ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ > सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामहिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्यागजिन (सिसेदायोरी) (बहुभाषा डाइजेस्ट) > 2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)मे अंक
Page ID: 74309
Updated: May 10, 2024
ここから本文です。
सेन्दाईले「सेन्दाई सिटि सुरक्षित तरिकाले साइकल चलाउने नियम सम्बन्धी अध्यादेश」जारी गरेको हुँदा, सिटि भित्र साइकल चलाउने सबै व्यक्तिहरुले पालना गर्नुपर्ने नियमहरुको तालिका निर्धारण गरिएको छ। साइकल चलाउने व्यक्तिले पूर्ण रूपमा पूर्व तयारी को सुनिश्चित गरि, ट्राफिक नियमहरू को पालना गरि, सुरक्षित रूपमा साइकल चलाउने गरौं।
अध्यादेश अनुसार, साइकल चलाउने व्यक्तिले「हेलमेट नलगाई नहुने」भनेर निर्धारण गरेको छ। आफ्नो बहुमूल्य जीवन बचाउनको लागि, साइकल चलाउँदा हेलमेट लगाउने गरौं।
साथै,「साइकल द्वारा हुन सक्ने क्षतिको लागी क्षतिपूर्ति बिमा आदि」को लागि दर्ता गर्न अनिबार्य गरिएको छ। भैपरि आउने अवस्थालाई मध्यनजर गरि अवश्य, पहिलेबाट नै बीमा दर्ता गर्ने गरौं।
न्यून आय भएका परिवारलाई उच्च मूल्य विरुद्ध दिइने आपतकालीन सहायता अनुदान रकम आदिको बारेमा, सरल जापानी भाषा,अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी, नेपाली भाषाहरुमा पढ्न पनि सकिन्छ। यदि तपाईंले अहिलेसम्म आवेदन फारम भर्नुभएको छैन भने, सकेसम्म चाँडो अन्तिम म्याद भित्रमा भर्नुहुन अनुरोध गर्दछौं।
(1)न्यून आय भएका परिवारलाई उच्च मूल्य विरुद्ध दिइने आपतकालीन सहायता अनुदान रकम को बारेमा,
(2)न्यून आय भएका परिवारलाई उच्च मूल्य विरुद्ध दिइने आपतकालीन सहायता अनुदान रकम (अघिल्लो बर्षको आय दर बढी वा घटी भएपनि फरक नपर्ने, निवासी कर तिर्नुपर्ने परिवारका लागि मात्र) साथै बालबच्चा पालनपोषण गरिरहेका परिवारहरूका लागि अतिरिक्त सहायताको बारेमा)
(1)नेपाली भाषा
(2)नेपाली भाषा
(नेपाली भाषा)
२०२४ जनवरी १ तारिक तपाईंको हाल बसोबास भएको स्थानको वडाकार्यालयमा गई फोटोकपी लिन सकिनेछ। २०२४ अर्थिक वर्षको लागिको बिबरण कपिको बारेमा, तलका निम्नानुसार छन।
●आयकर छुट भएका व्यक्तिहरु, तलबबाट नगर तथा प्रान्तीय कर कटौती भएको व्यक्तिहरु
[ राखिने स्थान ]・काउन्टर ... मे १० तारिक (शुक्र) देखि वाडामा गई फोटोकपी लिन सकिनेछ
・कम्बिनीयन स्टोर डेलिभरी सेवा ...मे १९ तारिक (आइत) बाट फोटोकपी लिन सकिने
● कर भुक्तानी रषिद मार्फत कर तिरेको व्यक्तिहरु,पेन्सनबाट नगर तथा प्रान्तीय कर कटौती भएको व्यक्तिहरु
[पठाइने स्थान]・काउन्टर, कम्बिनीयन स्टोर डेलिभरी सेवा… जुन ७ तारिक (शुक्र) देखि फोटोकपी लिन सकिने
सम्पर्क : कर प्रणाली विभाग ०२२-२१४-८६२२, वाडा कार्यालय कर तथा लेखा विभाग, सामान्य शाखा कार्यालय कर तथा आवाष बिभाग,आकियु सामान्य शाखा कार्यालय सामान्य मामिला विभाग
२०२३ आर्थिकबर्षको नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन? यदि भुक्तानी गर्न गाह्रो छ भने, कृपया सकेसम्म चाँडो वडाकार्यालयमा सम्पर्क गर्नुहोस।
किता कर सङ्कलन बिभाग [आओबा वार्ड] ०२२-२१४-८१५२, [इजुमी वार्ड] ०२२-२१४-५०२७, मिनामी कर सङ्कलन बिभाग [मियागिनो वार्ड, वाकाबायाशी वार्ड] ०२२-२१४-८१५३, [ताइहाकु वार्ड] ०२२-२१४-८१५४
जापान वित्त निगम सार्वजनिक कोष सर्वसाधारणको लागि शैक्षिक ऋण (राष्ट्रिय शैक्षिक ऋण) को उपयोग गरेको व्यक्तिले चलाएको ऋणको ब्याज मध्ये, उच्च माध्यमिक बिधालय आदि पढाई अवधिमा भुक्तान गरिएको ब्याजमा अनुदान दिनेछौं।
सम्पर्क : शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१
सम्पर्क: बालबालिका सहायता अनुदान बिभाग ०२२-२१४-२१३३
२० बर्ष देखि ५९ वर्ष सम्मको व्यक्तिहरुले, अवकाश पाएपछि कर्मचारी बिमा अन्तर्गत सामाजिक कल्याण बिमाको लागी योग्य नहुने हुँदा, राष्ट्रिय पेन्सन प्रणालीमा नाम दर्ता गर्नको लागि प्रक्रिया पूरा गर्न आवश्यक पर्छ। आफुमा आश्रित जीवनसाथी वा परिवारले पनि प्रक्रिया पूरा गर्न आवश्यक पर्छ। साथै, कर्मचारी पेन्सनमा दर्ता भएका ६० देखि ६५ बर्षको कर्मचारीको ६० वर्षभन्दा मुनिको श्रीमती वा आश्रित परिवार, आफ्नो पति/पत्नीले अवकाश पाएपछि राष्ट्रिय पेन्सनको लागि आवेदन दिन आवश्यक पर्नेछ।
सम्पर्क:वार्ड कार्यालय, मियागी सामान्य शाखा कार्यालयको बीमा र पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य र कल्याण बिभाग
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई सिटी शहर निर्माण तथा सार्वजनिक आवास आबेदन बिभाग ०२२-२१४-३६०४
(1)एड्स, सिफिलिस को परिक्षण (कार्यक्रम निरीक्षण बैठक)…जून ८ तारिक(शनि)१०:०० बजेदेखि ११: ३० बजे, १४:०० बजेदेखि १५: ३० बजे /आओबा वडाकार्यालय
(2)बिदाको दिन परिक्षण गरिने एड्स, सोहि दिन परिक्षण गरिने सिफिलिस… जून १ तारिक(शनि)१:३० बजेदेखि ३:०० बजे /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)
(3)रातिको समय परिक्षण गरिने एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस… मे २४ तारिक (शुक्र) जून १४ तारिक (शुक्र) ५:०० बजेदेखि ७:०० बजे /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
(1)को लागि परीक्षण क्षमता भने पहिले आइपुग्ने व्यक्तिको आधारमा २५ जाना, र (2)र (3)को लागि परीक्षण
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९
परिवार सदश्यको आम्दानी मापदण्ड भन्दा कम भएको खण्डमा, तपाईको राष्ट्रिय स्वास्थ्य बीमा प्रिमियम घटाउने प्रणाली छ।
अघिल्लो वर्षको बीमा प्रिमियम कम भएको परिवारको लागी, २०२३ मा आफ्नो आयआम्दानी निर्क्यौल गर्न नसकेको खण्डमा, मे महिनाको मध्यभित्र「राष्ट्रिय स्वास्थ्य बीमा भुक्तानी सम्बन्धी कर समायोजन फारम」 पठाउने भएको हुँदा, मे २२ तारिक (बुध) सम्ममा अवश्य कर बुझाउनुहोला।
सम्पर्क:वार्ड कार्यालय, मियागी सामान्य शाखा कार्यालयको बीमा र पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य र कल्याण बिभाग
तलको (1)वा (2)मध्ये कुनै एक अन्तर्गत पर्ने व्यक्तिहरुले २०२४ जून महिना पछि देखि मात्र बाल भत्ता प्राप्त गर्न सकिने अवस्था पनि हुन्छ।
सम्पर्क:वाडा कार्यालय बाल हेरचार सहयोग बिभाग, सामान्य शखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग
お問い合わせ
Copyright©City of Sendai All Rights Reserved.