Page ID: 75679

Updated: August 7, 2024

ここから本文です。

2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अगष्ट अंक

भारी वर्षा र पहिरो जस्ता प्रकोपको लागि पूर्वतयारी「सेन्दाई प्रकोप रोकथाम हजाड म्याप」को बारेमा जानकारी लिएर राख्नुहोस

「सेन्दाई प्रकोप रोकथाम हजाड म्याप」मा चाँही, पहिरोको प्रकोपबाट जोखिम हुने गाउँ र क्षेत्र वा बाढीबाट डुबानमा पर्ने अनुमानित क्षेत्र आदिको तयार पारि नक्शा बनाएको हजाड म्यापमा प्रकासित गरिएको छ। साथै, सुरक्षाको लागि आफ्नै घर मै बस्ने वा बढी पहिरोमा असुरक्षि स्थान छ भने त्यो ठाउँबाट टाडा सुरक्षित स्थानमा जाने जस्ता उपयुक्त कार्यको चयन गर्नको लागि 「सुरक्षित स्थानमा चाडै जाने कार्य निर्णय प्रवाह」र अग्रिम रुपमा आफ्नो पारिवारिक संरचना, बसोबासको वातावरण आदि अनुसार तयार गरिएको सुरक्षित स्थानको योजना「मेरो टाइमलाइन」आदि विपद् पूर्वतयारीका लागि उपयोगी जानकारी पनि प्रकाशित गरिएको छ यो हेरि यसको प्रयोग गरि सुरक्षित बस्नुहोस।

आर्थिकबर्ष २०२४ को संस्करण「सेन्दाई प्रकोप रोकथाम हजाड म्याप」(२०२४ मे महिना भरि) अगष्ट १६ तारिक (शुक्र) देखि नगरपालिकाको वेबसाइटमा हेर्न सकिन्छ वा, नगरपालिकाको मुख्य सरकारी भवनको दोस्तो तल्लामा रहेको नगरपालिका सूचना केन्द्र, वडाकार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय, नागरिक केन्द्र आदिबाट वितरण गरिन्छ।

सम्पर्क : विपद् न्यूनीकरण प्रवर्द्धन बिभाग ०२२-२१४-३०४८

जे-अलर्ट राष्ट्रव्यापी सूचना एकैसाथ प्रसारण परीक्षण कार्य गरिनेछ

भूकम्प, सुनामी र सशस्त्र आक्रमण आदिको पूर्व तयारीको लागि, राष्ट्रव्यापी आपतकाली चेतावनी प्रणाली (जे-अलर्ट) प्रयोग गरी राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण कार्य अगष्ट २८ तारिक (बुधवार) बिहान ११ बजे गरिनेछ।
त्यस दिन, नगरको होमपेज, नगरको सोसियल मिडिया (लाइन) आधिकारिक वेबसाइट, संकट व्यवस्थापन बिभागको X (पुरानो ट्विटर) द्वारा पनि जानकारी गराउनुका साथै, नगरको पूर्वी भागमा जडान गरिएको लाउडस्पीकर द्वारा पनि, अडियो परीक्षणको प्रसारण कार्य गरिनेछ। कृपया ध्यान दिनुहोला।
सम्पर्क : संकट व्यवस्थापन बिभागको फोन ०२२-२१४-८५१९

कर सम्बन्धित जानकारी

नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिमम्याद सेप्टेम्बर महिनाको २ तारिक (सोमबार) हो

आर्थिकबर्ष २०२४ को नगर तथा प्रान्तीय कर (निवास कर) को दोस्रो किस्ता चाँही यही सेप्टेम्बर महिनाको २ तारिक (सोमबार) सम्ममा भुक्तानी गर्नुहोस। बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिले पनि सेप्टेम्बर महिनाको २ तारिक (सोमबार) सम्ममा ट्रान्सफर गर्नुपर्ने हुन्छ।

सम्पर्क : बिमा रकम भुक्तानी बिभाग ०२२-२१४-१०१०

बिभिन्न किसिमका समुद्री खानेकुराले पेटमा हुने सङ्क्रमण खाद्य विषाक्तताबाट सावधान रहनुहोस

गर्मी याममा, खानामा विषाक्त ब्याक्टेरिया सजिलो र छिटो फैलावट हुनेहुँदा, खाना विषाक्तता(फूड पोइजनिङ)हुने सम्भावना बढी हुन्छ। विशेष गरी बिभिन्न प्रकारका समुद्री खानेकुराको प्रयोग गर्नुपर्दा बिशेष ध्यान पुर्याउनुहोला।

  • फ्रिजमा राख्ने 
  • धाराको पानीले राम्रोसँग पखाल्ने 
  • खाना बनाएर तुरुन्तै खाने बासी नराख्ने

सम्पर्क : वडा कार्यालय सरसफाई विभाग

२०२४ आर्थिक बर्षको बाल भत्ता प्रणाली संशोधनको सूचना

२०२४ डिसेम्बर मा भुक्तानी गरिने रकम (अक्टोबर र नोभेम्बरको पनि) देखि बाल भत्ता प्रणाली बढाइने छ।

  • प्रणाली संशोधन सामग्री
  1. बाल भत्ता प्राप्त गर्नको लागि योग्य उमेर १८ वर्ष पुगेको पहिलो आर्थिक वर्ष (१८ बर्ष पुगेको बर्षको अन्तिम मार्च सम्म) को अन्त्य सम्ममा बदाईने छ।
  2. आयको प्रतिबन्धहरू पनि खारेज गरिएको छ, आम्दानीको परवाह नगरी भत्ताहरू प्राप्त गर्न सक्नुहुन्छ।
  3. तेस्रो सन्तान पछिको लागि प्राप्त गर्ने भत्ता पनि प्रति महिना १५ हजार येन बाट ३० हजार येन सम्म बढाइएको छ।
  4. तेस्रो सन्तानबाट प्राप्त गर्ने भत्ता रकम (धेरै सन्तान भएका लागि थप) वृद्धिको लागि गणना गरिएको योग्य उमेर १८ वर्ष पुगेको पहिलो आर्थिक वर्ष (१८ बर्ष पुगेको बर्षको अन्तिम मार्च सम्म) को अन्त्य सम्म बाट २२ बर्ष पुगेको पहिलो आर्थिक वर्ष (२२ बर्ष पुगेको बर्षको अन्तिम मार्च सम्म) को अन्त्य सम्ममा विस्तार गरिन छ ।
  5. भुक्तानी गरिने संख्या वर्षको ३ पटकबाट वर्षमा ६ पटक (महिनाको संख्या पनि) मा परिवर्तन हुनेछ।
  • यदि तलका मध्ये कुनै बुँदा अन्तर्गत पर्नुहुने व्यक्तिहरुले भने, २०२४ डिसेम्बर महिनामा पनि प्राप्त गरेपछि बाट बाल भत्ताहरू प्राप्त गर्न सकिने अवस्था पनि हुनसक्छ (प्राप्त गर्नको लागि भने आवेदन दिन आवश्यक पर्छ)
  1. आयकर प्रतिबन्धका कारण बाल भत्ता (विशेष सहायता रकम सहित) प्राप्त नगरेका व्यक्ति
  2. उच्च माध्यमिक विद्यालय उमेरका (यस आर्थिक वर्षको मार्चको अन्त्य सम्ममा १६ देखि १८ वर्ष उमेर पुग्ने) बालबालिका मात्र हुर्काइरहेका व्यक्ति
  3. पहिले देखि नै सिटिबाट बाल भत्ता (विशेष सहायता रकम सहित) प्राप्त गरिरहेका व्यक्तिहरु, बालबालिका हेरचाह स्थिति रिपोर्ट दर्ता नगरेका तर उच्च माध्यामिक विद्यालय उमेरका बालबालिका हुर्काइरहेका व्यक्ति
  4. उच्च माध्यामिक विद्यालय जाने उमेरको बालबालिका र बिश्वबिधालय जाने उमेरका बिधार्थी उमेर भएका (यस आर्थिक वर्षको मार्चको अन्त्यसम्म १९ देखि २२ वर्ष उमेर पुग्ने) बालबालिका सबै गरि ३ जना भन्दा बढी बच्चा हुर्काउने व्यक्ति
  • आवेदन गर्ने तरिकाको बारे बिस्तृत विवरणहरूको लागि यहाँ सम्पर्क गर्नुहोस।

सम्पर्क : सेन्दाई सिटी बाल भत्ता कल सेन्टर ०५७०-००८-३६३ (८:३०-१८:००)

बाल- पालनपोषण भत्ताको लागि वर्तमान स्थिति रिपोर्ट (गेन्क्योउ तोदोके), विशेष बाल-पालनपोषण भत्ताको लागि आय-आम्दानीको स्थिति रिपोर्ट पेश गर्न नबिर्सनुहोला

एकल अभिभावक भएका परिवारमा १७ बर्ष सम्मका बालबालिका हुर्काई रहनुभएका व्यक्तिहरुलाई सहयोगी गर्नको लागि प्रदान गरिदै आएको बाल-पालन पोषण भत्ता र, १९ बर्ष सम्मका अपाङ्गता भएका बालबालिकाहरू हुर्काई रहनुभएका व्यक्तिहरुलाई सहयोग गर्नको लागि प्रदान गरिदै आएको विशेष बाल-पालनपोषण भत्ता प्राप्त गर्नको लागि योग्य छछैन भनि पुष्टि गर्नको लागि, लक्षित बर्गका व्यक्तिहरुलाई पेश गर्नु आवश्यक पर्ने कागजपत्र पठाउनेछौं, त्यसैले कृपया फारम भरि अवश्य पेश गर्नुहोला।

  • पेश गर्नुपर्ने अवधि:【बाल-पालनपोषण भत्ता】अगष्ट १ तारिक (बिहीबार) देखि ३० तारिक (शुक्रबार),【विशेष बाल-पालनपोषण भत्ता】अगष्ट ९ तारिक (शुक्रबार) देखि सेप्टेम्बर ११ तारिक (बुधवार) (दुबै, कार्यालय बन्दहुने दिन बाहेक)

सम्पर्क:वाडा कार्यालय बाल हेरचार सहयोग बिभाग, सामान्य शखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

२०२५ आर्थिक बर्षको नयाँ भर्ना सेन्दाई सिटी मातहत मिनामि कोइजुमी माध्यामिक बिधालयको रात्रीकालिन कक्षामा नयाँ प्रवेशको बारेमा व्याख्या सत्र

  • मिति र समय: सेप्टेम्बर १० तारिक (मंगल) बेलुका ५:०० देखि ७:०० बजेसम्म
  • स्थान: सेन्दाई सिटि मतहत मिनामि कोइजुमी माध्यामिक बिधालय
  • सामग्री: रात्रीकालिन कक्षाको अवलोकन, नयाँ भर्ना गर्दासम्मको क्रमिक प्रक्रिया, आवेदन गर्ने तरिका आदिको बारेमा 
  • लक्षित बर्ग: २०२५ आर्थिक वर्षको अप्रिलमा नयाँभर्ना गर्न चाहने व्यक्तिहरु र तिनीहरू सँग सम्बन्धित व्यक्तिहरु
  • इच्छुक व्यक्तिहरुको लागि, परिचय कार्यक्रम सकिएपछि वा अर्को दिनमा व्यक्तिगत परामर्श पनि दिइनेछौ।

आवेदन: टेलिफोन मार्फत अगस्त ३० तारिक सम्ममा फोन गर्नुहोस। तपाईले सिटीको वेबसाइटबाट पनि आवेदन गर्न सक्नुहुन्छ।
आवेदन वा सम्पर्कको लागि: शैक्षिक मार्गदर्शन बिभाग ०२२-२१४-८८७५

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917