कर सम्बन्धि सूचना
नगर तथा प्रान्तीय कर, आयकर आदिको कर समायोजन को अन्तिम म्याद नजिकिँदैछ
- नगर तथा प्रान्तीय कर : कर समायोजन गर्ने अन्तिम म्याद मार्च १६ तारिक (सोम)
सम्पर्क : नगर तथा प्रान्तीय कर विभाग [आओबा वार्ड, इजुमी वार्ड] ०२२-२१४-८६३७ [मियागिनो वार्ड, वाकाबायाशी वार्ड, ताइहाकु वार्ड] ०२२-२१४-८६३८
- आयकर तथा पुनर्निर्माण विशेष आयकर, बहुमुल्य बस्तु उपहार कर :कर समायोजन गर्ने अन्तिम म्याद मार्च १६ तारिक (सोम)
- उपभोक्ता कर र स्थानीय उपभोक्ता कर : कर समायोजन गर्ने अन्तिम म्याद मार्च ३१ तारिक (मंगल)
सम्पर्क : सेन्दाई किता कर कार्यालय ०२२-२२२-८१२१, सेन्दाई नाका कर कार्यालय ०२२-७८३-७८३१, सेन्दाई मिनामी कर कार्यालय ०२२-३०६-८००१
कृपया विधुतीय साधनको प्रयोग गरि वा घरमा नै फारम भरि हुलाक बाट पठाउने गरि कर समायोजन गर्नुहोस।
यदि कर समायोजन गर्न आवश्यक भएको व्यक्तिहरुले भने, म्याद अवधि भित्र कर समायोजन गर्नुहोस। नगर तथा प्रान्तीय करको कर समायोजन गर्नको लागि, स्मार्टफोन वा कम्प्युटर प्रयोग गरेर विधुतीय फाइलिङ (eLTAX), अथवा फारम भरि हुलाक मार्फत पठाई सहयोग गर्न अनुरोध गर्दछौ। आयकर आदि अन्य कर फिर्ताको लागि, आफ्नो स्मार्टफोन वा कम्प्युटरमा विधुतीय फाइलिङ प्रणाली (ई-कर) प्रयोग गर्नुहोस।
आर्थिक वर्ष २०२५ मा आवासीय कर छुट भएको घरपरिवारहरूलाई उपहार कार्डहरू वितरण गरिनेछ।
मार्च १९ तारिक (बिही) देखि, आर्थिक वर्ष २०२५ को लागि आवासीय कर छुट पाएका घरपरिवारहरूलाई, प्रति घरपरिवार १०,००० येन मूल्य बराबरको उपहार कार्ड वितरण गरिनेछ।
- लक्षित= २०२६ जनवरी १ तारिक सम्म यस शहरका बासिन्दाको रूपमा दर्ता भएका घरपरिवारहरू र घरपरिवारका सबै सदस्यलाई आर्थिक वर्ष २०२५ को लागि निश्चित दरको आवासीय कर छुट पाएका परिवारहरु
- उपहार कार्ड प्रयोग गर्ने तारिकाको लागि, पठाईएको खाममा संलग्न जानकारी सामग्रीमा हेर्नुहोस।
- आश्रीत पति/पत्नी वा उनीहरुको आफन्तबाट हिंसाका कारण अहिले बसेको ठाउँ छोडी अन्यत्र गई बसेको परिवार भएमा, अप्रिल ३० तारिक (बिही) भित्र आवेदन दिनुपर्छ। थप जानकारीको लागि, कृपया शहरको वेबसाइट हेर्नुहोस्।
सम्पर्क : सेन्दाई शहर आपतकालीन सहयोग परियोजना कल सेन्टर ०१२०-२६३-१८५ (कार्यालयको दिन बिहान ८:३० बजेदेखि बेलुका ५:००)
बढ्दो मूल्यवृद्धि विरुद्ध बाल हेरचाह सहयोग भत्ता दिइनेछ, प्रति बच्चा २०,००० येन
उमेर १ वर्ष नपुगेको शिशु देखि उच्च माध्यमिक विद्यालयको उमेरसम्मको बालबालिका (आर्थिक वर्षको अन्त्य सम्ममा १८ वर्ष पुगेका) प्रत्येक लाई २०,००० येन प्रदान गरिनेछ।
- तलको (1), (2), वा (3) अन्तर्गत पर्ने सरकारी कर्मचारीको परिवार भएमा, उनीहरुले भने आवेदन दिन आवश्यक पर्छ (गैर सरकारी कर्मचारीहरूले भने आवेदन दिन आवश्यक छैन)।
(1)२०२५ सेप्टेम्बर ३० तारिक सम्म बाल भत्ता प्राप्त गर्दै आएका परिवार
(2)२०२५ अक्टोबर १ तारिक देखि २०२६ मार्च ३१ तारिक सम्ममा जन्मेको बच्चाको, बाल भत्ता प्राप्त गर्दै आएका परिवार
(3) २०२५ अक्टोबर १ तारिक देखि २०२६ मार्च ३१ तारिक सम्ममा सम्बन्ध विच्छेद वा अन्य कारणले पहिलो पटक बाल भत्ता प्राप्त गर्ने परिवार
※(1)२०२५ सेप्टेम्बर ३० तारिकको समय अवधिमा, (2)(3)बाल भत्ता स्वीकृत हुँदा सेन्दाई शहरमा ठेगाना बसोबास दर्ता भएका परिवार लक्षित
※लक्षित व्यक्तिहरूलाई आफ्नो रोजगारी स्थान (काम गरेको कार्यालय) बाट परिस्थिति प्रमाणित गर्ने आवेदन फारम (रषिद) वितरण गर्ने छ।
※लक्षित बालबालिकाको निवास दर्ता सेन्दाई शहरमा छ भने, हामी उनीहरुलाई आवेदन प्रक्रियाको लागि जानकारी सामग्री हुलाक मार्फत पठाउनेछौं।
- आवेदन दिनको लागि म्याद= मार्च ३१ तारिक (मंगल)
- बिस्तृत जानकारीको लागि शहरको वेबसाइटमा हेर्नुहोस
सम्पर्क : सेन्दाई शहर बढ्दो मूल्यवृद्धि विरुद्ध बाल हेरचाह सहयोग भत्ता हटलाइन: ०१२०-२०७-०४९ (कार्यालयको दिन बिहान ८:३० बजेदेखि बेलुका ५:००)
उद्योग ब्यबसाय परामर्श कार्यक्रम
(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (मार्च १८ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने विचार गरेको व्यक्ति, वा भर्खरै व्यवसाय सुरु गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (मार्च २६ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)
- स्थान= आएर बिल्डिंगको ७ औं तला
- बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
- आवेदन = मार्च ६ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई शहर उद्योग व्यवसाय सहायता केन्द्रको वेबसाइटबाट निबेदन गर्न सकिन्छ। (1)नम्बरको लागि भने फोनबाट पनि निबेदन गर्न सक्नुहुन्छ।
सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४
नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदन खुल्ला - मार्च १६ तारिख (सोम) सम्म आवेदन बुझिने-
- 「आवास आबेदन खुल्ला भएको जानकारी」=मार्च ६ तारिक(शुक्र)बाट नगरपालिका कोकुबुन्चो शाखा कार्यालय भवनको दोस्रो तल्ला सेन्दाई सिटि शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग, नगरपालिका सरकारी भवनको दोस्रो तल्लामा रहेको नगर सूचना केन्द्र, वाडाकार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय, आओबा वार्ड कार्यालयको नागरिक दर्ता बिभाग सेन्दाई स्टेशन अगाडी सेवा केन्द्र (आएरु ५ तल्ला ), आदिबाट फारम वितरण गरिएको छ
- आवेदन प्रक्रिया=तालिकामा उल्लेखित घरहरुबाट एउटा घर छनौट गरि「आवास आवेदन खुल्ला भएको जानकारी」आवेदन फारममा भरि खाममा राखी मार्च १६(सोम)सम्ममा हुलाक मार्फत पठाउनुहोला। धेरै आवेदन आएको खण्डमा गोलाप्रथा बाट छनोट हुनेछ।
- घर सर्न मिल्ने दिन = मे ३० तारिक (शनि) को (योजना)
- आवेदन दिन मिल्ने व्यक्ति=निम्न मापदण्डहरु पूरा गर्नेहरू
- हाल आवासको समस्या भएकाहरु।
- हाल संगै बस्ने वा संगै बस्ने योजना भएको परिवार भएकाहरु ।
- यस नगरमा बसाई वा काम भएकाहरु। यस बाहेक, आय आम्दानी निश्चित तोकिएको मापदण्ड भन्दा कम हुनुपर्ने जस्ता सर्तहरु छन। विस्तृत जानकारीको लागि「आवास आवेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोला।
आणविक प्रकोपका कारण सुरक्षित स्थानमा सर्न निर्देशन पाएको क्षेत्रमा बसोबास गर्ने व्यक्ति वा बालबच्चा, प्रकोप पीडितहरूको सहयोग ऐनमा आधारित अनुदानद्वारा लक्षित क्षेत्रहरूमा बसोबास गर्नेहरू, घरेलु हिंसाका पिडितहरू,आपराधिक गतिविधिका पिडितहरूको आवेदनको मापदण्डहरु फरक हुने भएकोले, हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई नगर निर्माण सार्वजनिक निगम बिभाग ०२२-२१४-३६०४
जापानी भाषाकक्षाको जानकारी
यो स्थानीय स्वयंसेवकहरु द्वारा सञ्चालित बिदेशी नागरिकहरुको लागि जापानी भाषाकक्षा हो। सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको होमपेज( External link ) मार्फत यस जानकारीको बारेमा बिदेशी भाषामा (नेपालीमा) पनि हेर्न सकिन्छ।
(1)सेन्दाई जापानी भाषाकक्षा (पहिलो सेमेस्टर)
- पढाई हुने अवधि: अप्रिल ७ तारिख (मंगल) देखि सेप्टेम्बर ११ तारिख (शुक्र) ( अप्रिल ३ तारिख (शुक्र) बिहान साढे ९ बजे देखि कक्षा छुट्याउने परीक्षा हुने।)
- पढाई हुनेदिन = हरेक हप्ता मंगलबार देखि शुक्रबार (कक्षा अनुसार फरक हुने)
- पढाई हुने स्थान= आओबा कु च्युयो सिमिन सेन्टर (आओब कु इचीबाँच्यो २-१-४)
- कक्षाहरू= प्राथमिक स्तर, माध्यमिक स्तर, उच्चमाध्यमिक स्तर र खानजी आदि
- पाठ्यपुस्तक शुल्क लाग्ने छ
- कक्षाको जानकारी वा आवेदन फारम, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको होमपेजमा छ।
(2)विदेशी नागरिकहरूको लागि जापानी भाषाकक्षा「निहोंन्गो टि रुम」 (बाल हेरचाहको व्यवस्था पनि उपलब्ध छ)
- पढाई हुने समय= हरेक हप्ता बुधबार, शुक्रबार बिहान १० बजे देखि ११:३० बजे सम्म
- पढाई हुने स्थान= यागीयामा सिमिन सेन्टर (ताईहाकु कु यागीयामा होनच्यो १-४३)
- कक्षाहरू= शुरुवाती स्तर, प्राथमिक स्तर, माध्यमिक स्तर, उच्चमाध्यमिक स्तर
- पाठ्यपुस्तक शुल्क र प्रति सेमेस्टर १,००० देखि २,००० येन दर्ता शुल्क लाग्नेछ।
- जहिले बाट पनि सहभागी हुन सकिन्छ
(3)निहोंगो नो मोरी (स्थानीय जापानी भाषाकक्षा)
- पढाई हुने समय=हरेक हप्ता मंगलबार र शुक्रबार दिउसो १:०० बजे देखि २:३० बजे
- पढाई हुने स्थान=तोहोकु विश्वविद्यालय खावाउची क्याम्पस सम्मेलन भवन C, पहिलो तल्ला कोठा नं C १०४ (आओबा कुखावाउची ४ १)
- रिजर्वेशन आवश्यक नपर्ने। सिधै पढाई हुने स्थानमा जानुहोला।
सम्पर्क: (1) र (3) को लागि: सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६०
(2)को लागि: यागीयामा सिमि सेन्टर ०२२-२२८-११९०
सिटिभित्र अन्य जापानी भाषाकक्षाहरु पनि छन। बिस्तृत जानकारीको लागि, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको वेबसाइटमा हेर्नुहोला।
नेपाली( External link )
बिदेशी भाषामा सम्पर्क गर्नुपरेमा, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र दोभाषे सहायता टेलिफोन ०२२-२२४-१९१९