ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ > सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामहिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्यागजिन (सिसेदायोरी) (बहुभाषा डाइजेस्ट) > 2025 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)सेप्टेम्बर अंक
Page ID: 82064
Updated: September 9, 2025
ここから本文です。
(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (सेप्टेम्बर महिना १७ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= मियागी प्रान्त भित्र उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सन्चालन गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले निवेदन गर्ने व्यक्तिको आधारमा)
(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (सेप्टेम्बर महिना २५ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले निबेदन गर्ने व्यक्तिको आधारमा)
सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४
राष्ट्रिय स्वास्थ्य बीमामा आबद्ध भै आफ्नो साथमा बिमा कार्ड भएको व्यक्तिहरु, तपाईं सँग भएको त्यो बीमा कार्डको म्याद सेप्टेम्बर ३० तारिक समाप्त हो।
अक्टोबर पछि भने, यदि तपाई सँग माइन बीमा कार्ड (माई नम्बर र बिमा कार्ड एउटै भएको) छैनभने, जुलाईमा पठाएको「राष्ट्रिय स्वास्थ्य बीमा योग्यता पुष्टी पत्र」लिएर गई चिकित्सा संस्थाहरूमा देखाएमा, पहिलेको जस्तै सामान्य रूपमा उपचार बिमा प्राप्त गर्न सक्नुहुन्छ। बिस्तृत जानकारीको लागि, सेन्दाई शहरको वेबसाइटमा हेर्नुहोला।
सम्पर्क: वडा कार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन विभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग
यस पटक आवेदनको लागि चाँही, अबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणालीद्वारा मूल्याङ्कन गरि, उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको छनोट गरिनेछ।
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग ०२२-२१४-३६०४
यो भन्दा पहिले आयकरको प्रतिबन्धका कारण एकल अभिभावक भएको परिवारको लागि दिइदै आएको चिकित्सा खर्च अनुदान प्राप्त गर्न, अयोग्य रहेका व्यक्तिले पनि २०२४ बर्षको बिचबाट आफ्नो आम्दानी कम भएको खण्डमा, नयाँ नीति लागु भएको कारणले गर्दा आयआम्दानी सीमाभन्दा कम भयो भने, अक्टोबरदेखि अनुदानको लागि योग्य हुनेछन।
सम्पर्क: वडा कार्यालय बाल हेरचाह सहायता विभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग
यदि बाल भत्ता प्राप्त गर्न चाहनुहुन्छ भने, तपाईंले आवेदन दिन आवश्यक पर्छ। सैदान्तिक रूपमा, आवेदन गरेको महिना पछिको अर्को महिनाबाट भत्ता भुक्तानी गरिनेछ।
सम्पर्क: वडा कार्यालय बाल हेरचाह सहायता विभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग
आवेदन: नगरपालिकाको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरि, सेप्टेम्बर १९ तारिक भित्र बुझाउनुहोस् (यस मिति भित्र पुग्ने गरि)।
नयाँ भर्ना व्याख्या कार्यक्रम
सम्पर्क : शिक्षा मार्गनिर्देशन विभाग ०२२-२१४-८८७५
नागरिक (सार्वजनिक) पुस्तकालयमा त्यहाँका कर्मचारीले तपाईंलाई「सरल जापानी भाषा (विदेशी नागरिकहरूले पनि बुझ्न सक्ने जापानी भाषा)」मा मार्गनिर्देशन गर्नेछन।
आवेदन र सम्पर्क स्थान: नागरिक (सार्वजनिक) पुस्तकालय (हुलाक नम्बर ९८०-०८२१ आओबा-कु खासुगामाची २-१ टेलिफोन ०२२-२६१-१५८५ इमेल)
सम्पर्क :सेन्दाई पर्यटकिय तथा अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६०
お問い合わせ
Copyright©City of Sendai All Rights Reserved.