ページID:69776

更新日:2023年8月8日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अगष्ट अंक

जे-अलर्ट राष्ट्रव्यापी सूचना एकैसाथ प्रसारण परीक्षण कार्य गरिनेछ

भूकम्प, सुनामी र सशस्त्र आक्रमण आदि भएको समयमा पूर्वतयारीको लागि, राष्ट्रव्यापी आपतकाली चेतावनी प्रणाली (जे-अलर्ट) प्रयोग गरी राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण कार्य अगष्ट २३ तारिक (बुधवार) बिहान ११ बजे गरिनेछ।
त्यस दिन, नगरको होमपेज, नगरको सोसियल मिडिया (लाइन) आधिकारिक वेबसाइट, संकट व्यवस्थापन बिभागको ट्विटर द्वारा जानकारी गराउनुका साथै, नगरको पूर्वी भागमा जडान गरिएको लाउडस्पीकर द्वारा पनि, अडियो परीक्षणको प्रसारण कार्य गरिनेछ। कृपया ध्यान दिनुहोला।
सम्पर्क : संकट व्यवस्थापन बिभागको फोन ०२२-२१४-८५१९

भारी वर्षा र पहिरो जस्ता प्रकोपको लागि तयारी「सेन्दाई प्रकोप रोकथाम हजाड म्याप」को बारेमा जानकारी लिएर राख्नुहोस

「सेन्दाई प्रकोप रोकथाम हजाड म्याप」मा चाँही, पहिरोको प्रकोपबाट जोखिम हुने गाउँ र क्षेत्र वा बाढीबाट डुबानमा पर्ने अनुमानित क्षेत्र आदिको तयार पारि नक्शा बनाई, नयाँ संस्करणको हजाड म्यापमा प्रकासित गरिनेछ। प्रकोपको बेलामा बिपत अलि साम्म्य भएपछि आश्रय लिनको लागि जानसक्ने गरि, आफु बसोबास गरेको स्थानीय क्षेत्रमा कस्तो किसिमको पहिरो र बाढीको जोखिम हुन्छ भन्ने बारेमा, पहिलेबाट नै जानकारी राखिराखौ।
साथै, भारी वर्षाको समयमा सुरक्षित स्थानमा आश्रय लिनको लागि जानलाई उपयुक्त तरिका अपनाउनको लागि,「आश्रयलाई जाने कार्यको निर्णय प्रवाह」वा अग्रिम रुपमा आफ्नो पारिवारीक संरक्षण, दैनिक दिनचार्यको वातावरण इत्यादि अनुसार बनाएको आश्रयस्थलको योजना「मेरो टाइमलाइन」आश्रयस्थलमा जानुपर्दाको समयमा लानको लागि तयार पारिएको आपतकालीन चिजबिजको चेकलिस्ट आदि, विपद्को पूर्वतयारीका लागि उपयोगी हुने विभिन्न जानकारी पनि प्रकाशित गर्छौं।
आर्थिकबर्ष २०२३ को संस्करण「सेन्दाई प्रकोप रोकथाम हजाड म्याप」अगष्ट २८ तारिक (सोमबार) देखि नगरपालिकाको वेबसाइटमा हेर्न सकिन्छ, नगरपालिकाको मुख्य सरकारी भवनको पहिलो तल्लामा रहेको नगरपालिका सूचना केन्द्र, वडाकार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय, नागरिक केन्द्र आदिबाट वितरण गरिन्छ।
सम्पर्क : विपद् न्यूनीकरण प्रवर्द्धन बिभाग ०२२-२१४-३०४८

बाल- पालनपोषण भत्ताको लागि वर्तमान स्थिति रिपोर्ट (गेन्क्योउ तोदोके), विशेष बाल-पालनपोषण भत्ताको लागि आय-आम्दानीको स्थिति रिपोर्ट पेश गर्न नबिर्सनुहोला

एकल अभिभावक भएका परिवारमा १७ बर्ष सम्मका बालबालिका हुर्काई रहनुभएका व्यक्तिहरुलाई सहयोगी गर्नको लागि प्रदान गरिदै आएको बाल-पालन पोषण भत्ता र, १९ बर्ष सम्मका अपाङ्गता भएका बालबालिकाहरू हुर्काई रहनुभएका व्यक्तिहरुलाई सहयोग गर्नको लागि प्रदान गरिदै आएको विशेष बाल-पालनपोषण भत्ता प्राप्त गर्नको लागि योग्य छछैन भनि पुष्टि गर्नको लागि, लक्षित बर्ग भित्रमा पर्ने व्यक्तिलाई सूचना फारम पठाउनेछौं, त्यसैले कृपया फारम भरि अवश्य पेश गर्नुहोला ।

  • पेश गर्नुपर्ने अवधि=【बाल-पालनपोषण भत्ता】अगष्ट १ तारिक देखि ३१ तारिक、【विशेष बाल-पालनपोषण भत्ता】अगष्ट १४ तारिक देखि सेप्टेम्बर ११ तारिक (दुबै, कार्यालय बन्दहुने दिन बाहेक)

सम्पर्क:वाडा कार्यालय बाल हेरचार सहयोग बिभाग, सामान्य शखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

कर सम्बन्धित जानकारी

नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने म्याद अगष्ट महिनाको ३१ तारिक (बिहिबार) हो

आर्थिकबर्ष २०२३ को नगर कर (निवास कर) को दोस्रो किस्ता चाँही यही अगष्ट महिनाको ३१ तारिक (बिहिबार) सम्ममा नजिकको वित्तीय संस्था मार्फत भुक्तानी गर्नुहोस। बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिले पनि अगष्ट महिनाको ३१ तारिक (बिहिबार) भित्रमा ट्रान्सफर गर्नुपर्ने हुन्छ ।
सम्पर्क : बिमा रकम भुक्तानी बिभाग ०२२-२१४-१०१०

नयाँ कोरोना भाइरस खोप लगाउने बारेको सूचना

नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा,जापानीज,सरल जापानीज,अंग्रेजी,चाइनिज,कोरियन,भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सक्नुहुन्छ।
नेपाली

बिभिन्न किसिमका समुद्री खानेकुराको कारणले पेटमा हुने सङ्क्रमण (इन्टराइटिस विब्रियो) खाद्य विषाक्तताबाट सावधान रहनुहोस

गर्मी याममा, खानामा विषाक्त ब्याक्टेरिया सजिलो र छिटो फैलावट हुनेहुँदा, खाना विषाक्तता हुने सम्भावना बढी हुन्छ। विशेष गरी बिभिन्न प्रकारका समुद्री खानेकुराको प्रयोग गर्नुपर्दा बिशेष ध्यान पुर्याउनुहोला।

  • फ्रिजमा फ्रोजन गर्ने 
  • धाराको पानीले राम्रोसँग पखाल्ने 
  • खाना बनाएर तुरुन्तै खाने बासी नराख्ने 

सम्पर्क : वडा कार्यालय सरसफाई विभाग
 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917