Page ID: 88596

Updated: September 8, 2026

ここから本文です。

2026 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)सेप्टेम्बर अंक

सिटि बसको भाडा संशोधन गरिएको बारे सूचना

यातायात ब्यवस्था बिभागले अक्टोबर १ तारिक देखि सिटि बसको भाडा बढाउने भएको छ।

  • लागू हुने मिति =अक्टोबर १ तारिक (बिही) 
  • लक्षित= सिटि यातायातको सबै लाइनका बसहरु (नियमित भाडा, यात्रु पास, आदि)
  • सेप्टेम्बर ३० तारिक अघि खरिद गरिएको यात्रु पासहरू, एक दिने पास, आदिको लागि भने, भाडा संशोधन पछि पनि कुनै अतिरिक्त शुल्क नलाग्ने गरी प्रयोग गर्न सकिन्छ।
  • बिस्तृत जानकारीको लागि, यातायात ब्यवस्था बिभागको वेबसाइटमा हेर्नुहोस।

सम्पर्क : यातायात ब्यवस्था बिभाग सूचना केन्द्र ०२२-२२२-२२५६ 

उद्योग ब्यबसाय परामर्श कार्यक्रम

(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (सेप्टेम्बर महिना १६ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म) 
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा) 
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन, व्यवस्थापन बारे परामर्श लिने दिन (सेप्टेम्बर महिना २४ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)

  • स्थान : आएर बिल्डिंगको ७ औं तला
  • बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग लिइने व्यक्तिगत परामर्श कार्यक्रम
  • आवेदन =सेप्टेम्बर महिना ७ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट निबेदन दिन सक्नुहुन्छ। (1)नम्बरको लागि भने फोन वा इमेलबाट पनि (निवेदन दिँदा आवश्यक बिबरण र परामर्श लिन चाहेको विषयमा लेखौं) निबेदन गर्न सकिन्छ।

सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४, इमेल: assista@siip.city.sendai.jp

एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस

  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता पहिले देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंगको लागि सम्बन्धित फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। शहरको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
  1. रातिको समयमा गरिने परिक्षण… सेप्टेम्बर २५ तारिक (शुक्र), अक्टोबर ९ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे / आएर बिल्डिङको छैटौं तल्ला
  2. बिदाको दिन गरिने परिक्षण… अक्टोबर ३ तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श केन्द कोसेइकान (आओबा कु मियामाची १-१-५)

परीक्षण क्षमता भने लगभग ३० जाना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी गराउनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने अवस्था भएमा भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
सम्पर्क संक्रामक रोग नियन्त्रण : बिभाग ०२२-२१४-८०२९

हिस्टामाइन (खानेकुरामा हुने रासायनिक पदार्थ) को कारण हुने, खाद्य विषाक्तता बाट सावधान रहनुहोस।

मासुको भाग रातो बर्गमा पर्ने माछाहरु जस्तै (सम्मा, साबा) आदि वा त्यसको कीमा, अव्यवस्थित तरिकाले राख्ने गरिएको छभने, त्यो माछाको मासुमा पाइने एमिनो एसिड ब्याक्टेरियाको कारणले, विषाक्त प्रदार्थ हिस्टामाइन (रासायनिक प्रदार्थ) टुक्रिएर विभाजित हुने हुन्छ, र यो खाँदा, अनुहार रातो हुने, बिबिरा वा डाबर आउने जस्ता लक्षणहरू देखा पर्न सक्छन। यो हिस्टामाइन (रासायनिक प्रदार्थ) पकायो वा तताउँदा भने टुक्रिँदैन।

खाद्य विषाक्तताबाट बच्ने उपायहरू

  • यसलाई तातो तापक्रम भएको कोठामा त्यतिकै नराखी बजारबाट लिएर आएपछि तुरुन्तै फ्रिजमा राखौ
  • किनेर लिएर आएपछि सकेसम्म चाँडो उपभोग गरौँ (फ्रिजमा पनि लामो समयसम्म राख्दा हिस्टामाइन उत्पन्न हुन सक्छ)।
  • ताजा नभएको माछा खाने नगरौ

सम्पर्क: वडा कार्यालय सरसफाई महाशाखा

नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदन खुल्ला – आवेदन लिने दिन सेप्टेम्बर १६ तारिक (बुध) सम्म

यस पटक आवेदनको लागि चाँही, अबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणालीद्वारा मूल्याङ्कन गरि, उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको छनोट गरिनेछ।

  • 「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」=सेप्टेम्बर ४ तारिक ( शुक्र) बाट नगरपालिका कोकुबुन्चो शाखा कार्यालय भवनको दोस्रो तल्ला सेन्दाई सिटि शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग, वडा कार्यालयको सामान्य जानकारी डेस्क आदिबाट पनि वितरण गरिएको छ
  • आबेदन गर्ने तरिका =「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」शीर्षकमा संलग्न आवेदन फारम र कर समायोजन फारम पनि निवेदन पठाउनको लागिको खाममा हालेर सेप्टेम्बर १६ तारिक (बुध) सम्ममा हुलाकबाट पठाउने
  • कोठामा सर्न सम्भब हुने दिन = २०२७ जनवरी १९ तारिक (मंगल) (को योजना)
  • आवेदन गर्न सक्ने मानिस = हाल आवासको लागि समस्यामा परेका मानिसहरू। थप जानकारीको लागि,「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोस।

आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग ०२२-३९९-७४१३

जापानी भाषा कक्षाको जानकारी

  • अवधि= अक्टोबर १४ तारिक (बुध) देखि मार्च १२ तारिक (शुक्र) (अक्टोबर ९ तारिक (शुक) बिहान ९:३० बाट कक्षा छुट्याउने जाँच हुन्छ)
  • पढाईहुने दिन =प्रत्येक हप्ताको मंगलबार देखी शुक्रबार ( कक्षा अनुसार समय फरक फरक हुन्छ)
  • पढाईहुने स्थान =आओबा कु च्युयो सिमिन सेन्टर (आओबा कु इचीबाँच्यो २-१-४)
  • पाठ्यपुस्तक शुल्क लाग्नेछ
  • कक्षा बारेको जानकारी वा आवेदन बिधि सेन्दाई पर्यटकिय तथा अन्तर्राष्ट्रिय संघको होमपेजमा( External link ) पनि छ 

सम्पर्क :सेन्दाई पर्यटकिय तथा अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६०

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917