२०२६ जनवरी ११ तारिक (आईत) को दिन सेन्दाई सिटिले २० बर्षका व्यक्तिहरुको जमघट (हाताचि नो चुदोई) आयोजना गर्नेछ।
- समय =[आओबा वार्ड र इजुमी वार्डमा बस्नेहरूका लागि] बिहान ११:१५ देखि १२:३० बजे (११:०० बजे प्रवेश खुल्ने)
[मियागिनो, वाकाबायाशी र ताइहाकु वार्डमा बस्नेहरुका लागि] दिउँसो २:१५ देखि ३:३० बजे (२:०० बजे प्रवेश खुल्ने)
※यदि तोकिएको स्थानमा सहभागी हुन कठिन हुन्छ भने, तपाईं अर्को स्थानमा सहभागी हुन पनि सक्नुहुन्छ।
- स्थान = जेबियो आरिना सेन्दाई (सेन्दाई सिटि आरिना)
- लक्षित=सेन्दाई सिटि भित्र बसोबास गर्नुहुने, २००५ को अप्रिल २ तारिक देखि २००६ को अप्रिल १ तारिक जन्मेका व्यक्तिहरू (अक्टोबर मसान्त सम्मा, सेन्दाई सिटिको बासिन्दाका रूपमा दर्ता भएकाहरूका लागि, नोभेम्बर महिनाको अन्त्य देखि निमन्त्रणा पत्र पठाइनेछ। निमन्त्रणा पत्र नपाएकाले पनि सहभागी हुन सक्नुहुन्छ।)
- त्यस दिन निमन्त्रणा पत्र आदिमा लेखिएको बाटोको अनुसरण गरी तोकिएको स्थानमा प्रबेश गर्नुहोस।
- पार्किङक उपलब्ध छैन। कृपया सार्वजनिक यातायातको प्रयोग गर्नुहोला।
- रक्सी जन्य पदार्थ बोकेको वा सेवन गरेको व्यक्तिलाई प्रवेश निषेध गरिनेछ।
- बिस्तृत जानकारीको लागि शहरको होमपेजमा हेर्नुहोला
सम्पर्क: आजीवन सिकाई विभाग (०२२-२१४-८८८७)
विद्यालयमा हुने खर्च आदिको लागि सहयोग (नयाँ भर्ना गर्दा शैक्षिक सामग्री खरिद गर्न लाग्ने खर्च) प्राथमिक विद्यालयमा भर्ना गर्नु अघि भुक्तानी गरिनेछ।
- लक्षित=अर्को बर्ष २०२६ अप्रिल महिनामा बालबालिका प्राथमिक विद्यालयमा भर्ना गर्ने योजना भएको र तलको निम्न सर्तहरू सबैपूरा गरेका व्यक्तिहरु
- २०२६ फेब्रुअरी १ तारिक सम्ममा सेन्दाई शहर भित्र बसोबास दर्ता अभिलेख भएको, मार्च ३१ तारिक सम्म शहर बाहिर कोठा सरि जाने कुनैपनि योजना नभएको भएमा
- अन्य गाउँ, नगरपालिकाबाट नयाँ भर्ना गर्दा शैक्षिक सामग्री खरिद गर्न लाग्ने खर्च आदिको लागि रकम प्राप्त नगरेको भएमा
- २०२६ फेब्रुअरी सम्म कल्याणकारी सहायता रकम प्राप्त नगरेको भएमा
- २०२५ अप्रिल १ तारिक देखि २०२६ मार्च ३१ तारिक सम्मको अवधिमा आफ्नो स्वामित्वमा नयाँ घर नकिनेको भएमा
- वार्षिक कुल आयआम्दानी निश्चित रकम भन्दा कम भएका घरपरिवार र, बालबालिका पालनपोषण सहयोग भत्ता प्राप्त गरिरहेका परिवार इत्यादि, विद्यालयमा अन्य सहायताको लागि प्रमाणीत शर्तहरु पूरा गरेका परिवारहरु
- सहयोग प्राप्त गर्न सकिने रकम = ५७,०६० येन
आवेदन= शहरको वेबसाइटबाट डिसेम्बर २६ तारिक भित्रमा फारम बुझाइ सक्नुपर्नेछ। आवेदन फारम (होमपेजबाट डाउनलोड) गरेर पनि आवेदन बुझाउन सकिन्छ।
सम्पर्क = शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१
राष्ट्रिय स्वास्थ्य बीमा रकम, जेष्ठनागरिक स्वास्थ्य बीमा रकम भुक्तानी गर्न बैंक खाताबाट भुक्तानी गर्ने बिधि प्रयोग गर्नुहोस
राष्ट्रिय स्वास्थ्य बीमा रकम, जेष्ठनागरिक स्वास्थ्य बीमा रकम बैक ट्रान्सफर माध्यमबाट सुविधाजनक र भरपर्दो तरिकाले बैंक खाता बाट भुक्तानी गर्ने बिधि प्रयोग गर्नुहोस। निम्न वित्तीय संस्थाहरूमा, तपाईंले आफ्नो कम्प्युटर वा स्मार्टफोनबाट इन्टरनेट प्रयोग गरि, आफ्नो बीमा प्रिमियमको लागि बैंक खाता बाट भुक्तानी आवेदन भर्न सक्नुहुन्छ (वेब बैंक खाताबाट ट्रान्सफर सेवा)। सिधैगई खाताबाट भुक्तानी अनुरोध फारम भर्न वा हंको लगाउन आवश्यक पर्दैन, र हुलाक मार्फत वा वडाकार्यालयको काउन्टरमा लिएर जानुपर्ने झन्झट पनि पर्दैन। यसैले, कृपया यसको उपयोग गर्नुहोस।
- लक्षित वित्तीय संस्थाहरू= सिचीज्युसिचि बैंक, सेन्दाई बैंक, मोरिनोमियाको शिनयो बैंक, र जापान पोस्ट बैंक
- वित्तीय संस्थाहरूको काउन्टरमा बैंक खाताबाट ट्रान्सफर भुक्तानी आबेदन फारम भर्न पनि सक्नुहुन्छ।
विशेष सङ्कलनबाट बैंक खाताबाट ट्रान्सफर प्रणालीमा परिवर्तन हुँदै
बीमा रकम भुक्तानीको लागि विशेष सङ्कलन विधि (सार्वजनिक पेन्सनबाट कटौती) को प्रयोग गरेका व्यक्तिहरुले पनि, बीमा शुल्कको भुक्तानी गर्ने बिधिलाई बैंकखाता मार्फत ट्रान्सफर हुने प्रणालीमा परिवर्तन गर्न सकिन्छ। परिवर्तनका लागि इच्छुक व्यक्तिहरुले बैंकखाता मार्फत ट्रान्सफर प्रणालीको आवेदन संगै विशेष सङ्कलन रोक्काको लागि आवेदन बुझाउनु पर्दछ। त्यस्तै, विशेष सङ्कलन रोक्का हुने समय, आवेदन बुझाएको समय अनुसार फरक पर्दछ।
※कुनैपनि थप विवरणहरूको लागि, कृपया शहरको वेबसाइट हेर्नुहोस
सम्पर्क: [अनलाइन बैंक खाता मार्फत ट्रान्सफर सेवाको बारेमा] बिमा व्यवस्थापन र भुक्तानी कार्यालय ०२२-२१४-१३३४
[विशेष सङ्कलनको बारेमा] वडा कार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन विभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
वर्षको अन्त्य र नयाँ वर्षको सुरुको दिनमा गरिने नगरको कामकाज
नगरपालिकाबाट गरिने कामकाज चाँही, डिसेम्बर २९ तारिक (सोम) देखि जनवरी ३ तारिक (शनि) सम्म बिदा रहनेछ। वर्षको अन्त्य र नयाँ वर्ष सुरुको समयमा, वडा कार्यालय आदि ठाउँको काउन्टरहरूमा धेरै भीडभाड हुनेहुँदा, कार्यालय सम्बन्धित केही कामकाजको प्रक्रिया गर्नुपरेमा जतिसक्दो चाँडो गर्नुहुन अनुरोध गर्दछौ।
- वडा कार्यालय
विवाह दर्ता, मृत्यु दर्ता आदि पारिवारिक दर्ता को स्वीकृति, दाहसंस्कार अनुमतिपत्र जारी, डिसेम्बर २९ तारिक (सोम) देखि जनवरी ३ तारिक (शनि) मा पनि वडा कार्यालय, सामान्य शाखा कार्यालयको सुरक्षा कोठामा २४ सै घण्टा (आकिऊ सामान्य शाखा कार्यालय चाँही बिहान ८:३० बजे देखि बेलुका ८:०० बजे) सम्म सेवा उपलब्ध हुनेछ।
- नगरद्वारा संचालित बस र सबवे
सञ्चालन समय तालिका र काउन्टरको समय परिवर्तन हुनेछ। बिस्तृत जानकारीको लागि यातयात बिभागको होमपेजमा हेर्ने अथवा यातयात बिभागको सूचना केन्द्र(०२२-२२२-२२५६ (डिसेम्बर २९ तारिक (सोम) देखि जनवरी ३ तारिक (शनि) सम्म बिहान ८:३० बजे देखि बेलुका ५ :०० बजेसम्म )मा सम्पर्क गर्नुहोला।
- ग्यास, खानेपानी
तल उल्लेखित काउन्टरहरु वर्षको अन्त्य देखि नयाँ वर्ष सुरुको समय २४ सै घण्टा खुल्ला रहनेछ।
- ग्यास बिभाग सुरक्षा समिति ०२२-२५६-२१११(ग्याँस चुहावट आदिको लागि काउन्टर)
- खानेपानी मर्मत सेवा केन्द्र ०२२-३०४-३२९९(पानीको पाइप फुटेको, पानी चुहावट आदिको लागि काउन्टर)
- ढल निकास
ढल निकासको मुख्य पाइप वा सार्वजनिक ढलको च्याम्बर थुनिएमा, सार्वजनिक म्यानहोल वा ढलको पाइप फुटेको आदि अवस्थामा, नगरपालिकाको सुरक्षा कक्ष (०२२-२६१-१११) मा सम्पर्क गर्नुहोस। आफ्नो घरको ढलको उपकरणमा समस्या आएको खण्डमा मर्मत कम्पनिमा सिधै सम्पर्क गर्नुहोस।
- संस्थाहरु बन्दहुने बारेमा
खेलकुद संस्था, शैक्षिक संस्था, सांस्कृतिक संस्था आदिको बन्द हुने समयहरु फरकफरक हुनेछ। बिस्तृत विवरणहरूको लागि प्रत्येक संस्थामा सम्पर्क गर्नुहोस।
- फोहोर संकलन आदि
फोहोर संकलन गर्ने दिनको पालना गरि, संकलन गर्ने दिनको बिहान सबेरै देखि ८:30 बजे सम्ममा, फोहोर संकलन गर्ने स्थानमा लगेर राखिदिनुहोला।
सम्पर्क : आफ्नो वार्डको पर्यावरण कार्यालय
आओबा पर्यावरण कार्यालय ०२२-२७७-५३००
मियागीनो पर्यावरण कार्यालय ०२२-२३६-५३००
वाकाबायासी पर्यावरण कार्यालय ०२२-२८९-२०५१
ताइहाकु पर्यावरण कार्यालय ०२२-२४८-५३००
इजुमी पर्यावरण कार्यालय ०२२-७७३-५३००
उद्योग ब्यबसाय परामर्श कार्यक्रम
(1).उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (डिसेम्बर महिना १७ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)
(2).विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (डिसेम्बर महिना २५ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)
- स्थान = आएर बिल्डिंगको ७ औं तला
- बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
- आवेदन =डिसेम्बर महिना ८ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट पनि निबेदन दिन सक्नुहुन्छ। (1) नम्बरको लागि भने फोनबाट पनि निबेदन गर्न सक्नुहुन्छ।
सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४
बाल चिकित्सा अनुदान खर्च दिइने उमेरहद बढाएको छ, र केहि भाग तिर्नुपर्ने प्रणालीको पनि खारेज गरिएको छ।
२०२६ अप्रिल १ तारिक देखि लागूहुने गरि, अहिले दिंदै आइरहेको बाल चिकित्सा अनुदान खर्चको लागि उमेर हद बढाइ १८ वर्ष सम्म पुराईएकोछ, र उपचारपश्च्यात केहि भाग भुक्तानी गर्नुपर्ने प्रणाली पनि खारेज गरिएको छ। १६ र १७ वर्ष उमेरको (२००८ अप्रिल २ तारिक देखि २०१० अप्रिल १ तारिक सम्ममा जन्मेका) बालबालिका भएका अभिभावकले २०२६ अप्रिल बाट अनुदान प्राप्त गर्नको लागि, डिसेम्बर २६, तारिक (शुक्र) भित्रमा आवेदन दिन आवश्यक पर्नेछ। सिटि भित्र बसोबास गरेको लक्षित व्यक्तिलाई नोभेम्बरमा「दर्ता गाइड」पठाईसकिएको छ। थप जानकारीको लागि, सिटीको वेबसाइटमा हेर्नुहोस।
सम्पर्क : वडा कार्यालय बाल हेरचाह सहायता अनुदान विभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग
एड्स, सिफिलिस सोही दिन परीक्षण
- बुकिंग प्रणाली
- आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता अगाडि देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंगको लागि मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। शहरको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
- रतिको समयमा गरिने परिक्षण…डिसेम्बर २६ तारिक(शुक्र), जनवरी ९ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे /आएर बिल्डिंगको छैठौ तल्ला
- बिदाको दिन गरिने परिक्षण… जनवरी १० तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)
परिक्षण क्षमता भने प्रत्येकको लागि लगभग ३० जना जति (पहिले आइपुग्ने व्यक्तिबाट गनेर)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने पछि मात्र नतिजाको जानकारी गराउनेछौं)
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९
नगरपालिकाको सरकारी आवासमा बस्नको लागि आवेदन खुल्ला डिसेम्बर १६ तारिक (मंगल)सम्म आवेदन बुझिने
- 「आवास आबेदन खुलेको जानकारी」= डिसेम्बर ५ तारिक (शुक्र) देखि नगरपालिकाको कोकुबुन्चो शाखा कार्यालयको दोस्रो तल्ला सेन्दाई शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग, नगरपालिकाको मुख्य सरकारी भवनको दोस्रो तलामा रहेको नगरप्रशासन जानकारी केन्द्र, वडा कार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय, आओबा वार्ड कार्यालय नागरिक दर्ता बिभाग सेन्दाई एकिमाए सेवा केन्द्र (आएरु बिल्डिंगको ५ तल्ला ), आदि स्थानबाट फारम वितरण गरिएको छ
- आवेदन प्रक्रिया = उल्लेखित सूचीबाट एउटा घर छानी,「आवास आबेदन खुलेको जानकारी」मा भएको आवेदन
- फारम भरि यसलाई खाममा हालेर डिसेम्बर १६ तारिक(मंगल)सम्ममा हुलाकबाट पठाउनुहोला। धेरै आवेदन आएको खण्डमा गोलाप्रथा हुनेछ।
- घर सर्न मिल्ने दिन =फेब्रुअरी २७ तारिक (शुक्र) (को योजना)
- आवेदन दिन मिल्ने व्यक्ति=तलका निम्न मापदण्डहरु पूरा गर्नेहरू
- हाल आवासको समस्या भएका
- हाल सँगै बस्ने वा सँगै बस्न चाहने आफन्तहरु भएका
- यस नगरमा बसाई वा काम भएकोहरु। यस बाहेक, निश्चित रकम भन्दा कम आय भएको मापदण्ड पनि हुनेछ।
थप जानकारीको लागि「आवास आबेदन खुलेको जानकारी」मा हेर्नुहोला।
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट घरेलु हिंसाका पीडितहरू, अपराधिक गतिबिधिबाट पीडित भएका व्यक्तिहरुको आवेदनको लागि भने सर्तहरू फरक फरक हुने भएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई शहर निर्माण तथा सरकारी भवन आबेदन बिभाग ०२२-२१४-३६०४