Page ID: 86055

Updated: April 13, 2026

ここから本文です。

2026 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अप्रिल अंक

कर सम्बन्धि जानकारी

नगर कर प्रमाणपत्र वितरण गर्नेछौं।

वडाकार्यालय, सामान्य शाखा कार्यालय, प्रमाणपत्र वितरण केन्द्र, सेन्दाई स्टेशन अगाडिको सेवा केन्द्र (आएर बिल्डिंगको ५ औं तल्ला) बाट, नगर करको भुक्तानी प्रमाणपत्र, कर प्रमाणपत्र आदि विभिन्न प्रकारका प्रमाणपत्रहरू (शुल्क लाग्ने) जारी गरिनेछ। २०२६ आर्थिक बर्षको कर भुक्तानी गरेको प्रमाणपत्र वितरण गर्ने अवधि भने, तलका निम्नअनुसार छन।
・नगर तथा प्रान्तीय कर प्रमाणपत्र (तलबबाट स्वत कटौती भएको व्यक्ति), कर छुटको प्रमाणपत्र (कर छुट भएका व्यक्ति) … मे को मध्यतिरबाट
・नगर तथा प्रान्तीय कर प्रमाणपत्र (कर सूचना कार्डको आधारमा भुक्तानी गरेका व्यक्ति, पेन्सनबाट कटौती भएका व्यक्ति) … जुन को मध्यतिरबाट
※केही प्रमाणपत्र, प्रमाणपत्र वितरण केन्द्र, सेन्दाई स्टेशन अगाडिको सेवा केन्द्रबाट वितरण गर्न नसकिने भएको हुँदा, पहिले नै पुष्टी गर्नुहोस।
सम्पर्क:कर विभाग ०२२-२१४-८६२२ वडा कार्यालय कर तथा लेखा विभाग, मियागी सामान्य शाखा कर तथा निवासी बिभाग, अकिउ सामान्य शाखा सामान्य मामिला विभाग

 नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन?

के तपाईंले आर्थिक बर्ष २०२५ को नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन? यदि भुक्तानी गर्न गाह्रो छ भने, सकेसम्म चाँडो वडाकार्यालयमा सम्पर्क गर्नुहोस।
नगर कर भुक्तानी स्थगित प्रणाली (तिर्न नसक्ने अवस्थामा) को बारेमा जापानी, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपालीमा भाषामा पनि जानकारी पाउन सकिन्छ।

नेपाली भाषा( External link )

बिधालय सहायता अनुदान प्रणालीको जानकारी

नगरपालिका मातहतको प्राथमिक, माध्यमिक बिधालय, साथै सेन्दाई सेइरियो निम्नमाध्यमिक विद्यालयमा (पहिलो सेमेस्टर पाठ्यक्रम) अध्ययनको लागि जाने बालबालिका र उनिहरुको अभिभावकलाई, आर्थिक कारणले विद्यालय जान समस्या भएकाहरुका लागि, विद्यालयका सामाग्री, विद्यालयको लागि आंशिक रकम सहयोग प्रदान गरिनेछ। 

  • लक्षित= बालबालिका पालनपोषण भत्ता प्राप्त गरिरहेको परिवार, कल्याणकारी सहायता निलम्बित वा रोकिएको, परिवारको कुल आय प्रत्येक परिवार संख्या र उमेर संरचना अनुसार गणना गरि मानक रकम भन्दा कम भएका व्यक्ति आदि

आबेदन:नगरपालिका भित्र अध्ययन गरिरहेको प्राथमिक, माध्यामिक बिधालय तथा सेन्दाई सेइरियो निम्नमाध्यमिक विद्यालय 
मा आवेदन दिनुहोस। शहरको वेबसाइट मार्फत पनि आवेदन दिन सक्नुहुन्छ।
सम्पर्क:शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१

नागरिक स्वास्थ्य जाँचको लागि आवेदन दिन नबिर्सनुहोला

नगरपालिका द्वारा आयोजना गरिएको विभिन्न प्रकारका क्यान्सर परिक्षण र आधारभूत स्वास्थ्य परीक्षाको लागि प्रारम्भिक आवेदन भर्ने म्याद चाँही यहि अप्रिल २४ तारिक (शुक्र) (यो मिति सम्ममा आबेदन पुग्नु पर्ने) हो।
आवेदन दिने बारे जानकारी सामग्रीहरु, तपाई बस्नुभएको वार्डको वडाकार्यालय, सामान्य शाखा कार्यालय, नागरिक केन्द्र, आदिमा बितरण गर्नुका साथै, सिटिको वेबसाइटबाट पनि आवेदन दिन सक्नुहुन्छ। बिस्तृत जानकारी र आबेदन सामग्रीको लागि सिटिको होमपेजमा हेर्नुहोला।
सम्पर्क : वार्ड कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

बाल-पालनपोषण भत्ता, विशेष बाल-पालनपोषण भत्ता प्रदान गरिने रकम परिवर्तन हुनेछ।

केहि कानून र नियमहरुमा संशोधनको कारण, अप्रिल देखि भुक्तानी गरिने रकममा परिवर्तन गरिएको छ।
बाल पालनपोषण भत्ता (मे महिनामा भुक्तानी गरिने)

  • एउटा बच्चाको लागि:सबै भुक्तानी लिईदाको खण्डमा …मासिक ४८,०५० येन
    आंशिक भुक्तानी लिईदाको खण्डमा … मासिक ११,३४० येन देखि ४८,०४० येन
  • दुईवटा बच्चा र त्यसपछिका बच्चाहरूको लागि:सबै भुक्तानी लिईदाको खण्डमा … प्रति बच्चाको लागि मासिक ११,३५० येन
    आंशिक भुक्तानी लिईदाको खण्डमा … प्रति बच्चाको लागि मासिक ५,६८० येन देखि ११,३४० येन 

विशेष बाल पालन-पोषण भत्ता (प्रति बच्चा) (अगष्ट महिनामा भुक्तानी गरिने)

  • प्रथम श्रेणी अन्तरगत (वडाले तोकिएको अपांगता विशेष श्रेणीको आधारमा):मासिक ५८,४५० येन
  • दोस्रोश्रेणी अन्तरगत (वडाले तोकिएको अपांगता विशेष श्रेणीको आधारमा):मासिक ३८,९३० येन

सम्पर्क:वडाकार्यालय बाल हेरचाह सहायता बिभाग, सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग

अप्रिलदेखि, बाल चिकित्सा खर्च अनुदानको लागि १८ बर्षको लक्षित उमेर बढाई आर्थिक वर्षको अन्त्यसम्ममा गरिनेछ

अप्रिल १ तारिक देखि बाल चिकित्सा खर्च अनुदान पाउने उमेर हद बढाइ, १८ वर्ष पुगेको आर्थिक वर्षको अन्त्यसम्म (उच्च माध्यमिक विद्यालयका १२ कक्षाका विद्यार्थीहरू) चिकित्सा खर्च निःशुल्क हुनेछ। (स्वास्थ्य बीमाले समेट्न नसकेका चिकित्सा उपचारहरू अनुदान पाइने छैन)।

  • मार्चको अन्त्यदेखि चरणबद्ध रूपमा प्राप्तकर्ता (उपचार छुट हुने प्रमाणपत्र) प्रमाणपत्र पठाउनेछौ। अप्रिल १ तारिक (बुध) देखि आफ्नो नयाँ प्राप्तकर्ता प्रमाणपत्र प्रयोग गर्नुहोस।
  • अनुदान प्राप्त गर्नको लागि दर्ता गर्न आवश्यक पर्छ।
  • आवेदन गर्ने तरिका आदिको बारे बिस्तृत विवरणको लागि शहरको वेबसाइटमा हेर्नुहोस।

सम्पर्क: वडा कार्यालय बाल हेरचाह अनुदान विभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग

अप्रिल देखि बालबालिका पालनपोषण सहयोग अनुदान प्रणाली सुरु हुनेछ।

बालबालिका पालनपोषण सहयोग अनुदान प्रणाली भन्नाले, सबै पुस्ता र कम्पनीहरूबाट आर्थिक सहयोग मार्फत, बालबालिका र बालबालिका हुर्काउने परिवारहरूलाई समग्र समाजद्वारा सहयोग गर्छ।
सहयोग भुक्तानी तपाईंको स्वास्थ्य बीमा प्रिमियममा समावेश गरि भुक्तानी गरिनेछ। राष्ट्रिय स्वास्थ्य बीमा प्रिमियम निर्धारण सूचनाहरू जुन महिनाको बिचतिर बाट पठाइनेछ, वृद्धवृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा प्रिमियम निर्धारण सूचना चाँही, जुलाईको बिचतिर बाट पठाइनेछ।
सम्पर्क: [प्रणालीको बारेमा] बाल तथा परिवार मामिला प्रभाग कल सेन्टर ०१२०-३०३-२७२ (कार्यालयको दिन बिहान ९:०० बजेदेखि साँझ ६:०० बजेसम्म) [बीमा प्रिमियम निर्धारण सूचना कार्डको बारेमा] वडा कार्यालय/मियागी सामान्य शाखा बीमा तथा पेन्सन विभाग, अकिऊ सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग

बच्चा जन्माउनु अघि र पछिको अवधिमा राष्ट्रिय पेन्सन तथा बीमा भुक्तानी छुट हुने

बच्चा जन्मिने अपेक्षित मिति अथवा जन्मिने सम्बन्धित महिनाको अघिल्लो महिनाबाट ४ महिनाको अवधि (गर्भमा जुम्ल्याहा वा यो भन्दा बडी बच्चा भएको खण्डमा तिन महिना पहिलेदेखि छ महिना सम्मको अवधि) पेन्सन र राष्ट्रिय स्वास्थ्य बीमा भुक्तानीको लागि छुट दिइन्छ।
बच्चा जन्मिने बारेको सूचना पठाउनको लागि भने, सुत्केरी हुने दिन भन्दा ६ महिना पहिले देखि पठाउन सकिन्छ। बच्चा जन्मिए पछिपनि सूचना पठाउन सकिने छ, सूचना पठाउनको लागि समय सीमा तोकिएको छैन। तपाईंले आफ्नो आवेदन माईना पोर्टल मार्फत अनलाइनबाट पनि बुझाउन सक्नुहुन्छ। थप विवरणहरूको लागि, कृपया शहरको वेबसाइटमा हेर्नुहोला।

  • लक्षित=राष्ट्रिय पेन्सन पहिलो किस्ताको बिमामा दर्ता गरिएका व्यक्ति, जन्म मिति २०१९ फेब्रुअरी १ तारिक पछिको उल्लेख गरिएको

सम्पर्क:वडाकार्यालय, मियागी सामान्य शाखा बीमा तथा कर बिभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

राष्ट्रिय पेन्सन बिमा भुक्तानी छुट आदिको लागि आवेदन २ वर्ष एक महिना पहिलेको पनि दिन सकिन्छ

यदि तपाईंलाई आफ्नो राष्ट्रिय पेन्सन बिमा रकम भुक्तानी गर्न कठिनाइ भइरहेको छ भने, आबेदन दिएको मितिबाट २ वर्ष एक महिना अगाडीदेखिको बिमा रकम पनि छूट, भुक्तानी रोक्नको लागि आग्रह, विद्यार्थीहरुको लागी विशेष भुक्तानी छुटको लागी आवेदन दिन सक्नुहुन्छ। आबेदन स्वीकृत भयो भने, राष्ट्रिय पेन्सन रकम भुक्तानी छुट वा रोक्का गरिनेछ। तपाईंले माईना पोर्टल मार्फत अनलाइनबाट पनि छुटको लागि आवेदन दिन सक्नुहुन्छ। थप विवरणहरूको लागि, शहरको वेबसाइटमा हेर्नुहोला।
सम्पर्क : वार्ड कार्यालयको मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

राष्ट्रिय स्वास्थ्य बीमा छोड्दा सूचना पेश गर्न नबिर्सनुहोला

राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएका व्यक्ति, काम गर्ने ठाउँको कर्मचारी स्वास्थ्य बीमामा सामेल हुँदा, वा परिवारको सदस्यको स्वास्थ्य बीमामा आश्रित हुँदा, योग्यता प्रमाणपत्र वा योग्यता जानकारीको सूचना प्राप्त (कम्पनिबाट नयाँ स्वास्थ्य बीमा कार्ड) सूचना प्राप्त गर्ने बित्तिकै, सकेसम्म चाँडो पुरानो स्वास्थ्य बिमा कार्ड बन्द गर्नको लागि सूचना पेश गर्नुहोस। हुलाक मार्फत आवेदन दिनुको अतिरिक्त, शहरको वेबसाइट मार्फत पनि आवेदन दिन सक्नुहुन्छ।
साथै, काम गर्ने स्थानको कर्मचारी स्वास्थ्य बीमामा प्रबेश गरेको दिनदेखि, राष्ट्रिय स्वास्थ्य बीमा कार्डको योग्यता प्रमाणपत्र आदिको उपयोग गर्न सकिने छैन।
सम्पर्क:वडाकार्यालय, मियागी सामान्य शाखा बीमा तथा कर बिभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको निबेदन स्वीकार गरिनेछ

  • लक्षित बर्ग = सेवासंस्था आदि प्रयोग लाभ प्रमाणीकरण (नयाँ २ नम्बर, नयाँ ३ नम्बर) सुबिधाको उपयोग लिईरहनु भएका, नर्सरी तथा प्रमाणित गरिएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, लाइसेन्स नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
  • लक्षित गरिएको उपयोग गर्न सकिने अवधि = २०२६ जनवरी १ तारिक देखि मार्च ३१ तारिक
  • भुक्तानीको म्याद = अप्रिल २० तारिक (सोम)
  • बिस्तृत विवरणको लागि, सिटीको होमपेजमा हेर्नुहोस।

सम्पर्क:सेन्दाई सिटि नि:शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय ०२२-२१४-८९७८

बच्चाहरु सबैलाई किन्डरगार्टनमा राख्न सकिने प्रणाली (बालबालिका आदिको किन्डरगार्टनमा राख्न सकिने सहयोग परियोजना) संचालन गरिएको छ।

यो, अभिभावकहरूको काम इत्यादी कारणले बच्चाहरूलाई किन्डरगार्डेन वा अन्य डेकेयर सेन्टरहरू राख्न नसकेको परिस्थितिलाई मध्यनजर मा राखी, जोकोहीले पनि बिना सर्त किन्डरगार्डेनमा बच्चा राख्न सकिने प्रणाली हो। महिनामा अधिकतम १० घण्टासम्मको लागि सुविधा केन्द्र प्रयोग गरेर, बच्चालाई समूहमा बस्ने रमाउने अवसरहरू प्रदान गरि बालबालिकाको वृद्धि विकासमा सहायता गर्नुको साथै, बालबालिकाको पालनपोषण सँग सम्बन्धीत चिन्ताहरूको बारेमा पनि अभिभावकहरूलाई सरसल्लाह पनि प्रदान गर्छौं।

  • लक्षित= सेन्दाई शहर भित्र बसोबास गरेका, हाल नर्सरी स्कूल आदिमा नगएका र जन्मिएको ६ महिनादेखि २ वर्ष उमेर सम्मका बालबालिकाहरू
  • राख्नको लागि लाग्ने शुल्क=प्रति बच्चाको एक घण्टाको लागि ३०० येन (आवेदन अनुसार शुल्क घटाउन सकिने प्रणाली छ।) खाना खर्च आदि प्रत्येक डेकेयर सेन्टरहरूले निर्धारण गरेको रकम आफुले तिर्नुपर्ने
  • यो प्रणाली प्रयोग गर्नु परेको खण्डमा, निबेदन दिन आवश्यक पर्दछ।
  • आवेदन प्रक्रिया वा संचालन भएका सुविधा केन्द्रहरू आदि बारे विवरणहरूको लागि शहरको वेबसाइटमा हेर्नुहोस।

सम्पर्क : किन्डरगार्डेन,नर्सरी योजना विभाग ०२२-२१४-८१८५

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917