सेप्टेम्बर १ तारिक देखि वडा कार्यालय आदि स्थानका काउन्टर सेवाको लागि समय परिवर्तन हुनेछ
सेप्टेम्बर १ तारिक देखि, वडा कार्यालय आदि स्थानहरुमा लिने काउन्टर सेवाहरूको लागि समय परिवर्तन भै, बिहान ९:०० बजेदेखि अपराह्न ४:३० बजेसम्म हुनेछ।
- समय परिवर्तन हुने लक्षित कार्यालयका काउन्टरहरू= नगरपालिकाको मुख्य भवन (सियाक्स्यो), शाखा कार्यालय, अस्थायी भवन, वडा कार्यालय, सामान्य शाखा कार्यालय, प्रमाणपत्र जारी केन्द्र, अपाङ्गता व्यक्ति सामान्य सहयोग केन्द्र, मानसिक स्वास्थ्य तथा कल्याण केन्द्र, उत्तरी तथा दक्षिणी बौद्धिक विकास परामर्श तथा सहयोग केन्द्र, जनस्वास्थ्य अनुसन्धान संस्थान, अनिपाल सेन्दाई, बालबालिका तथा युवा परामर्श तथा सहयोग केन्द्र, वातावरण कार्यालय, पानी गुणस्तर व्यवस्थापन केन्द्र, अग्नि नियन्त्रण कार्यालय, खानेपानी कार्यालय, ग्यास कार्यालय
- खानेपानी कार्यालय र ग्यास कार्यालयका केहि काउन्टर सेवा बाहेक
- वडा कार्यालय र सामान्य शाखा कार्यालयको अपाङ्गता तथा ज्येष्ठ नागरिक सेवा विभागमा भने, अक्टोबर देखि लागु हुनेछ
- सेन्दाई स्टेशन अगाडीको सेवा केन्द्र भने, बिहान ९:०० बजेदेखि साँझ ६:३० सम्म (सार्बजनिक बिदाको दिन बाहेक)
- सार्वजनिक पुस्तकालय र नागरिक केन्द्र आदि, स्थानीय नागरिकले प्रयोग गर्ने संस्थाहरु, सबवे स्टेशनका काउन्टर, यात्रुपास टिकट बिक्री काउन्टर र सेन्दाई शहरका सरकारी अस्पतालहरू भने समावेश छैनन।
- टेलिफोन बाट सोधपुछ गर्न सकिने समय भने परिवर्तन हुने छैन त्यसको लागि : बिहान ८:३० देखि बेलुका ५:०० बजेसम्म खुल्ला रहनेछ (केही काउन्टर सेवाहरू बाहेक)
- यो प्रणाली परिवर्तन अवधि २०२७ जनवरी ३१ तारिक सम्म भने, काउन्टर सेवा समय परिवर्तन भएको बारेमा थाहा नपाई कार्यालयमा आउने ग्रहकहरुलाई हामी सेवा प्रदान गर्छौं।
सम्पर्क: सामान्य मामिला विभाग कर्मचारी शाखा ०२२-२१४-१२१७
खानेपानी शुल्क, ढल निकास उपभोग बापत लाग्ने आधारभूत शुल्क दुई महिनाको लागि छूट गरिनेछ
बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गरि, सरकारी अनुदानको उपयोग गर्दै, दुई महिनाको आधारभूत खानेपानी शुल्क र ढल निकास उपभोग शुल्क (२०२६ अगस्ट र सेप्टेम्बर दुई महिनाको) छुट गरिनेछ।
- लक्षित बर्ग=सेन्दाई शहर भित्रको खानेपनि सँस्थासँग सम्झौता गरेको व्यक्तिहरू र व्यवसायी आदि (इनारको पानी वा सेप्टिक ट्याङ्की मात्र प्रयोग गर्ने र निर्माण ब्यूरोमा दर्ता भएकाहरू पनि समाबेश)।
- यसको लागि कुनै निबेदन दिनु पर्दैन।
- छुट हुने रकम आदि बिस्तृत जानकारीको लागि, खानेपनि संस्थानको वेबसाइटमा हेर्नुहोस।
सम्पर्क: खानेपनि संस्थान सञ्चालन विभाग: ०२२-३०४-००१७, भवन निर्माण तथा सञ्चालन विभाग: ०२२-२१४-८३३७
वैवाहिक जीवन सुरु गर्ने युवा पुस्तालाई सहयोग गर्नेछौ
२०२६ अप्रिल देखि तिर्दै आएको घरभाडामा लागेको खर्च (जस्तै घरभाडा वा कोठा सर्दा लाग्ने खर्च आदि अधिकतम ६००,००० येन सम्म) अनुदान प्रदान गर्नेछौं।
- आवेदन लिन सुरु हुने मिति = जुलाई १३ तारिक (सोम)
- लक्षित =निम्न आवश्यक सर्त पूरा गरेका जोडीहरु
- २०२६ जनवरी १ तारिक देखि डिसेम्बर ३१ तारिक को बीचमा विवाह भएको र विवाह भएको मितिमा दुवै पति/पत्नीको उमेर ३९ वर्ष भन्दा कम भएमा
- २०२५ मा दम्पतीको संयुक्त आम्दानी ५० लाख येनभन्दा कम भएमा
- शहरले तोकेको कोर्स पूरा गरेंमा (अन्य सर्तहरु पनि छन)।
- तोकिएको बजेट रकम सकिए पछि आवेदन लिन बन्द गरिनेछ
- लक्षित बर्ग वा आवश्यक सर्तहरु आदि, आवेदन गर्ने तरिका आदि बिस्तृत जानकारीको लागि, सिटिको वेबसाइट हेर्नुहोस
सम्पर्क: बालबालिका तथा युवा बर्ग सहायता बिभाग ०२२-२१४-८४४२
भालु देखि सावधान रहनुहोस
गर्मी महिनामा जंगल भित्र भालुको खानेकुरा सकिदैजाने हुँदा, भालुको चहलपहल मानबवस्ती नजिक तिर सम्म बढ्न सक्छ। बिशेष गरि बिहान र साँझको अँध्यारो समयमा भालुहरू बढी सक्रिय हुन्छन,त्यसैले त्यो समयमा सावधान रहनुहोस। पहाड चड्दा वा पदयात्रा आदिको लागि जाँदा,घण्टी वा रेडियो साथमा लिएर जाने, यदि तपाइँ भालु सँग जम्काभेट हुनुभयो भने नडराईकन, एक अर्काको सामना गर्दै उसलाई नजिस्क्याउने र बिस्तारै आफु पछि हट्नुहोस। समानले झटारो हान्ने, ठुलो आवाजले कराउने वा दौडने जस्ता कार्य गरि, भालुलाई उत्तेजित गर्ने कुनै पनि काम नगर्नुहोस।
भालु देखा पर्ने वा आक्रमण हुन सक्ने बारेको जानकारीहरु चाँही, शहरको होमपेज 「भालु देखापर्ने वा आक्रमणको सम्भावित छेत्रको नक्सा」 वा सेन्दाई शहरको आधिकारिक एकाउन्ट (LINE) लाइन (पहिलेनै दर्ता गर्नुपर्ने( मार्फत पनि पोस्ट गरिएको छ।
सम्पर्क :पर्यावरण समाज बिभाग :०२२-२१४-००१३
उद्योग ब्यबसाय परामर्श कार्यक्रम
(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (जुलाई महिना १५ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (जुलाई महिना २३ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)
- स्थान = आएर बिल्डिंगको ७ औं तला
- बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
- आवेदन =जुलाई महिना ६ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र वेबसाइटबाट पनि निबेदन दिन सक्नुहुन्छ। (1)नम्बरको लागि भने फोनबाट अथवा इमेल (निबेदन गर्दा आवश्यक जानकारी र परामर्श गर्न चाहेको विवरणहरू भर्नुहोस) बाट पनि निबेदन गर्न सकिन्छ।
सम्पर्क : सेन्दाई शहर औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४, इमेल assista@siip.city.sendai.jp
राष्ट्रिय स्वास्थ्य बीमाको सूचना
जुलाई महिना भित्रमा, सबै बीमितहरूलाई「योग्यता पुष्टि पत्र (सिकाकु खाकुनिन्न स्यो)」 अथवा 「योग्यता जानकारी सूचना (सिकाकु ज्योहो नो ओसिरसे)」 पत्र पठाइनेछ।
(1)माइ ना स्वास्थ्य बीमा कार्ड (माइ नबर र स्वास्थ्य बिमा कार्ड एकैमा गाभिएको) अझै नबनाएका व्यक्तिहरूका लागि
- बीमा कार्डको विकल्पमा प्रयोग गर्न सकिने 「योग्यता पुष्टि पत्र (सिकाकु खाकुनिन्न स्यो)」पठाइनेछ। यसको वैधता अवधि चाँही, अगस्ट १ तारिक देखि २०२७ जुलाई ३१ तारिक सम्म एक वर्ष सम्म को हुनेछ।
- चिकित्सा संस्थाहरू आदिमा,「योग्यता पुष्टि पत्र (सिकाकु खाकुनिन्न स्यो)」 देखायो भने, अहिलेको जस्तै सामान्य रूपमा चिकित्सा उपचार प्राप्त गर्न सकिन्छ।
- ७० वर्ष भन्दा माथिका व्यक्तिहरूको लागि भने,「योग्यता पुष्टि पत्र (सिकाकु खाकुनिन्न स्यो)」ले आफुले भुक्तान गर्नुपर्ने प्रतिशत रकम (२०% वा ३०%) देखाउनेछ।
(2)माइ ना स्वास्थ्य बीमा कार्ड भएका व्यक्तिहरूका लागि
- माइ ना स्वास्थ्य बीमा कार्ड रिड गर्ने कार्ड रिडर नराखिएको चिकित्सा संस्थामा गई जाँच गराउन परेमा, माइ ना स्वास्थ्य बीमा कार्डको साथसाथै 「योग्यता जानकारी सूचना (सिकाकु ज्योहो नो ओसिरसे)」देखाउन अवश्यक पर्ने हुँदा यो (A4 साइज) को पेपर पठाइनेछ। कृपया ध्यान पुर्याउनुहोस कि, 「योग्यता जानकारी सूचना (सिकाकु ज्योहो नो ओसिरसे)」पत्र मात्रै देखाएर स्वास्थ्य जाँच गराउन भने मिल्नेछैन।
- 「योग्यता पुष्टि पत्र (सिकाकु खाकुनिन्न स्यो)」मात्रै प्रयोग गरि, चिकित्सा उपचार प्राप्त गर्न चाहनुहुन्छ भने, माइ ना स्वास्थ्य बीमा कार्ड दर्ता रद्द गर्नुपर्ने हुन्छ। यदि तपाईं दर्ता रद्द गर्न चाहनुहुन्छ भने, आफु बसोबास गरेको स्थानीय वडा कार्यालय वा शाखा कार्यालयमा सम्पर्क गर्नुहोस।
सम्पर्क : वडाकार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन विभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग
राष्ट्रिय पेन्सन बिमा रकम भुक्तानी छुटको लागि निवेदन गर्न नबिर्सनुहोला
राष्ट्रिय पेन्सन बिमा रकम भुक्तानी गर्नको लागि आर्थिक रूपमा कठिन भएको अवस्थामा, छुटको लागि निवेदन गरि स्वीकृत भएमा, बीमा रकमको सम्पुर्ण किस्ता वा आंशिक किस्ता छुट हुने प्राबधान छ (आय आम्दानी कतिछ भन्ने बारेमा छानबिन हुनेछ। अघिल्लो वर्षको आम्दानी अनुसार छुटको लागि ४ स्तर छुट्याइएको छ)। आवेदन गर्नको लागि, माई नम्बर पोर्टल मार्फत अनलाइन मार्फत पनि भर्न सकिन्छ। बिस्तृत जानकारीको लागि, शहरको वेबसाइटमा हेर्नुहोस।
सम्पर्क : वाडा कार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, आकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग
आधारभूत स्वास्थ्य परिक्षण सुरु गरिनेछ
- स्वास्थ्य परिक्षण गर्न सकिने अवधि = जुलाई १ तारिक (बुध) देखि अक्टोबर ३१ तारिक (शनि), २०२७ जनवरी ४ तारिक (सोम) देखि ३० तारिक (शनि)
- लक्षित = ३५ देखि ३९ बर्षका व्यक्तिहरु साथै ७५ वर्ष भन्दा माथि उमेरका आदि, शहर द्वारा संचालित आधारभूत स्वास्थ्य परिक्षणको लागि आवेदन दिएका व्यक्तिहरु
- यदि अहिलेसम्म आवेदन गर्नु भएको छैन भने, सकेसम्म चाँडो आबेदन गर्नुहोस।
- थप जानकारीको लागि, शहरको वेबसाइटमा हेर्नुहोस।
सम्पर्क : वाडा कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग
प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ
- लक्षित बर्ग = सेवासंस्था आदि प्रयोग लाभ प्रमाणीकरण (नयाँ २ नम्बर, नयाँ ३ नम्बर) सुबिधाको उपयोग लिईरहनुभएका, नर्सरी तथा प्रमाणित गरिएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, अनुमोदन नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
- उपयोग गर्न सकिने लक्षित अवधि = अप्रिल १ तारिक देखि जुन ३० तारिक
- रषिदको म्याद = जुलाई १७ तारिक (शुक्र)
- बिस्तृत विवरणको लागि, शहरको होमपेजमा हेर्नुहोस
सम्पर्क:सेन्दाई शहर नि:शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय ०२२-२१४-८९७८
HPV भ्याक्सिनको नियमित खोप लगाउने कार्य गरिनेछ
पाठेघरको मुखको क्यान्सर हुने कारक त्वत्त HPV (ह्युमन प्यापिलोमाभाइरस) को संक्रमण रोक्न प्रभावकारी हुने HPV खोप लगाउने कार्य गरिनेछ। HPV खोप तोकिएको अन्तरालमा धेरै पटक खोप लगाउनु पर्ने आवश्यक हुन्छ। यदि, खोप लगाउन चाहनुहुन्छ भने, सकेसम्म चाँडो आफ्नो नजिकैको चिकित्सा संस्थामा सम्पर्क गर्नुहोस।
- लक्षित=सेन्दाई शहर भित्र बसोबास दर्ता भएका प्राथमिक विद्यालयको कक्षा ६ देखि उच्च माध्यमिक विद्यालयको पहिलो बर्ष (६ कक्षा देखि १० कक्षा) सम्मका केटीहरु । (२०१० अप्रिल २ तारिक देखि २०१५ अप्रिल १ तारिक को बीचमा जन्मेका)
- लगाउनु पर्ने खोपको संख्या= यदि १५ वर्ष उमेर पुग्नुभन्दा अगाडि खोप लगाउने भएमा कुल दुई पटक लगाउन आवश्यक पर्दछ। र १५ वर्षको उमेर पुगेपछि लगाउने भएमा भने, कुल तीन पटक खोप लगाउन आवश्यक पर्दछ।
- खोप लगाइएको स्थान= HPV खोप लगाउनको लागि दर्ता भएका चिकित्सा संस्थाहरू (अपोइन्टमेन्ट लिनुपर्ने आवश्यक पर्छ कि पर्दैन भनि सोध्नको लागि चाँही चिकित्सा संस्थालाई सिधै सम्पर्क गरि सोध्नुहोस)
- आणविक विपत्तिबाट उद्धार गरिएका व्यक्तिहरूको लागि विशेष ऐन अन्तर्गत पर्ने फुकुशिमा प्रान्तका १३ बार्डका विस्थापितहरू को लागि पनि लक्षित गरिएको छ।
- उच्च माध्यमिक विद्यालयको पहिलो बर्षमा अध्ययन गरिरहेका महिलाहरु ((२०१० अप्रिल २ तारिक देखि २०११ अप्रिल १ तारिक को बीचमा जन्मेका) जो सरकारी अनुदानको खोप लगाउन चाहन्छन भने, सेप्टेम्बर सम्ममा पहिलो एक पटकको खोप लगाउनु पर्छ।
- लिएर जानुपर्ने कुराहरुको बारेमा र अन्य जानकारीको लागि, शहरको वेबसाइटमा हेर्नुहोस।
सम्पर्क :वडा कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग
सेप्टेम्बर देखि दोस्रो बच्चा र त्यसपछिका बच्चाहरूको लागि बाल हेरचाह शुल्क नि:शुल्क हुनेछ
सेप्टेम्बर देखि, दाजुभाइ दिदीबहिनीको उमेर वा बच्चा हेरचाह केन्द्रको प्रयोगको स्थिति जस्तोसुकै भए पनि वास्ता नगरी, परिवारको दोस्रो र त्यसपछिका बच्चाहरूको लागि बाल हेरचाह शुल्क नि:शुल्क हुनेछ (केही सीमा सर्तहरु भने छन)।
- लक्षित बालबालिका= सेन्दाई शहर भित्र बसोबास गर्ने १ बर्ष नपुगे देखि २ वर्ष उमेरका बालबालिकाहरू, जसले बाल हेरचाहको आवश्यकताको अनुरुप मापदण्ड पूरा गरेका छन
- लक्षित बालकेन्द्र र संस्थाहरू=प्रारम्भिक बालशिक्षा र बाल हेरचाहको लागि लक्षित नि:शुल्क बालकेन्द्र र संस्थाहरु
- खाजाखर्च वा अन्य (साइड डिश) को लागि लाग्ने खर्च छुट, अनुदानको लागि बालबालिका गणना गर्ने तरिका पनि बाल हेरचाह शुल्क अनुसार परिवर्तन हुन्छ।
- थप विवरणहरूको लागि, शहरको वेबसाइटमा हेर्नुहोस।
सम्पर्क : प्रमाणित अनुदान विभाग ०२२-२१४-८६५५