Page ID: 79679

Updated: April 8, 2025

ここから本文です。

2025 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अप्रिल अंक

बिधालय सहायता अनुदान प्रणालीको जानकारी

नगरपालिका मातहतको प्राथमिक, माध्यमिक बिधालयका साथै सेन्दाई सेइरियो निम्नमाध्यमिक विद्यालयमा (पहिलो सेमेस्टर पाठ्यक्रम) अध्ययनको लागि जाने बालबालिका र उनिहरुको अभिभावकलाई, आर्थिक कारणले विद्यालय जान समस्या भएकाहरुका लागि, विद्यालयका सामाग्री, विद्यालयको खाना, इत्यादिको लागि आंशिक रकम सहयोग प्रदान गरिनेछ। 

  • लक्षित= बालबालिका पालनपोषण भत्ता प्राप्त गरिरहेको परिवार, कल्याणकारी सहायता निलम्बित वा रोकिएको, खारेज गरिएको परिवार, परिवारको कुल आय प्रत्येक परिवार संख्या र उमेर संरचना अनुसार गणना गरि मानक रकम भन्दा कम भएका व्यक्ति आदि

आबेदन:नगरपालिका भित्र अध्ययन गरिरहेको प्राथमिक, माध्यामिक बिधालय तथा सेन्दाई सेइरियो निम्नमाध्यमिक विद्यालय 
सम्पर्क:शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१

कर सम्बन्धि जानकारी

नगर कर प्रमाणपत्र वितरण गरिनेछ

वडाकार्यालय, सामान्य शाखा कार्यालय, प्रमाणपत्र वितरण केन्द्र, सेन्दाई स्टेशन अगाडिको सेवा केन्द्र (आएर बिल्डिंगको ५ औं तल्ला) बाट, नगर करको विभिन्न प्रकारका प्रमाणपत्रहरू (शुल्क लाग्ने) जारी गरिनेछ। २०२५ आर्थिक बर्षको कर भुक्तानी गरेको प्रमाणपत्र वितरण गर्ने अवधि भने, तलका निम्नअनुसार छन।
・नगर तथा प्रान्तीय करको प्रमाणपत्र (तलबबाट स्वत कटौती भएको व्यक्ति), कर छुटको प्रमाणपत्र (कर छुट भएका व्यक्ति) … मे को मध्यतिरबाट
・नगर तथा प्रान्तीय करको प्रमाणपत्र (कर सूचना कार्डको आधारमा भुक्तानी गरेका व्यक्ति, पेन्सनबाट कटौती भएका व्यक्ति) … जुन को मध्यतिरबाट

※केही प्रमाणपत्र, प्रमाणपत्र वितरण केन्द्र, सेन्दाई स्टेशन अगाडिको सेवा केन्द्रबाट वितरण गर्न नसकिने भएको हुँदा, पहिले नै पुष्टी गर्नुहोस।
सम्पर्क:कर विभाग ०२२-२१४-८६२२ वडा कार्यालय कर तथा लेखा विभाग, मियागी सामान्य शाखा कर तथा निवासी बिभाग, अकिउ सामान्य शाखा सामान्य मामिला विभाग

नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन?

के तपाईंले आर्थिक बर्ष २०२४ को नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन? यदि भुक्तानी गर्न गाह्रो छ भने, सकेसम्म चाँडो वडाकार्यालयमा सम्पर्क गर्नुहोस।
नगर कर भुक्तानीको लागि अनुग्रह प्रणालीको बारेमा जापानी, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपालीमा भाषामा पनि जानकारी पाउन सकिन्छ।
नेपाली( External link )

बाल-पालनपोषण भत्ता, विशेष बाल-पालनपोषण भत्ता प्रदान गरिने रकम परिमार्जन भएको छ

कानूनको आंशिक भाग संशोधनको कारण, अप्रिल देखि भुक्तानी गरिने रकममा परिमार्जन गरिएको छ।

बाल पालनपोषण भत्ता (मे महिनामा भुक्तानी गरिने)

  • पहिलो बच्चाको लागि:सबै भुक्तानी लिईदाको खण्डमा …मासिक ४६ हजार ६ सय नब्बे येन 
    आंशिक भुक्तानी लिईदाको खण्डमा … मासिक ११ हजार दस येन देखि ४६ हजार ६ सय अस्सि येन
  • दोश्रो बच्चा पछिका बच्चाहरूको लागि थप:सबै भुक्तानी लिईदाको खण्डमा …प्रति बच्चाको लागि मासिक एघार हजार तिस येन
    आंशिक भुक्तानी लिईदाको खण्डमा … प्रति बच्चाको लागि मासिक ५ हजार पाँचसय बिस येन देखि ११ हजार बिस येन

विशेष बाल पालन-पोषण भत्ता (प्रति बच्चा) (अगष्ट महिनामा भुक्तानी गरिने)

  • प्रथम श्रेणी अन्तरगत (वडाले तोकिएको अपांगता विशेष श्रेणीको आधारमा):मासिक ५६ हजार ८ सय येन
  • दोस्रोश्रेणी अन्तरगत (वडाले तोकिएको अपांगता विशेष श्रेणीको आधारमा):मासिक ३७ हजार आठसय तिस येन

सम्पर्क:वडाकार्यालय बाल हेरचाह सहायता बिभाग, सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग

बच्चा जन्माउनु अघि र पछिको अवधिमा राष्ट्रिय पेन्सन तथा बीमा भुक्तानी छुट हुने

बच्चा जन्मिने अपेक्षित मिति अथवा जन्मिने सम्बन्धित महिनाबाट ४ महिनाको अवधि (गर्भमा जुम्ल्याहा वा बहु बच्चा भएको खण्डमा तिन महिना पहिलेदेखि छ महिना सम्मको अवधि) पेन्सन र राष्ट्रिय स्वास्थ्य बीमा भुक्तानीको लागि छुट दिइन्छ।
बच्चा जन्मिने बारेको सूचना पठाउनको लागि भने, सुत्केरी हुने दिन भन्दा ६ महिना पहिले देखि पठाउन सकिन्छ। बच्चा जन्मिए पछिपनि सूचना पठाउन सकिने छ, सूचना पठाउनको लागि समय सीमा तोकिएको छैन। तपाईले बच्चालाई जन्म दिनु अघि सूचना पेश गर्नुभएमा, बच्चा जन्मिने मिति पुष्टि गर्न सक्ने कागजपत्र (मातृबाल स्वास्थ्य बिबरण पुस्तिका, आदि) पनि लिएर जानुहोस। बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस।

  • लक्षित=राष्ट्रिय पेन्सन पहिलो किस्ताको बिमामा दर्ता गरिएका व्यक्ति, जन्म मिति २०१९ फेब्रुअरी १ तारिक पछिको उल्लेख गरिएको 

सम्पर्क:वडाकार्यालय, मियागी सामान्य शाखा बीमा तथा कर बिभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ

  • लक्षित बर्ग = सेवासंस्था आदि प्रयोग लाभ प्रमाणीकरण (नयाँ २ नम्बर, नयाँ ३ नम्बर) सुबिधाको उपयोग लिईरहनु भएका, नर्सरी तथा प्रमाणित गरिएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, लाइसेन्स नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
  • लक्षित गरिएको उपयोग गर्न सकिने अवधि = २०२५ जनवरी १ तारिक देखि मार्च ३१ तारिक
  • आबेदन गर्नुपर्ने अवधि = अप्रिल १८ तारिक (शुक्रबार)
  • बिस्तृत विवरणको लागि, सिटीको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क:सेन्दाई सिटि नि:शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय ०२२-२१४-८९७८

एड्स, सोही दिन परीक्षण गरिने सिफिलिस

  • गोपनियताको साथ उपचार गराउन सकिन्छ
  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता अगाडि देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागि मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
  1. रतिको समयमा गरिने परिक्षण …अप्रिल २५ तारिक(शुक्र), मे ९ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे 
  2. बिदाको दिन गरिने परिक्षण… मे १० तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे

जाँच गर्ने स्थान चाँही स्वास्थ्य परामर्श केन्द्र कोसेइकान (आओबा कु मियामाची १-१-५) हो
परिक्षण क्षमता भने लगभग ३० जना जति (पहिले आइपुग्ने व्यक्तिबाट गनेर)
परीक्षणको नतिजा भने रगत परिक्षण गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९

राष्ट्रिय स्वास्थ्य बीमा छोडी कर्मचारी बिमामा प्रबेश गर्दा सूचना पेश गर्न नबिर्सनुहोला

राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएका व्यक्ति, काम गर्ने ठाउँको कर्मचारी स्वास्थ्य बीमामा सामेल हुँदा, वा परिवारको सदस्यको स्वास्थ्य बीमामा आश्रित हुँदा, योग्यता पुष्टि वा योग्यता जानकारीको सूचना प्राप्त (कम्पनिबाट नयाँ स्वास्थ्य बीमा कार्ड) सूचना प्राप्त गर्ने बित्तिकै, सकेसम्म चाँडो पुरानो स्वास्थ्य बिमा कार्ड बन्द गर्नको लागि सूचना पेश गर्नुहोस।
साथै, काम गर्ने स्थानको कर्मचारी स्वास्थ्य बीमामा प्रबेश गरेको दिनदेखि, राष्ट्रिय स्वास्थ्य बीमा कार्ड आदिको उपयोग गर्न सकिने छैन।
सम्पर्क:वडाकार्यालय, मियागी सामान्य शाखा बीमा तथा कर बिभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

नागरिक स्वास्थ्य जाँचको लागि आवेदन दिन नबिर्सनुहोला

नगर द्वारा सञ्चालन गरिएका विभिन्न प्रकारका क्यान्सर परिक्षण र आधारभूत स्वास्थ्य परीक्षाको लागि प्रारम्भिक आवेदन गर्ने म्याद चाँही यहि अप्रिल २४ तारिक (बिहिबार) (पुग्नुपर्ने) हो।
आवेदन दिने बारे जानकारी, तपाई बस्नुभएको वार्डको वडाकार्यालय, सामान्य शाखा कार्यालय, नागरिक केन्द्र, आदिमा उपलब्ध हुनुका साथै, सिटिको वेबसाइटबाट पनि आवेदन दिन सक्नुहुन्छ। बिस्तृत जानकारीको लागि, आबेदन सामग्रीको लागि सिटिको होमपेजमा हेर्नुहोला।
सम्पर्क : वार्ड कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

राष्ट्रिय पेन्सन भुक्तानी छुट आदिको लागि आवेदन २ वर्ष एक महिना पहिलेको पनि

राष्ट्रिय पेन्सन रकम भुक्तानी गर्न गाह्रो हुने भएको खण्डमा, आबेदन गर्ने मितिबाट २ वर्ष एक महिना पहिलेदेखिको बिमा रकम पनि छूट, भुक्तानी रोक्नको लागि आग्रह, विद्यार्थीहरुको लागी विशेष भुक्तानी छुटको लागी आवेदन दिन सक्नुहुन्छ। आबेदन
स्वीकृत भएपछि, राष्ट्रिय पेन्सन रकम भुक्तानी छुट वा रोक्का गरिनेछ।
सम्पर्क : वार्ड कार्यालयको मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

उद्योग ब्यबसाय परामर्श कार्यक्रम

  1. उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (अप्रिल १६ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म) 
    लक्षित= उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सुरु गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले आउनेलाई प्रथामिकता दिइनेछ) 
  2. विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (अप्रिल २४ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
    लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले आउनेलाई प्रथामिकता दिइनेछ)
  • स्थान : आएर बिल्डिंगको ७ औं तला
  • बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
  • आवेदन =अप्रिल ७ तारिक बिहान ९:०० बजेदेखि फोनबाट भएमा। सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट पनि आवेदन दिन सक्नुहुन्छ।

सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४ 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917