Page ID: 73615

Updated: April 8, 2024

ここから本文です。

2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अप्रिल अंक

कर सम्बन्धि जानकारी

नगर करको प्रमाणपत्र बितरण गरिनेछ

वडाकार्यालय, सामान्य शाखाकार्यालय, प्रमाणपत्र वितरण केन्द्र, सेन्दाई स्टेशन अगाडिको सेवा केन्द्रबाट, नगरको कर प्रमाणपत्र, कर भुक्तानी गरेको वा नगरेको प्रमाणपत्र आदि विभिन्न प्रकारका प्रमाणपत्रहरू (शुल्क लाग्ने) जारी गरिनेछ। २०२४ आर्थिक बर्षको प्रमाणपत्र वितरण गर्ने अवधि भने, तलका निम्नअनुसार छन।

  • नगर तथा प्रान्तको कर भुक्तानी गरेको प्रमाणपत्र (तलबबाट स्वत कटौती भएको व्यक्ति), कर छुटको प्रमाणपत्र (कर छुट भएका व्यक्ति) … मे महिनाको मध्यतिरबाट
  • नगर तथा प्रान्तको कर भुक्तानी गरेको प्रमाणपत्र (कर सूचना कार्डको आधारमा भुक्तानी गरेका व्यक्ति, पेन्सनबाट कटौती भएका व्यक्ति) … जुन महिनाको मध्यतिरबाट

※केही प्रमाणपत्र, प्रमाणपत्र वितरण केन्द्र, सेन्दाई स्टेशन अगाडिको सेवा केन्द्रबाट वितरण गर्न नसकिने भएको हुँदा, पहिलेनै पुष्टी गर्नुहोस।
सम्पर्क:कर विभाग ०२२-२१४-८६२२ वडा कार्यालय कर तथा लेखा विभाग, मियागी सामान्य शाखा कर तथा निवास सम्बन्धि बिभाग, अकिउ सामान्य शाखा तथा मामिला विभाग

के तपाईंले नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन?

तपाईंले २०२३ आर्थिकबर्षको नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन? यदि भुक्तानी गर्न गाह्रो भएको छभने, सकेसम्म चाँडो वडाकार्यालयमा सम्पर्क गरि परामर्श गर्नुहोस।
नगरकर भुक्तानी गर्न नसक्दा स्थगित सम्बन्धि प्रणालीको बारेमा, जापानिज, अंग्रेजी, चाइनिज, कोरियन, भियनामी, नेपाली भाषाहरुमा हेर्न सकिन्छ।

नेपाली( External link )

बिधालय सहायता अनुदान प्रणालीको जानकारी

नगरपालिका मातहतको प्राथमिक, माध्यमिक बिधालयका साथै सेन्दाई सेइरियो निम्नमाध्यमिक विद्यालयमा (पहिलो सेमेस्टर पाठ्यक्रम) अध्ययनको लागि जाने बालबालिका र उनिहरुको अभिभावकलाई, आर्थिक अभावको कारणले विद्यालय जान समस्या भएमा विद्यालयका सामाग्रीहरु, विद्यालयको खाना, इत्यादिको लागि आंशिक रकम सहयोग प्रदान गरिनेछ। 
●लक्षित= बालबालिका पालनपोषण भत्ता प्राप्त गरिरहेको परिवार, कल्याणकारी सहायता रोकिएको, खारेज गरिएको परिवार, परिवारको कुल आय प्रत्येक परिवार संख्या र उमेर संरचना अनुसार गणना गरि मानक रकम भन्दा कम भएका व्यक्ति आदि
आबेदन:नगरपालिका भित्रमा अध्ययन गरिरहेको प्राथमिक, माध्यामिक बिधालय तथा सेन्दाई सेइरियो निम्नमाध्यमिक विद्यालय 
सम्पर्क:शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१

नागरिक स्वास्थ्य जाँचको लागि आवेदन दिन नबिर्सनुहोला

नगर द्वारा सञ्चालन गरिएका विभिन्न प्रकारका क्यान्सर परिक्षण र आधारभूत स्वास्थ्य परीक्षाको लागि प्रारम्भिक आवेदन गर्ने म्याद चाँही यहि अप्रिल २४ तारिक (बुधबार) (जानुपर्ने) हो। साथै, यस वर्षदेखि स्तन क्यान्सर परिक्षणको रुपमा ६५ वर्ष भन्दामाथिका व्यक्तिहरुको लागि म्यामोग्राफी जाँच मात्र समावेश गरिएकोछ।
आवेदन दिने बारे जानकारी, तपाई बस्नुभएको वार्डको वार्ड कार्यालय, सामान्य शाखा कार्यालय, नागरिक केन्द्र, आदिमा उपलब्ध हुनुका साथै, सिटिको वेबसाइटबाट पनि आवेदन दिन सक्नुहुन्छ। बिस्तृत जानकारीको लागि, आबेदन सामग्रीको लागि सिटिको होमपेजमा हेर्नुहोला।
सम्पर्क : वार्ड कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ

  • लक्षित बर्ग = सेवासंस्था आदि प्रयोग लाभ प्रमाणीकरण (नयाँ २ नम्बर, नयाँ ३ नम्बर) सुबिधाको उपयोग लिईरहनुभएका, नर्सरी तथा प्रमाणित गरिएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, लाइसेन्स नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
  • लक्षित गरिएको उपयोग गर्न सकिने अवधि = २०२४ जनवरी १ तारिक देखि मार्च ३१ तारिक
  • आबेदन गर्नुपर्ने अवधि = अप्रिल १९ तारिक (शुक्रबार)
  • बिस्तृत विवरणको लागि, सिटीको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क:सेन्दाई सिटि नि: शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय ०२२-२१४-८९७८

बाल-पालनपोषण भत्ता, विशेष बाल-पालनपोषण भत्ता प्रदान गरिने रकम परिवर्तन हुनेछ

कानूनको आंशिक भाग संशोधनको कारण, अप्रिल देखि भुक्तानी गरिने रकममा परिवर्तन गरिएको छ।
बाल पालनपोषण भत्ता (मे महिनामा भुक्तानी गरिने)

  • एउटा बच्चाको लागि:सबै भुक्तानी लिईदाको खण्डमा …मासिक ४५ हजार पाँचसय येन
    आंशिक भुक्तानी लिइदाको खण्डमा … मासिक १० हजार सातसय चालीस येन देखि ४५ हजार चारसय नब्बे येन
  • दुईवटा बच्चाको लागि:सबै भुक्तानी लिईदाको खण्डमा …मासिक ५६ हजार दुईसय पचास येन      
    आंशिक भुक्तानी लिइदाको खण्डमा … मासिक १६ हजार एकसय बिस येन देखि ५६ हजार दुईसय तिस येन 
  • तिनवटा बच्चाको लागि:सबै भुक्तानी लिईदाको खण्डमा … प्रति बच्चा प्रति महिना ६ हजार चारसय पचास येन थपहुनेछ
    आंशिक भुक्तानी लिइदाको खण्डमा … प्रति बच्चा प्रति महिना ३ हजार दुईसय तिस येन देखि ६ हजार चारसय चालीस येन थपहुनेछ

विशेष बाल पालन-पोषण भत्ता (प्रति बच्चा) (अगष्ट महिनामा भुक्तानी गरिने)

  • प्रथम श्रेणी अन्तरगत (वडाले तोकिएको अपांगता विशेष श्रेणीको आधारमा):मासिक ५५ हजार तिनसय पचास येन
  • दोस्रोश्रेणी अन्तरगत (वडाले तोकिएको अपांगता विशेष श्रेणीको आधारमा):मासिक ३६ हजार आठसय साठी येन

सम्पर्क:वडाकार्यालय बाल हेरचाह सहायता बिभाग, सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग

बच्चा जन्माउनु अघि र पछिको अवधि राष्ट्रिय पेन्सन बीमा शुल्क छुट हुने

बच्चा जन्मिने अपेक्षित मिति अथवा जन्मिने सम्बन्धित महिनाबाट ४ महिनाको अवधि (जुम्ल्याहा जन्माएको खण्डमा तिन महिना पहिलेदेखि छ महिना सम्मको अवधि) पेन्सन बीमा शुल्क भुक्तानीको लागि छुट दिइन्छ।
बच्चा जन्मिने बारेको सूचना पठाउनको लागि भने, सुत्केरी हुने दिन भन्दा ६ महिना पहिले देखि पठाउन सकिन्छ। बच्चा जन्मिए पछिपनि सूचना पठाउन सकिने छ, सूचना पठाउनको लागि समय सीमा तोकिएको छैन। तपाईले बच्चालाई जन्म दिनु अघि सूचना पेश गर्नुभएमा, बच्चा जन्मिने मिति पुष्टि गर्न सक्ने कागजपत्र (मातृबाल स्वास्थ्य बिबरण पुस्तिका, आदि) पनि लिएर जानुहोस। बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस।
●लक्षित=राष्ट्रिय पेन्सन भाग १ को राष्ट्रिय बिमामा दर्ता गरिएका व्यक्ति, जन्म मिति २०१९ फेब्रुअरी १ तारिक पछिको उल्लेख गरिएको 
सम्पर्क:वडाकार्यालय, मियागी सामान्य शाखा बीमा तथा कर बिभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

राष्ट्रिय पेन्सन भुक्तानी छुट गर्ने आदिको लागि आवेदन २ वर्ष एक महिना पहिलेबाट पनि

राष्ट्रिय पेन्सन रकम भुक्तानी गर्न गाह्रो हुने भएको खण्डमा, आबेदन गर्ने मितिबाट २ वर्ष एक महिना पहिलेदेखिको बिमा रकम छूट, भुक्तानी रोक्नको लागि आग्रह, विद्यार्थीहरुको लागी विशेष भुक्तानी छुटको लागी आवेदन दिन सक्नुहुन्छ। आबेदन
स्वीकृत भएपछि, राष्ट्रिय पेन्सन रकम भुक्तानी छुट वा रोक्का गरिनेछ।
सम्पर्क : वार्ड कार्यालयको मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

राष्ट्रिय स्वास्थ्य बीमा छोडी कर्मचारी बिमामा प्रबेश गर्दा सूचना पेश गर्न नबिर्सनुहोला

राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएका व्यक्ति काम गर्ने ठाउँको कर्मचारी स्वास्थ्य बीमामा सामेल हुँदा, वा परिवारको सदस्यको स्वास्थ्य बीमामा आश्रित हुँदा, कम्पनिबाट नयाँ स्वास्थ्य बीमा कार्ड आउने बित्तिकै, सकेसम्म चाँडो पुरानो स्वास्थ्य बिमा कार्ड बन्द गर्नको लागि सूचना पेश गर्नुहोस।
साथै, काम गर्ने स्थानको कर्मचारी स्वास्थ्य बीमामा प्रबेश गरेको दिनदेखि, राष्ट्रिय स्वास्थ्य बीमा कार्डको उपयोग गर्न सकिनेछैन।
सम्पर्क:वडाकार्यालय, मियागी सामान्य शाखा बीमा तथा कर बिभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917