ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ > सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामहिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्यागजिन (सिसेदायोरी) (बहुभाषा डाइजेस्ट) > 2026 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)जनवरी अंक
Page ID: 83807
Updated: January 9, 2026
ここから本文です。
आर्थिकबर्ष २०२५ भित्रको स्वचालित रुपमा बैंक मार्फत ट्रान्सफर भएको राष्ट्रिय स्वास्थ्य बीमा रकम, वृद्धबृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा, नर्सिङ हेरचाह स्वास्थ्य बीमा रकम भुक्तानी गरेका व्यक्तिहरुलाई भुक्तानी भएको रकमको सूचना पठाइनेछ, प्रत्येकको लागि जनवरी अन्त्य सम्ममा पठाइनेछ। भुक्तानी भएको बीमा रकम, आयकर र बसोबास करको लागि तपाईले तिर्नुपर्ने सामाजिक बीमा रकम घटाउनको लागि पनि उपयोगि हुनेहुँदा, कर समायोजन आदि (कर फिर्ता फाइल) गर्नको लागि यसको प्रयोग गर्नुहोस।
यदि, आफ्नो स्वास्थ्य बीमा पेन्सनबाट कटौती गरि बीमा प्रिमियम तिर्नु हुने व्यक्तिहरुले भने, बीमाकर्तालाई पठाएको कर भुक्तानी गरिएको जानकारी कार्डमा हेरि पुष्टी गर्नुहोस।
सम्पर्क: [राष्ट्रिय स्वास्थ्य बीमा, वृद्धबृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा] वडा कार्यालय, मियागी सामान्य शाखा बीमा तथा पेन्सन बिभाग, अकिऊ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग
[नर्सिङ हेरचाह स्वास्थ्य बीमा रकम] वडा कार्यालय नर्सिङ हेरचाह बीमा बिभाग, मियागी सामान्य शाखा अपांगतातथा वृद्ध वृद्धा बिभाग, अकिऊ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग
२० वर्षको भएका व्यक्तिहरू, कर्मचारी पेन्सन योजनामा दर्ता भएकाहरु बाहेक, जापान पेन्सन सेवाको, राष्ट्रिय पेन्सनमा आबद्ध हुनुपर्ने हुँदा त्यसको जानकारी पठाउने छ। राष्ट्रिय पेन्सन बुढेसकालमा मात्र भुक्तानी गरिँने नभई, रोग वा चोटपटकका कारणले अपाङ्गता भएको अवस्थामा वा पेन्सनमा दर्ता सदस्यको मृत्यु भएको खण्डमा, मृतकको परिवारलाई पैसा दिईने हुनाले, भैपरी आउने घटनाको लागि पनि उपयोग हुनेछ। यदि तपाईंलाई बीमा शुल्क भुक्तानीमा समस्या आएको खण्डमा, बीमा शुल्क भुक्तानीको मिनाहाको लागि आवेदन दिनमिल्ने हुनाले परामर्श गर्नु होला। (आय आम्दानीको लेखा परीक्षण हुनेछ)
सम्पर्क: वार्ड कार्यलय, मियागी सामान्य शाखा बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग
यदि अवकाश वा बेरोजगार जस्ता कारणले आफ्नो कार्यस्थलको स्वास्थ्य (कर्मचारी) बीमा बाट बाहिरिनु भएको अवस्थामा, तपाईंले राष्ट्रिय स्वास्थ्य बीमा दर्ताको लागि प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ (स्वैच्छिक स्वास्थ्य बीमामा दर्ता हुनुभएको वा परिवारको सदस्यको स्वास्थ्य बीमामा आश्रित हुनुभएको अवस्थामा बाहेक)।
तपाईंको कार्यस्थलको स्वास्थ्य बीमाबाट बाहिरिनु भएको मिति नै राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएको मिति हुने भई, दर्ता भएको महिनाबाट नै बीमा शुल्क लाग्नेछ। यदि बीमा दर्ता प्रक्रियामा ढिला भएमा पनि त्यही नियम लागू हुने।
दर्ता प्रक्रिया पुरा नगर्नु भएका व्यक्तिहरुले चाँही, कृपया चाँडो दर्ता प्रक्रिया पुरा गर्नुहोला।
सम्पर्क: वार्ड कार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग
शहरले कार्यन्वयन गरेको आधारभूत स्वास्थ्य परिक्षणको लागि समय अवधि चाँही, जनवरी ३१ तारिक (शनि) सम्म हो। यदि तपाईंसँग चिकित्सा जाँचको लागि टिकट छ भने, नबिर्सीकन आफ्नो स्वास्थ्य परिक्षण गराउनुहोस।
सम्पर्क:वडा कार्यालय परिवार स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग
अबदेखि ऊता, हिउँ पर्ने मौसम आउँदै गरेको हुँदा, भारी हिमपातका लागि तयारी र निम्न बुँदाहरूमा साबधानी र सहयोगको आग्रह गर्दछौ।
(1)टिभी, रेडियो आदि मार्फत मौसम बारे जानकारी लिने गरौ।
(2)भारी हिमपातका बेला बाटो चिप्लो हुनेहुनाले चोटपटक वा दुर्घटना हुनेहुँदा सावधानी अपनाउने, अति आवश्यक समय बाहेक बाहिर ननिस्किनु होला।
(3)आगो निभाउने कार्यमा अवरोध हुन सक्ने हुनाले आफ्नो घर नजिकैको आगो निभाउन प्रयोग गरिने यन्त्रहरू वरिपरिको हिउँ हटाई सहयोग गर्नुहोला।
(4)सडक अवरोध वा दुर्घटना निम्त्याउने कारण हुनसक्ने हुनाले सडकमा हिउँ नफालिदिनु होला।
(5)हिउँ हटाउने कार्यमा अवरोध हुनेहुनाले सडकमा पार्किंग नगरिदिनु हुन अनुरोध गर्दछौ।
(6)हिउँ हटाउने गाडीले हिउँलाई सडकको छेउमा थुप्रो लगाईदिने हुँदा, तपाईं हिड्ने बाटो वा गेटको अगाडि हिउँको थुप्रो हुनसक्छ, कृपया यसलाई बुझीदिनु हुन अनुरोध गर्दछौ।
(7)जेष्ठ नागरिकहरु हिउँ हटाउन नसक्ने हुनुहुन्छ भने, स्थानीय समुदायमा एक अर्कालाई मद्दत गर्न अनुरोध गर्दछौं।
(8)नगरपालिका मातहतको सडकहरुमा हिउँ जम्ने, हिमपातको समयमा हिडडुल गर्नको लागी चिप्लन रोक्नेलाई हिउँ पगाल्नको लागि सडकमा छर्किने प्रदार्थ वितरण गर्दैछौं। वितरण स्थान आदि बारे विवरणहरूको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क : (1)(2)संकट व्यवस्थापन बिभाग ०२२-२१४-३०४९ (3)दमकल बिभागको सुरक्षा शाखा ०२२-२३४-११११
(4)~(7)सडक मर्मत तथा सम्भार बिभाग ०२२-२१४ -८३८१ (8)वार्ड कार्यालय, मियागी सामान्य शाखा सडक बिभाग, अकिउ सामान्य शाखा निर्माण बिभाग
सम्पर्क:सेन्दाई शहर नि:शुल्क प्रारम्भिक बालशिक्षा प्रवर्द्धन कार्यालय ०२२-२१४-८९७८
तपाईं अस्पतालमा स्वास्थ्य जाँचको लागि गएको बेलामा लागेको कुल चिकित्सा खर्च आदि उल्लेखित, राष्ट्रिय स्वास्थ्य बीमाको「चिकित्सा खर्च बारे जानकारी」, (२०२५ जनवरी देखि अक्टुबर महिना सम्मको स्वास्थ्य जाँच गराएको भाग) जनवरी महिनाको अन्त्यतिर पठाइनेछ।
यो भन्दा अघिको वर्ष चाँही, जनवरीको अन्त्यमा「अघिल्लो वर्ष जनवरी देखि अक्टोबर सम्मका स्वास्थ्य जाँच गरेको भागको रकमको बिबरण」、मार्चको अन्त्य तिर「अघिल्लो वर्षको नोभेम्बर र डिसेम्बरमा स्वास्थ्य जाँच गरेको भागको बिलको बिबरण」, पठाउने गरेका थियौं, तर यस वर्षदेखि मार्चको अन्त्यमा स्वास्थ्य जाँच गरेको रकमको बिबरण पठाउने छैनौं। अर्को पटक चाँही जनवरी २०२७ मा「२०२५ नोभेम्बर देखि २०२६ अक्टोबर सम्मको भागको स्वास्थ्य जाँच बिबरण」हामी तपाईंलाई पठाउनेछौं।
सम्पर्क:वार्ड कार्यालय,मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग
राष्ट्रिय स्वास्थ्य बीमाको बिशेष स्वास्थ्य परीक्षण गरिने अवधि जनवरी ३१ तारिक (शनि) सम्म हो। परीक्षण नगराउनु भएको व्यक्तिहरुले चाँडो परीक्षण गराउनु होला।
सम्पर्क: वडा कार्यालय परिवार स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग
नगर तथा प्रान्तीय करको चौथो किस्ता, फेब्रुअरी २ तारिक (सोम) सम्ममा नजिकैको वित्तीय संस्था मार्फत तिर्नु होला। बैंक ट्रान्सफर माध्यमबाट भुक्तानी गर्नुहुने व्यक्तिहरुको पनि फेब्रुअरी २ तारिक (सोम) बैंक खाताबाट कटौती हुनेछ।
सम्पर्क:कर संकलन व्यवस्थापन विभाग ०२२-२१४-१०१०
(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (जनवरी महिना २१ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (जनवरी महिना २२ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)
सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरु आदिले भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई शहर निर्माण तथा सार्वजनिक निगम बिभाग ०२२-२१४-३६०४
お問い合わせ
Copyright©City of Sendai All Rights Reserved.