ページID:70688

更新日:2023年10月11日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अक्टोबर अंक

भालु देखि सावधान रहनुहोस

शरद ऋतु (आकी) मा, जाडो शुरुहुनु भन्दा अघि भालुहरू खानाको खोजीमा मानव बस्ती नजिक तिर देखा पर्न सक्छन। त्यसैले, बगैचामा पाकेर टिप्नेबेला भएको हलुवाबेद वा कटुस भएमा चाडैनै टिप्नेकार्य गरौ। साथै, भालु देखिएको भन्ने जानकारी आएको क्षेत्रहरू तिर जाँदा घण्टी वा रेडियो साथमा लिएर जाने, विशेष गरी बिहान र बेलुकाको समयमा भालु देखि सावधान रहनुहोस। यदि भालु सँग जम्काभेट भयोभने, नडराईकन एकअर्काको सामना गर्ने र उसलाई नजिस्काइ बिस्तारै आफु पछि हट्नुहोस। भालुको आक्रमणको जानकारी,「भालुबाट आक्रमण हुनसक्ने छेत्रको नक्सा」वा सेन्दाई सिटीको LINE आधिकारिक एकाउन्ट (सोसल मिडिया) (साथी बन्ने र जानकारी प्राप्तको लागि सेटिङ गरेर 「भालुबाट आक्रमण」मा चयन गर्ने) बाट पनि जानकारी दिनेछौ।
सम्पर्क: पर्यावरण समाज बिभाग टेलिफोन: ०२२-२१४-००१३

सुनामी आउँदा आफ्नो ज्यान जोगाउने भन्ने बारेमा अभ्यास आयोजना गर्नेछौ

नोभेम्बर २ तारिक (बिहि) बिहान ९:४८ बजे तिर, मियागिनो वार्ड, वाकाबायाशी वार्ड, र ताइहाकु वार्ड भित्रको स्थानमा बसोबास जानकारी भएका मानिसहरूलाई लक्षित गरि, आफ्नो साथमा भएको मोबाइल फोननम्बर आदिमा, अभ्यासको लागि आपतकालीन पुर्बसूचना मेल पठाउनेछौ। 
साथै, सिटीको पूर्वी क्षेत्रमा आयोजना गरिने बाहिरी यन्त्र लाउडस्पीकर बाट निस्किने सूचना चर्को आवाज हुने हुँदा, कृपया ध्यान पुयाउनुहोस। 
सम्पर्क:विपद् न्यूनीकरण प्रवर्द्धन विभाग ०२२-२१४-३१०९

कर सम्बन्धित जानकारी

नगर तथा प्रान्तीय कर (केन मिन जे) भुक्तानी गर्नुपर्ने म्याद हो

आर्थिकबर्ष २०२३ को नगर तथा प्रान्तीय कर (केन मिन जे) को तेस्रोकिस्ता चाँही यही अक्टोबर ३१ तारिक (मंगल) सम्ममा भुक्तानी गर्नुहोस। साथै, बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिहरूले पनि अक्टोबर ३१ तारिक (मंगल) भित्रमा ट्रान्सफर गर्नुपर्ने हुन्छ।
सम्पर्क : भुक्तानी व्यवस्थापन बिभाग ०२२-२१४-१०१०
अक्टोबरमा तिरेको पेन्सनबाट काटिने नगर तथा प्रान्तीय कर (केन मिन जे) काटेको छ,छैन जाँच गर्नुहोस।
२०२३ अप्रिल १ तारिक हाल ६५ बर्ष वा सोभन्दा माथिका व्यक्तिहरु हुनुहुन्छ भने, र तपाईंको नगर तथा प्रान्तीय कर (केन मिन जे) बेंकखाताबाट आफै कटौती हुने व्यवस्था गर्नुभएको छ भने, हामी तपाईंलाई जून महिनामा तिरेको सूचना कार्ड पठाउनेछौं। कटौती गरिने रकम वा लक्षित सार्वजनिक पेन्सनको प्रकारको बारेमा पुष्टि गर्नुहोस। यदि तपाईंले सूचना कार्ड हराउनुभयो भने, पुनः पठाउने छौ।
सम्पर्क:नगर तथा प्रान्तीय कर (केन मिन जे) बिभाग ०२२-२१४-१००९

एड्स, सिफिलिस, यौनरोग परीक्षण

  • गोपनीयता अपनाई जाँच गराउन सकिन्छ
  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा एकमहिना अगाडि देखि अघिल्लो दिन सम्मको कार्यालयको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागिको मात्रैको फोन ०९०-४४७८-४६४१ बाट र सिटीको होमपेजमा पनि आवेदन गर्न सक्नुहुन्छ।

(1)रतिको समय परिक्षण गरिने एड्स, सिफिलिस, यौनरोग…नोभेम्बर ९ तारिक(बिहि)५:३०~७:०० /आओबा कु वडाकार्यालय परिक्षणको रिपोर्ट चाँही परिक्षण पछि सिधै सम्बन्धित व्यक्तिलाई जानकारी दिनेछौ। 

(2)बिदाको दिन परिक्षण गरिने एड्स, उही दिन परिक्षण गरिने सिफिलिस… नोभेम्बर ४ तारिक(शनि)१:३०~३:०० /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)

(3)रातिको समय परिक्षण गरिने एड्स, उही दिन परिक्षण गरिने सिफिलिस… नोभेम्बर १० तारिक (शुक), २४ तारिक (शुक्र) ५:००~७:००/ आएर बिल्डिङ ६ तल्ला 

(4)कार्यक्रम परिक्षण बैठक… नोभेम्बर २५ तारिक (शनि) १०:०० देखि ११:३०, २:०० देखि ३:३०
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं।(यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)

(1)र(4)को लागि परीक्षण क्षमता भने पहिले आइपुग्ने व्यक्तिको आधारमा २५ जाना, र(2)र(3)को लागि परीक्षण क्षमता भने पहिले आइपुग्ने व्यक्तिको आधारमा पहिले ३० जाना

सम्पर्क : संक्रामक रोग नियन्त्रण कार्यालय ०२२-२१४-८०२९

नयाँ कोरोना भाइरस बिरुद्ध खोप लगाउने सम्बन्धि सूचना

नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा,जापानीज,सरल जापानीज,अंग्रेजी,चाइनिज,कोरियन,भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सक्नुहुन्छ।
नेपाली

प्रारम्भिक बालशिक्षा,नि:शुल्क बालहेरचाहको लागिको अनुरोधलाई स्वीकार गर्नेछौ

  • लक्षित बर्ग= सेवासंस्था आदि प्रयोग गर्न सहयोगको मान्यता (नयाँ २ नम्बर, नयाँ ३ नम्बर) सुबिधाको उपयोग प्राप्त गरिरहेका, नर्सरी तथा मान्यता पाएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, मान्यतापत्र नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था,सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको उपयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
  • लक्षित गरिएको उपयोग गर्न सकिने अवधि = जुलाई १ तारिक देखि सेप्टेम्बर ३० तारिक
  • अनुरोधको म्याद = अक्टोबर २० तारिक (शुक्र)
  • बिस्तृत जानकारीको लागि, सिटीको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस ।

सम्पर्क:सेन्दाई सिटि नि:शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय ०२२-२१४-८९७८

अर्को वसन्तमा प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिकाको स्वास्थ्य जाँच

  • स्थान= विद्यालय समयमा गरिने स्वास्थ्य परीक्षणको सूचनामा (अक्टोबरको पहिलो साता सम्ममा हुलाकबाट पठाउने) कुनै एउटा तोकिएको बिधालय छान्नुहोस
  • लक्षित बर्ग = २०१७ अप्रिल २ तारिक देखि २०१८ अप्रिल १ तारिक सम्ममा जन्मिएको बच्चा (अभिभावकको साथमा भएका)
  • लिएरजाने कुरा = बिधालय समयमा गरिने स्वास्थ्य परीक्षणको सूचनाकार्ड, बिधालय भित्र लगाउने जुत्ता, ज्योमेट्ररी वस्क
  • सैदान्तिक रूपमा, पार्किङको समस्याको कारण आफ्नो निजी कारबाट आउन मिल्नेछैन ।
  • अभिभावकहरू लक्षित「बालबालिका खेलाउनको लागिको कक्षा (लगभग ३० मिनेट)」 सन्चालन गर्ने बिधालय पनि छ।
  • तोकिएको बिधालयहरुमा मेडिकल जाँच गराउन नसक्नु भएको खण्डमा, अन्य बिधालयमा पनि मेडिकल जाँच गराउन सक्नुहुन्छ। अवश्य पहिलेदेखिनै, तोकिएको बिधालय र मेडिकल जाँचको लागि जाने बिधालय दुवै पट्टिको बिधालयमा जानकारी गराउनुहोस।

सम्पर्क:【स्वास्थ्य जाँच】स्वास्थ्य तथा शिक्षा महाशाखा ०२२-२१४-८८८१
【बालबालिका हुर्काउनको लागिको कक्षा (बालहेरचाह भएको, नभएको आदी)】प्रत्येक बिधालय तथा नियमित अध्यापन कार्य बिभाग ०२२-२१४-८८८७

२०२४ अप्रिल देखि नर्सरी स्कूल, किन्डरगार्डेन आदिको लागि आबेदन खुल्ला हुनेछ। अक्टोबर १२ तारिकबाट नर्सरी स्कूल, किन्डरगार्डेन आदिको उपयोग गर्नको लागीको जानकारी वितरण गरिनेछ

(1)नर्सरी स्कूल आदि
लक्षित / आबेदन गर्न सकिने किन्डरगार्डेन र स्कूल आदि:

  • सिटि भित्र बसोबास गरेको हुनुपर्ने, बालबालिकाको उमेर ३ बर्ष भन्दा मुनिका (२०२१ अप्रिल २ तारिक पछि जन्मिएका) बालबालिका
    → नर्सरी स्कूल (नर्सरी), मान्यताप्राप्त बाल नर्सरी (नर्सरी स्कूल छेत्र), बालबालिका हेरचाह गर्ने आमा, ६ महिना पछिका बाल हेरचाह गर्ने स्थान, कार्यालयमा हुने बाल हेरचाह स्थान
  • सिटि भित्र बसोबास गरेको हुनुपर्ने, बालबालिकाको उमेर ३ वर्षभन्दा माथिको (२०१८ अप्रिल २ तारिक देखि २०२१ अप्रिल १ तारिकमा जन्मिएका) बालबालिका 
     → नर्सरी स्कूल (नर्सरी), मान्यताप्राप्त बाल नर्सरी (नर्सरी स्कूल छेत्र),
  • आबेदन गर्न सकिने अवधि= नोभेम्बर २ तारिक (बिहि) देखि डिसेम्बर १ तारिक (शुक्र)
  • आवश्यकता = बच्चा राख्न नर्सरीको आवश्यकताको बारेमा प्रमाणित गर्नुपर्ने कुरा (मान्यता भएको चाँही, रोजगारी, गर्भवती, सुत्केरी, बिरामी, अशक्तता तथा अपांगता, घरमा बृद्ध बाबुआमाको हेरचाह गर्दै गरेको, नर्स पेशा, प्राकृतिक बिपतको पछि समान मिलाउने कार्यले नभ्याई, जागिर खोज्नको लागि, बिधालय उपस्थित यस बाहेक अन्य परिस्थितिहरूको कारण बालबालिका हेरचाह गर्न असुबिधा भएको खण्डमा पनि नर्सरी मा राख्ने सुबिधा प्राप्त गर्न सक्नुहुन्छ।)
  •  बिस्तृत जानकारीको लागि अक्टोबर १२ तारिक देखि वडाकार्यालयको नर्सरी, बाल हेरचाह सहायता बिभाग, मियागी सामान्य शाखाको स्वास्थ्य तथा कल्याण बिभाग द्वारा वितरण गरिएको प्रयोग सामाग्री (सिटीको होमपेजबाट पनि डाउनलोड गर्न सकिन्छ) मा हेर्नुहोला।

आबेदन: प्रयोग सामाग्रीमा संलग्न भएको आवेदन फारम पहिलो छनोट को नर्सरी स्कूल आदि अवस्थित वडाकार्यालयको बाल हेरचाह सहायता बिभाग (मियागी सामान्य शाखाको अधिकार क्षेत्र र मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग) मा लिएर जानुहोस वा हुलाक मार्फत पठाउनुहोस।
(2)किन्डरगार्डेन, मान्यताप्राप्त बाल नर्सरी (किन्डरगार्डेन क्षेत्र)

  • सबै निजी किन्डरगार्डेन, मान्यताप्राप्त बाल नर्सरीमा पनि बालबालिका राखिदिने र हेरचाह गरिदिने गर्दछ ।
  • नर्सरी स्कूलको जस्तै रुपमा लामो समयसम्म बालबालिका राखिदिने र हेरचाह गरिदिने नर्सरी पनि छन।
  • राख्न सकिने अवधि, आवश्यकता, आवेदन गर्ने तरिका, आदिको लागि प्रत्येक नर्सरी स्कूलमा सम्पर्क गर्नुहोस।

सम्पर्कको लागि:
(1)वडाकार्यालयको बाल हेरचाह सहायता बिभाग, मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
(2)मान्यता प्राप्त सहायता विभाजन ०२२-२१४-८६५५
 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917