ページID:70126

更新日:2023年9月12日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)सेप्टेम्बर अंक,

सेन्दाई सिटी मातहत मिनामि कोइजुमी माध्यामिक बिधालयको रात्रीकालिन कक्षाको नयाँ भर्ना सम्बन्धमा

सेन्दाई सिटि मातहतको मिनामी कोइजुमी माध्यामिक बिधालयको रात्रीकालिन कक्षा, २०२४ मा नयाँ भर्ना हुन चाहने विधार्थीहरूको लागि नयाँ प्रवेशको बारेमा व्याख्या गर्ने कार्यक्रमको आयोजना गर्नेछौ।

  • लक्षित बर्ग= प्रिफेक्चरमा बसोबास गर्ने र तलको निम्नलिखित कुरा मध्ये कुनै पनि अन्तर्गत पर्ने व्यक्तिहरु
    (१) अनिवार्य शिक्षा पूरा नगरी विद्यालयमा पढ्ने उमेर नाघेका व्यक्तिहरु
    (२) विद्यालयमा भर्ना लिन अस्वीकार जस्ता विभिन्न कारणले पर्याप्त शिक्षा प्राप्त नगरी माध्यामिक स्थरको शिक्षा मात्र पुरा गरि ग्राजुएसन भएका व्यक्तिहरु
    (३) आफ्नो देश वा जापानमा अनिवार्य शिक्षा पूरा नगरी बिधालयमा पढ्ने उमेर नाघेका बिदेशी नागरिकहरु
  • मिति र समय : (१) अक्टोबर ३ तारिक (मंगल) ६:३० देखि ७:१५, (२) नोभेम्बर ११ तारिक (शनि) २:०० देखि २:४५
    स्थान : सेन्दाई सिटि मातहत मिनामि कोइजुमी माध्यामिक बिधालय (वाकाबायाशी कु इप्पोन सुगी मचि २-१)
    सामग्री : रात्रीकालिन कक्षाको अवलोकन, नयाँ भर्ना गर्दासम्मको क्रमिक प्रक्रिया, आवेदन गर्ने तरिका आदिको बारेमा परिचय
    लक्षित बर्ग : २०२४ अप्रिल मा नयाँभर्ना गर्न चाहने व्यक्तिहरु र तिनीहरू सँग सम्बन्धित व्यक्तिहरु
    (१) नम्बरको लागि मात्र, परिचय कार्यक्रमको अगाडी (५:४० देखि ६:२०) सम्ममा मात्र कक्षा अवलोकन गर्न सम्भव हुनेछ
  • इच्छुक व्यक्तिहरुको लागि, परिचय कार्यक्रम सकिएपछि वा अर्को दिनमा व्यक्तिगत रुपमा पनि परामर्श दिइनेछौ।
    आवेदन (१) सेप्टेम्बर २६ तारिक (२) नोभेम्बर २ तारिक सम्ममा, टेलिफोन मार्फत शैक्षिक मार्गदर्शन बिभागमा फोन गर्ने 
    सम्पर्क : शैक्षिक मार्गदर्शन बिभाग ०२२-२१४-८८७५

निवास कर (ज्युमिन जे) छुट भएका परिवार आदिका लागि दिइने आपतकालीन सहायता अनुदान रकमको निबेदन प्रक्रिया चाँडो भरौ

यस सहायता अनुदानको बारेमा, सरल जापानिज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सकिन्छ।
नेपाली

राष्ट्रिय स्वास्थ्य बिमाका बिमितहरुलाई नयाँ बिमाकार्ड पठाउनेछौ

राष्ट्रिय स्वास्थ्य बीमाका बिमितहरुको बिमाकार्ड नवीकरण गर्ने समय भएको हुनाले, नयाँ बीमा कार्ड परिवारको मुलीको नाममा सेप्टेम्बरको अन्त्य सम्ममा हुलाक द्वारा पठाउनेछौ।
यदि तपाइँ घरमा नभएको आदि कारणले प्राप्त गर्न सक्नुभएन र हुलाकीले फिर्ता लगेको लागि, हुलाक कार्यालय मा भण्डारण अवधि सकिएको खण्डमा, यसलाई फेरि पठाउन सकिने भएको हुँदा, यस्तो बेलामा हामीलाई सम्पर्क गर्नुहोस ।
सम्पर्कको लागि वाडा कार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा र पेन्सन बिभाग, अकिऊ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

एड्स, सिफिलिस, यौनरोग परीक्षण

  • गोपनीयता अपनाई परिक्षण गराउन सकिन्छ
  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा एकमहिना अगाडि ~ अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागिको मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।

(१)रतिको समयमा गरिने परिक्षण एड्स,सिफिलिस,यौनरोग…अक्टोबर १२ तारिक(बिहि)५:३०~७: ०० /आओबा कु वडाकार्यालय परिक्षणको रिपोर्ट चाँही परिक्षण पछि सिधै सम्बन्धित व्यक्तिलाई जानकारी दिनेछौ।
(२)बिदाको दिन परिक्षण गरिने एड्स, सोहि दिन परिक्षण गरिने सिफिलिस… अक्टोबर ७ तारिक(शनि)१:३०~३:०० /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)
(३)रातिको समय परिक्षण गरिने एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस… अक्टोबर १३ तारिक (शुक), २७ तारिक (शुक) ५:००~७:००/ AER बिल्डिङ ६ तल्ला 
(२)(३)परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं।(यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
(१)नम्बरको लागि परिक्षण गरिने व्यक्तिहरु भने, पहिले आउने व्यक्तिबाट २५ जना, (२) र (३) नम्बरको लागि भने,पहिले आउने व्यक्तिबाट ३० जना
सम्पर्क : संक्रामक रोग नियन्त्रण कार्यालय ०२२-२१४-८०२९

नयाँ कोरोना भाइरसको खोप लगाउने सम्बन्धित सूचना

नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा, जापानीज, सरल जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सक्नुहुन्छ।
नेपाली

नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदन खुल्ला – आवेदन गर्ने मिति सेप्टेम्बर १६ तारिक सम्म

यस पटक आवेदनको लागि चाँही, अबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणालीद्वारा मूल्याङ्कन गरि, उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको छनोट गरिनेछ। 

  • 「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」=सेप्टेम्बर 6 तारिक(बुध)बाट नगरपालिका कोकुबुन्चो शाखा कार्यालय भवनको दोस्रो तल्ला सेन्दाई सिटि शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग, नगरपालिका सरकारी भवनको पहिलो तल्लामा रहेको सामान्य जानकारी, वाडा कार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय बाट वितरित
  • आबेदन गर्ने तरिका =तालिका भित्रबाट एउटा छानेर,「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」शीर्षकमा संलग्न आवेदन फारम र कर समायोजन फारम पनि निवेदन पठाउनको लागिको खाममा हालेर सेप्टेम्बर १६ तारिक सम्ममा हुलाकबाट पठाउनुहोस।
  • भाडामा बस्ने व्यक्ति निर्धारण गर्ने तरिका(अंक प्रणाली)= निबेदकको आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको वातावरण र घरभाडाको समस्या आदि कारणको स्तरलाई प्रतिबिम्बित गर्ने अंक प्रणाली, घरका सदस्यहरूको संख्याको आधारमा कोठाको क्षेत्रफल र तपबाथ आदि जडान नभएकोले कठिन वातावरण भएको, परिवार सदस्यको आयआम्दानी कम भै घरभाडाको समस्या, एकल अभिभावक भएको परिवार, अपाङ्गता भएका परिवार आदिको पारिवारिक स्थितिको कारणले घरमा बस्न नदिएको आदि छ वा छैन, धेरै पटक अबेदन गर्दा पनि नपरेको आदि आवासको आवश्यकताको बारेमा, आर्थिक अवास्थ कमजोर भै बस्ने ठाउँको अभाव निवेदन फारमको आधारमा अंक दिईनेछ र उच्च मूल्याङ्कन अंकको आधारमा बस्ने व्यक्तिको निर्णय गरिनेछ। प्रतिबिम्बित गर्ने अंक प्रणालीको बिस्तृत बिबरणको बारेमा चाँही 「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोस।
  • कोठामा सर्न सम्भब हुने दिन = २०२४ जनवरी २५ तारिक (बिहि) (को योजना)
  • आवेदन गर्न सक्ने व्यक्तिहरु = तलका निम्न सर्तहरू पूरा गरेका व्यक्तिहरु
    (१)हाल आवासको लागि समस्यामा परेको
    (२) हाल परिवार सँगै बसीरहेको, परिवार सँगै बस्ने योजना भएको
    (३) सिटि भित्रमा नै ठेगाना अथवा काम गर्ने ठाउँ भएको

यसबाहेक अरु पनि सर्तहरु छन जस्तो कि,निश्चित आयआम्दानी भन्दा कम भएको अवस्थामा। बिस्तृत जानकारीको लागि「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोस।
आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग ०२२-२१४-३६०४

जापानिज भाषा कक्षाको जानकारी

यो नागरिक स्वयंसेवकहरू द्वारा विदेशीनागरिकहरूको लागिको सन्चालन गरिएको जापानी भाषा कक्षा हो ।

  • सेन्दाई जापानिज भाषाकक्षा (अन्तिम सेमेस्टर)
  • पढाईहुने अवधि= अक्टोबर ११ तारिक देखि मार्च ८ तारिक (अक्टोबर ६ तारिक (शुक) (९:०० a.m.बाट कक्षा छुट्याउने जाँच हुन्छ
  • पढाईहुने दिन =प्रत्येक हप्ताको मंगलबार देखी शुक्रबार ( कक्षा अनुसार फरक फरक हुन्छ)
  • पढाईहुने स्थान =आओबा कु च्युयो सिमिन सेन्टर (आओबा कु इचीबाँच्यो २-१-४)
  • कक्षा = प्राथमिक स्थर, माध्यामिक स्थर, उच्चमाध्यामिक स्थर, खान्जी आदि
  • पाठ्यपुस्तक शुल्क लाग्नेछ 
  • कक्षाको बारेको जानकारी वा निबेदन गर्नको लागि सेन्दाई पर्यटकिय अन्तर्राष्ट्रिय संघको होमपेज(External Link) मा पनि छ 

 सेन्दाई पर्यटकिय अन्तर्राष्ट्रिय संघको होमपेजमा, यसको जानकारीहरु बिदेशी भाषामा पनि हेर्न सकिन्छ । कृपया आफ्नो चिनजानको साथीहरुलाई पनि यसको जानकारी दिनुहोस ।
सम्पर्क :सेन्दाई पर्यटकिय अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६०
सिटि भित्र अन्य ठाउँमा पनि जापानिज भाषाकक्षाहरु छन ।
बिदेशी भाषाको जानकारी र सम्पर्कको लागि सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र दोभाषे सहायता फोन ०२२-२२४-१९१९


 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917