Page ID: 82557

Updated: October 7, 2025

ここから本文です。

2025 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अक्टोबर अंक

सुनामी आउँदा आफ्नो ज्यान जोगाउने भन्ने बारेमा अभ्यास आयोजना गर्नेछौ

नोभेम्बर ५ तारिक (बुध) बिहान लगभग ९:४८ बजे तिर, मियागिनो वार्ड, वाकाबायाशी वार्ड, र ताइहाकु वार्ड भित्रको स्थानमा बसोबास गर्ने मानिसहरूको लागि जानकारी, मोबाइल फोनमा आपतकालीन अलर्ट इमेलहरु प्राप्त गर्न सकिने गरि सेट गरेका मोबाइल फोन भएका ब्यक्तिहरुलाई प्रशिक्षणको लागि इमेल पठाइनेछ।
साथै, अभ्यासको लागी, सहरको पूर्वी क्षेत्रमा आयोजना गरिएको बाहिरी छेत्रमा जडान गरिएको लाउडस्पीकर बाट, सुरक्षित स्थानमा भाग्नको लागि को सूचना चर्को आवाजमा प्रसारण हुने हुँदा, कृपया ध्यान पुयाउनुहोला।
सम्पर्क:विपद् न्यूनीकरण प्रवर्द्धन विभाग ०२२-२१४-३१०९

भालु देखि सावधान रहनुहोस

शरद ऋतु (आकी) मा, जाडो शुरुहुनु भन्दा अघि भालुहरू खानाको खोजीमा मानव बस्ती नजिक तिर देखा पर्न सक्छन। त्यसैले, बगैचामा पाकेर टिप्नेबेला भएको हलुवाबेद वा कटुस भएमा चाडैनै टिप्नेकार्य गरौ। साथै, भालु देखिएको भन्ने जानकारी आएको क्षेत्रहरू तिर जाँदा घण्टी वा रेडियो साथमा लिएर जाने, विशेष गरी बिहान र बेलुकाको समयमा भालु देखि सावधान रहनुहोस। यदि भालु सँग जम्काभेट भयोभने, नडराईकन एकअर्काको सामना गर्ने र उसलाई नजिस्काइ बिस्तारै आफु पछि हट्नेगरौं। बिस्तृत जानकारीको लागि सिटिको  वेबसाइटमा हेर्नुहोस।
सम्पर्क: पर्यावरण सम्रक्षण समाज बिभाग टेलिफोन: ०२२-२१४-००१३

कर सम्बन्धि जानकारी

नगर तथा प्रान्तीय कर (आवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद अक्टोबर ३१ तारिक (शुक्र) हो

२०२५ आर्थिकबर्ष को नगर तथा प्रान्तीय कर (आवास कर) को तेस्रो किस्ता चाँही, तपाईं बस्नुभएको स्थानीय वित्तीय संस्था आदि बाट, यहि अक्टोबर ३१ तारिक (शुक्र) सम्ममा भुक्तानी गर्नुहोला। साथै, बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिहरूको पनि अक्टोबर ३१ तारिक (शुक्र) ट्रान्सफर हुनेछ।
सम्पर्क : कर भुक्तानी ब्यबस्थापन बिभाग फोन : ०२२-२१४-१०१०
अक्टोबर पछि भुक्तानी गर्नुपर्ने पेन्सनबाट कटौती गरिने नगर तथा प्रान्तीय कर को बारेमा पनि पुष्टी गर्नुहोस।
२०२५ अप्रिल १ तारिक हाल ६५ वर्ष भन्दा माथिका व्यक्तिहरुको, नगर तथा प्रान्तीय कर उनीहरूको सार्वजनिक पेन्सनबाट स्वत कटौती गरिने गरि बनाएकाहरुलाई, जुन महिनामा सूचना कार्ड पठाइसकिएको छ। कटौती गरिएको करको रकम लक्षित सार्वजनिक पेन्सनको प्रकार आदिको बारेमा पुष्टी गर्नुहोस।
सम्पर्क : नगरपालिका कर बिभाग ०२२-२१४-१००९

सेन्दाई शहर निश्चित रकम कर कटौती अपुग रकम अनुदान (अपुग रकम) अनुदान को लागि आवेदन दिने अन्तिम म्याद अक्टोबर ३१ तारिक (शुक्र) हो।

यदि तपाईंको अघिल्लो बर्षको आयकर शहरले निश्चित गरेको रकम भन्दा धेरै काटेको भै यदि अपुग रकम फिर्ता पाउने अपेक्षा गरिएको व्यक्तिहरु ले यो अनुदान पाउन सक्नु हुने छ र उनिहरूलाई शहरले यो सूचना पठाएको छ। भुक्तानी पाउनको लागि पुष्टि फारम (नीलो रंगको खाम) प्राप्त गर्नुभएको व्यक्तिहरुले, अक्टोबर ३१ तारिक (शुक्र) सम्ममा आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस। यदि रकमको बारेमा तपाईलाई कुनै शंका छ भने त्यसको लागि आवेदन दिने अन्तिम म्याद पनि अक्टोबर ३१ तारिक (शुक्र) हो।

  • आवेदन गर्ने तारिक= हुलाकबाट वा अनलाइन मार्फत (यो सार्वजनिक रकम प्राप्त गर्नको लागि दर्ता भएको बैंकखाता आवश्यक पर्छ)
  • बिस्तृत जानकारीको लागि, शहरको वेबसाइटमा हेर्नुहोला

सम्पर्क : सेन्दाई शहरको निश्चित रकम कर कटौती अपुग अनुदान भुक्तानी हटलाइन ०१२०-०६५-२२२ (कार्यालय दिन बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजे सम्म)

उद्योग ब्यबसाय परामर्श कार्यक्रम

(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (अक्टोबर महिना १५ तारिक (बुध) बिहान
९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म) 
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (अक्टोबर महिना २३ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)

  • स्थान = आएर बिल्डिंगको ७ औं तला
  • बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
  • आवेदन =अक्टोबर महिना ६ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट पनि निबेदन दिन सक्नुहुन्छ।(1)नम्बरको लागि भने फोनबाट पनि निबेदन गर्न सक्नुहुन्छ।

सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४

प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ

  • लक्षित बर्ग = सेवासंस्था आदि प्रयोग अनुदान प्रमाणीकरण (नयाँ २ नम्बर, नयाँ ३ नम्बर) सुबिधाको उपयोग लिईरहनुभएका, नर्सरी तथा मान्यता प्राप्त बाल हेरचाह र बालबालिका राख्ने संस्था, मान्यता प्राप्त नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
  • लक्षित गरिएको उपयोग गर्न सकिने अवधि = जुलाई १ तारिक देखि सेप्टेम्बर ३० तारिक
  • भुक्तानी म्याद = अक्टोबर २० तारिक (सोम)
  • बिस्तृत विवरणको लागि, शहरको होमपेजमा हेर्नुहोस।

सम्पर्क:सेन्दाई शहर नि:शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय ०२२-२१४-८९७८

एक महिनाका शिशुहरूको स्वास्थ्य जाँचको लागि अनुदान दिन सुरु गरिएको छ।

  • लक्षित=अक्टोबर १ तारिक पछि जन्मेका शिशुहरू, (जन्म भएको दिनलाई नगनीकन) जन्मिएको २८ देखि ४१ दिन पुगेका शिशु (जन्मिएको २ महिना पुग्नु भन्दा पहिले स्वास्थ्य जाँच गराउन सकिने छ)
  • अधिकतम अनुदान रकम: प्रति शिशु ६,००० येन
  • जाँच गरिने स्थान= प्रान्त भित्रका दर्ता गरिएको चिकित्सा संस्था
  • लैजानुपर्ने कुरा= मातृशिशु स्वास्थ्य (बोसितेच्यो) पुस्तिका र मातृशिशु स्वास्थ्य पुस्तिकाको अर्को संस्करण (गर्भवती, प्रसुती महिलाहरूको लागिको संस्करण)
  • जाँचको लागि आवश्यक「स्वास्थ्य परीक्षण टिकट र अनुदान टिकट」भने चिकित्सा संस्थाहरूले वितरण गरिएको 
  • बिस्तृत जानकारीको लागि, शहरको वेबसाइटमा हेर्नुहोला

सम्पर्क: वडा कार्यालयहरूको परिवार तथा स्वास्थ्य बिभाग र सामान्य शाखा कार्यालयहरूको स्वास्थ्य तथा कल्याण बिभाग

२०२६ अप्रिल देखि नर्सरी स्कूल, किन्डरगार्डेन आदि प्रयोग गर्नको लागि आबेदन

(1)नर्सरी, बाल हेरचाह संस्था आदि
लक्षित / आबेदन गर्न मिल्ने किन्डरगार्डेन, बाल हेरचाह संस्था आदि:

  1. शहर भित्र बसोबास गरेको भै, बालबालिकाको उमेर ३ बर्ष भन्दा मुनिका (२०२३ अप्रिल २ तारिक पछि जन्मिएका) बालबालिका
    → नर्सरी स्कूल (किन्डरगार्डेन), मान्यता प्राप्त बाल नर्सरी (नर्सरी स्कूल छेत्र), घरको जस्तै बातावरण भएको बालकेन्द्र, शिशु हेरचाह केन्द्र, कार्यालय भित्र कर्मचारीको बालबच्चा हेरचाह केन्द्र
  2. शहर भित्र बसोबास गरेको भै, बालबालिकाको उमेर ३ वर्षभन्दा माथिको (२०२० अप्रिल २ तारिक देखि २०२३ अप्रिल १ तारिकमा जन्मिएका) बालबालिका
    → नर्सरी स्कूल (किन्डरगार्डेन), मान्यताप्राप्त बाल नर्सरी (नर्सरी स्कूल छेत्र)
  • प्रयोगको लागि आवश्यक सर्त = बच्चालाई नर्सरीमा राख्न आवश्यक परेको भन्ने प्रमाणित हुनुपर्ने (मान्यता दिइएको चाँही, रोजगारी, गर्भवती, सुत्केरी, बिरामी, अशक्तता तथा अपांगता, घरमा बृद्ध बाबुआमाको हेरचाह गर्दै गरेको, नर्स पेशा, प्राकृतिक बिपतको पछि समान मिलाउने कार्यले नभ्याई, जागिर खोज्नको लागि, बिधालय उपस्थित यस बाहेक अन्य परिस्थितिहरूको कारण बालबालिका हेरचाह गर्न असुबिधा भएको खण्डमा पनि नर्सरी मा राख्ने सुबिधा प्राप्त गर्न सक्नुहुन्छ।)
  • आबेदन गर्न सकिने अवधि= नोभेम्बर ४ तारिक (मंगल) देखि डिसेम्बर ३ तारिक (बुध)
  • यसवर्ष बाल हेरचाह सुविधा केन्द्र आदि प्रयोग गर्नको लागि आवेदन दिएर पनि, अझै किन्डरगार्डेन उपलब्ध नभएकाहरूका लागि भने, फेरी यसलाई निरन्तरता दिई अप्रिलबाट उपयोग गर्न चाहानु भएको खण्डमा, तपाईंले फेरि आबेदन फारम भर्न आवश्यक पर्छ।
  • बिस्तृत जानकारीको लागि अक्टोबर १४ तारिक देखि वडाकार्यालयको नर्सरी बाल हेरचाह सहायता बिभाग, मियागी सामान्य शाखाको स्वास्थ्य तथा कल्याण बिभाग द्वारा वितरण गरिएको उपयोग गर्नको लागि जानकारी सामाग्री (सिटीको होमपेजबाट पनि डाउनलोड गर्न सकिन्छ) मा हेर्नुहोला।

आबेदन: पहिलो रोजाई को लागिको नर्सरी स्कूल प्रयोग गर्नको लागि जानकारी सामाग्रीमा संलग्न भएको आवेदन फारममा भरेर, वडाकार्यालयको बाल हेरचाह सहायता बिभाग (मियागी सामान्य शाखाको अधिकार क्षेत्र र मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग) मा फारम बुझाउनुहोस। अनलाइन मार्फत आवेदन गर्न पनि सक्नुहुन्छ। बिस्तृत विवरणका लागि सिटिको वेबसाइटमा हेर्नुहोस।

(2)किन्डरगार्डेन, मान्यताप्राप्त बाल नर्सरी (किन्डरगार्डेन क्षेत्र)

  • सबै निजी किन्डरगार्डेन, मान्यताप्राप्त बाल नर्सरीमा पनि बालबालिका राखिदिने र हेरचाह गरिदिने गर्दछ।
  • नर्सरी स्कूलको जस्तै रुपमा लामो समयसम्म बालबालिका राखिदिने र हेरचाह गरिदिने नर्सरी पनि छन।
  • आबेदन अवधि र आवेदन गर्ने तरिका, आदिको लागि प्रत्येक नर्सरी स्कूलमा सम्पर्क गर्नुहोस।

सम्पर्क:(1)वडाकार्यालयको बाल हेरचाह सहायता बिभाग, मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
(2)मान्यता प्राप्त सहयोग बिभाग ०२२-२१४-८६५५

अर्को बर्षको हारु (स्प्रिङ) मा प्राथमिक विद्यालय भर्ना हुने बालबालिकाको स्वास्थ्य जाँच

  • स्थान= निम्न माध्यमिक विद्यालयमा जानु भन्दा अगाडीको उमेरका बालबालिकालाई गरिने स्वास्थ्य परीक्षणको सूचना (अक्टोबरको पहिलो साता सम्ममा हुलाकबाट पठाउने) यी बिधालयहरु तोकिएको छ 
  • लक्षित बर्ग = २०१९ अप्रिल २ तारिक देखि २०२० अप्रिल १ तारिक सम्ममा जन्मिएको बच्चा (अभिभावकको साथमा भएका)
  • लैजानुपर्ने कुरा = निम्न माध्यमिक विद्यालयमा जानु भन्दा अगाडीको उमेरका बालबालिकालाई गरिने स्वास्थ्य परीक्षणको सूचनाकार्ड, बिधालय भित्र लगाउने जुत्ता, ज्योमेट्ररी वस्क
  • सैदान्तिक रूपमा, पार्किङको समस्याको कारण आफ्नो निजी गाडीमा नआउनुहोला।
  • अभिभावकहरू लक्षित「बालबालिका स्याहारसुसार गर्नको लागि कक्षा (लगभग ३० मिनेट)」सन्चालन गर्ने बिधालय पनिछ।
  • तोकिएको बिधालयहरुमा मेडिकल जाँच गराउन नसक्नु भएको खण्डमा, अन्य बिधालयमा पनि मेडिकल जाँच गराउन सक्नुहुन्छ। अवश्य पहिले देखि नै, तोकिएको बिधालय र मेडिकल जाँचको लागि जाने बिधालय दुवै पट्टिको बिधालयमा जानकारी गराउनुहोस।

सम्पर्क:【स्वास्थ्य जाँच】स्वास्थ्य तथा शिक्षा बिभाग ०२२-२१४-८८८१
【बालबालिका हुर्काउनको लागिको कक्षा (बालहेरचाह भएको, नभएको आदी)】प्रत्येक बिधालय तथा नियमित अध्यापन कार्य बिभाग ०२२-२१४-८८८७

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917