल ८ तारिख (मंगल) देखि सेप्टेम्बर १२ तारिख (शुक्र) ( अप्रिल ४ तारिख (शुक्र) बिहान साढे ९ बजे देखि कक्षा बाडफाड परीक्षा हुने।)
- पढाई हुने दिन = हरेक हप्ता मंगलबार देखि शुक्रबार (कक्षा अनुसार फरक हुने)
- पढाई हुने स्थान= आओबा वार्डको केन्द्रिय नागरिक केन्द्र (आओब कु इचीबाँच्यो २-१-४)
- कक्षाहरू= प्राथमिक स्तर, माध्यमिक स्तर, उच्चमाध्यमिक स्तर र खानजी आदि
- पुस्तक शुल्क लाग्ने छ
- कक्षाको जानकारी वा आवेदन पत्र, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको होमपेजमा छ।
(2)विदेशी नागरिकहरूको लागि जापानी भाषाकक्षा 「निहोंन्गो टि रुम」 (बाल हेरचाहको व्यवस्था उपलब्ध छ)
- पढाई हुने समय= हरेक हप्ता बुधबार, शुक्रबार बिहान १० बजे देखि ११:३० बजे सम्म
- पढाई हुने स्थान= यागीयामा नागरिक केन्द्र (ताईहाकु कु यागीयामा होनचो १-४३)
- कक्षाहरू : शुरुवाती स्तर, प्राथमिक स्तर, माध्यमिक स्तर, उच्चमाध्यमिक स्तर
- पुस्तक शुल्क लाग्ने छ
- जहिले बाट पनि सहभागी हुन सकिन्छ
(3)निहोंगो नो मोरी (स्थानीय जापानीज भाषाकक्षा)
- पढाई हुने समय=हरेक हप्ता मंगलबार र शुक्रबार दिउसो १:०० बजे देखि २:३० बजे सम्म
- पढाई हुने स्थान=तोहोकु विश्वविद्यालय खावाउची क्याम्पस सम्मेलन भवन A, चौथो तल्ला कोठा नं A४०३ (आओबा कुखावाउची ४ १)
- रिजर्वेशन आवश्यक नपर्ने। सिधै पढाई हुने स्थान आउनु होला।
सम्पर्क: (1) र (3) को बारेमा: सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६०
(2)को बारेमा: यागीयामा नागरिक केन्द्र ०२२-२२८-११९०
सिटिभित्र अन्य जापानिज भाषाकक्षाहरु पनि छन। बिस्तृत जानकारीको लागि, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको वेबसाइटमा हेर्नुहोला।
नेपाली( External link )
बिदेशी भाषाको माध्यमबाट सम्पर्क गर्नुपरेमा, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र दोभाषे सहायता टेलिफोन ०२२-२२४-१९१९