Page ID: 76693

Updated: October 9, 2024

ここから本文です。

2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अक्टोबर अंक

सुनामी आउँदा आफ्नो ज्यान जोगाउने भन्ने बारेमा अभ्यास आयोजना गर्नेछौ

नोभेम्बर ५ तारिक (मंगल) बिहान ९:४८ बजे तिर, मियागिनो वार्ड, वाकाबायाशी वार्ड, र ताइहाकु वार्ड भित्रको स्थानमा बसोबास गर्ने मानिसहरूको लागि जानकारी, मोबाइल फोनमा आपतकालीन अलर्ट इमेलहरु प्राप्त गर्न सकिने गरि सेट गरेका व्यक्तिहरुलाई प्रशिक्षणको लागि इमेल पठाइनेछ।
साथै, अभ्यासको लागी, सिटीको पूर्वी क्षेत्रमा आयोजना गरिने बाहिरी छेत्रमा जडान गरिएको लाउडस्पीकर बाट निस्किने, सुरक्षित स्थानमा भाग्नको लागि को सूचना चर्को आवाजमा प्रसारण हुने हुँदा, कृपया ध्यान पुयाउनुहोला।
सम्पर्क:विपद् न्यूनीकरण प्रवर्द्धन विभाग ०२२-२१४-३१०९

भालु देखि सावधान रहनुहोस

शरद ऋतु (आकी) मा, जाडो शुरुहुनु भन्दा अघि भालुहरू खानाको खोजीमा मानव बस्ती नजिक तिर देखा पर्न सक्छन। त्यसैले, बगैचामा पाकेर टिप्नेबेला भएको हलुवाबेद वा कटुस भएमा चाडैनै टिप्नेकार्य गरौ। साथै, भालु देखिएको भन्ने जानकारी आएको क्षेत्रहरू तिर जाँदा घण्टी वा रेडियो साथमा लिएर जाने, विशेष गरी बिहान र बेलुकाको समयमा भालु देखि सावधान रहनुहोस। यदि भालु सँग जम्काभेट भयोभने, नडराईकन एकअर्काको सामना गर्ने र उसलाई नजिस्काइ बिस्तारै आफु पछि हट्नेगरौं। बिस्तृत जानकारीको लागि सिटिको  वेबसाइटमा हेर्नुहोस।
सम्पर्क: पर्यावरण सम्रक्षण समाज बिभाग टेलिफोन: ०२२-२१४-००१३

२०२५ अप्रिल देखि नर्सरी स्कूल, किन्डरगार्डेन आदि प्रयोग गर्नको लागि आबेदन 

(1)नर्सरी, बाल हेरचाह संस्था आदि
लक्षित / आबेदन गर्न मिल्ने किन्डरगार्डेन, बाल हेरचाह संस्था आदि:
■सिटि भित्र बसोबास गरेको हुनुपर्ने, बालबालिकाको उमेर ३ बर्ष भन्दा मुनिका (२०२२ अप्रिल २ तारिक पछि जन्मिएका) बालबालिका
→ नर्सरी स्कूल (किन्डरगार्डेन), मान्यता प्राप्त बाल नर्सरी (नर्सरी स्कूल छेत्र), घरको जस्तै बातावरण भएको बालकेन्द्र, शिशु हेरचाह केन्द्र, कार्यालय भित्र कर्मचारीको बालबच्चा हेरचाह केन्द्र
■सिटि भित्र बसोबास गरेको हुनुपर्ने, बालबालिकाको उमेर ३ वर्षभन्दा माथिको (२०१९ अप्रिल २ तारिक देखि २०२२ अप्रिल १ तारिकमा जन्मिएका) बालबालिका 
 → नर्सरी स्कूल (किन्डरगार्डेन), मान्यताप्राप्त बाल नर्सरी (नर्सरी स्कूल छेत्र),

  • प्रयोगको लागि आवश्यक मान्यता = बच्चालाई नर्सरीमा राख्न आवश्यक परेको भन्ने प्रमाणित हुनुपर्ने (मान्यता दिइएको चाँही, रोजगारी, गर्भवती, सुत्केरी, बिरामी, अशक्तता तथा अपांगता, घरमा बृद्ध बाबुआमाको हेरचाह गर्दै गरेको, नर्स पेशा, प्राकृतिक बिपतको पछि समान मिलाउने कार्यले नभ्याई, जागिर खोज्नको लागि, बिधालय उपस्थित यस बाहेक अन्य परिस्थितिहरूको कारण बालबालिका हेरचाह गर्न असुबिधा भएको खण्डमा पनि नर्सरी मा राख्ने सुबिधा प्राप्त गर्न सक्नुहुन्छ।)
  • आबेदन गर्न सकिने अवधि= नोभेम्बर १ तारिक (शुक्र) देखि डिसेम्बर ३ तारिक (मंगल)
  • यसवर्षमा बाल हेरचाह सुविधा केन्द्रको प्रयोग गर्नको लागि आवेदन दिएर पनि, अझै किन्डरगार्डेन उपलब्ध नभएकाहरूका लागि भने, फेरी यसलाई निरन्तरता दिई अप्रिलबाट उपयोग गर्न चाहानु भएको खण्डमा, तपाईंले फेरि आबेदन फारम भर्न आवश्यक पर्छ।
  • बिस्तृत जानकारीको लागि अक्टोबर ११ तारिक देखि वडाकार्यालयको नर्सरी बाल हेरचाह सहायता बिभाग, मियागी सामान्य शाखाको स्वास्थ्य तथा कल्याण बिभाग द्वारा वितरण गरिएको उपयोग गर्नको लागि जानकारी सामाग्री (सिटीको होमपेजबाट पनि डाउनलोड गर्न सकिन्छ) मा हेर्नुहोला।

आबेदन: पहिलो रोजाई को लागिको नर्सरी स्कूल प्रयोग गर्नको लागि जानकारी सामाग्रीमा संलग्न भएको आवेदन फारममा भरेर, वडाकार्यालयको बाल हेरचाह सहायता बिभाग (मियागी सामान्य शाखाको अधिकार क्षेत्र र मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग) मा फारम बुझाउनुहोस। अनलाइन मार्फत आवेदन गर्न पनि सक्नुहुन्छ। बिस्तृत विवरणका लागि सिटिको वेबसाइटमा हेर्नुहोस।
(2)किन्डरगार्डेन, मान्यताप्राप्त बाल नर्सरी (किन्डरगार्डेन क्षेत्र)

  • सबै निजी किन्डरगार्डेन, मान्यताप्राप्त बाल नर्सरीमा पनि बालबालिका राखिदिने र हेरचाह गरिदिने गर्दछ।
  • नर्सरी स्कूलको जस्तै रुपमा लामो समयसम्म बालबालिका राखिदिने र हेरचाह गरिदिने नर्सरी पनि छन।
  • आबेदन गर्न सकिने अवधि, आवेदन गर्ने तरिका, आदिको लागि प्रत्येक नर्सरी स्कूलमा सम्पर्क गर्नुहोस।

सम्पर्क:(1)वडाकार्यालयको बाल हेरचाह सहायता बिभाग, मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
(2)मान्यता प्राप्त सहायता विभाजन ०२२-२१४-८६५५

२०२४ आर्थिक बर्षमा न्यून आय भएका परिवारलाई उच्च मूल्य विरुद्ध दिइने आपतकालीन सहायता अनुदान रकम को लागी आबेदन चाडै भरौं

फेरी यसपटक आर्थिक बर्ष २०२४ मा आवास कर छुट भएका घरपरिवार अथवा तोकिएको निर्धारित आवास कर भन्दा कम कर तिरिरहेको घरपरिवारलाई मात्र प्रदान गरिने यो अनुदान रकमको लागि लक्षित परिवारलाई मात्र आवेदन फारम पठाउने छौ। यदि आबेदन प्रक्रिया पुरा नगर्नुभएको परिवारले भने, अक्टोबर ३१ तारिक (बिहि) (अक्टोबर १ तारिक देखि ३१ तारिकको बीचमा जन्मेको बच्चा तपाईमा आश्रित भै तपाईंले हेरचाह गरिरहनुभएको भएको खण्डमा, नोभेम्बर १५ तारिक (शुक्र) सम्ममा जति सक्दो चाँडो आबेदन प्रक्रिया पूरा गर्नुहोस।
सम्पर्क : सेन्दाई सिटि आपतकालीन सहायता अनुदान रकम को कार्यालय ०१२०-०००-४८३ (कार्यालयको दिन बिहान)

नेपाली भाषा

कर सम्बन्धि जानकार

नगर तथा प्रान्तीय कर (आवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद अक्टोबर ३१ तारिक (बिहि) हो

२०२४ आर्थिकबर्ष को नगर तथा प्रान्तीय कर (आवास कर) को तेस्रो किस्ता चाँही तपाईं बस्नुभएको स्थानीय वित्तीय संस्था आदि बाट, अक्टोबर ३१ तारिक (बिहि) सम्ममा भुक्तानी गर्नुहोला। साथै, बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिहरूले पनि अक्टोबर ३१ तारिक (बिहि) भित्रमा ट्रान्सफर गर्नुपर्ने हुन्छ।
सम्पर्क : कर भुक्तानी ब्यबस्थापन बिभाग फोन : ०२२-२१४-१०१०
अक्टोबर पछि भुक्तानी गर्नुपर्ने पेन्सनबाट कटौती गरिने नगर तथा प्रान्तीय कर को बारेमा पनि पुष्टी गर्नुहोस।

२०२४ अप्रिल १ तारिक हाल ६५ वर्ष भन्दा माथिका व्यक्तिहरुलाई, नगर तथा प्रान्तीय कर उनीहरूको सार्वजनिक पेन्सनबाट स्वत कटौती गरिने गरि बनाएकाहरुलाई, जुन महिनामा सूचना कार्ड पठाइनेछ। कटौती गरिएको करको रकम लक्षित सार्वजनिक पेन्सनको प्रकार आदिको बारेमा पुष्टी गर्नुहोस। 
सम्पर्क : नगरपालिका कर बिभाग ०२२-२१४-१००९

नोभेम्बर देखि बाल-पालनपोषण भत्ताको आयआम्दानी सीमा रकम चाँही, तेस्रो बच्चा पछिको लागि भने रकम थप गरिनेछ

नोभेम्बर पछिबाट आयआम्दानी सीमा रकम तलको निम्न अनुसार हुनेछ। साथै, तेस्रो बच्चा पछिको लागि रकम थप भएर दोस्रो र तेस्रो बच्चाको लागिको रकम बराबर हुनेछ।
(1)आश्रित बच्चाको संख्या : ० जना भएमा
नोभेम्बर पछिबाट आयआम्दानी सीमा रकम (रकम बुझ्ने व्यक्ति आफ्नो आयआम्दानी रकम) कुल भुक्तानी : ६,९०,००० येन (छ लाख ९० हजार)
आंशिक भुक्तानी: २०,८०,००० येन (२० लाख ८० हजार)

(2)आश्रित परिवारको संख्या : १ जना भएमा
नोभेम्बर पछिबाट आयआम्दानी सीमा रकम (रकम बुझ्ने व्यक्ति आफ्नो आयआम्दानी रकम) कुल भुक्तानी : १०,७०,००० येन (१० लाख ७० हजार)
आंशिक भुक्तानी: २४,६०,००० येन (२४ लाख ६० हजार)

(3)आश्रित परिवारको संख्या: २ जना भएमा
नोभेम्बर पछिबाट आयआम्दानी सीमा रकम (रकम बुझ्ने व्यक्ति आफ्नो आयआम्दानी रकम) कुल भुक्तानी : १४,५०,००० येन (१४ लाख ५० हजार)
आंशिक भुक्तानी: २८,४०,००० येन (२८ लाख ४० हजार)

(4)आश्रित परिवारको संख्या : ३ जना भएमा
नोभेम्बर पछिबाट आयआम्दानी सीमा रकम (रकम बुझ्ने व्यक्ति आफ्नो आयआम्दानी रकम) कुल भुक्तानी : १८,३०,००० येन (१८ लाख ३० हजार)
आंशिक भुक्तानी: ३२,२०,००० येन (३२ लाख २० हजार)

(5)आश्रित परिवारको संख्या : ४ जना भन्दा बढी भएमा
नोभेम्बर पछिबाट आयआम्दानी सीमा रकम (रकम बुझ्ने व्यक्ति आफ्नो आयआम्दानी रकम) : प्रति व्यक्ति ३,८०,००० येन (3 लाख ८० हजार) थपिने 

  • संशोधित भत्ता चाँही २०२५ जनवरी (नोभेम्बर र डिसेम्बर महिनाको भाग पनि) बाट भुक्तानी गरिनेछ।
  • हाल, आयआम्दानी सिमा प्रतिबन्धको कारण तपाईंले बाल पालन-पोषण भत्ता प्राप्त गर्नुभएको छैन भने पनि, जनवरी भुक्तानी पछिको बाल पालनपोषण भत्ता प्राप्त गर्न सकिने अवस्था पनि हुन्छ। भत्ता प्राप्त गर्नको लागि भने आवेदन दिन आवश्यक पर्छ। यदि, आवेदन गर्ने तरिका अथवा बिस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस।

सम्पर्क : वडाकार्यालय बाल हेरचाह सहायता बिभाग /सामान्य शाखा स्वास्थ्य र कल्याण डिभिजन

अर्को बर्षको हारुमा (स्प्रिङ) प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिकाको स्वास्थ्य जाँच

  • स्थान= विद्यालय समयमा गरिने स्वास्थ्य परीक्षणको सूचनामा (अक्टोबरको पहिलो साता सम्ममा हुलाकबाट पठाउने) कुनै एउटा तोकिएको बिधालय छान्नुहोस
  • लक्षित बर्ग = २०१८ अप्रिल २ तारिक देखि २०१९ अप्रिल १ तारिक सम्ममा जन्मिएको बच्चा (अभिभावकको साथमा भएका)
  • लिएरजाने कुरा = बिधालय समयमा गरिने स्वास्थ्य परीक्षणको सूचनाकार्ड, बिधालय भित्र लगाउने जुत्ता, ज्योमेट्ररी वस्क
  • सैदान्तिक रूपमा, पार्किङको समस्याको कारण आफ्नो निजी कारबाट आउन मिल्ने छैन।
  • अभिभावकहरू लक्षित「बालबालिका हुर्काउनको लागिको कक्षा (लगभग ३० मिनेट)」सन्चालन गर्ने बिधालय पनि छ।
  • तोकिएको बिधालयहरुमा मेडिकल जाँच गराउन नसक्नु भएको खण्डमा, अन्य बिधालयमा पनि मेडिकल जाँच गराउन सक्नुहुन्छ। अवश्य पहिले देखि नै, तोकिएको बिधालय र मेडिकल जाँचको लागि जाने बिधालय दुवै पट्टिको बिधालयमा जानकारी गराउनुहोस।

सम्पर्क:【स्वास्थ्य जाँच】स्वास्थ्य तथा शिक्षा बिभाग ०२२-२१४-८८८१
【बालबालिका हुर्काउनको लागिको कक्षा (बालहेरचाह भएको, नभएको आदी)】प्रत्येक बिधालय तथा नियमित अध्यापन कार्य बिभाग ०२२-२१४-८८८७

प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ

  • लक्षित बर्ग = सेवासंस्था आदि प्रयोग लाभ प्रमाणीकरण (नयाँ २ नम्बर, नयाँ ३ नम्बर) सुबिधाको उपयोग लिईरहनुभएका, नर्सरी तथा प्रमाणित गरिएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, लाइसेन्स नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
  • लक्षित गरिएको उपयोग गर्न सकिने अवधि = जुलाई १ तारिक देखि सेप्टेम्बर ३० तारिक
  • रषिदको म्याद = अक्टोबर १८ तारिक (शुक्र)
  • बिस्तृत विवरणको लागि, सिटीको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क:सेन्दाई सिटि नि: शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय ०२२-२१४-८९७८

आर्थिक बर्ष २०२५ मा नयाँ भर्ना को लागी सेन्दाई सिटी मातहत मिनामि कोइजुमी निम्नमाध्यामिक बिधालयको रात्रीकालिन अध्ययन नयाँ प्रवेश परिचय सत्र

  • मिति र समय : नोभेम्बर १२ तारिक (मंगल) बेलुका ६:३० देखि ७:१५ बजेसम्म
  • स्थान: सेन्दाई सिटि मतहत मिनामि कोइजुमी माध्यामिक बिधालय
  • बिषय सामग्री : रात्रीकालिन कक्षाको अवलोकन, नयाँ भर्ना गर्दाको क्रमिक प्रक्रिया, आवेदन गर्ने तरिका आदिको बारेमा
  • लक्षित बर्ग : २०२५ आर्थिक वर्षको अप्रिलमा नयाँभर्ना गर्न चाहने व्यक्तिहरु र उनिहरू सँग सम्बन्धित व्यक्ति
  • इच्छुक व्यक्तिहरुलाई भने, व्यक्तिगत परामर्श पनि दिनेछौ। बिस्तृत जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस।

आवेदन: टेलिफोन मार्फत नोभेम्बर ५ तारिक सम्ममा फोन गर्नुहोस। तपाईले सिटीको वेबसाइटबाट पनि आवेदन गर्न सक्नुहुन्छ।
आवेदन वा सम्पर्कको लागि: शैक्षिक मार्गदर्शन बिभाग ०२२-२१४-८८७५

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917