ページID:71576

更新日:2023年12月8日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)डिसेम्बर अंक

बिधालयमा लाग्ने बिभिन्न खर्चको लागि आर्थिक सहायोग (नयाँ भर्ना र शैक्षिक सामाग्री खर्च) प्राथमिक विद्यालयमा प्रवेश गर्नु अघि भुक्तानी प्रदान गरिनेछ। 

  • लक्षित बर्ग=२०२४ को अप्रिल महिनामा प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिका भएका र निम्न सर्तहरू पुरा गरेका व्यक्तिहरु
  1. २०२४ फेब्रुअरी १ तारिक सम्म सेन्दाई सिटिमा आवास प्रमाणपत्र भएका, मार्च ३१ तारिक सम्म  सिटि भन्दा बाहिर सर्ने कुनै योजना नभएको
  2. अन्य नगरपालिका वा गाउँपालिकाबाट नयाँ भर्ना र शैक्षिक सामाग्री रकम प्राप्त नगरेका
  3. २०२४ फेब्रुअरी महिना सम्म कुनैपनि जिवनयापनको लागि आर्थिक सहायता रकम प्राप्त नगरेका
  4. २०२३ अप्रिल १ तारिक देखि २०२४ मार्च ३१ तारिकको अवधि भित्र, आफ्नो स्वामित्वमा कुनैपनि नयाँ घर नभएको
  5. वार्षिक कुल आम्दानी तोकिएको निश्चित रकम आदि भन्दा कम भएका परिवार वा, बालबालिका पालनपोषणभत्ता प्राप्त गर्दै आईरहेका परिवार आदि, बिधालयमा लाग्ने बिभिन्न खर्चको लागि सहायता रकम प्राप्तको लागि आवश्यक सर्तहरु पूरा गरेका परिवारहरू
  •  प्रदान गरिने रकम = ५४,०६० येन

आवेदन: डिसेम्बर २८ सम्ममा एस नगरपालिको प्राथमिक विद्यालयहरुको आर्थिक सहायता स्वास्थ्य जाँच बिबरण पत्र, बितरण गरिने आवेदन फारम मार्फत ( नगरपालिको वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने)
सम्पर्क : शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१

२०२४ मा सेन्दाई सिटिको २०बर्ष उमेरका व्यक्तिहरुको जमघट (हाताचि नो चुदोई) जनवरी ७ तारिक,(आइतवार) को दिन आयोजना गरिनेछ।

  • समय =२ बजे देखि साढे २ बजे (१२:३० मा प्रवेश खुल्ने)
  • स्थान=खामेइ एरिना सेन्दाई (सेन्दाई सिटिको खेलकुद हल)
  • लक्षित बर्ग=सेन्दाई सिटिमा बसोबास गर्ने, २००३ को अप्रिल २ तारिक देखि २००४ को अप्रिल १ तारिक सम्ममा जन्मेका व्यक्तिहरू (अक्टोबर मसान्त सम्म सेन्दाई सिटिको बासिन्दाका रूपमा दर्ता भएकाहरूका लागि, नोभेम्बर महिनाको अन्त्य देखि निमन्त्रणा पत्र पठाइनेछ। निमन्त्रणा पत्र नपाएकाले पनि सहभागी हुन मिल्नेछ।)
  • निमन्त्रणा पत्रमा भएको QR कोड अथवा सिटिको होमपेज मार्फत सम्बन्धित फारममा एक्स्सेस गरि, डिसेम्बर १० तारिक सम्ममा सहभागिताको लागि दर्ता गर्नुहोस।
  • त्यस दिनमा चाँही, निमन्त्रणा पत्र आदिमा लेखिएको बाटोको अनुसरण गरी तोकिएको स्थानमा प्रबेश गर्नुहोस।
  • पार्किङ स्थलको प्रयोग गर्न मिल्ने छैन। कृपया सार्वजनिक यातायातको प्रयोग गर्नुहोला।
  • रक्सी जन्य पदार्थ बोकेको वा सेवन गरेको व्यक्तिलाई प्रवेश निषेध गरिनेछ।

सम्पर्क: आजीवन सिकाई विभाग (०२२-२१४-८८८७)

एड्स, सिफिलिस, यौनरोग परीक्षण

  • गोपनीयता अपनाई परिक्षण गराउन सकिन्छ
  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा एकमहिना अगाडि देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागिको मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।

(1)रतिको समयमा परिक्षण गरिने एड्स, सिफिलिस, यौनरोग…जनवरी ११ तारिक(बिहिबार)५:३०~७: ०० /आओबा कु वडाकार्यालय परिक्षणको रिपोर्ट चाँही परिक्षण पछि सिधै सम्बन्धित व्यक्तिलाई जानकारी दिनेछौ। 

(2)बिदाको दिन परिक्षण गरिने एड्स, सोहि दिन परिक्षण गरिने सिफिलिस… जनवरी ६ तारिक(शनि)१:३०~३:०० / स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)

(3)रातिको समय परिक्षण गरिने एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस… जनवरी १२ तारिक (शुक), २६ तारिक (शुक) ५:००~७:००/ AER बिल्डिङ ६ तल्ला परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)

(1)को लागि परीक्षण क्षमता भने पहिले आइपुग्ने व्यक्तिको आधारमा २५ जाना, र (2)र (3)को लागि परीक्षण क्षमता पनि पहिले आइपुग्ने व्यक्तिको आधारमा पहिले आइपुग्ने ३० जाना

सम्पर्क: संक्रामक रोग नियन्त्रण कार्यालय ०२२-२१४-८०२९

राष्ट्रिय स्वास्थ्य बीमा रकम, वृद्धवृद्धा स्वास्थ्य बीमा रकमको भुक्तानी गर्ने तरिका परिवर्तन गर्न सकिन्छ।

बीमा रकम भुक्तानीको लागि विशेष सङ्कलन विधि (सार्वजनिक पेन्सनबाट कटौती) को प्रयोग गरेका व्यक्तिहरुले, बीमा शुल्कको भुक्तानी गर्ने बिधिलाई बैंकखाता मार्फत ट्रान्सफर हुने प्रणालीमा परिवर्तन गर्न मिल्दछ। परिवर्तनका लागि इच्छुक व्यक्तिहरुले बैंकखाता मार्फत ट्रान्सफर प्रणालीको आवेदन संगै विशेष सङ्कलनको रोक्काको आवेदन बुझाउनु पर्दछ। त्यस्तै, विशेष सङ्कलन रोक्का हुने समय, आवेदन बुझाएको समय अनुसार फरक पर्दछ।
सम्पर्क: वडा कार्यालय,मियागी सामान्य शाखा कार्यालयको बीमा र पेन्सन बिभाग, आकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य र कल्याण बिभाग

नयाँ कोरोना भाइरस खोप लगाउने बारेको सूचना

नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा,जापानिज,सरल जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सक्नुहुन्छ।
नेपाली

वर्षको अन्त्य र नयाँ वर्षको सुरुको दिनमा गरिने नगरको कामकाज 

नगरबाट गरिने काम चाँही, डिसेम्बर २९ तारिक (शुक्रबार) देखि जनवरी ३ तारिक (बुधबार) सम्म बिदा रहनेछ। वर्षको अन्त्य र नयाँ वर्ष सुरुको समयमा, वडा कार्यालय आदि ठाउँको काउन्टरहरूमा धेरै भीडभाड हुनेहुँदा, कार्यालय सम्बन्धित केही कामकाजको प्रक्रिया गर्नुपरेमा जतिसक्दो चाँडो गर्नुहुन अनुरोध गर्दछौ।

  • वडा कार्यालय
    विवाह दर्ता, मृत्यु दर्ता आदि पारिवारिक दर्ता को स्वीकृति, दाहसंस्कार अनुमतिपत्र जारी, डिसेम्बर २९ तारिक (शुक्रबार) देखि जनवरी ३ तारिक (बुधबार) मा पनि वडा कार्यालय, सामान्य शाखा कार्यालयको सुरक्षा कोठामा २४ सै घण्टा (आकिऊ सामान्य शाखा कार्यालय चाँही बिहान ८:३० बजे देखि बेलुका ८:०० बजे) सम्म सेवा उपलब्ध हुनेछ।
  • नगरद्वारा संचालित बस र रेल सेवा
    सञ्चालन समय तालिका र काउन्टरको समय परिवर्तन हुनेछ। बिस्तृत जानकारीको लागि यातयात बिभागको होमपेजमा हेर्ने अथवा यातयात बिभागको सूचना केन्द्र(०२२-२२२-२२५६ (डिसेम्बर २९ तारिक (शुक्रबार) देखि जनवरी ३ तारिक (बुधबार) सम्म बिहान ८:३० बजे देखि बेलुका ५ :०० बजेसम्म )मा सम्पर्क गर्नुहोला।
  • ग्यास, खानेपानी
    तल उल्लेखित काउन्टरहरु नयाँ वर्षको समय (डिसेम्बर २९ तारिक (बिहिबार) देखि जनवरी ३ तारिक (मंगलबार) पनि २४ सै घण्टा खुल्ला रहनेछ।
  1. ग्यास बिभाग सुरक्षा समिति ०२२-२५६-२१११(ग्याँस चुहावट आदिको लागि काउन्टर)
  2. खानेपानी मर्मत सेवा केन्द्र ०२२-३०४-३२९९(पानीको पाइप फुटेको, पानी चुहावट आदिको लागि काउन्टर)
  • ढल 
    ढलको मुख्य पाइपमा वा सार्वजनिक ढलको च्याम्बर थुनिएमा, सार्वजनिक म्यानहोल वा ढलको पाइप फुटेको आदि अवस्थामा, नगरपालिकाको सुरक्षा कक्ष (०२२-२६१-१११) मा सम्पर्क गर्नुहोस। आफ्नो घरको ढलको उपकरणमा समस्या आएको खण्डमा मर्मत कम्पनिमा सिधै सम्पर्क गर्नुहोस।
  • संघसंस्थाहरु बन्दहुने बारेमा
    खेलकुद संस्था, शैक्षिक संस्था, सांस्कृतिक संस्था आदिको बन्द हुने समयहरु फरकफरक हुनेछ। बिस्तृत विवरणहरूको लागि प्रत्येक संस्थामा सम्पर्क गर्नुहोस।
  • फोहोर संकलन आदि
    फोहोर संकलन गर्ने दिनको पालना गरि, संकलन गर्ने दिनको बिहान सबेरै देखि ८:30 बजे सम्ममा, फोहोर संकलन गर्ने स्थानमा लगेर राखिदिनुहोला।
    सम्पर्क : आफ्नो वार्डको पर्यावरण कार्यालय
    आओबा पर्यावरण कार्यालय ०२२-२७७-५३००
    मियागीनो पर्यावरण कार्यालय ०२२-२३६-५३००
    वाकाबायासी पर्यावरण कार्यालय ०२२-२८९-२०५१
    ताइहाकु पर्यावरण कार्यालय ०२२-२४८-५३००
    इजुमी पर्यावरण कार्यालय ०२२-७७३-५३००

नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आवेदन खुल्ला डिसेम्बर १६ तारिक सम्म आवेदन बुझिने

  • 「आवास आबेदन खुल्लाको जानकारी」= डिसेम्बर ६ तारिक (बुधबार) देखि नगरपालिकाको कोकुबुन्चो शाखा कार्यालयको दोस्रो तल्ला, सेन्दाई शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग, नगरपालिकाको मुख्य सरकारी भवनको दोस्रो तलामा रहेको नगरप्रशासन जानकारी केन्द्र, वडा कार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय,आओबा वार्ड कार्यालय नागरिक दर्ता बिभाग सेन्दाई एकिमाए सेवा केन्द्र (आएरु ५ तल्ला ), प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वार्डको केन्द्रीय नागरिक केन्द्र, सेन्दाई सिटि समाज कल्याण परिषद्को प्रत्येक वडा कार्यालयहरु, आजीवन सिकाई विभाग इत्यादिमा वितरण गरिन्छ
  • आवेदनको प्रक्रिया : उल्लेखित सूचीबाट एउटा घर छानी,「आवास आबेदन खुल्लाको जानकारी」मा भएको आवेदन फारमलाई खाममा राखी डिसेम्बर १६ तारिक सम्ममा पठाउनुहोला। धेरै आवेदन आएको खण्डमा गोलाप्रथा हुनेछ।
  • घर सर्न मिल्ने दिन =फेब्रुअरी २९ तारिक (बिहिबार) (को योजना)
  • आवेदन दिन मिल्ने व्यक्ति=तलका निम्न मापदण्डहरु पूरा गर्नेहरू
  1. हाल आवासको समस्या भएका
  2. हाल सँगै बस्ने वा सँगै बस्न चाहने आफन्तहरु भएका
  3. यस नगरमा बसाई वा काम भएकोहरु। यस बाहेक, निश्चित रकम भन्दा कम आय भएको मापदण्ड पनि हुनेछ। थप जानकारीको लागि「आवास आबेदन खुल्लाको जानकारी」हेर्नु होला।

 बिस्तृत जानकारीको लागि「आवास आबेदन खुल्लाको जानकारी」हेर्नु होला।

आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट घरेलु हिंसाका पीडितहरू, अपराधिक गतिबिधिबाट पीडित भएका व्यक्तिहरुको आवेदनको लागि भने सर्तहरू फरक फरक हुने भएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग ०२२-२१४-३६०४

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917