ページID:64299

更新日:2022年11月11日

ここから本文です。

2022 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)नोभेम्बर अंक

नवजात शिशु सुभकामना कार्यक्रम「मोरिक्को नो बिसुकु पुरेज़ेन्तो」को सुरुवात गरिएको छ।

सेन्दाईमा जन्मेका र हुर्केका शिशु र वहाहरूको परिवारको सहयोगार्थ ,३०हजार ऐन बराबरको कोसेली प्रदान गरिने छ। शिशुका सामान वा स्थानीय रुपमा उत्पादित सामानहरु अनलाइन सूचीबाट छनौट गर्न मिल्दछ। 

  • २०२२ अप्रिल १ गते, पछि जन्मी, येहिँ आर्थिक वर्ष भित्र सेन्दाईमा बासिन्दाको रूपमा दर्ता गरिएका नवजात शिशुहरू मात्र एस कार्यक्रमका लागि योग्य हुनेछन। योग्यहरूका लागि क्रमिक रूपमा पत्रद्वारा पत्राचार गरिनेछ ।
  • विस्तृत जानकारीको लागि, हाम्रो वेबसाइट 「मोरिक्को नो बिसुकु पुरेज़ेन्तो」(External Link)वा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क : ०८००-१००-०९८० सेन्दाई सिटी नवजात शिशु सुभकामना कार्यक्रम कल सेन्टर ।

हाई स्कूल शिक्षाका लागि आर्थिक ऋण लिनुपरेमा सहयोग कार्यक्रमको जानकारी

जापान वित्तीय निगमद्वारा प्रदान गरिने सामान्य शिक्षा ऋण (राष्ट्रिय शिक्षा ऋण) प्रयोगकर्ताले बेहोर्न पर्ने ब्याज रकमबाट हाई स्कूल अवधिको ब्याज रकम सहयोग गरिने।

  • आवेदनको समय सिमा=डिसेम्बर ९,शुक्रबार
  • लक्षित बर्ग = सेन्दाईमा बस्ने हाई स्कूलका विद्यार्थीहरूका अभिभावकहरू।
  • सहरी कर भुक्तानी गरेको नगरेको जस्ता सर्तहरु लागु हुने।

सम्पर्क: शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१

प्राथमिक विद्यालय प्रवेश गर्नु अघि स्कूल भर्ना सहयोग (विद्यालय प्रवेश शैक्षिक सामाग्री रकम) प्रदान गरिने।

  • लक्षित बर्ग=२०२३ को ४ महिनामा प्राथमिक विद्यालय मा भर्ना हुने बालबच्चा भएका र निम्न सर्तहरू पुरा गर्नु भएकोहरु। 
  1. निश्चित रकमभन्दा कम वार्षिक कुल आम्दानी भएको,शिशु पालन भत्ता प्राप्त गर्ने जस्ता स्कूल सहायता प्रमाणीकरणको लागि मापदण्ड पूरा गर्ने परिवारहरु ।
  2. अन्य स्थानिय तहबाट विद्यालय प्रवेश शैक्षिक सामाग्री रकम प्राप्त नगर्नु भएको ।
  3. २०२३को २ महिना १ गते सम्म सेन्दाईको निवासी कार्ड भएको, २०२३ को ३ महिना ३१ गते सम्म नगर बाहिर बसाईसरि जाने योजना नभएको।
  4. २०२३ को २ महिना सम्म सार्वजनिक जीवन सहायता प्राप्त नगरेको।
  • प्रदान गरिने रकम = ५४,०६० येन
    आवेदन: डिसेम्बर २८ सम्ममा एस नगरपालिको प्राथमिक विद्यालयहरुको स्वास्थ्य जाँचमा वितरण गरिने आवेदन फारमको मार्फत ( नगरपालिको वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने)

सम्पर्क: शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१

कोरोना भाइरस खोपको जानकारी

सरकारबाट भ्याक्सिनको आपूर्ति अवस्थाको जानकारी प्राप्त भए लगतै नगरको वेबसाइट आदिद्वारा जानकारी गराइने ।
कोरोना भाइरस खोपको बारेमा, जापानिज, अंग्रेजी, चिनियाँ, कोरिएन, भियतनामी र नेपाली भाषामा हेर्न सकिनेछ।
 नेपाली

राष्ट्रिय स्वास्थ्य बीमा रकम भुक्तानीको लागि बैंक खाताद्वारा भुक्तानी विधिको प्रयोग गर्नुहोस्।

स्वास्थ्य बीमा रकम भुक्तानीको लागि सुविधाजनक र भरपर्दो बैंक खाताद्वारा भुक्तानी विधिको प्रयोग गर्नुहोस्। यदि तपाइँसँग निम्न वित्तीय संस्थाहरू मध्ये कुनै एकवटाको बैंक कार्ड भएमा, बैंक खाता बनाउदा प्रयोग गरेको “हानको” नभएतापनि, वार्ड कार्यालय वा शाखा कार्यालय मार्फत राष्ट्रिय स्वास्थ्य बीमा रकम भुक्तानीको लागि बैंक खाता भुक्तानी विधिको आवेदन दिन सक्नुहुनेछ।

  • लक्षित वित्तीय संस्था=सिची जिउ सिची बैंक, सेन्दाई बैंक, मोरी नो मियाको सिन्यो किङ्को,जापान पोस्ट बैंक
  • आवेदन बुझाउने स्थान=वडा कार्यालय,मियागी सामान्य शाखा कार्यालय बीमा र पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य र कल्याण बिभाग।
  • आवेदनका लागि आवश्यक वस्तुहरू = बैंक कार्ड, राष्ट्रिय स्वास्थ्य बीमा दर्ता नम्बर बुजिने कागज (बीमा रकम तिर्ने सूचना पत्र, बीमा रकम तिरेको रसिद, आदि)
  • आवेदन प्रक्रियाहरू खातावाला आफैंले गर्नुपर्नेछ।
  • वित्तीय संस्थामानै फारम भरि बैंक खाताद्वारा भुक्तानी विधिको आवेदन दिन सक्नुहुनेछ ।

सम्पर्क:वडा कार्यालय,मियागी सामान्य शाखा कार्यालय बीमा र पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य र कल्याण बिभाग।

तोकिएको मिति भित्रमा राष्ट्रिय स्वास्थ्य बीमा रकम तिर्नेगरौ

राष्ट्रिय स्वास्थ्य बीमा रकम,राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली संचालन गर्न सहयोग गर्ने राजस्वको एक महत्त्वपूर्ण स्रोत हो। त्यसैले तोकिएको मिति भित्र भुक्तानी गर्नु होला। कोरोना संक्रमणको प्रभावले गर्दा २०२३ मा आम्दानीमा कमी आएको
वा बेरोजगारी आदि जस्ता कारणले तिर्नमा समस्या परेको अवस्थामा छुट प्रदान गरिने प्रावधान भएको हुनाले सिग्र सम्पर्क गर्नुहोला।
सम्पर्क :वडा कार्यालय,मियागी सामान्य शाखा कार्यालय बीमा र पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य र कल्याण बिभाग।

नागरिक स्वास्थ्य जाँच गराउन नबिर्सनुहोला ।

नगरद्वारा संचालित पेटको क्यान्सर, पाठेघरको क्यान्सर, स्तन क्यान्सर, ठुलो आन्द्राको क्यान्सरको परीक्षणहरू वा सामान्य परीक्षणको थप आवेदन ११ महिनाको ३० गते सम्म गर्नु पर्दछ(फोक्सोको क्यान्सर,क्षयरोगको परीक्षण, प्रोस्टेट क्यान्सरको परीक्षणको आवेदन समाप्त भएकोछ। )आवेदन प्रक्रियाको जानकारी तपाईहरु बस्ने वार्ड कार्यालय वा वार्डको शाखा कार्यालयद्वारा वितरण गरिन्छ। नगरपालिकाको वेबसाइट मार्फत पनि आवेदन दिन सक्नुहुनेछ। यदि पहिलेनै परीक्षण कार्ड लिनु भएको अवस्थामा, परीक्षण गर्न नबिर्सनुहोस्।
सम्पर्क : वार्ड कार्यालयको परिवार स्वास्थ्य महाशाखा, शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण महाशाखा

सेन्दाई नगरको मिनामी कोइजुमि माध्येमिक विद्यालयको रात्रीकालिन कक्षाको विद्यार्थी भर्ना सम्बन्धमा

२०२३को ४ महिनाबाट सुरु हुने सेन्दाई नगरको मिनामी कोइजुमि माध्येमिक विद्यालयको रात्रीकालिन कक्षाको भर्नाका लागि आवेदकहरूको प्रतिक्ष्या गरिरहेकाछौ।

  • लक्षित बर्ग=मियागी प्रिफेक्चरमा बस्ने र निम्न मध्ये कुनै अन्तर्गत पर्नेहरू।
  1. अनिवार्य शिक्षा पूरा नगरी विद्यार्थी उमेर पार गरेकाहरु।
  2. भर्ना अस्वीकार जस्ता विभिन्न कारणले पर्याप्त शिक्षा प्राप्त नगरी माध्येमिक स्तरको शिक्षा मात्र पुरा गर्नु भएकाहरु।
  3. आफ्नो देश वा जापानमा अनिवार्य शिक्षा पूरा नगरी विद्यार्थी उमेर पार गरेका विदेशी नागरिकहरू।
  • इच्छुक व्यक्तिका लागि व्यक्तिगत परामर्श उपलब्ध गरिनेछ।
  • योग्यता, पेश गर्नुपर्ने कागजातहरू, इत्यादि जस्ता विवरणहरूको लागि सम्पर्क गर्नुहोला ।

आवेदन:नगरपालिकाको उएसुगि बुन्चो शाखा कार्यालयको १३ तल्लामा रहेको शैक्षिक मार्गदर्शन शाखाद्वारा वितरण गरिने आवेदन फारम(जो नगरपालिकाको वेबसाइटबाट पनि डाउनलोड गर्न सकिन्छ)मार्फत ११ महिना को ३० गते सम्म गर्न मिल्ने।
सम्पर्क : शैक्षिक मार्गदर्शन शाखा ०२२-२१४-४४५७

आर्थिक वर्ष 2023 को लागि बालबालिका क्लबको आवेदकहरूको सम्बन्धमा ।

काम आदिका कारणले विद्यालय पछि पनि घरमा अभिभावक नहुने प्राथमिक विद्यालयका विद्यार्थीहरू लक्षित गरि, बाल केन्द्रहरूमा उपयुक्त दैनिकीको लागि बस्ने र खेल्ने ठाउँहरू प्रदान गरि स्वस्थ पालनपोषणलाई प्रवर्द्धन गर्नेगर्दछौ।

  • लक्षित बालबालिका:यस नगरपालिका भित्रको बिधालयमा भर्ना भएका प्राथमिक बिधालय १ कक्षा देखि ६ कक्षासम्मका बालबालिकाहरु (सर्तहरु, आफै बिधालय जानेआउने गर्न सक्ने, आफ्नो साधारण कार्य आफै गर्न सक्नेहुनुपर्ने)
  • दस्तुर:मासिक शुल्क ३००० येन (छुट हुन सक्ने ब्यबस्था भएको) समय अवधि थप गरि प्रयोग गर्नु परेको (बेलुका ६ बजे देखि बेलुका ७ बजेर १५ मिनेट) खण्डमा अलग मासिक शुल्क १००० लाग्नेछ । यस बाहेक, खाजा शुल्क तथा बिभिन्न कार्यक्रमहरुको लागि शुल्क, आदि लाग्ने अवस्था पनि हुन्छ । 
  • आवेदन:नोभेम्बर २१ गते ~डिसेम्बर १० गते(आइतबार र बिदाको दिन बाहेक)बिहान ९ बजे देखि बेलुका ६ बजे(शनिबार चाँही बेलुका ५ बजे सम्म)सम्ममा आवेदन लिएर प्रत्यक्ष बाल केन्द्रमा जाने ।
  1. आवेदन फारम नोभेम्बर 1 गते देखि प्रत्येक बाल केन्द्रमा वितरण गरिनेछ (सिटिको होमपेजबाट पनि डाउनलोड गर्न सकिन्छ)।
  2. आवेदन गर्दा अभिभावकको कामगरेको प्रमाणपत्र आदि आवश्यक पर्छ ।
  3. आवेदनहरू धेरै भएको खण्डमा, दर्ता अस्वीकार हुनपनि सक्छ ।
  4. बाल केन्द्र बाहेक अन्य ठाउँमा पनि बाल कल्बको सन्चालन गर्नुपर्ने अवस्था पनि हुन्छ ।
  5. आवेदन अवधि समाप्त भएपछि पनि, रिक्त स्थान भएको खण्डमा, आवेदन बुझिनेछ ।

बिस्तृत विवरणहरूको लागि, नगरपालिकाको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस ।
 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917