ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ > सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामहिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्यागजिन (सिसेदायोरी) (बहुभाषा डाइजेस्ट) > 2026 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अक्टोबर अंक
Page ID: 88842
Updated: October 9, 2026
ここから本文です。
लिथियम-आयन प्रयोग भएका ब्याट्रीहरूमा गर्मि वा तातोको प्रभाव सहनशक्ति कम हुने हुँदा, तोकिएको फोहोर फ्याक्ने झोलामा हालेर फ्याक्दा तातो भै आगलागी हुने कारण बन्नसक्छ।
सेन्दाई शहरले, लिथियम-आयन ब्याट्री जस्ता साना रिचार्जेबल ब्याट्रीहरू「क्यान, बोतल, प्लास्टिकका बोतल र बिभिन्न प्रकारका ब्याट्रीहरू」हप्तामा एकपटक सङ्कलन गर्छ। यदि, ब्याट्री निकाल्न गाह्रो हुने समान (ह्यान्ड फ्यान आदि) फाल्नु छ भने, यसबाट ब्याट्री ननिकाली यसलाई त्यतिकै फोहोर सङ्कलन स्थानमा राखिएको पहेंलो बक्समा हालेर फ्याक्नुहोस।
दुर्घटना रोक्नको लागि पनि, उचित तरिकाले फोहोर छुट्याई विद्युतीय उपकरण व्यवस्थापन गर्न सहयोग गर्नुहोस।
<लिथियम-आयन ब्याट्री प्रयोग गरिएको विद्युतीय उपकरण को उदाहरण>
मोबाइल ब्याट्री, स्मार्टफोन, वायरलेस इयरफोन, विधुतीय-सिगरेट, ह्यान्ड फ्यान
<यसलाई फ्याक्ने सही तरिकाले>
सम्पर्क:घरेलु फोहोर न्यूनीकरण विभाग (०२२-२१४-८२२९)
नोभेम्बर ५ तारिक (बिहि) बिहान लगभग ९:४८ बजे तिर, मियागिनो वार्ड, वाकाबायाशी वार्ड, र ताइहाकु वार्ड भित्रको स्थानमा बसोबास गर्ने मानिसहरूको लागि जानकारी, मोबाइल फोन आदिबाट आपतकालीन अलर्ट इमेलहरु प्राप्त गर्न सकिने गरि सेट गरेका मोबाइल फोन भएका ब्यक्तिहरुलाई प्रशिक्षणको लागि इमेल पठाइनेछ।
साथै, अभ्यासको लागी, सहरको पूर्वी क्षेत्रमा आयोजना गरिएको बाहिरी छेत्रमा जडान गरिएको लाउडस्पीकर बाट, सुरक्षित स्थानमा भाग्नको लागि को सूचना चर्को आवाजमा प्रसारण हुने हुँदा, कृपया ध्यान पुयाउनुहोला।
सम्पर्क:विपद् न्यूनीकरण प्रवर्द्धन विभाग ०२२-२१४-३१०९
(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (अक्टोबर महिना २१ तारिक (बुध) बिहान
९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (अक्टोबर महिना २२ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)
सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४, इमेल: assista@siip.city.sendai.jp
(1)नर्सरी, बाल हेरचाह संस्था आदि
लक्षित / आबेदन गर्न मिल्ने किन्डरगार्डेन, बाल हेरचाह संस्था आदि:
■शहर भित्र बसोबास गरेको भै, बालबालिकाको उमेर ३ बर्ष भन्दा मुनिका (२०२४ अप्रिल २ तारिक पछि जन्मिएका) बालबालिका
→ नर्सरी स्कूल (किन्डरगार्डेन), मान्यता प्राप्त बाल नर्सरी (नर्सरी स्कूल छेत्र), घरको जस्तै बातावरण भएको बालकेन्द्र, शिशु हेरचाह केन्द्र, कार्यालय भित्र कर्मचारीको बालबच्चा हेरचाह केन्द्र
■शहर भित्र बसोबास गरेको भै, बालबालिकाको उमेर ३ वर्षभन्दा माथिको (२०२१ अप्रिल २ तारिक देखि २०२४ अप्रिल १ तारिकमा जन्मिएका) बालबालिका
→ नर्सरी स्कूल (किन्डरगार्डेन), मान्यताप्राप्त बाल नर्सरी (नर्सरी स्कूल छेत्र)
आबेदन: पहिलो रोजाईको लागिको नर्सरी स्कूल प्रयोग गर्नको लागि जानकारी सामाग्रीमा संलग्न भएको आवेदन फारममा भरेर, वडाकार्यालयको बाल हेरचाह सहायता बिभाग (मियागी सामान्य शाखाको अधिकार क्षेत्र र मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग) मा फारम बुझाउनुहोस। अनलाइन मार्फत आवेदन गर्न पनि सक्नुहुन्छ। बिस्तृत विवरणका लागि सिटिको वेबसाइटमा हेर्नुहोस।
(2)किन्डरगार्डेन, मान्यताप्राप्त बाल नर्सरी (किन्डरगार्डेन क्षेत्र)
सम्पर्क:(1)वडाकार्यालयको बाल हेरचाह सहायता बिभाग, मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
(2)मान्यता प्राप्त अनुदान सहयोग बिभाग ०२२-२१४-८६५५
सम्पर्क:सेन्दाई शहर नि:शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय ०१२०-५८७-२८७
२०२६ आर्थिकबर्ष को नगर तथा प्रान्तीय कर (आवास कर) को तेस्रो किस्ता चाँही, तपाईं बस्नुभएको स्थानीय वित्तीय संस्था आदि बाट, यहि नोभेम्बर २ तारिक (सोम) सम्ममा भुक्तानी गर्नुहोला। साथै, बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिहरूको पनि नोभेम्बर २ तारिक (सोम) नै ट्रान्सफर हुनेछ।
सम्पर्क : कर भुक्तानी ब्यबस्थापन बिभाग फोन : ०२२-२१४-१०१०
अक्टोबर पछि भुक्तानी गर्नुपर्ने पेन्सनबाट कटौती गरिने नगर तथा प्रान्तीय कर को बारेमा पनि पुष्टी गर्नुहोस।
२०२६ अप्रिल १ तारिक हाल ६५ वर्ष भन्दा माथिका व्यक्तिहरुको, नगर तथा प्रान्तीय कर उनीहरूको सार्वजनिक पेन्सनबाट स्वत कटौती गरिने गरि बनाएकाहरुलाई, जुन महिनामा सूचना कार्ड पठाइसकिएको छ। कटौती गरिएको करको रकम लक्षित सार्वजनिक पेन्सनको प्रकार आदिको बारेमा पुष्टी गर्नुहोस।
सम्पर्क : नगरपालिका कर बिभाग ०२२-२१४-१००९
अक्टोबर १ तारिक देखि कर कार्यालयको सामान्य शाखा काउन्टरको रिसेप्सन समय परिवर्तन भै बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म हुनेछ। त्यसैले कर कार्यालयमा नगई घरबाटै गर्न सकिने प्रक्रियाहरू जस्तै, ई-ट्याक्स, नगदले भुक्तानी गर्ने नभई क्रेडिटकार्ड वा विधुतीय साधनबाट भुक्तानी गर्न सकिने जस्ता अनलाइन प्रक्रियाहरू प्रयोग गर्नुहोस। यदि, कर कार्यालयमा नै गएर परामर्श गर्नको लागि भने पहिले नै अपोइमेन्ट लिन आवश्यक पर्दछ। अपोइमेन्ट लिनको लागि चाँही, स्थानीय कर कार्यालयमा सम्पर्क गर्नुहोस। बिस्तृत जानकारीको लागि, राष्ट्रिय कर कार्यालयको वेबसाइटमा हेर्नुहोस।
सम्पर्क : सेन्दाई उत्तर कर कार्यालय (किता जेमुस्यो) ०२२-२२२-८१२१, सेन्दाई केन्द्रीय कर कार्यालय (नाका जेमुस्यो) ०२२-७८३-७८३१, सेन्दाई दक्षिण कर कार्यालय (मिनामी जेमुस्यो) ०२२-३०६-८००१
एक वर्ष भन्दा मुनिका बच्चालाई हुर्काउने अभिभावक लक्षित गरि राष्ट्रिय पेन्सन भुक्तानी छुट दिने प्रणाली अक्टोबर १ तारिक देखि सुरु हुनेछ।
अक्टोबर १ तारिक देखि आवेदन लिइनेछ। विधुतीय उपकरण माईना पोर्टल साइड मार्फत पनि आवेदन पेश गर्न सकिन्छ। थप जानकारीको लागि शहरको वेबसाइटमा हेर्नुहोस।
सम्पर्क : वडा कार्यालय, मियागी सामान्य शाखा बीमा तथा पेन्सन विभाग, आकियु सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
आवेदन: नगरपालिकाको वेबसाइटबाट नयाँ भर्ना आवेदन फारम डाउनलोड गरि, अक्टोबर ३० तारिक भित्र पठाउने (यो मिति भित्र पुग्ने गरि)।
व्यक्तिगत टिप्पणी सत्र
यी कुनैपनि माध्यमबाट आवेदन गर्न वा सोधपुछ गर्नको लागि शिक्षा मार्गदर्शन विभाग ०२२-२१४-८८७५ मा फोन गर्नु सक्नुहुन्छ।
सम्पर्क:【स्वास्थ्य जाँच】स्वास्थ्य तथा शारीरिक शिक्षा बिभाग ०२२-२१४-८८८१
【बालबालिका हुर्काउनको लागिको कक्षा (बालहेरचाह कक्ष भए, नभएको आदी)】प्रत्येक बिधालय तथा नियमित अध्यापन कार्य बिभाग ०२२-२१४-८८८७
お問い合わせ
Copyright©City of Sendai All Rights Reserved.