Page ID: 80813

Updated: June 9, 2025

ここから本文です。

2025 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)जुन अंक

कर सम्बन्धित जानकारी

नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्ने सूचना कार्ड पठाइनेछ

२०२५ आर्थिक बर्षको नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्ने सूचना कार्ड यहिँ जुन १२ तारिक (बिहि) बाट पठाइनेछ। कर भुक्तानी सूचना कार्डमा संलग्न गरिएको भुक्तानी गर्ने राषिद, भुक्तानी म्याद अनुसार विभाजन गरिएको हुनाले, हराएमा वा कर भुक्तानी म्याद नाघ्ने जस्ता गल्ती नहुने गरि ध्यान पुर्याउनुहोस। कर भुक्तानी विवरणको कर सूचना कार्डमा भएको कर रषिदमा पुष्टी गर्नुहोस।
सम्पर्क : नगरपालिका कर विभाग【आओबा वार्ड, इजुमी वार्ड】०२२-२१४-८६३७ [मियागिनो वार्ड, वाकाबायाशी वार्ड, ताइहाकु वार्ड] ०२२-२१४-८६३८

नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद जुन ३० तारिक (सोम) हो

२०२५ आर्थिकबर्षको नगर तथा प्रान्तीय कर (निवास कर) को पहिलो किस्ता चाँही जुन ३० तारिक (सोम) सम्ममा भुक्तानी गर्नुहोला। बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिहरूले पनि जुन ३० तारिक (सोम) भित्रमा ट्रान्सफर गर्नुपर्ने हुन्छ।

सम्पर्क : कर भुक्तानी ब्यबस्थापन बिभाग फोन : ०२२-२१४-१०१०

नगर तथा प्रान्तीय कर छुट भएका परिवारको लागि खानेपानी शुल्क र ढल निकास शुल्क छुट को लागि आवेदन लिईनेछ

  • छुट पाउने अवधि = आवेदन गरेको महिनाको अर्को महिना देखि २०२६ को जुन महिना सम्म
  • छुट हुने रकम =खानेपानी शुल्कको न्यूनतम शुल्क र ढल निकास शुल्कको न्यूनतम उपयोग शुल्क
  • लक्षित =खानेपानी प्रयोग गरिरहेका नगर तथा प्रान्तीय कर छुट भएका घरपरिवारका लागि, बर्तमान अवस्थामा पनि आम्दानी कम भै आर्थिक अवस्था कमजोरका कारण जीवन यापनमा कठिनाई भै, अन्य परिवारका सदश्यबाट निरन्तर आर्थिक सहयोग नपाएका घरपरिवार (भवन र खानेपानी आपूर्तिको आधारमा छुट नहुने अवस्था पनि हुन सक्छ।)

आवेदन : [पुनः अबेदन] गर्नको लागि सिटि द्वारा जुन महिनाको शुरुमा हुलाक मार्फत पठाइएको आवेदन फारममा भरेर पठाउने 
[नयाँ आवेदक] खानेपानीको प्रयोगकर्ता सबैजनाको २०२५ आर्थिकवर्षको कर छुट प्रमाणपत्र (१८ वर्ष मुनिका आश्रित सदश्यहरूको चाँही आवश्यक पर्दैन) घरमूलीको अनुमतिपत्र (घरमूलीको सट्टामा अन्य व्यक्तिले आवेदन दिएको खण्डमा मात्र) लिएर गई खानेपानी संस्थान दक्षिण शुल्क भुक्तानी केन्द्र, उत्तर शुल्क भुक्तानी केन्द्र, नगरपालिका शुल्क भुक्तानी केन्द्र अथवा आवेदन फारम भरि हुलाक बाट पठाउन पनि सकिन्छ। यदि नयाँ आवेदकले हुलाक मार्फत पठाउन चाहनुहुन्छ भने हामीलाई अग्रिम रुपमा सम्पर्क गर्नुहोस ([आओबा वार्ड, इजुमी वार्ड] उत्तर शुल्क भुक्तानी केन्द्र ०२२-३७१-८८३०, [मियागिनो वार्ड, वाकाबायाशी वार्ड, ताइहाकु वार्ड] दक्षिण शुल्क भुक्तानी केन्द्र ०२२-३०४-००२०)
सम्पर्क : खानेपानी संस्थान दक्षिण शुल्क भुक्तानी केन्द्र ०२२-३०४-००२०, भवन निर्माण संस्थान व्यवसाय बिभाग ०२२-२१४-८३३७

युवा पुस्तालाई बैबाहिक नयाँ जीवन सुरु गर्नको लागी सहयोग गर्नेछौ

विवाह गरि नयाँ जीवन सुरु गर्न लाग्नुभएका जोडीहरु लाई सहयोग गर्ने उदेश्यले,घरभाडा वा कोठा सर्दा लाग्ने लागत, आदिको लागी अनुदान दिइनेछ।

  • आवेदन लिन सुरु हुने मिति = जुन २३ तारिक (सोम)
  • अनुदानको लागि लक्षित सर्त =२०२५ अप्रिल १ तारिक देखि डिसेम्बर ३१ तारिकको बीचमा विवाह भएको, विवाह भै दर्ता गरेको मितिमा दुवै पति/पत्नी ३९ वर्षभन्दा कम उमेर भएमा, आर्थिक बर्ष २०२४ मा दम्पतीको संयुक्त आम्दानी ५० लाख येन भन्दा कम भएमा (यसबाहेक पनि अन्य सर्तहरु छन)।
  • अनुदान रकम = अधिकतम ६००,००० येन
  • बजेट रकमको सकिए पछि आवेदन लिन बन्द गरिनेछ
  • आवेदन गर्ने तरिका आदि बिस्तृत विवरणहरूको लागि, सिटिको वेबसाइट हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस

सम्पर्क : युवा बर्ग सहायता बिभाग ०२२-२१४-८४४२

उद्योग ब्यबसाय परामर्श कार्यक्रम

(1)उद्योग ब्यबसाय संचालन गर्न वा त्यस सम्बन्धित कुनैपनि परामर्श लिने दिन (जुन महिना १८ तारिक (बुध) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म) 
लक्षित= उद्योग व्यवसाय सुरु गर्ने सोच भएको व्यक्ति, वा भर्खरै व्यवसाय सुरु गरेका व्यक्तिहरु, सबै गरि ३० जना (पहिले आउनेलाई प्रथामिकता दिइनेछ)

(2)विदेशी नागरिकहरूको लागि उद्योग व्यवसाय संचालन र व्यवस्थापन बारे परामर्श लिने दिन (जुन महिना २६ तारिक (बिही) बिहान ९:०० बजेदेखि दिउँसो ४:३० बजे सम्म)
लक्षित= उद्योग व्यवसाय सुरु गर्न इच्छा भएका, अथवा व्यवसाय सुरु गरेको तर ५ वर्ष नपुगेको बिदेशीनागरिकहरु (अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत) सबै गरि १० जना (पहिले आउनेलाई प्रथामिकता दिइनेछ)

  • स्थान : आएर बिल्डिंगको ७ औं तला
  • बिषय = उद्योग व्यवसाय सुरु गर्न वा व्यवस्थापन गर्नको लागि विशेषज्ञ सँग उद्योग व्यवसाय सम्बन्धि लिइने व्यक्तिगत परामर्श कार्यक्रम
  • आवेदन =जुन महिना ६ तारिक बिहान ९:०० बजेदेखि सेन्दाई उद्योग ब्यबसाय सहयोग केन्द्रको वेबसाइटबाट आवेदन गर्नुहोस। (1) फोनबाट पनि आवेदन दिन सकिन्छ।

सम्पर्क : सेन्दाई सिटी औद्योगिक प्रवर्द्धन कर्पोरेशन ०२२-७२४-११२४

राष्ट्रिय स्वास्थ्य बिमा शुल्क निर्धारण गरिएको सूचनाकार्ड पठाउनेछौं

२०२५ आर्थिकबर्षको राष्ट्रिय स्वास्थ्य बिमाको शुल्क निर्धारण गरिएको सूचनाकार्ड जुन १७ तारिक (मंगल) सम्म पठाउनेछौँ।

  • जुन १७ तारिक (मंगल) देखि जुलाई ४ तारिक (शुक्र) सम्म सम्बन्धित कल सेन्टर खुल्ला गरिनेछ।
    ०२२-२१७-६५३१ (कार्यालयको दिन बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे)
  • २०२५ आर्थिक बर्ष भित्रमा घरमुली ७५ वर्ष पुग्ने भएको परिवारमा, विशेष सङ्कलन (सार्वजनिक पेन्सनबाट कटौती) गर्ने नभईकन, भुक्तानी रसिद द्वारा भुक्तानी गरिने अथवा बैंक ट्रान्सफर बाट गर्नुपर्नेछ।
  • २०२५ आर्थिकबर्षको बिमा शुल्कको बारेमा, सिटीको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क : वडा कार्यालय, मियागी सामान्य शाखा बिमा तथा पेन्सन बिभाग, आकियु सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

राष्ट्रिय स्वास्थ्य बिमितहरुले विशेष स्वास्थ्य परिक्षण प्रणालीको फाइदा लिउँ

  • स्वास्थ्य परीक्षण गर्ने अवधि=जुन २ तारिक (सोम) देखि सेप्टेम्बर ३० तारिक (मङ्गल), २०२६ जनवरी ५ तारिक (सोम) देखि ३१ तारिक (शनि)
  • लक्षित = राष्ट्रिय स्वास्थ्य बिमामा दर्ता भएका ४० बर्ष देखि ७४ वर्षका व्यक्तिहरू (२०२६ मार्च ३१ तारिक सम्म)
  • लक्षित व्यक्तिहरुलाई मे महिनाको अन्त्यतिर स्वास्थ्य परिक्षण गर्नको लागि टिकट पठाइनेछ। संलग्न गरि पठाएको पम्पलेटमा दर्ता गरिएको चिकित्सा संस्थाहरूमा गई स्वास्थ्य परिक्षण गर्नुहोस।
  • वृद्धबृद्धा चिकित्सा हेरचाह प्रणालीमा दर्ता भएका व्यक्तिहरु र ३५ बर्ष देखि ३९ बर्षको व्यक्तिहरु (२०२६ मार्च ३१ तारिक सम्म) ले चाँही, जुलाई १ तारिक देखि जाँच गरिने आधारभूत स्वास्थ्य परीक्षण गराउन सक्नेछन। आवेदन दिने तरिका आदि बिस्तृत विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क : वार्ड कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

बाल भत्ताको「वर्तमान स्थिति रिपोर्ट」पेश गर्ने बारेमा बुझ्नुहोस

सैद्धान्तिक रूपमा, वर्तमान स्थिति रिपोर्ट पेश गर्न आवश्यक पर्दैन तर, बालबालिकाको पालनपोषण परिस्थितिको कारणले यसलाई निरन्तरता दिई पेश गर्नु आवश्यक पर्ने व्यक्तिहरूका लागि भने, जुन महिना मध्य भित्रमा जानकारी पत्र हुलाक द्वारा पठाइनेछ। जुन ३० तारिक (सोम) सम्ममा पेश गर्नुहोस।
चिट्ठी पठाउदा संलग्न गरिएको फेरी पठाउनको लागिको खाममा हालेर हुलाक मार्फत पठाउने वा माइनापोर्टल बाट इलेक्ट्रोनिक आवेदन पनि दिन सक्नुहुन्छ। जुन २ तारिक (सोम) पछिदेखि भने, काउन्टरबाट पनि आवेदन दिन सक्नुहुन्छ।
सम्पर्क : वार्ड कार्यालय बाल हेरचाह सहायता बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग

एड्स, सिफिलिस सिही दिन परीक्षण

  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता पहिले देखि परिक्षण गर्ने अघिल्लो दिन सरकारी कार्यालयको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागि मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
  1. बेलुकाको समयमा परीक्षण … जुन २७ तारिक (शुक्र), बेलुका ५:०० बजेदेखि ७:०० बजे / स्वास्थ्य परामर्श केन्द्र, कोसेइकन (आओबा वार्ड मियामाची १-१-५)
    जुलाई ११ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे / अएर बिल्डिंगको छैठौं तल
  2. बिदाको दिन परीक्षण … जुलाई ५ तारिक (शनि) दिउँसो १:३० देखि ३:०० बजे / स्वास्थ्य परामर्श केन्द्र कोसेइकान 

परीक्षण क्षमता भने लगभग ३० जना (पहिले आइपुग्ने व्यक्तिको आधारमा)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिइनेछ। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गरिनेछ)
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९

नगरपालिकाको आवास भवनको लागि आबेदन खुल्ला, आवेदन गर्ने मिति जुन १६ तारिक (सोम) सम्म

यस पटकको आवेदनको लागि, अबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणालीद्वारा मूल्याङ्कन गरि, उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको निर्णय गरिनेछ।

  • 「आवास भवनको लागि आबेदन खुल्ला भएको जानकारी」=जुन ६ तारिक (शुक्र) बाट नगरपालिका कोकुबुन्चो शाखा कार्यालय भवनको दोस्रो तल्ला सेन्दाई सिटि शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग, नगरपालिका सरकारी भवनको दोस्रो तल्लामा रहेको नागरिक भवन, वाडा कार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय आदि स्थानबाट फारम बितरित
  • आबेदन गर्ने तरिका =「आवास भवनको लागि आबेदन खुल्ला भएको जानकारी」संलग्न गरिएको आबेदन फारम भरि, आबेदन फारामको लागिको खाममा हालेर जुन १६ तारिक (सोम) सम्ममा हुलाकबाट पठाउनुहोस।
  • कोठामा सर्न सम्भब हुने दिन = अक्टोबर ८ तारिक (बुध) (को योजना)
  • आवेदन दिन मिल्ने व्यक्ति=हाल आवासको लागि समस्यामा परेका परिवार आदि। बिस्तृत जानकारीको लागि「आवास भवनको लागि आबेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोला, 

आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई चाँही, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई सिटी शहर निर्माण तथा सार्वजनिक आवास आबेदन बिभाग ०२२-२१४-३६०४

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917