Page ID: 81156

Updated: July 7, 2025

ここから本文です。

2025 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)जुलाई अंक

भालु देखि सावधान रहनुहोस

गर्मी महिनामा जंगल भित्र भालुको खानेकुरा सकिदैजाने हुँदा, भालुको चहलपहल मानबवस्ती नजिक तिर सम्म बढ्न सक्छ। बिशेष गरि बिहान र साँझको अँध्यारो समयमा भालुहरू बढी सक्रिय हुन्छन,त्यसैले त्यो समयमा सावधान रहनुहोस। पहाड चड्दा वा पदयात्रा आदिको लागि जाँदा,घण्टी वा रेडियो साथमा लिएर जाने, यदि तपाइँ भालु सँग जम्काभेट हुनुभयो भने नडराईकन, एक अर्काको सामना गर्दै उसलाई नजिस्क्याउने र बिस्तारै आफु पछि हट्नुहोस। समानले झटारो हान्ने, ठुलो आवाजले कराउने वा दौडने जस्ता कार्य गरि, भालुलाई उत्तेजित गर्ने कुनै पनि काम नगर्नुहोस।

भालु देखा पर्ने वा आक्रमण हुन सक्ने बारेको जानकारीहरु चाँही, शहरको होमपेज 「भालु देखापर्ने वा आक्रमणको सम्भावित छेत्रको नक्सा」 वा सेन्दाई शहरको आधिकारिक एकाउन्ट (LINE) लाइन (पहिलेनै दर्ता गर्नुपर्ने( मार्फत पनि पोस्ट गरिएको छ।

सम्पर्क :पर्यावरण समाज बिभाग :०२२-२१४-००१३

प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ

  • लक्षित बर्ग = सेवासंस्था आदि प्रयोग लाभ प्रमाणीकरण (नयाँ २ नम्बर, नयाँ ३ नम्बर) सुबिधाको उपयोग लिईरहनुभएका, नर्सरी तथा प्रमाणित गरिएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, अनुमोदन नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
  • उपयोग गर्न सकिने लक्षित अवधि = अप्रिल १ तारिक देखि जुन ३० तारिक
  • रषिदको म्याद = जुलाई १८ तारिक (शुक्र)
  • बिस्तृत विवरणको लागि, शहरको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क:सेन्दाई शहर नि:शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय ०२२-२१४-८९७८

 जुलाई देखि आधारभूत स्वास्थ्य परिक्षण सुरु गरिनेछ

  • स्वास्थ्य परिक्षण गर्नसकिने अवधि = जुलाई १ तारिक (मंगल) देखि सेप्टेम्बर ३० तारिक (मंगल), २०२६ जनवरी ५ तारिक (सोम) देखि ३१ तारिक (शनि)
  • लक्षित = ३५ देखि ३९ बर्षका व्यक्तिहरु साथै ७५ वर्ष भन्दा माथि उमेरका आदि, शहर द्वारा संचालित आधारभूत स्वास्थ्य परिक्षणको लागि आवेदन दिएका व्यक्तिहरु
  • यदि अहिलेसम्म आवेदन गर्नु भएको छैन भने, सकेसम्म चाँडो आबेदन गर्नुहोस।

सम्पर्क : वाडा कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

राष्ट्रिय स्वास्थ्य बीमाको सूचना

जुलाई महिना भित्रमा, सबै बीमितहरूलाई「योग्यता पुष्टि पत्र(सिकाकु खाकुनिन्न स्यो)」 अथवा 「योग्यता जानकारी सूचना (सिकाकु ज्योहो नो ओसिरसे)」 पत्र पठाइनेछ।

  •  माइ ना स्वास्थ्य बीमा कार्ड (माइ नबर र स्वास्थ्य बिमा कार्ड एकैमा गाभिएको) अझै नबनाउनु भएका व्यक्तिहरूका लागि
    ・तपाईंको बीमा कार्डको सट्टामा प्रयोग गर्न सकिने 「योग्यता पुष्टि पत्र (सिकाकु खाकुनिन्न स्यो)」पठाइनेछ। यसको वैधता अवधि चाँही, अगस्ट १ तारिक देखि २०२६ जुलाई ३१ तारिक सम्म एक वर्ष सम्म को हुनेछ।
    ・चिकित्सा संस्थाहरू आदिमा, 「योग्यता पुष्टि पत्र (सिकाकु खाकुनिन्न स्यो)」 देखायो भने, अहिलेको जस्तै सामान्य रूपमा चिकित्सा उपचार प्राप्त गर्न सकिन्छ।
  • माइ ना स्वास्थ्य बीमा कार्ड (माइ नबर र स्वास्थ्य बिमा कार्ड एकैमा गाभिएको) भएका व्यक्तिहरूका लागि
    ・हाल, स्वास्थ्य बीमा कार्ड को प्रयोग गरि आफ्नो स्वास्थ्य परीक्षण गराईरहनुभएका व्यक्तिहरुले पनि, अबदेखि भने, स्वास्थ्य परीक्षण गराउनु पर्दा, माइ ना स्वास्थ्य बीमा कार्ड (माइ नबर र स्वास्थ्य बिमा कार्ड एकैमा गाभिएको) को प्रयोग गर्नुपर्ने हुन्छ (७० वर्षभन्दा माथिका व्यक्तिहरुले अगस्ट १ तारिक देखि र ७० वर्ष भन्दा मुनिका व्यक्तिहरूले अक्टोबर १ तारिक देखि)।
    ・माइ ना स्वास्थ्य बीमा कार्ड रिड गर्ने कार्ड रिडर नराखिएको चिकित्सा संस्थामा गई डाक्टर सँग जाँच गराउनु, माइ ना स्वास्थ्य बीमा कार्डको साथसाथै देखाउन अवश्यक पर्ने पत्र 「योग्यता जानकारी सूचना (सिकाकु ज्योहो नो ओसिरसे)」(A4 साइज) पठाइनेछ। कृपया ध्यान पुर्याउनुहोस कि, 「योग्यता जानकारी सूचना (सिकाकु ज्योहो नो ओसिरसे)」पत्र मात्रै देखाएर स्वास्थ्य जाँच गराउन भने मिल्नेछैन।
    ・「योग्यता पुष्टि पत्र (सिकाकु खाकुनिन्न स्यो)」मात्रै प्रयोग गरि, चिकित्सा उपचार प्राप्त गर्न चाहनुहुन्छ भने, माइ ना स्वास्थ्य बीमा कार्ड दर्ता रद्द गर्नुपर्ने हुन्छ। यदि तपाईं दर्ता रद्द गर्न चाहनुहुन्छ भने, आफु बसोबास गरेको स्थानीय वडा कार्यालय वा शाखा कार्यालयमा सम्पर्क गर्नुहोस।

सम्पर्क : वडाकार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन विभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग

एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस

  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता पहिले देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंगको लागि मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। शहरको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
  1. रातिको समयमा गरिने परिक्षण… जुलाई २५ तारिक (शुक्र) अगष्ट ८ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे / आएर बिल्डिङको छैटौं तल्ला
  2. बिदाको दिन गरिने परिक्षण… अगष्ट २ तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श केन्द कोसेइकान (आओबा कु मियामाची १-१-५)

परीक्षण क्षमता भने ३० जाना (पहिले आइपुग्ने व्यक्तिको आधारमा)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी गराउनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने अवस्था भएमा भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
सम्पर्क संक्रामक रोग नियन्त्रण : बिभाग ०२२-२१४-८०२९

राष्ट्रिय पेन्सन बिमा रकम भुक्तानी छुटको लागि निवेदन गर्न नबिर्सनुहोला

राष्ट्रिय पेन्सन बिमा रकम भुक्तानी गर्नको लागि आर्थिक रूपमा कठिन भएको अवस्थामा, छुटको लागि निवेदन गरि स्वीकृत भएमा, बीमा रकमको सम्पुर्ण किस्ता वा आंशिक किस्ता छुट हुने प्राबधान छ (आय आम्दानी कतिछ भन्ने बारेमा छानबिन हुनेछ। अघिल्लो वर्षको आम्दानी अनुसार छुटको लागि ४ स्तर छुट्याइएको छ)।
सम्पर्क : वाडा कार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, आकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

उद्योग ब्यबसाय परामर्श कार्यक्रम

(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (जुलाई महिना १६ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म) 
लक्षित= उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्नेलाई प्रथामिकता दिइनेछ)
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (जुलाई महिना २४ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निवेदन गर्नेलाई प्रथामिकता दिइनेछ)

  • स्थान : आएर बिल्डिंगको ७ औं तला
  • बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
  • आवेदन =जुलाई महिना ७ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट पनि निबेदन दिन सक्नुहुन्छ। (1)नम्बरको लागि भने फोनबाट पनि निबेदन गर्न सक्नुहुन्छ।

सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917