ページID:66909

更新日:2023年3月14日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)मार्च अंक

बसाईसराई गाइड

  • सेन्दाई नगरको कल सेन्टर - 「मोरी नो मियाको ओसिएते कल」
    TEL:022-398-4894  FAX:022-398-5070
    टेलिफोन : ०२२-३९८-४८९४ फ्याक्स:०२२-३९८-५०७०
    नगरपालिका अथवा वार्ड कार्यालयको प्रक्रिया आदिका प्रश्नहरूको उत्तर दिईने। सम्पर्क समय, बिहान ८ बजे देखि ~बेलुका ८ बजे सम्म (कुनै पनि दिन विदा नहुने। शनिबार,आइतबार र सार्वजनिक विदाका दिन बेलुका ५:०० बजे सम्म मात्र )
    जापानिज,अंग्रेजी,चाईनिज,कोरियन, भियतनामी र नेपाली भाषामा उपलब्ध

बसाईसराई गर्दाको फोहोर

ठूलो फोहोर र धेरै मात्राको फोहोरहरु घरायसी फोहोर सङ्कलन स्थानमा फाल्न मिल्दैन। तल उल्लेखित कुनै बिधि (सशुल्क) मार्फत डिस्पोज गर्नुहोला । तर ४ ओटा घरयासी उपकरणहरू (एयर कन्डिशनर,टेलिभिजन,फ्रिज,फ्रिजर,वाशिंग मेसिन,लुगा ड्रायर), कम्प्युटर आदि नगरले डिस्पोज गर्न सक्दैन।विस्तृत विवरणहरूको लागि नगरको होमपेज हेर्ने अथवा सम्पर्क गर्नुहोला।

  1. ठुलो फोहोर सङ्कलनको निवेदन (साधारणतया २ हप्तामा १ पटक सङ्कलन)
    ठुला फोहोर रिसेप्शन केन्द्र-(निवेदन दिनुपर्ने) टेलिफोन: ०२२-७१६-५३०१
    नगरको होमपेज मार्फत निवेदन दिनु मिल्ने।
  2. धेरै मात्रामा निक्लेको फोहोर(ठुला फोहोर पनि समावेश)संकलनको निवेदन
    बसोबास गरिरहेको वार्डको वातावरणीय कार्यालय (निवेदन दिनुपर्ने)
    (मियागी,अकिउ सामान्य शाखा कार्यालय मार्फत आवेदनहरूको लागि मियागी स्वच्छता र पर्यावरण निगमलाई ०२२-३९३-२२१६ मा सम्पर्क गर्नुहोला।)
  3. आफैले प्रशोधन केन्द्रमा लाने
    इमाइजुमी प्रशोधन केन्द्र (इमाइजुमी वाकाबायाशी-कु कामिशिन्डेन १०३, टेलिफोन: ०२२-२८९-४६७१)
    कुजुओका प्रशोधन केन्द्र (आओबा-कु रोकुजी कुजुओका ५७-१ टेलिफोन: ०२२-२७७-५३९९)

सम्पर्क:
आओबा पर्यावरण कार्यालय ०२२-२७७-५३००, मियागिनो पर्यावरण कार्यालय ०२२-२३६-५३०० 
वाकाबायाशी पर्यावरण कार्यालय ०२२-२८९-२०५१, ताईहाकु पर्यावरण कार्यालय ०२२-२४८-५३०० 
इजुमी पर्यावरण कार्यालय ०२२-७७३-५३००, घरेलु फोहोर न्यूनीकरण विभाग ०२२-२१४-८२२७

बसाईसराई दर्ता,चिकित्सा खर्चको अनुदान आदि जस्ता प्रक्रियाको काउन्टर

  • बसाईसराई दर्ता
    वार्ड कार्यालयको परिवार दर्ता तथा निवासी विभाग,सामान्य शाखा कार्यालयको कर तथा निवासी विभाग, आओबा वार्ड कार्यालयको परिवार दर्ता तथा निवासी विभागको सेन्दाई एकि माय सर्भिस सेन्टर (आएरु ५औं तला,नयाँ ठेगाना वा पुरानो ठेगाना भएका आओबा वार्डका बासिन्दाहरु लक्षित)
  • बालबालिका,आमा वा बुवा मात्रको एकल परिवारको बच्चाहरूको लागि चिकित्सा खर्चको लागि अनुदान,बाल भत्ताको जानकारी आदि।
    वार्ड कार्यालयको बाल हेरचाह अनुदान विभाग,सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
  • शारीरिक र मानसिक रूपमा अशक्तका लागि चिकित्सा खर्चको अनुदान
    मियागी सामान्य शाखा कार्यालय अपाङ्ग वृद्ध विभाग,अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
  • इलेक्ट्रिक साइकल
    वार्ड कार्यालयको कर तथा लेखा बिभाग,सामान्य शाखा कार्यालयको कर तथा निवासी बिभाग

सार्वजनिक सेवा शुल्क आदि

  • ग्यास (ग्यास शाखाको ग्राहक सेन्टर) बसाईसराई विशेषको लागि टेलिफोन (टोल फ्री)
    0800-800-8978
    ०८००-८००-८९७८
  • खानेपानी (खानेपानी शाखाको कल सेन्टर)
    TEL:022-748-1111
    टेलिफोन :०२२-७४८-११११
  • NHK (NHK फ़ुरेआई सेन्टर )
    0120-151515
    ०१२०-१५१५१५
  • बिजुली
    बिजुलीको प्रयोग रोक्का वा सुचारु बारे जानकारीको लागि सम्बन्धित खुद्रा बिजुली आपूर्तिकर्तालाई सम्पर्क गर्नुहोला।

 प्राथमिक,निम्न माध्यमिक विद्यालयको परिवर्तन र भर्ना

शैक्षिक मामिला विभाग ०२२-२१४-८८६०

बसाईसराईको सिजनको लागि वार्ड कार्यालयको काउन्टर आइतबारको दिन पनि खुल्ला गरि,सोमबार देखि शुक्रबार सम्म बेलुकाको ६ बजे सम्म लम्बाईएको छ।

  1. आइतबार काउन्टर खोल्ने
    ●अवधि=मार्च २६ तारिख आइतबार र अप्रिल २ तारिख आइतबार
    ●समय=बिहान ९ बजे देखि दिउसो ३ बजे सम्म
    ●लक्षित काउन्टर=वार्ड कार्यालयको परिवार दर्ता तथा निवासी विभाग
    ※सामान्य शाखा कार्यालय आइतबार खुल्ला नरहने
  2. सोमबार देखि शुक्रबार सम्म काउन्टर खुल्ला रहने समय लम्बिने
    ●अवधि=मार्च २० तारिख सोमबार देखि अप्रिल ३ तारिख सोमबार सम्म
    ●समय=बिहान ८:३० बजे देखि बेलुका ६ बजे सम्म (सामान्य शाखा कार्यालय नियमित रुपमा बेलुका ५ बजे सम्म)
    ●लक्षित काउन्टर=वार्ड कार्यालयको परिवार दर्ता तथा निवासी विभाग,आओबा वार्ड कार्यालयको परिवार दर्ता तथा निवासी विभागको सेन्दाई एकि माय सर्भिस सेन्टर (आएरु ५औं तला। सेन्दाई एकि माय सर्भिस सेन्टर नयाँ ठेगाना वा पुरानो ठेगाना भएका आओबा वार्डका बासिन्दाहरु लक्षित)
    ※बिहान १० बजे देखि दिउसो ३ बजे तिर सम्म भिड हुने। मार्च २० तारिख सोमबार,२२ तारिख बुधबार,२७ तारिख सोमबार र अप्रिल ३ तारिख सोमबार भीड हुने अपेक्षा गरिएको छ।
    ※वार्ड कार्यालयको परिवार दर्ता तथा निवासी विभागमा पालो पर्खिरहेको व्यक्तिहरुको संख्या, घरमा भएको समय अथवा बाहिर भएको समयमा पनि नगरको होमपेजद्वारा चेक गर्न मिल्दछ।
    ◆लक्षित काम (ठेगाना परिवर्तनको जानकारी संग सम्बन्धित काम मात्र)
    ●बसाईसराई दर्ता र त्यस संग सम्बन्धित राष्ट्रिय स्वास्थ्य बीमा,राष्ट्रिय पेन्सन,दीर्घकालीन हेरचाह बीमाको बसाईसराई दर्ताको आवेदन
    ●विद्यालय परिवर्तन, विद्यार्थीको विद्यालयको नामांकन
    ●निवासी प्रमाणपत्र,परिवार दर्ता प्रमाणपत्र,छाप दर्ता प्रमाणपत्र आदिको प्रतिलिपि जारी आदि।

सम्पर्क: वार्ड कार्यालयको परिवार दर्ता तथा निवासी विभाग

जीवन कल्याण,अनुदान प्राप्त परिवारहरूको लागि खानेपानी र ढल उपयोग शुल्क छुटको लागि आवेदनहरू स्वीकार गरिने।

  • छूट अवधि = आवेदन दिएको महिनाको अर्को महिना देखि मार्च २०२४ सम्म
  • लक्षित वर्ग=जीवन कल्याण प्राप्त परिवार,चीनमा छुटेका जापानीहरूका लागिको अनुदान प्राप्त गर्ने परिवारहरू
  • छुट रकम =खानेपानी शुल्कको न्युनतम रकम,ढल उपयोग शुल्कको सम्पूर्ण रकम
  • नयाँ आबेदन दिने व्यक्तिहरु र हाल छुट प्राप्त लिनु भएको तर सहमति फारम नबुझाएकोहरुले छुट प्राप्त गरिरहेको वार्ड अथवा मियागी सामान्य शाखा कार्यालयको जीवन कल्याण विभागमा आवेदन दिनुहोला।
  • भवन वा खानेपानिको प्रयोग अवस्था हेरी छुट प्राप्त नहुने अवस्था पनि हुनसक्ने।

सम्पर्क: खानेपानि विभाग दक्षिण शुल्क सेन्टर ०२२-३०४-००२०, निर्माण शाखाको कार्य विभाग ०२२-२१४-८८०९

बिना इजाजतपत्र प्राप्त फोहोर संकलन गर्नेहरूबाट सावधान रहनुहोल।

घरायसी विद्युतीय उपकरणहरू जस्ता ठूला आकारको फोहोर आदिको सङ्कलन,फोहोर फाल्ने अनुमति नभएको व्यक्तिलाई दिएको हुनाले शुल्कमा समस्या देखिने घटनाहरु भइरहेको छ। फोहोरको उचित व्यवस्थापन गर्ने बारे विस्तृत विवरणहरूको लागि, माथिको "बसाईसराई गर्दाको फोहोर" हेर्नुहोला। अनुमति भएको या नभएको कुरा प्रस्ट नभएको समयमा सम्पर्क गर्नुहोला।
सम्पर्क: व्यावसायिक फोहोर न्यूनीकरण विभाग ०२२-२१४-८६७९

नगर बस संचालनको सूचना

  • अप्रिल १ तारिख देखि नगर बसको समय तालिका परिवर्तन हुने।
    नयाँ समय तालिका,मार्च १७ तारिख शुक्रबार देखि वितरण गरिने समय तालिका( इच्छुक व्यक्तिहरुलाई फ्याक्स, हुलाक मार्फत मेल गर्न सकिने) अथवा सडक विभागको होमपेज मार्फत चेक गर्न सकिने।
  • नयाँ समय तालिका वितरण स्थान=सडक विभागको टिकट बिक्रि काउन्टर, नगर बस संचालन केन्द्र, वडा कार्यालयको सामान्य जानकारी केन्द्र आदि
  • अप्रिल १ तारिक देखि सेन्दाई स्टेशन अगाडिको बस स्ट्यान्डको नम्बर अनुसारको गन्तव्य र बस स्ट्यान्ड स्थानको केहि भाग परिवर्तन हुने।
    सेन्दाई स्टेशनको पश्चिम द्वार प्लाजा पुनर्विकास परियोजना सम्पन्न गरि थप बस स्ट्यान्डहरू सहितको नयाँ बस टर्मिनलको सञ्चालन सुरु गरिने। यससँगै, सेन्दाई स्टेशन अगाडी १६,१७,१८,१९ नम्बर बस स्ट्यान्डको स्थान परिवर्तन हुने । विस्तृत विवरणहरूको लागि सडक बिभागको होमपेज हेर्ने वा सम्पर्क होला ।

सम्पर्क: सडक विभागको जानकारी केन्द्र ०२२-२२२-२२५६

नयाँ कोरोना भाइरस खोप बारे जानकारी

नयाँ कोरोना भाइरस खोप बारेमा,सजिलो जापानिज,अंग्रेजी,चाईनिज,कोरियन,भियतनामी र नेपाली भाषामा हेर्न सक्नुहुन्छ ।
नेपाली

 नगरीय आवासमा निवासीको आवेदन खुल्ला
- मार्च १६ तारिख सम्म आवेदन बुझिने-

  • 「आवास आवेदन खुल्लाको जानकारी=मार्च ६ तारिक (सोमबार) देखि नगरपालिकाको कोकुबुन्चो शाखा कार्यालयको दोस्रो तल्लाको सेन्दाई नगर निर्माण सार्वजनिक निगम बिभाग,नगरपालिकाको मुख्य सरकारी भवनको पहिलो तल्लामा रहेको नागरिक कक्षमा,वडा कार्यालयको सामान्य जानकारी,सामान्य शाखा कार्यालय,आओबा वार्ड कार्यालयको नागरिक दर्ता बिभाग सेन्दाई एकिमाए सेवा केन्द्रको (आएरु ५ तल्ला ),प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वार्ड कार्यालयको केन्द्रीय नागरिक केन्द्र,प्रत्येक वार्ड कार्यालयहरूको सेन्दाई नगर समाज कल्याण परिषद्व, आजीवन सिकाई विभाग आदिमा वितरण।
  • आवेदनको प्रक्रिया : उल्लेखित घरहरुबाट एउटा घर छनौट गरि「आवास आवेदन खुल्लाको जानकारी」मा भएको आवेदन फारमलाई खाममा राखी मार्च १६ सम्ममा पठाउनुहोला । धेरै आवेदन आएको खण्डमा गोलाप्रथा हुनेछ।
  • घर सर्न मिल्ने दिन = २०२३को मे ३० तारिक (मंगलबार) (योजना)
  • आवेदन दिन मिल्ने व्यक्ति=निम्न मापदण्डहरु पूरा गर्नेहरू 1हाल आवासको समस्या भएकाहरु।2हाल संगै बस्ने वा संगै बस्ने योजना भएको परिवार भएकाहरु ।3यस नगरमा बसाई वा काम भएकाहरु। यस बाहेक, निश्चित रकम भन्दा कम आय भएको मापदण्ड पनि हुने। विस्तृत जानकारीको लागि 「आवास आवेदन खुल्लाको जानकारी」हेर्ने अथवा सम्पर्क गर्नुहोला ।

आणविक प्रकोपका कारण सुरक्षित स्थानमा सर्न निर्देशन पाएको क्षेत्रमा बसोबास गर्ने व्यक्ति वा बालबच्चा, प्रकोप पीडितहरूको सहयोग ऐनमा आधारित अनुदानद्वारा लक्षित क्षेत्रहरूमा बसोबास गर्नेहरू,घरेलु हिंसाका पिडितहरू,आपराधिक गतिविधिका पिडितहरूको आवेदनको मापदण्डहरु फरक हुने भएकोले सम्पर्क गर्नुहोला।
सम्पर्क:सेन्दाई नगर निर्माण सार्वजनिक निगम बिभाग ०२२-२१४-३६०४

जापानिज भाषा कक्षाको जानकारी

नगरबासि स्वयंसेवकहरु द्वारा बिदेशी नागरिकहरुको लागि जापानिज भाषाको कक्षा हो। सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको(External link)मार्फत यस जानकारी बिदेशी भाषामा हेर्न सकिन्छ।

  1. सेन्दाई जापानी भाषा कक्षा (पहिलो चरण)
    ● पाठ्यक्रम अवधि: अप्रिल ११ तारिख देखि सेप्टेम्बर ८ तारिख सम्म( अप्रिल ७ तारिख बिहान १० बजे देखि कक्षा बाडफाड परीक्षा हुने।)
    ●पढाई हुने दिन = हरेक हप्ता मंगलबार देखि शुक्रबार सम्म(कक्षा अनुसार फरक हुने)
    ●पढाई हुने स्थान= आओबा वार्डको केन्द्रिय नागरिक केन्द्र (आओब कु इचीबानचो २-१-४)
    ● कक्षाहरू: प्राथमिक स्तर,मध्यम स्तर,उच्च स्तर ,खानजी आदि।
    ●पुस्तक शुल्क लाग्ने
    ●कक्षाको जानकारी वा आवेदन पत्र, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको होमपेजमा छ।
  2. विदेशी नागरिकहरूको लागि जापानी भाषा पाठ्यक्रम "जापानीज चिया कोठा" (बाल हेरचाहको व्यवस्था उपलब्ध छ)
    ●पढाई हुने समय= हरेक हप्ता बुधबार, शुक्रबार बिहान १० बजे देखि ११:३० बजे सम्म
    ●पढाई हुने स्थान= यागीयामा नागरिक केन्द्र(ताईहाकु कु यागीयामा होनचो १-४३)
    ● कक्षाहरू: शुरुवाती स्तर,प्राथमिक स्तर,मध्यम स्तर,उच्च स्तर
    ●पुस्तक शुल्क लाग्ने
    ●जहिले बाट पनि प्रवेश गर्नु मिल्ने।
  3. निहोंगो नो मोरी (स्थानीय जापानी कक्षा)
    ●पढाई हुने समय=हरेक हप्ता मंगलबार,शुक्रबार दिउसो १:३० बजे देखि ३ बजे
    ●पढाई हुने स्थान=सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (आओबा कु आओबा यामा)
    ●रिजर्वेशनआवश्यक नपर्ने। सिधै पढाई हुने स्थान आउनु होला।

सम्पर्क: 1. र 3.को बारेमा: सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६० 
2.को बारेमा यागीयामा नागरिक केन्द्र ०२२-२२८-११९०

नगर भित्र अन्य जापानिज भाषा कक्षाहरु पनि छन्। 
बिदेशी भाषाद्वाराको सम्पर्कको लागि सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघको अनुवादकको टेलिफोन ०२२-२२४-१९१९

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917