Page ID: 81574

Updated: August 7, 2025

ここから本文です。

2025 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अगस्ट अंक

भारी वर्षा र पहिरो जस्ता विपदको लागि पूर्वतयारी「सेन्दाई विपद् रोकथाम हजाड म्याप」को बारेमा जानकारी लिई राख्नुहोस

बाढीपहिरोको जोखिममा रहेका गाउँ र क्षेत्र वा बाढीबाट डुबानमा पार्न सक्ने सम्भावना भएका क्षेत्र आदि को बारेमा तयार पारि नक्शा बनाएको हजाड म्याप प्रकासित गरिएको छ। साथै, अग्रिम रुपमा आफ्नो पारिवारिक संरचना, बसोबासको वातावरण आदि अनुसार तयार गरिएको सुरक्षित स्थानको योजना「मेरो टाइमलाइन」आदि विपद् पूर्वतयारीका लागि उपयोगी जानकारी पनि प्रकाशित गरिएको छ यो नक्शा हेरि यसको सदुपयोग गरि सुरक्षित रहनुहोस।

आर्थिकबर्ष २०२५ को संस्करण「सेन्दाई विपद् रोकथाम हजाड म्याप」(२०२५ मे महिना अनुसार) मा अगष्ट १५ तारिक (शुक्र) देखि नगरपालिकाको वेबसाइट बाट पनि हेर्न सकिन्छ, नगरपालिकाको मुख्य सरकारी भवनको दोस्तो तल्लामा रहेको नगरपालिका सूचना केन्द्र, वडाकार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय, नागरिक केन्द्र आदिबाट वितरण गरिन्छ।
सम्पर्क : विपद् न्यूनीकरण प्रवर्द्धन बिभाग ०२२-२१४-३०४८

बच्चाहरु सबैलाई डेकेयर सेन्टरहरू मा राख्न सकिने प्रणाली (बालबालिका आदिको किन्डरगार्टनमा राख्न सकिने सहयोग परियोजना) संचालन गरिएको छ।

यो, अभिभावकहरूको काम इत्यादी कारणले बच्चाहरूलाई वा अन्य नर्सरीहरुमा राख्न नसकेको परिस्थितिलाई मध्यनजर मा राखी, जोकोहीले पनि बिना सर्त किन्डरगार्डेनमा बच्चा राख्न सकिने प्रणाली हो। महिनामा १० घण्टासम्मको लागि नियमित रुपमा बच्चा हेरचाह सुबिधा प्रदान गरि, बच्चालाई समूहमा बस्ने रमाउने अवसरहरू प्रदान गरि बालबालिकाको वृद्धि विकासमा सहायता गर्नुको साथै, बालबालिकाको पालनपोषण सँग सम्बन्धीत चिन्ताहरूको बारेमा पनि अभिभावकहरूलाई सरसल्लाह पनि प्रदान गर्छौं।

  • राख सकिने समयअवधि=अगस्ट १ तारिक (शुक्र) देखि २०२६ मार्च ३१ तारिक (मंगल) (केही डेकेयर सेन्टरहरू अप्रिलबाट सुरु हुनेछन)
  • लक्षित= सेन्दाई शहर भित्र बसोबास गरेका, र हाल नर्सरी स्कूल आदिमा नगएका, जन्मिएको ६ महिनादेखि ३ वर्ष भन्दा कम उमेर सम्मका बालबालिकाहरू
  • राख्नको लागि लाग्ने शुल्क=प्रति बच्चाको एक घण्टाको लागि ३०० येन (कल्याणकारी कोषबाट सहायता प्राप्त गरिरहेका परिवार साथै, नगरकर छुट पाएका घरपरिवारका लागि भने यो सेवा नि:शुल्क हुनेछ।) खाना खर्च आदि प्रत्येक डेकेयर सेन्टरहरूले निर्धारण गरेको रकम आफुले तिर्नुपर्ने
  • यदि सिट खाली भएको खण्डमा, यो योजना सुरुगरेको बीचबाट पनि बच्चा राख्न सक्नुहुन्छ।
  • संचालन भएको डेकेयर सेन्टरहरूको बारेमा थप जानकारी चाहिएमा, शहरको वेबसाइटमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क : किन्डरगार्डेन,नर्सरी योजना विभाग ०२२-२१४-८१८५

जे-अलर्ट राष्ट्रव्यापी सूचना एकैसाथ प्रसारण परीक्षण कार्य गरिनेछ

भूकम्प, सुनामी र सशस्त्र आक्रमण आदिको पूर्व तयारीको लागि, राष्ट्रव्यापी आपतकाली चेतावनी प्रणाली (जे-अलर्ट) प्रयोग गरी राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण कार्य अगष्ट २० तारिक (बुधवार) बिहान ११ बजे गरिनेछ।
त्यस दिन, नगरको होमपेज, नगरको सोसियल मिडिया (लाइन) आधिकारिक वेबसाइट, संकट व्यवस्थापन बिभागको X (पुरानो ट्विटर) द्वारा पनि प्रकाशित गराउनुका साथै, नगरको पूर्वी भागमा जडान गरिएको लाउडस्पीकर द्वारा पनि, अडियो परीक्षणको प्रसारण कार्य गरिनेछ। कृपया ध्यान दिनुहोला।
सम्पर्क : संकट व्यवस्थापन बिभागको फोन ०२२-२१४-८५१९

कर सम्बन्धि जानकारी

नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद सेप्टेम्बर १ तारिक (सोम) हो

आर्थिकबर्ष २०२५ को नगर तथा प्रान्तीय कर (निवास कर) को दोस्रो किस्ता चाँही यही सेप्टेम्बर महिनाको १ तारिक (सोमबार) सम्ममा स्थानीय वित्तीय संस्था मार्फत भुक्तानी गर्नुहोस। साथै, बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिले पनि सेप्टेम्बर महिनाको १ तारिक (सोम) सम्ममा ट्रान्सफर गर्नुपर्ने हुन्छ।
सम्पर्क : बिमा रकम भुक्तानी बिभाग ०२२-२१४-१०१०

उद्योग ब्यबसाय परामर्श कार्यक्रम

(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (अगष्ट महिना २० तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म) 
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा) 

(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (अगष्ट महिना २१ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= सेन्दाई शहर भित्र उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)

  • स्थान : आएर बिल्डिंगको ७ औं तला
  • बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
  • आवेदन =अगष्ट महिना ६ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट पनि निबेदन दिन सक्नुहुन्छ। (1)नम्बरको लागि भने फोनबाट पनि निबेदन गर्न सक्नुहुन्छ।

सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४

एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस

  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता पहिले देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंगको लागि मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। शहरको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
  1. रातिको समयमा गरिने परिक्षण… अगष्ट २२ तारिक (शुक्र) सेप्टेम्बर १२ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे / आएर बिल्डिङको छैटौं तल्ला
  2. बिदाको दिन गरिने परिक्षण… सेप्टेम्बर ६ तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श केन्द कोसेइकान (आओबा कु मियामाची १-१-५)

परीक्षण क्षमता भने ३० जाना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी गराउनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने अवस्था भएमा भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
सम्पर्क संक्रामक रोग नियन्त्रण : बिभाग ०२२-२१४-८०२९

बाल- पालनपोषण भत्ताको लागि वर्तमान स्थिति रिपोर्ट (गेन्क्योउ तोदोके), विशेष बाल-पालनपोषण भत्ताको लागि आय-आम्दानीको स्थिति रिपोर्ट पेश गर्न नबिर्सनुहोला

एकल अभिभावक भएका परिवारमा १७ बर्ष सम्मका बालबालिका हुर्काई रहनुभएका व्यक्तिहरुलाई सहयोगी गर्नको लागि प्रदान गरिदै आएको बाल-पालन पोषण भत्ता र, १९ बर्ष सम्मका अपाङ्गता भएका बालबालिकाहरू हुर्काई रहनुभएका व्यक्तिहरुलाई सहयोग गर्नको लागि प्रदान गरिदै आएको विशेष बाल-पालनपोषण भत्ता प्राप्त गर्नको लागि योग्य छछैन भनि पुष्टि गर्नको लागि, लक्षित बर्गका व्यक्तिलाई पेश गर्नुपर्ने सूचना फारम पठाउनेछौं, त्यसैले कृपया फारम भरि अवश्य पेश गर्नुहोला।

  • पेश गर्नुपर्ने अवधि=【बाल-पालनपोषण भत्ता】अगष्ट १ तारिक (शुक्र)देखि २९ तारिक(शुक्र)【विशेष बाल-पालनपोषण भत्ता】अगष्ट १२ तारिक (मङ्गल)देखि सेप्टेम्बर ११ तारिक(बिहि)(दुबै, कार्यालय बन्दहुने दिन बाहेक)

सम्पर्क:वाडा कार्यालय बाल हेरचार सहयोग बिभाग, सामान्य शखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

बिभिन्न किसिमका समुद्री खानेकुराको कारणले पेटमा हुने सङ्क्रमण (इन्टराइटिस विब्रियो) खाद्य विषाक्तताबाट सचेत रहनुहोस

गर्मी याममा, खानामा विषाक्त ब्याक्टेरिया सजिलो र छिटो फैलन सक्ने हुँदा, खाना विषाक्तता हुने सम्भावना बढी हुन्छ। विशेष गरी बिभिन्न प्रकारका समुद्री खानेकुराको प्रयोग गर्दा बिशेष ध्यान पुर्याउनुहोला।

  • फ्रिजमा फ्रोजन गर्ने 
  • धाराको पानीले राम्रोसँग पखाल्ने 
  • खाना बनाएर तुरुन्तै खाने बासी नराख्ने

सम्पर्क : वडा कार्यालय सरसफाई विभाग

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917