Page ID: 76615

Updated: September 10, 2024

ここから本文です。

2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)सेप्टेम्बर अंक

खानेपानी आदिको क्रेडिट कार्डबाट गरिने शुल्क भुक्तानीको ठेकेदार कम्पनी परिवर्तन हुनेछ।

खानेपानी आदिको क्रेडिट कार्डबाट गरिने शुल्क भुक्तानी सुबिधा को लागि ठेकेदार कम्पनी (कं लिमिटेड) एफुरेजी मा परिवर्तन हुने भएकोछ। यदि क्रेडिट कार्डबाट शुल्क भुक्तानी गर्ने सुबिधाको निरन्तर प्रयोग गरिरहन चाहनुहुने व्यक्तिहरुले भने, फेरी (कं लिमिटेड) एफुरेजी मा दर्ताप्रक्रिया गर्न आवश्यक पर्नेछ। साथै, सेप्टेम्बर १९ तारिक (बिहिबार) बेलुका ८ बजेदेखि अक्टोबर १ तारिक (मंगलबार) बिहान ११ बजेको समय सम्म, क्रेडिट कार्डको नयाँ दर्ता प्रक्रिया बन्द गरिनेछ।

  • दर्ताप्रक्रिया सुरु हुने मिति : अक्टोबर १ तारिक (मंगल) बिहान ११:०० बजे 
  • हाल सुबिधाको उपयोग गर्दै हुनुहुने व्यक्तिहरुलाई भने, अक्टोबर पछि पोस्टकार्ड पठाइनेछ, त्यसैले पुष्टीगरेर मात्रै, २०२५ फेब्रुअरी २० तारिक (बिहिबार) सम्ममा दर्ताप्रक्रिया पुरा गर्नुहोस।
  • बिस्तृत जानकारी चाहिएमा, खानेपानी संस्थानको वेबसाइटमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क : [आओबा वडाकार्यालय, इजुमी वडाकार्यालय] खानेपानी संस्थान किता शुल्क भुक्तान केन्द्र ०२२-३७१-८८३०
[मियागिनो वडाकार्यालय,वाकाबायाशी वडाकार्यालय, ताइहाकु वडाकार्यालय,] मिनामी शुल्क भुक्तान केन्द्र ०२२-३०४-००२०

एड्स,सिफिलिस सोही दिन परीक्षण

  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा दुईहप्ता अगाडि देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंगको लागि मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
  1. रतिको समयमा परिक्षण गरिने एड्स, सोहिदिन परिक्षण गरिने सिफिलिस,…सेप्टेम्बर २७ तारिक(शुक्र),अक्टोबर ११ तारिक (शुक्र) बेलुका ५:०० बजेदेखि ७:०० बजे /आएरको ५ औं तल्ला
  2. बिदाको दिन परिक्षण गरिने एड्स, सोहिदिन परिक्षण गरिने सिफिलिस… अक्टोबर ५ तारिक(शनि)दिउँसो १:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)

परिक्षण क्षमता भने लगभग ३० जना जति (पहिले आइपुग्ने व्यक्तिबाट गनेर)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९

राष्ट्रिय स्वास्थ्य बिमाका बिमितहरुलाई नयाँ बिमाकार्ड पठाउनेछौ

राष्ट्रिय स्वास्थ्य बीमाका बिमितहरुको बिमाकार्ड नवीकरण गर्ने समय भएको हुनाले, नयाँ बीमा कार्ड परिवारको मुलीको नाममा सेप्टेम्बरको अन्त्य सम्ममा हुलाक द्वारा पठाउनेछौ। यदि तपाइँ घरमा नभएको आदि कारणले प्राप्त गर्न सक्नुभएन र हुलाकीले बिमाकार्ड फिर्ता लिएर गई भण्डारण अवधि सकिएको खण्डमा, यसलाई फेरि पठाउन सकिने भएको हुँदा, यस्तो बेलामा हामीलाई सम्पर्क गर्नुहोस।
साथै, डिसेम्बर २ तारिक पछि भने, नयाँ बीमा कार्ड वितरण गर्ने कार्य समाप्त हुनेहुँदा, यसपटक वितरण गरिएको बीमा कार्डमा, उल्लेख भएको विषयहरूमा कुनै परिवर्तन छैन भने, बीमा कार्डमा लेखिएको म्याद समाप्ति मिति सम्म प्रयोग गर्न सकिन्छ।
सम्पर्क  वडाकार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, अकिऊ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

नगरपालिकाको आवास भवनको लागि आबेदन खुल्ला – आवेदन गर्ने मिति सेप्टेम्बर १६ तारिक (सार्बजनिक बिदा) सम्म

यस पटक आवेदनको लागि चाँही, अबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणालीद्वारा मूल्याङ्कन गरि, उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको छनोट गरिनेछ। 

  • 「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」=सेप्टेम्बर ६ तारिक(शुक्र)बाट नगरपालिका कोकुबुन्चो शाखा कार्यालय भवनको दोस्रो तल्ला सेन्दाई सिटि शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग, नगरपालिका सरकारी भवनको दोस्रो तल्लामा रहेको नगरपालिका सूचना केन्द्र, वाडा कार्यालय सामान्य जानकारी, सामान्य शाखा, प्रमाणपत्र वितरण केन्द्र, सेन्दाई स्टेशन अगाडि सेवा केन्द्र (आएरको ५ औं तल्ला) आदिबाट वितरित
  • आबेदन गर्ने तरिका =तालिका भित्रबाट एउटा छानेर,「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」शीर्षकमा संलग्न आवेदन फारम र कर समायोजन फारम पनि निवेदन पठाउनको लागिको खाममा हालेर सेप्टेम्बर १६ तारिक (सार्बजनिक बिदा) सम्ममा पठाउनुहोस।
  • भाडामा बस्ने व्यक्ति निर्धारण गर्ने तरिका(अंक प्रणाली)= निबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणाली, घरका सदस्यहरूको संख्याको आधारमा कोठाको क्षेत्रफल र तपबाथ आदि जडान नभएकोले कठिन वातावरण भएको, परिवार सदस्यको आयआम्दानी कम भै घरभाडाको समस्या, एकल अभिभावक भएको परिवार, अपाङ्गता भएका परिवार आदिको पारिवारिक स्थितिको कारणले घरमा बस्न नदिएको आदि छ वा छैन, धेरै पटक अबेदन गर्दा पनि नपरेको आदि आवासको आवश्यकताको बारेमा, आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको अभाव निवेदन फारमको आधारमा अंक दिईनेछ र उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको निर्णय गरिनेछ।
  • कोठामा सर्न सम्भब हुने दिन = २०२५ जनवरी २२ तारिक )बुध) (को योजना)
  • आवेदन गर्न सक्ने व्यक्तिहरु = तलका निम्न सर्तहरू पूरा गरेका व्यक्तिहरु
  1. हाल आवासको लागि समस्यामा परेको
  2. हाल परिवार सँगै बसीरहेको, परिवार सँगै बस्ने योजना भएको
  3. सिटि भित्रमा नै ठेगाना अथवा काम गर्ने ठाउँ भएको

यसबाहेक अरु पनि सर्तहरु छन जस्तो कि,निश्चित आयआम्दानी भन्दा कम भएको अवस्थामा। बिस्तृत जानकारीको लागि「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोस।
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग ०२२-२१४-३६०४

जापानी भाषा कक्षाको जानकारी

  • अवधि= अक्टोबर १६ तारिक (बुध) देखि मार्च ७ तारिक (शुक्र) ( क्टोबर ११ तारिक (शुक्र) बिहान ९:३० बाट कक्षा छुट्याउने जाँच हुन्छ)
  • पढाईहुने दिन =प्रत्येक हप्ताको मंगलबार देखी शुक्रबार ( कक्षा अनुसार फरक फरक हुन्छ)
  • पढाईहुने स्थान =आओबा कु च्युयो सिमिन सेन्टर (आओबा कु इचीबाँच्यो २-१-४)
  • पाठ्यपुस्तक शुल्क लाग्नेछ
  • कक्षाको बारेको जानकारी वा निबेदन गर्नको लागि सेन्दाई पर्यटकिय अन्तर्राष्ट्रिय संघको होमपेज( External link ) मा पनि छ 

सम्पर्क :सेन्दाई पर्यटकिय अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६०

सेन्दाई मा स्वागत छ नागरिक (सार्वजनिक) पुस्तकालय भ्रमण

नागरिक (सार्वजनिक) पुस्तकालयमा त्यहाँका कर्मचारीले तपाईंलाई「सजिलो जापानी भाषा (विदेशी नागरिकहरूले पनि बुझ्न सक्ने जापानी भाषा)」मा मार्गनिर्देशन गर्नेछन।

  • मिति र समय: सेप्टेम्बर २८ तारिक (शनि) बिहान ११:०० बजे देखि १२ बजे
  • स्थान = नागरिक (सार्वजनिक) पुस्तकालय
  • लक्षित बर्ग : सिटिभित्र बसोबास गर्ने विदेशी नागरिकहरु लगभग १० जना जति [चिट्ठा प्रणाली द्वारा]
  • आवेदन गर्दा चाँही, फेरी फिर्ता पाउने गरिको पोस्टकार्ड वा इ-मेल मार्फत भ्रमण गर्ने कार्यक्रमको नाम, ठेगाना, आफ्नो नाम (फुरिगाना), फोन नम्बर र जवाफको लागिको ठेगाना लेखि सेप्टेम्बर १५ तारिक सम्म (पुग्ने गरि) नागरिक (सार्वजनिक) पुस्तकालय (हुलाक नम्बर ९८०-०८२१ आओबा-कु खासुगामाची २-१ टेलिफोन ०२२-२६१-१५८५ इमेल

सेन्दाई सिटी मातहत मिनामि कोइजुमी माध्यामिक बिधालयको रात्रीकालिन अध्ययन (रात्रीकालिन माध्यमिक बिधालय) कक्षाको नयाँ प्रवेश परिचय सत्र

  • मिति र समय : अक्टोबर १२ तारिक (शनि) दिउँसो १:३० देखि २:३० बजेसम्म
  • स्थान: सेन्दाई सिटि मतहत मिनामि कोइजुमी माध्यामिक बिधालय
  • बिषय सामग्री : रात्रीकालिन कक्षाको अवलोकन, नयाँ भर्ना गर्दासम्मको क्रमिक प्रक्रिया, आवेदन गर्ने तरिका आदिको बारेमा
  • लक्षित बर्ग : २०२५ आर्थिक वर्षको अप्रिलमा नयाँभर्ना गर्न चाहने व्यक्तिहरु र उनिहरू सँग सम्बन्धित व्यक्ति
  • इच्छुक व्यक्तिहरुलाई भने, व्यक्तिगत परामर्श पनि दिनेछौ। बिस्तृत जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस।

आवेदन : टेलिफोन मार्फत सेप्टेम्बर ३० तारिक सम्ममा फोन गर्नुहोस। तपाईले सिटीको वेबसाइटबाट पनि आवेदन गर्न सक्नुहुन्छ।
आवेदन वा सम्पर्कको लागि: शैक्षिक मार्गदर्शन बिभाग ०२२-२१४-८८७५

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917