बसाईसराई गाइड
सेन्दाई सिटि बिस्तृत कल सेन्टर「भनिदेउ मोरि नो मियाको हेल्पलाईन」
टेलिफोन : ०२२-३९८-४८९४ फ्याक्स : ०२२-३९८-५०७०
नगरपालिका (सियाक्सो), वा वडा कार्यालय आदि बिभिन्न प्रक्रियाहरू सँग सम्बन्धी तपाईंका प्रश्नहरूको जवाफ दिनेछौं। रिसेप्सन समय बिहान ८:०० बजे देखि बेलुका ८:०० बजे सम्म (वर्षभरि खुला रहन्छ, तर शनिबार, आईतबार र सार्वजनिक बिदाको दिनमा भने साँझ ५:०० बजे सम्म खुला रहन्छ)
जापानी, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरु उपलब्ध हुनेछ।
बसाईसर्दा निस्कने फोहोर
ठूलो आकारको फोहोर (जस्तैः पलंग, टेबुल ,कुर्ची, डसना) र घर सर्दा धेरै मात्रामा निस्कने फोहोरहरु घरेलु फोहोरको रुपमा सङ्कलन स्थानमा फाल्न मिल्दैन। तल उल्लेखित कुनै बिधि (शुल्क लाग्ने) मार्फत फोहोर ब्यबस्थापन गर्नुहोला। यधपी, ४ ओटा घरेलु विधुतीय उपकरणहरू (एयर कन्डिशनर, टेलिभिजन, रेफ्रिजरेटर, फ्रिजर, वाशिंग मेशिन, लुगा सुकाउने मेशिन), कम्प्युटर आदि सामानहरु नगरले फोहोर सङ्कलन गर्दैन। विस्तृत जानकारीको लागि नगरपालिकाको होमपेजमा हेर्नुहोस।
- ठुलो आकारको फोहोर सङ्कलनको लागि निवेदन (साधारणतया २ हप्तामा १ पटक सङ्कलन गरिन्छ)
ठुलो आकारको फोहोर संकलन रिसेप्सन सेन्टर (निबेदन आवश्यक पर्ने) टेलिफोन: ०२२-७१६-५३०१
सिटिको होमपेजबाट पनि निबेदन फारम भर्न सकिन्छ
- धेरै मात्रामा निक्लेको फोहोर (ठुलो आकारको फोहोर पनि समाबेश) को संकलन गर्न निवेदन को लागी, आफुबसोबास गरेको वार्डको वातावरणीय कार्यालय (निवेदन आवश्यक पर्ने)
(मियागी, अकिउ सामान्य शाखा कार्यालय मार्फत निबेदनको लागि मियागी सरसफाई तथा पर्यावरण निगमलाई ०२२-३९३-२२१६ मा सम्पर्क गर्नुहोला।)
- आफैले फोहोर प्रशोधन केन्द्रमा लाने भएमा
इमाइजुमी फोहोर प्रशोधन केन्द्र (वाकाबायाशी कु इमाइजुमी खामिशिन्डेन १०३, टेलिफोन: ०२२-२८९-४६७१)
(कुजुओका फोहोर प्रशोधन केन्द्र (आओबा-कु गोरोकु कुजुओका ५७-१ टेलिफोन: ०२२-२७७-५३९९)
सम्पर्क :
आओबा पर्यावरण कार्यालय ०२२-२७७-५३००, मियागिनो पर्यावरण कार्यालय ०२२-२३६-५३००
वाकाबायाशी पर्यावरण कार्यालय ०२२-२८९-२०५१, ताईहाकु पर्यावरण कार्यालय ०२२-२४८-५३००
इजुमी पर्यावरण कार्यालय ०२२-७७३-५३००, घरेलु फोहोर न्यूनीकरण विभाग ०२२-२१४-८२२७
बसोबास परिवर्तनको सूचना दर्ता, उपचार खर्च अनुदान प्रक्रिया आदि लागीको काउन्टर
- बसोबास परिवर्तनको सूचना दर्ता
वडाकार्यालय परिवार तथा निवास दर्ता विभाग, मियागी सामान्य शाखा कार्यालय कर तथा निवास दर्ता विभाग, अकिउ सामान्य शाखा कार्यालय सामान्य मामिला विभाग, आओबा वडाकार्यालयको परिवार तथा निवास दर्ता विभागको सेन्दाई स्टेशन अगाडी सर्भिस सेन्टर (आएर बिल्डिंगको ५ औं तल्ला, नयाँ ठेगाना वा पुरानो ठेगाना भएका आओबा वार्डका बासिन्दाहरु लक्षित)
- बालबालिका, एकल आमा वा बुवा भएका परिवारको बच्चाहरूको उपचार खर्च अनुदान, बालभत्ताको लागी सूचना आदि
वडाकार्यालयको बाल हेरचाह अनुदान विभाग, सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
- शारीरिक तथा मानसिक रूपमा अशक्तका लागि उपचार खर्च अनुदान
वडाकार्यालय, मियागी सामान्य शाखा कार्यालय अपाङ्ग तथा वृद्ध विभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
- इलेक्ट्रिक साइकल
वार्ड कार्यालयको कर तथा लेखा बिभाग, मियागी सामान्य शाखा कार्यालय कर तथा निवास दर्ता विभाग, अकिउ सामान्य शाखा कार्यालय सामान्य मामिला विभाग
सार्वजनिक सेवा शुल्क आदि
- ग्यास (ग्यास शाखाको ग्राहक सेन्टर) बसाईसरि जाँदा ग्यास बन्दगर्नको लागि सम्बन्धित टेलिफोन (टोल फ्री)
०८००-८००-८९७८
- खानेपानी (खानेपानी शाखाको कल सेन्टर)
०२२-७४८-११११
- NHK (NHK फ़ुरेआई सेन्टर )
०१२०-१५१५१५
- बिजुली
बिजुलीको प्रयोग रोक्न वा पुन सन्चालन गर्ने बारे जानकारीको लागि, सम्झौता गरेको प्रत्येक खुद्रा बिजुली कम्पनीलाई सम्पर्क गर्नुहोस।
प्राथमिक, निम्न,माध्यमिक विद्यालय परिवर्तन वा नयाँ भर्ना गर्न
शैक्षिक मामिला विभाग ०२२-२१४-८८६०
बसाईसराईको सिजनमा वार्ड कार्यालयको काउन्टर बिदाको दिन पनि खुल्ला गरि, साथै सरकारी कार्यालयको दिन पनि बेलुका ६ बजे सम्म लम्बाईएको छ।
(1)बिदाको दिन काउन्टर खोलिने
- मिति र समय= मार्च २२ तारिक (आईत), २९ तारिक (आईत), अप्रिल ४ तारिक (शनि) बिहान ९:०० बजे देखि दिउँसो १२:०० बजे
- लक्षित काउन्टर=वार्ड कार्यालयको परिवार तथा निवासी दर्ता विभाग
※सामान्य शाखा कार्यालय भने बिदाको दिन खुल्ला रहनेछैन
※आओबा वडा कार्यालय परिवार तथा निवासी दर्ता विभाग सेन्दाई स्टेशन अगाडी सर्भिस सेन्टर (आएर बिल्डिंगको ५ औं तल्ला) बाट प्रमाणपत्र जारी गर्ने सेवाहरू प्रदान गर्छ। (बिहान ८:३० बजे देखि साँझ ५:०० बजे सम्म। मार्च २२ तारिक (आईत) चाँही बन्द रहनेछ)।
(2)सरकारी कार्यालयको दिन काउन्टर खुल्ला रहने समय लम्बाइएको छ
- मिति र समय=मार्च २३ तारिक (सोम) देखि अप्रिल ३ तारिक (शुक्र) सरकारी कार्यालयको दिन बिहान ८:३० बजेदेखि साँझ ६:०० बजेसम्म (सामान्य शाखा कार्यालयहरू सधैं जस्तै साँझ ५:०० बजेसम्म खुला रहनेछ)
- लक्षित काउन्टर=वार्ड कार्यालय परिवार तथा निवासी दर्ता विभाग, आओबा वार्ड कार्यालय परिवार तथा निवास दर्ता विभाग सेन्दाई स्टेशन अगाडी सर्भिस सेन्टर (बसोबास परिवर्तनको सूचना दर्ता तथा नयाँ ठेगाना वा पुरानो ठेगाना भएका आओबा वार्डका बासिन्दाहरु लक्षित)
※दिउँसो १२ बजे देखि बेलुका ४ बजे तिर बडी भिडभाड हुने गर्छ। मार्च २३ तारिख (सोम), २७ तारिख(शुक्र), ३० तारिक(सोम),३१ तारिख (मंगल), अप्रिल १ तारिख (बुध), ३ तारिक (शुक्र) बिशेष गरि भीड हुने अपेक्षा गरिएको छ।
※वडाकार्यालयको परिवार दर्ता तथा निवास बिभागमा पालो पर्खिबसेका व्यक्तिहरूको संख्या कति छ भनि, सिटिको होमपेजमा वा सेन्दाई सिटीको आधिकारिक अकाउन्ट LINE मा पनि हेर्न सक्नुहुन्छ।
(3)लक्षित सेवाहरू (ठेगाना परिवर्तन गर्ने कार्य संग सम्बन्धित काम मात्र)
- बसोबास परिवर्तनको सूचना दर्ता स्वीकृति लिनेदिने, त्यस संग सम्बन्धित राष्ट्रिय स्वास्थ्य बीमा, राष्ट्रिय पेन्सन, नर्सिङ केयर बीमाको लागि ठेगाना परिवर्तन सूचनाको आवेदन
- विद्यालय परिवर्तन, विद्यार्थीको विद्यालयको नामांकन
- निवास दर्ता प्रमाणपत्र, परिवार दर्ता प्रतिलिपि、परिवार दर्ता सम्बन्धी प्रमाणपत्र、 हानको दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गर्ने, आदि।
सम्पर्क : वडा कार्यालय परिवार तथा निवास दर्ता मामिला बिभाग
नगर बस संचालनको सूचना
- अप्रिल १ तारिख देखि नगर बसको संचालन समय तालिका परिवर्तन हुनेछ।
नयाँ समय तालिका भने, मार्च १८ तारिख (बुध) देखि यातायात विभागको होमपेज मा पोस्ट गरिनेछ, त्यसैले कृपया हेर्नुहोला। समय तालिका, फ्याक्स वा हुलाक द्वारा पठाउन सकिन्छ। थप जानकारी चाहिँएमा सम्पर्क गर्नुहोस।
सम्पर्क : यातायात विभागको जानकारी केन्द्र ०२२-२२२-२२५६
जीवनयापन भत्ता, सहायता अनुदान प्राप्त गरिरहेका परिवारको लागि खानेपानी र ढल उपयोग शुल्क छुटको लागि आवेदन लिइनेछ
- छूट हुने अवधि = आवेदन दिएको महिनाको अर्को महिना देखि २०२७ मार्च सम्म
- लक्षित वर्ग=जीवनयापन कल्याणकारी भत्ता प्राप्त गरिरहेका घरपरिवार, युद्धको बेला चीनमा छुटी पछि जापान आएका परिवारकाहरुको लागि अनुदान प्राप्त गर्ने परिवार
- छुट पाउने रकम =खानेपानी शुल्कको न्युनतम रकम, ढल उपयोग शुल्कको सम्पूर्ण रकम
- नयाँ आबेदन दिने व्यक्तिहरु र हाल छुट प्राप्त लिनु भएको तर सहमति फारम नबुझाएकोहरुले छुट प्राप्त गरिरहेको वार्ड अथवा मियागी सामान्य शाखा कार्यालयको जीवन कल्याण विभागमा आवेदन दिनुहोला।
- भवन वा खानेपानिको प्रयोग अवस्था हेरी छुट प्राप्त नहुने अवस्था पनि हुनसक्ने।
सम्पर्क: खानेपानि विभाग दक्षिण शुल्क सेन्टर ०२२-३०४-००२०, निर्माण शाखाको कार्य विभाग ०२२-२१४-८३३७
2026 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)मार्च अंक Part2