Page ID: 73196

Updated: March 11, 2024

ここから本文です。

2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)मार्च अंक

बसाईसराई गाइड

  •  सेन्दाई सिटी सामान्य कल सेन्टर「भनिदेउ मोरिनो मियाको हेल्पलाइन」
    टेलिफोन: ०२२-३९८-४८९४ फ्याक्स: ०२२-३९८-५०७०
    नगरपालिका अथवा वडाकार्यालयको बिभिन्न प्रक्रिया आदि प्रश्नहरूको बारेमा उत्तर दिनेछौ। सम्पर्क गर्न सकिने समय, बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म (कुनै पनि दिन विदा नहुने। शनिबार, आइतबार र सार्वजनिक विदाका दिन बेलुका ५:०० बजे सम्म मात्र )
    जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी, र नेपाली भाषाहरु उपलब्ध छन

 बसाईसर्दा निस्कने फोहोर

ठुलो आकारको फोहोर र धेरै मात्रामा निस्कने फोहोरहरु घरेलु फोहोरको रुपमा सङ्कलन स्थानमा फाल्न मिल्दैन। तल उल्लेखित कुनै बिधि (सशुल्क) मार्फत फोहोर ब्यबस्थापन गर्नुहोला। यधपी, ४ ओटा घरेलु विधुतीय उपकरणहरू (एयर कन्डिशनर,टेलिभिजन,फ्रिज,फ्रिजर,वाशिंग मेशिन, लुगा सुकाउने मेशिन), कम्प्युटर आदि सामानहरु नगरले फोहोर सङ्कलन गर्दैन। विस्तृत विवरणहरूको लागि नगरको होमपेजमा हेर्ने अथवा सम्पर्क स्थानमा सम्पर्क गर्नुहोला।

  1. ठुलो आकारको फोहोर सङ्कलनको लागि निवेदन (साधारणतया २ हप्तामा १ पटक सङ्कलन गर्ने)
    ठुलो आकारको फोहोर संकलन रिसेप्सन सेन्टर (निबेदन आवश्यक पर्ने) टेलिफोन: ०२२-७१६-५३०१
    सिटिको होमपेजबाट निबेदन फारम भर्नु पर्छ
  2. धेरै मात्रामा निक्लेको फोहोर (ठुलो आकारको फोहोर पनि समाबेश) को संकलन गर्न निवेदन को लागी, आफुबसोबास गरिरहेको वार्डको वातावरणीय कार्यालय (निवेदन आवश्यक पर्ने)
    (मियागी, अकिउ सामान्य शाखा कार्यालय मार्फत निबेदनको लागि मियागी सरसफाई तथा पर्यावरण
    निगमलाई ०२२-३९३-२२१६ मा सम्पर्क गर्नुहोला।
  3. आफैले प्रशोधन केन्द्रमा लाने
    इमाइजुमी प्रशोधन केन्द्र (इमाइजुमी वाकाबायाशी कु कामिशिन्डेन १०३, टेलिफोन: ०२२-२८९-४६७१)
    (कुजुओका प्रशोधन केन्द्र (आओबा-कु रोकुजी कुजुओका ५७-१ टेलिफोन: ०२२-२७७-५३९९)

सम्पर्क :
आओबा पर्यावरण कार्यालय ०२२-२७७-५३००, मियागिनो पर्यावरण कार्यालय ०२२-२३६-५३०० 
वाकाबायाशी पर्यावरण कार्यालय ०२२-२८९-२०५१, ताईहाकु पर्यावरण कार्यालय ०२२-२४८-५३०० 
इजुमी पर्यावरण कार्यालय ०२२-७७३-५३००, घरेलु फोहोर न्यूनीकरण विभाग ०२२-२१४-८२२७

बसाईसराई दर्ता, उपचार खर्चको अनुदान आदि जस्ता प्रक्रियाको लागीको काउन्टर

  • बसाईसराई दर्ता
    वडाकार्यालयको परिवार तथा निवासी दर्ता विभाग, सामान्य शाखा कार्यालयको कर तथा निवासी दर्ता विभाग, आओबा वडाकार्यालयको परिवार तथा निवासी दर्ता विभागको सेन्दाई स्टेशन अगाडी सर्भिस सेन्टर (आएरु ५औं तला, नयाँ ठेगाना वा पुरानो ठेगाना भएका आओबा वार्डका बासिन्दाहरु लक्षित)
  • बालबालिका, आमा वा बुवा मात्रको एकल परिवारको बच्चाहरूको उपचार खर्चको लागि अनुदान, बालभत्ता को लागी सूचना आदि
    वडाकार्यालयको बाल हेरचाह अनुदान विभाग, सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
  • शारीरिक र मानसिक रूपमा अशक्तका लागि उपचार खर्चको अनुदान 
    वडाकार्यालय, मियागी सामान्य शाखा कार्यालय अपाङ्ग वृद्ध विभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
  • इलेक्ट्रिक साइकल
    वार्ड कार्यालयको कर तथा लेखा बिभाग, सामान्य शाखा कार्यालयको कर तथा निवासी दर्ता बिभाग

सार्वजनिक सेवा शुल्क आदि

  • ग्यास (ग्यास शाखाको ग्राहक सेन्टर) बसाईसराई विशेषको लागि टेलिफोन (टोल फ्री)
    ०८००-८००-८९७८
  • खानेपानी (खानेपानी शाखाको कल सेन्टर)
    टेलिफोन :०२२-७४८-११११
  • NHK (NHK फ़ुरेआई सेन्टर )
    ०१२०-१५१५१५
  • बिजुली
    बिजुलीको आपूर्ति रोक्न वा सन्चालन गर्ने बारेमा, सम्झौता भएको प्रत्येक खुद्रा बिजुली कम्पनीलाई सम्पर्क गर्नुहोस। 

 प्राथमिक,निम्न माध्यमिक विद्यालय परिवर्तन र नयाँ भर्ना

शैक्षिक मामिला विभाग ०२२-२१४-८८६०

बसाईसराईको सिजनको लागि वार्ड कार्यालयको काउन्टर आइतबारको दिन पनि खुल्ला गरि,सोमबार देखि शुक्रबार सम्म बेलुकाको ६ बजे सम्म लम्बाईएको छ।

(1)आइतबार काउन्टर खोल्ने छ

  • अवधि=मार्च ३१ तारिख आइतबार र अप्रिल ७ तारिख आइतबार
  • समय=बिहान ९ बजे देखि दिउसो ३ बजे सम्म
  • लक्षित काउन्टर=वार्ड कार्यालयको परिवार दर्ता तथा निवासी विभाग

※सामान्य शाखा कार्यालय आइतबार खुल्ला नरहने

(2)सोमबार देखि शुक्रबार सम्म काउन्टर खुल्ला रहने समय लम्बिने

  • अवधि=मार्च २५ तारिख सोमबार देखि अप्रिल ८ तारिक कार्यालयको दिन
  • समय=बिहान ८:३० बजे देखि बेलुका ६ बजे सम्म (सामान्य शाखा कार्यालय नियमित रुपमा बेलुका ५ बजे सम्म)
  • लक्षित काउन्टर=वार्ड कार्यालयको परिवार दर्ता तथा निवासी विभाग,आओबा वार्ड कार्यालयको परिवार दर्ता तथा निवासी विभागको सेन्दाई एकि माय सर्भिस सेन्टर (आएरु ५औं तला। सेन्दाई एकि माय सर्भिस सेन्टर नयाँ ठेगाना वा पुरानो ठेगाना भएका आओबा वार्डका बासिन्दाहरु लक्षित)

※बिहान १० बजे देखि दिउसो ३ बजे तिर सम्म भिड हुने। मार्च २५ तारिख सोमबार, २९ तारिख(शुक्र), अप्रिल १ तारिख (सोम)、२ तारिख (मंगल), ५ तारिख (शुक्र) भीड हुने अपेक्षा गरिएको छ।

※तपाई घरमा हुनुभएको बेला वा बाहिर भएको समयमा भएपनि, वडाकार्यालयको परिवार दर्ता तथा निवास बिभागमा पालोपर्खिबसेका व्यक्तिहरूको संख्या सिटिको होमपेजबाट जाँच गर्न सक्नुहुन्छ।

〇लक्षित काम (ठेगाना परिवर्तनको जानकारी संग सम्बन्धित काम मात्र)

  • बसाईसराई दर्ता र त्यस संग सम्बन्धित राष्ट्रिय स्वास्थ्य बीमा,राष्ट्रिय पेन्सन, हेरचाह बीमाको ठेगाना परिवर्तन सूचनाको आवेदन
  • विद्यालय परिवर्तन, विद्यार्थीको विद्यालयको नामांकन
  • निवास दर्ता प्रमाणपत्र, परिवार दर्ता प्रतिलिपि、परिवार दर्ता सम्बन्धी प्रमाणपत्र、 हानको दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गर्ने, आदि।


सम्पर्क: वार्ड कार्यालयको परिवार दर्ता तथा निवासी विभाग

नगर बस संचालनको सूचना

  • अप्रिल १ तारिख देखि नगर बसको समय तालिका परिवर्तन हुनेछ।

नयाँ समय तालिका मार्च १५ तारिख शुक्रबार देखि वितरण गरिने सडक विभागको होमपेज मा पोस्ट गरिनेछ, त्यसैले कृपया हेर्नुहोस। समय तालिका पनि फ्याक्स वा हुलाक द्वारा पठाउन सकिन्छ। त्यसैले, अब देखि वाडाकार्यालय सामान्य साखाको गाइडहरू को समय तालिका आदि वितरण गरिने छैन। थप जानकारीको चाहिँएमा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क: सडक विभागको जानकारी केन्द्र ०२२-२२२-२२५६

जीवन कल्याण,अनुदान प्राप्त परिवारहरूको लागि खानेपानी र ढल उपयोग शुल्क छुटको लागि आवेदनहरू स्वीकार गरिने।

  • छूट अवधि = आवेदन दिएको महिनाको अर्को महिना देखि मार्च २०२५ सम्म
  • लक्षित वर्ग=जीवन कल्याण प्राप्त परिवार,चीनमा छुटेका जापानीहरूका लागिको अनुदान प्राप्त गर्ने परिवारहरू
  • छुट रकम =खानेपानी शुल्कको न्युनतम रकम,ढल उपयोग शुल्कको सम्पूर्ण रकम
  • नयाँ आबेदन दिने व्यक्तिहरु र हाल छुट प्राप्त लिनु भएको तर सहमति फारम नबुझाएकोहरुले छुट प्राप्त गरिरहेको वार्ड अथवा मियागी सामान्य शाखा कार्यालयको जीवन कल्याण विभागमा आवेदन दिनुहोला।
  • भवन वा खानेपानिको प्रयोग अवस्था हेरी छुट प्राप्त नहुने अवस्था पनि हुनसक्ने। 

सम्पर्क: खानेपानि विभाग दक्षिण शुल्क सेन्टर ०२२-३०४-००२०, निर्माण शाखाको कार्य विभाग ०२२-२१४-८८०९

नयाँ कोरोना भाइरस को निःशुल्क खोप लगाउन मार्च ३१ तारिख (आइतबार) मा समाप्त हुनेछ।

निःशुल्क रुपमा खोप लगाउन सकिने 「विशेष अस्थायी रुपमा लगाउने खोप」 कार्यक्रम चाँही मार्च ३१ तारिक (आइत) मा समाप्त हुनेछ। यदि लगाउन इच्छुक व्यक्तिहरुले चाडै लगाउन अनुरोध गर्दछौं।

नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा, सरल जापानिज,अंग्रेजी,चाईनिज,कोरियन,भियतनामी र नेपाली भाषामा हेर्न सक्नुहुन्छ ।
नेपाली

नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदन खुल्ला - मार्च १६ तारिख सम्म आवेदन बुझिने-

  • 「आवास आबेदन खुल्ला भएको जानकारी」=मार्च ६ तारिक(बुध)बाट नगरपालिका कोकुबुन्चो शाखा कार्यालय भवनको दोस्रो तल्ला सेन्दाई सिटि शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग, नगरपालिका सरकारी भवनको दोस्रो तल्लामा रहेको नगर सूचना केन्द्र, वाडाकार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय,आओबा वार्ड कार्यालयको नागरिक दर्ता बिभाग सेन्दाई एकिमाए सेवा केन्द्रको (आएरु ५ तल्ला ),प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वार्ड कार्यालयको केन्द्रीय नागरिक केन्द्र,प्रत्येक वार्ड कार्यालयहरूको सेन्दाई नगर समाज कल्याण परिषद्व, आजीवन सिकाई विभाग आदिमा वितरण 
  • आवेदनको प्रक्रिया : उल्लेखित घरहरुबाट एउटा घर छनौट गरि「आवास आवेदन खुल्लाको जानकारी」मा भएको आवेदन फारमलाई खाममा राखी मार्च १६ सम्ममा पठाउनुहोला । धेरै आवेदन आएको खण्डमा गोलाप्रथा हुनेछ। 
  • घर सर्न मिल्ने दिन = २०२४ को मे ३१ तारिक (शुक्र) को (योजना)
  • आवेदन दिन मिल्ने व्यक्ति=निम्न मापदण्डहरु पूरा गर्नेहरू (1)हाल आवासको समस्या भएकाहरु।(2)हाल संगै बस्ने वा संगै बस्ने योजना भएको परिवार भएकाहरु ।(3)यस नगरमा बसाई वा काम भएकाहरु। यस बाहेक, आय आम्दानी निश्चित तोकिएको मापदण्ड भन्दा कम हुनुपर्ने। विस्तृत जानकारीको लागि「आवास आवेदन खुल्लाको जानकारी」हेर्ने अथवा सम्पर्क गर्नुहोला।

आणविक प्रकोपका कारण सुरक्षित स्थानमा सर्न निर्देशन पाएको क्षेत्रमा बसोबास गर्ने व्यक्ति वा बालबच्चा, प्रकोप पीडितहरूको सहयोग ऐनमा आधारित अनुदानद्वारा लक्षित क्षेत्रहरूमा बसोबास गर्नेहरू, घरेलु हिंसाका पिडितहरू,आपराधिक गतिविधिका पिडितहरूको आवेदनको मापदण्डहरु फरक हुने भएकोले, हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क:सेन्दाई नगर निर्माण सार्वजनिक निगम बिभाग ०२२-२१४-३६०४

जापानिज भाषा कक्षाको जानकारी

नगरबासि स्वयंसेवकहरु द्वारा बिदेशी नागरिकहरुको लागि जापानिज भाषाको कक्षा हो। सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको होमपेज( External link ) मार्फत यस जानकारी बिदेशी भाषामा हेर्न सकिन्छ।
(1)सेन्दाई जापानी भाषा कक्षा (पहिलो चरण)

  • पाठ्यक्रम अवधि: अप्रिल ९ तारिख (मंगल) देखि सेप्टेम्बर १३ तारिख (शुक्र) ( अप्रिल ५ तारिख (शुक्र) बिहान साढे ९ बजे देखि कक्षा बाडफाड परीक्षा हुने।)
  • पढाई हुने दिन = हरेक हप्ता मंगलबार देखि शुक्रबार (कक्षा अनुसार फरक हुने)
  • पढाई हुने स्थान= आओबा वार्डको केन्द्रिय नागरिक केन्द्र (आओब कु इचीबाँच्यो २-१-४)
  • कक्षाहरू= प्राथमिक स्तर, माध्यमिक स्तर, उच्चमाध्यमिक स्तर, खानजी आदि
  • पुस्तक शुल्क लाग्ने छ
  • कक्षाको जानकारी वा आवेदन पत्र, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको होमपेजमा छ।

(2)विदेशी नागरिकहरूको लागि जापानी भाषा पाठ्यक्रम "जापानीज चिया कोठा" (बाल हेरचाहको व्यवस्था उपलब्ध छ)

  • पढाई हुने समय= हरेक हप्ता बुधबार, शुक्रबार बिहान १० बजे देखि ११:३० बजे सम्म
  • पढाई हुने स्थान= यागीयामा नागरिक केन्द्र(ताईहाकु कु यागीयामा होनचो १-४३)
  • कक्षाहरू: शुरुवाती स्तर,प्राथमिक स्तर, माध्यमिक स्तर, उच्चमाध्यमिक स्तर
  • पुस्तक शुल्क लाग्ने छ
  • जहिले बाट पनि सहभागी हुन सकिन्छ

(3)निहोंगो नो मोरी (स्थानीय जापानीज भाषाकक्षा)

  • पढाई हुने समय=हरेक हप्ता मंगलबार,शुक्रबार दिउसो १:३० बजे देखि ३ बजे सम्म
  • पढाई हुने स्थान=सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (आओबा कु आओबा यामा)
  • रिजर्वेशन आवश्यक नपर्ने। सिधै पढाई हुने स्थान आउनु होला।

सम्पर्क: (1) र (3)को बारेमा: सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६० 
(2)को बारेमा यागीयामा नागरिक केन्द्र ०२२-२२८-११९०
सिटिभित्र अन्य जापानिज भाषाकक्षाहरु पनि छन। बिस्तृत जानकारीको लागि, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको वेबसाइटमा हेर्नुहोला।

 नेपाली( External link )

बिदेशी भाषाको माध्यमबाट सम्पर्क गर्नुपरेमा, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र दोभाषे सहायता टेलिफोन ०२२-२२४-१९१९

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917