ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ > सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामहिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्यागजिन (सिसेदायोरी) (बहुभाषा डाइजेस्ट) > 2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)जुलाई अंक
Page ID: 75196
Updated: July 8, 2024
ここから本文です。
सेन्दाई सिटिले, विवाह गरि नयाँ जीवन शुरुगर्न लागेका जोडीहरुलाई सहयोग गर्ने उद्देश्यले, आवास लागतमा अनुदान दिन 「सेन्दाई सिटि बैबाहिक नयाँ जीवन सहयोग परियोजना」संचालन गरेको छ। विवाह गरेर नयाँ जीवन सुरु गर्ने जोडीहरू लक्षित गरि, कोठा सर्दा वा कोठा सर्दाको बेलामा समान ओसारपसार गर्नको लागि लाग्ने खर्च अनुदान सहायता गर्नेछ (छुट्याइएको बजेट रकम सकिएपछि चाँही यो योजना समाप्त हुनेछ)।
(1)२०२४ अप्रिल १ तारिक देखि २०२५ मार्च ३१ तारिक मा विवाह दर्ता गरेका
(2)२०२३ सालको दम्पतीको कुल आम्दानी पचासलाख येन भन्दा कम भएमा (यदि २०२३ सालमा छात्रवृत्ति फिर्ता गरेको खण्डमा, आय बाट भुक्तानी गरेको रकम कटौती गरिने)
(3)विवाहको दर्ता गरेको मितिमा श्रीमान, श्रीमती दुवैजनाको उमेर ३९ वर्ष भन्दा कम हुनुपर्ने
(4)अनुदान रकमको लागि आवेदन गर्दा को बेलामा सिटिभित्र बसोबास गरेको हुनुपर्ने
सम्पर्क : युवा बर्ग सहायता बिभाग ०२२-२१४-८४४२
जुलाई १ तारिक (सोमबार) देखि, यदि तपाईं सिटिभित्र आवास दर्ता गरेको बासिन्दा हुनुहुन्छ भने, कोंबिनियन स्टोरबाट तपाईंले माई नम्बर कार्डको प्रयोग गरि प्रमाणपत्र (ज्युमिन ह्यो आदि) निकाल्नु पर्दामा लाग्ने शुल्क, वडाकार्यालयको काउन्टरमा भन्दा पनि १०० येन सस्तो हुन्छ।
निकाल्न सकिने प्रमाणपत्रहरू र कोंबिनियन स्टोरबाट प्रमाणपत्र निकाल्दा लाग्ने शुल्क तलका निम्न अनुसार छ।
प्रयोग गर्ने बेलामा, तपाईंले आफ्नो माइ नम्बर कार्ड र पिन नम्बर (४ अंकको) प्रविष्ट गर्न आवश्यक पर्छ। निकाल्न सकिने प्रमाणपत्रहरूमा चाँही, केही भाग सूचीबद्ध गर्न नमिल्ने बुँदा पनि छ। प्रयोग गर्न सम्भब हुने समय आदिको बारेमा थप जानकारीहरु बिस्तृत रुपमा, सिटीको वेबसाइटमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्कको लागि सेन्दाई सिटी सामान्य कल सेन्टर, परिवार र आवास दर्ता बिभाग ०२२-२१४-२०३१
गर्मी महिनामा जंगल भित्र भालुको खानेकुरा सकिदैजाने हुँदा,भालुको चहलपहल मानबवस्ती नजिक तिर सम्म बढ्न सक्छ। बिशेष गरि बिहान र साँझको अँध्यारो समयमा भालुहरू बढी सक्रिय हुन्छन,त्यसैले सावधान हुनुहोस। पहाड चड्दा वा पदयात्रा आदिको लागि बाहिर जाँदाको समयमा,घण्टी वा रेडियो साथमा लिएर जाने, यदि तपाइँ भालु सँग जम्काभेट हुनुभयो भने नडराईकन,एक अर्काको सामना गर्दै उसलाई नजिस्क्याउने र बिस्तारै आफु पछि हट्नुहोस। समानले झटारो हान्ने, ठुलो आवाजले कराउने वा दौडने जस्ता कार्य गरि, भालुलाई उत्तेजित गर्ने कुनै पनि काम नगर्नुहोस।
भालु देखा पर्ने र आक्रमण हुन सक्ने बारेमा जानकारी चाँही, सिटिको होमपेज 「भालु देखापर्ने र आक्रमण हुन सक्ने छेत्रको नक्सा」 वा सेन्दाई सिटिको आधिकारिक एकाउन्ट (LINE) लाइन (पहिलेनै दर्ता गर्नुपर्ने( आदिबाट पनि जानकारी दिनेछौ ।
सम्पर्क :पर्यावरण समाज बिभाग :०२२-२१४-००१३
न्यून आय भएको घरपरिवारलाई उच्च मुल्यबृद्धिको लागि आपतकालीन सहायता प्रदान रकमको बारेमा, सरल जापानिज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी, नेपाली भाषाहरुमा पनि हेर्न सकिन्छ।
नेपाली भाषा
परीक्षण क्षमता भने पहिले आइपुग्ने व्यक्तिको आधारमा ३० जाना (पहिले आउनेको आधारमा)
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि लगभग १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
सम्पर्क : संक्रामक रोग नियन्त्रण बिभाग ०२२-२१४-८०२९
सम्पर्क:सेन्दाई सिटि नि: शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय ०२२-२१४-८९७८
सम्पर्क : वाडा कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग
राष्ट्रिय पेन्सन बिमा रकम भुक्तानी गर्नको लागि आर्थिक रूपमा कठिन भएको छभने, छुटको लागि आबेदन गरि स्वीकृत भएमा, बीमा रकमको सम्पुर्ण किस्ता वा आंशिक किस्ता छुट हुनेछ (आय आम्दानीको कतिछ भन्ने बारेमा छानबिन हुनेछ। अघिल्लो वर्षको आम्दानी अनुसार छुटको लागि ४ स्तर छुट्याइएको छ)।
सम्पर्क : वाडा कार्यालय, मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, आकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग
पाठेघरको मुखको क्यान्सर हुने कारक त्वत्त HPV (ह्युमन प्यापिलोमाभाइरस) को संक्रमणबाट बच्न प्रभावकारी हुने HPV खोप लगाउने कार्य गरिनेछ।
तलको निम्नलिखित लक्षित व्यक्तिहरूको लागि निःशुल्क खोप लगाउन सकिने अन्तिम म्याद चाँही २०२५ मार्च को अन्तिम हो, तर मानक खोप तालिकाको आधारमा सबै तीनपटक खोपहरू लगाउन लगभग ६ महिना लाग्ने हुँदा, यदि तपाईं सबै खोपहरू निःशुल्क लगाउन चाहनुहुन्छ भने, ढिलो भएपनि २०२४ सेप्टेम्बर को अन्त्य सम्ममा पहिलो पटकको खोप लगाउन आवश्यक पर्नेछ। खोप लगाउन चाहनुहुन्छ भने, सकेसम्म चाँडो आफ्नो नजिकैको चिकित्सा संस्थामा सम्पर्क गर्नुहोस।
सम्पर्क:वडा कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग
お問い合わせ
Copyright©City of Sendai All Rights Reserved.