ページID:68713

更新日:2023年6月12日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)जुन अंक

नगर तथा प्रान्तीय कर छुट भएका परिवारको लागि खानेपानी शुल्क र ढल प्रयोग शुल्क छुट पाउनको लागि अबेदन लिईनेछ

  • छुट पाउने अवधि = आवेदन गरेको अर्को महिना देखि २०२४ जुन महिना सम्म
  • छुट हुने रकम =खानेपानी शुल्कको न्यूनतम शुल्क र ढल प्रयोग शुल्कको न्यूनतम उपयोग शुल्क
  • लक्षित =खानेपानी प्रयोग गरिरहेका नगर तथा प्रान्तीय कर छुट भएका परिवार सबैका लागि, बर्तमान अवस्थामा पनि आम्दानी कम भै उल्लेखनीय रूपमा जीवन यापनमा कठिनाई भएका, अन्य परिवारलाइ निरन्तर रहेकोमा आर्थिक सहायता नपाएका परिवार (भवन र खानेपानी आपूर्तिको आधारमा छुट नहुने अवस्था पनि हुन सक्छ।)

आवेदन : [पुनः अबेदन] गर्नको लागि सिटि द्वारा जूनको शुरु सम्ममा हुलाकबाट पठाइएको आवेदन फारममा भरेर पठाउने 

[नयाँ आवेदक] खानेपानीको प्रयोगकर्ता सबैजनाको २०२३ आर्थिकवर्षको कर छुट प्रमाणपत्र (१८ वर्ष मुनिका आश्रित सदश्यहरूको चाँही आवश्यक पर्दैन) घरमूलीको अनुमतिपत्र (घरमूलीको सट्टामा अन्य व्यक्तिले आवेदन दिएको खण्डमा मात्र) लिएर गई खानेपानी संस्थान दक्षिण शुल्कभुक्तानी केन्द्र, उत्तर शुल्कभुक्तानी केन्द्र, नगरपालिका शुल्कभुक्तानी केन्द्र, आवेदन फारम भरि हुलाक बाट पठाउन पनि सकिन्छ। यदि नयाँ आवेदकले हुलाक मार्फत पठाउन चाहनुहुन्छ भने हामीलाई अग्रिम रुपमा सम्पर्क गर्नुहोस ([आओबा वार्ड, इजुमी वार्ड] उत्तर शुल्क भुक्तानी केन्द्र ०२२-३७१-८८३०, [मियागिनो वार्ड, वाकाबायाशी वार्ड, ताइहाकु वार्ड] दक्षिण शुल्कभुक्तानी केन्द्र ०२२-३०४-००२०)

सम्पर्क : खानेपानी संस्थान दक्षिण शुल्कभुक्तानी केन्द्र ०२२-३०४-००२०, भवन निर्माण संस्थान व्यवसाय बिभाग ०२२-२१४-८८०९

निवास कर (ज्युमिन जे) छुट भएका परिवार आदिलाई आपतकालीन अनुदान सहायता प्रदान गरिनेछ

ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यवृद्धि लगायतका कारण, विशेष गरी यसबाट प्रभावित भएका निवास कर छुट भएका परिवारहरू आदिलाई आर्थिक बोझ कम गर्न को लागी प्रति परिवार ३०,००० येन प्रदान गरिनेछ।

  • भुक्तानीको लागि लक्षित=तलको 1・2 मध्ये कुनै पनि अन्तर्गत पर्ने परिवार (निवास कर तिर्न पर्ने व्यक्तिभएमा र घरका सबै सदस्य आश्रित भएका परिवार बाहेक)
  1. २०२३ मे १ तारिक सम्ममा आफु बसेको सिटिमा निवास दर्ता गरेको भै,परिवारका सबै सदस्यहरूको २०२२ आर्थिकबर्ष अथवा२०२३ आर्थिकबर्षको औसत प्रति व्यक्ति दर निवासकर छुट भएको (जीवनयापनको लागि सहायता रकम प्राप्त गर्दै आएका परिवारहरू समेत)
  2. आवेदन गर्दाको मिति सम्ममा पनि आफु बसेको सिटिमा निवासी दर्ता गरेको भै, अप्रत्याशित रूपमा २०२३ जनवरी देखि सेप्टेम्बर सम्मको आम्दानी घटेको कारणले गर्दा घरायसी खर्चमा अचानक कमि आएमा, 1 नम्बरको परिवारको जस्तै समान परिस्थिति भएको मान्यता पाएमा
  • अबेदन प्रक्रियाको तरिका =
  1. आफु बसेको सिटिबाट बिजुली, ग्यास,खाद्यान्न मूल्यवृद्धिको लागि आपतकालीन सहायता रकम (प्रति परिवार ५०,००० येन) भुक्तान पाएको परिवारहरूलाई भुक्तानी गर्नको लागि सूचना पठाउनेछौं। अनुदान प्राप्त गर्नको लागि आवेदन प्रक्रिया गर्नुपर्ने आवश्यक पर्दैन।(आफ्नो बैंक खाता परिवर्तन गर्न चाहने परिवारहरूले मात्र जुन ९ तारिक (शुक्रवार) सम्ममा सेन्दाई सिटि आपतकालीन अनुदान सहायता केन्द्रमा आवेदन दिन आवश्यक पर्छ।) माथिका बाहेक अन्य परिवारहरुका लागि,पुष्टी गर्नुपर्ने फारम आदि हुलाकबाट पठाउनेछौ। आवश्यक जानकारी भरेर, संलग्न भएको फिर्ता पठाउने खाममा हालेर हुलाकबाट पठाउनुहोस
  2. सेन्दाई सिटि आपतकालीन अनुदान सहायता केन्द्र (आओबा वार्ड कोकुबुनच्यो १-६-१८ तोहोकू ओजी फुदोउसान बिल्डिंग पहिलो तल्ला), नगरपालिकाको मुख्य भवनको पहिलो तल्लामा रहेको नागरिक कोठा, वडा कार्यालय, सामान्य शाखा कार्यालय आदिबाट वितरण गरेको आवेदन फारम भरेर (यदि अबेदन फारम चाहिने व्यक्तिलाई हुलाकबाट पठाउन पनि सक्नेछौ) हुलाकबाट पठाउनुहोस।
  • पेश गर्ने अन्तिम मिति = अक्टोबर २ तारिक 

सम्पर्क : सेन्दाई सिटि आपतकालीन अनुदान सहायता केन्द्र ०१२०-०७८-९९९ (कार्यालय दिनको बिहान ८:३० देखि बेलुका ७ :०० बजे)

नयाँ कोरोना भाइरस खोप लगाउने बारेको सूचना 

नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा,जापानीज,सरल जापानीज,अंग्रेजी,चाइनिज,कोरियन,भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सक्नुहुन्छ।
नेपाली

एड्स, सिफिलिस, यौनरोग परीक्षण

  • गोप्यरुपमा जाँच गराउन सकिन्छ
  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षणगर्ने मिति भन्दा एकमहिना अगाडि ~ अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागिको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।
  1. रतिको समय परिक्षण एड्स, सिफिलिस, यौनरोग…जुलाई ६ तारिक(बिहि)५:३०~७:०० /आओबा वडाकार्यालय परिक्षणको रिपोर्ट चाँही परिक्षण पछि सिधै सम्बन्धित व्यक्तिलाई जानकारी दिनेछौ।
  2. बिदाको दिन परिक्षण एड्स,सिफिलिस सरकारी बिदाको दिन गरिने परिक्षण… जुलाई १ तारिक(शनि)१:३०~३:०० /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)
  3. रातिको समय परिक्षण एड्स,सरकारी बिदाको दिन परिक्षण गरिने सिफिलिस… जुलाई १४ तारिक (शुक)
    र २८ तारिक (शुक) ५:००~७:००/ आएर बिल्डिङ ६ तल्ला

2・3परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं।(यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)

1नम्बरको लागि परिक्षण गरिने व्यक्तिहरु भने पहिले आउने व्यक्तिबाट २५ जना, 2र 3 नम्बरको लागि भने,पहिले आउने व्यक्तिबाट ३० जना

सम्पर्क : संक्रामक रोग नियन्त्रण कार्यालय (०२२-२१४-८०२९)

बाल भत्ताको「वर्तमान स्थिति रिपोर्ट」पेश गर्ने बारेमा बुझनुहोस 

सैद्धान्तिक रूपमा, वर्तमान स्थिति रिपोर्ट पेश गर्न आवश्यक पर्दैन तर, बालबालिकाको पालनपोषण परिस्थितिको कारणले यसलाई निरन्तरता दिई पेश गर्नु आवश्यक पर्ने व्यक्तिहरूका लागि भने, जुन भित्रमा हुलाकद्वारा पठाइनेछ। जुन ३० तारिक सम्ममा पेश गर्नुहोस।
चिट्ठी पठाउदा संलग्न गरिएको फेरी पठाउनको लागिको खाममा हुलाक मार्फत वा यसबाहेक,माइनापोर्टल बाट इलेक्ट्रोनिक आवेदन पनि दिन सक्नुहुन्छ। जुन १ तारिक पछिदेखि भने, काउन्टरबाट पनि आवेदन दिन सक्नुहुन्छ।
सम्पर्क : वार्ड कार्यालय बाल हेरचाह सहायता बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण विभाग

राष्ट्रिय स्वास्थ्य बीमा शुल्क निर्णय गरिएको सूचनाकार्ड पठाईनेछ

२०२३ आर्थिकबर्षको राष्ट्रिय स्वास्थ्य बीमा शुल्क निर्णय गरिएको सूचनाकार्ड जुन १५ तारिकमा पठाउने छौँ।

  • जुन १५ तारिक (बिहि) देखि जुलाई ४ तारिक (मंगल) सम्बन्धित कल सेन्टर खुल्ला गरिनेछ।   ०२२-२१७-६५३१ (कार्यालयको दिन बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे)
  • २०२३ आर्थिक बर्ष भित्रमा घरमुली ७५ वर्ष पुग्नलागेका परिवारमा, विशेष सङ्कलन (सार्वजनिक पेन्सनबाट कटौती) गर्ने होइन, भुक्तानी रसिद द्वारा भुक्तानी गरिने अथवा बैंक ट्रान्सफर गरिनेछ।
  • २०२३ आर्थिकबर्षको बीमाशुल्क दरको बारेमा, सिटीको होमपेजमा पुष्टी गर्नुहोस वा सम्पर्क गर्नुहोस।

सम्पर्क : वडा कार्यालय, मियागी सामान्य शाखा बीमा तथा पेन्सन बिभाग, आकियु सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

राष्ट्रिय स्वास्थ्य बीमाको विशेष स्वास्थ्य परीक्षण गरौ 

  • स्वास्थ्य परीक्षण गर्ने अवधि=जुन १ तारिक (बिहि) देखि सेप्टेम्बर ३० तारिक (शनि), २०२४ जनवरी ४ तारिक (बिहि) देखि ३१ तारिक (बुध)
  • लक्षित = राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएका ४० बर्ष देखि ७४ वर्षका व्यक्तिहरू (२०२४ मार्च ३१तारिक सम्म)
  • लक्षित बर्गका व्यक्तिहरुलाई मे को अन्त्यमा परिक्षण टिकट पठाउनेछौं। आवेदन गर्नुपर्ने आवश्यकता पर्दैन। संलग्न गरि पठाएको पम्पलेटमा दर्ता गरिएको चिकित्सा संस्थाहरूमा गई स्वास्थ्य परिक्षण गर्नुहोस।
  • वृद्धबृद्धा चिकित्सा हेरचाह प्रणालीमा दर्ता भएका व्यक्तिहरु र ३५ बर्ष देखि ३९ बर्षको व्यक्तिहरु (२०२४ मार्च ३१ तारिक सम्म) ले, जुलाई १ तारिक देखि जाँच गरिने आधारभूत स्वास्थ्य परीक्षण गराउन सकिनेछ। आवेदन दिने तरिका आदिको बारेमा बिस्तृत विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क : वार्ड कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

कर सम्बन्धित जानकारी

नगर तथा प्रान्तीय कर भुक्तानी सूचनाकार्ड पठाईनेछ

२०२३ आर्थिक बर्षको नगर तथा प्रान्तीय कर भुक्तानी गर्ने सूचनाकार्ड चाँही जुन ८ तारिक (बिहि) मा पठाइनेछ। कर भुक्तानी सूचनाकार्डमा संलग्न गरिएको भुक्तानी गर्ने स्लिपहरू (४ पाना) कर भुक्तानी म्याद अनुसार विभाजित गरिएको हुनाले,हराएमा वा कर भुक्तानी म्याद नाघ्ने जस्ता गल्ती नहुने गरि ध्यान पुर्याउनुहोस। कर विवरणको लागि कर सूचनाकार्डमा भएको कर रषिदमा पुष्टी गर्नुहोस।
सम्पर्क : नगरपालिका कर विभाग【आओबा वार्ड, इजुमी वार्ड】०२२-२१४-८६३७ [मियागिनो वार्ड, वाकाबायाशी वार्ड, ताइहाकु वार्ड] ०२२-२१४-८६३८

नगर तथा प्रान्तीय कर(निवास कर) भुक्तानी गर्नुपर्ने म्याद जुन ३० तारिक (शुक्र) हो

२०२३ आर्थिकबर्षको नगर कर (निवास कर) को पहिलो किस्ता चाँही जुन ३० तारिक (शुक्र) सम्ममा भुक्तानी गर्नुहोला। बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिहरूले पनि जुन ३० तारिक (शुक्र) भित्रमा ट्रान्सफर गर्नुपर्ने हुन्छ।
सम्पर्क : बिमा रकम भुक्तानी बिभाग फोन : ०२२-२१४-१०१०

नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदनखुल्ला, आवेदन गर्ने मिति जुन १६ तारिक सम्म

यस पटक आवेदनको लागि चाँही, अबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणालीद्वारा मूल्याङ्कन गरि, उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको निर्णय गरिनेछ। 

  • 「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」=जुन ६ तारिक (मंगल) बाट नगरपालिका कोकुबुन्चो शाखा कार्यालय भवनको दोस्रो तल्ला सेन्दाई सिटि शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग,नगरपालिका सरकारी भवनको पहिलो तल्लामा रहेको नागरिक भवन, वाडा कार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय, अओवा कु वाडा कार्यालय परिवार र निवासी दर्ता बिभाग सेन्दाई स्टेशन अगाडि सेवा केन्द्र (आएर पाचौ तल्ला), प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वाडा कार्यालयको केन्द्रीय नागरिक भवन, प्रत्येक वाडाको समाज कल्याण परिषद् कार्यालय, सेवानिवृत्ति पछि सिक्ने र सिकाउने केन्द्रबाट वितरित
  • आबेदन गर्ने तरिका =तालिका भित्रबाट एउटा छानेर,「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」शीर्षकमा संलग्न आबेदन फारम, निवेदन फारामको लागिको खाममा हालेर जुन १६ तारिक सम्ममा हुलाकबाट पठाउनुहोस। 
  • कोठा भाडामा बस्ने व्यक्ति निर्धारण गर्ने तरिका(अंक प्रणाली)= अबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणाली, घरका सदस्यहरूको संख्याको आधारमा कोठाको क्षेत्रफल र तपबाथ आदि जडान नभएकोले कठिन वातावरण भएको, परिवार सदस्यको आयआम्दानी कम भै घरभाडाको समस्या, एकल अभिभावक भएको परिवार, अपाङ्गता भएका परिवार आदिको पारिवारिक स्थितिको कारणले घरमा बस्न नदिएको आदि छ वा छैन, धेरै पटक अबेदन गर्दा पनि नपरेको आदि आवासको आवश्यकताको बारेमा, आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको अभाव निवेदन फारमको आधारमा अंक दिईनेछ र उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको निर्णय गरिनेछ। प्रतिबिम्बित गर्ने अंक प्रणालीको बिस्तृत बिबरणको बारेमा चाँही 「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोस।
  • कोठामा सर्न सम्भब हुने दिन = २०२३ अक्टोबर ५ तारिक (बिहि) (को योजना)
  • आवेदन गर्न सक्ने व्यक्तिहरु = तलका निम्न सर्तहरू पूरा गरेका व्यक्तिहरु
  1. हाल आवासको लागि समस्यामा परेको
  2.  हाल परिवार सँगै बसीरहेको, परिवार सँगै बस्ने योजना भएको
  3. सिटि भित्रमा नै ठेगाना अथवा काम गर्ने ठाउँ भएको

यसबाहेक अरु पनि सर्तहरु छन जस्तो कि,निश्चित आयआम्दानी भन्दा कम भएको अवस्थामा। बिस्तृत जानकारीको लागि「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोस।
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्कको लागि:सेन्दाई शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग ०२२-२१४-३६०४

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917