ページID:71161

更新日:2023年11月10日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)नोभेम्बर अंक

हाई स्कूल आदिको अध्ययनको लागी शैक्षिक ऋण सहायता प्रणालीको जानकारी

जापान वित्तीय सरकारीकोष बाट प्रदान गरिने सामान्य शैक्षिक ऋण (राष्ट्रिय शैक्षिक ऋण) को उपयोगकर्ताले बेहोर्नुपर्ने ऋणको ब्याज मध्ये, हाई स्कूल आदिको अध्ययन अवधि भित्र भुक्तान गर्ने ब्याज भने अनुदान दिइनेछ।

  • आवेदन अवधि=डिसेम्बर ८ तारिक (शुक्र)
  • लक्षित बर्ग = सेन्दाई सिटि भित्र बसोबास गरेका हाई स्कूल आदिका विद्यार्थीहरूका अभिभावक
  • नगर कर भुक्तानी गरेको नगरेको जस्ता सर्तहरु हुनेछ।

सम्पर्क: शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१

एड्स, सिफिलिस, यौनरोग परीक्षण

  • गोपनीयता अपनाई जाँच गराउन सकिन्छ
  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा एकमहिना अगाडि देखि अघिल्लो दिन सम्मको कार्यालयको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागिको मात्रैको फोन ०९०-४४७८-४६४१ बाट र सिटीको होमपेजमा पनि आवेदन गर्न सक्नुहुन्छ।

(1)रतिको समय परिक्षण गरिने एड्स, सिफिलिस, यौनरोग…डिसेम्बर ७ तारिक(बिहि)५:३०~७:०० /आओबा कु वडाकार्यालय परिक्षणको रिपोर्ट चाँही परिक्षण पछि सिधै सम्बन्धित व्यक्तिलाई जानकारी दिनेछौ।

(2) बिदाको दिन परिक्षण गरिने एड्स, सोहि दिन परिक्षण गरिने सिफिलिस… डिसेम्बर २ तारिक(शनि)१:३०~३:०० /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)

(3) रातिको समय परिक्षण गरिने एड्स, सोहि दिन परिक्षण गरिने सिफिलिस… डिसेम्बर ८ तारिक (शुक), २२ तारिक (शुक्र) ५:००~७:००/ आएर बिल्डिङ ६ तल्ला

(1)को लागि परीक्षण क्षमता भने पहिले आइपुग्ने व्यक्तिको आधारमा २५ जाना, र (2)र (3)को लागि परीक्षण क्षमता भने पहिले आइपुग्ने व्यक्तिको आधारमा पहिले ३० जाना

सम्पर्क : संक्रामक रोग नियन्त्रण कार्यालय ०२२-२१४-८०२९

 नोरोभाइरस (हैजा) बाट कृपया साबधानी अपनाउनहोस

जाडो मौसममा नोरोभाइरस (हैजा) का कारण हुने स्वास्थ्य समस्याहरु धेरै हुन्छन। खाना पकाउनु अघि राम्रोसँग हात धुने र खानेकुरालाई राम्ररी पकाउने जस्ता रोकथामका उपायहरू अपनाउने गरौं।
घरेलु रोकथामका उपाय सँग सम्बन्धित पर्चाहरू, वडा कार्यालय स्वास्थ्य तथा कल्याण केन्द्र व्यवस्थापन बिभाग साथै सरसफाइ बिभाग बाट पनि वितरण गरिन्छ।
सम्पर्क: वडा कार्यालय स्वास्थ्य तथा कल्याण केन्द्र व्यवस्थापन विभाग अथवा सरसफाई बिभाग

 नागरिक स्वास्थ्य परिक्षण गराउन नबिर्सनुहोला 

नगर द्वारा संचालन गरिने पेटको क्यान्सर, पाठेघरको क्यान्सर, स्तन क्यान्सर, ठुलो आन्द्राको क्यान्सरको परीक्षणहरू अथवा सामान्य परीक्षणको लागि आवेदन गर्ने थप अवधि नोभेम्बर ३० तारिक (बिहि) (पुग्नुपर्ने) सम्म हो(फोक्सोको क्यान्सर, क्षयरोगको परीक्षण, प्रोस्टेट क्यान्सरको परीक्षणको आवेदन समाप्त भएकोछ।)आवेदन प्रक्रियाको जानकारी भने, तपाईं बसोबास गर्नुभएको सिटीको वार्ड कार्यालय वा वार्डको शाखा कार्यालयद्वारा वितरण गरिन्छ। साथै, नगरपालिकाको वेबसाइट मार्फत पनि आवेदन दिन सक्नुहुनेछ। यदि पहिलेनै परीक्षण कार्ड लिनु भएको अवस्थामा, परीक्षण गर्न नबिर्सनुहोला।
सम्पर्क : वडाकार्यालय परिवार स्वास्थ्य बिभाग, शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग

राष्ट्रिय स्वास्थ्य बीमारकम भुक्तानी गर्न बैंक खाताबाट भुक्तानी गर्ने बिधि प्रयोग गर्नुहोस।

आफ्नो कम्प्युटर वा स्मार्टफोनबाट इन्टरनेट प्रयोग गरि, बीमा रकम बैंक खाताबाट भुक्तानी गर्नको लागि आवेदन (वेब बैंक खाताबाट भुक्तानी रिसेप्शन सेवा) दिन सक्नुहुन्छ। बैंक खाताबाट भुक्तानी अनुरोध फारम भर्न वा पठाउन आवश्यक पर्दैन, हुलाक मार्फत वा वडाको काउन्टरमा लिएर जाने आवश्यक पनि पर्दैन। यसैले, कृपया यसको उपयोग गर्नुहोस।

  • सेवा लक्षित वित्तीय संस्था=सिची ज्यु सिची बैंक, सेन्दाई बैंक, मोरी नो मियाको सिन्यो किङ्, जापान पोस्ट बैंक
  • बिस्तृत बिबरण चाँही सिटीको होमपेजमा हेर्नुहोस
  • वित्तीय संस्थानको काउन्टरबाट नै बैंक खाताद्वारा भुक्तानी विधिको आवेदन दिन फारम भर्न सक्नुहुनेछ।

सम्पर्क: कर व्यवस्थापन र भुक्तानी कार्यालय ०२२-२१४-१३३४

नयाँ कोरोना भाइरस बिरुद्ध खोप लगाउन सूचना

राष्टबाट खोप आपूर्तिको स्थिति आदिको बारे जानकारी प्रदान गर्ने, सिटिको वेबसाइट आदिमा सूचित गर्नेछौं। नयाँ कोरोना भाइरस बिरुद्धको खोप लगाउने बारेमा, जापानीज, सरल जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सक्नुहुन्छ।
नेपाली

आर्थिक वर्ष २०२४ को बालबालिका क्लबको लागी आवेदक आवाहनको सम्बन्धमा 

काम आदिका कारणले विद्यालय पछि पनि घरमा अभिभावक नहुने प्राथमिक विद्यालयका विद्यार्थीहरू लक्षित गरि, बाल केन्द्रहरूमा उपयुक्त दैनिकीको लागि बस्ने र खेल्ने ठाउँहरू प्रदान गरि स्वस्थ पालनपोषणलाई प्रवर्द्धन गर्नेगर्दछौ।

  • लक्षित बालबालिका:यस नगरपालि भित्रको बिधालयमा भर्ना भएका प्राथमिक बिधालय १ कक्षा देखि ६ कक्षा सम्मका बालबालिकाहरु (सर्तहरु, आफै बिधालय जानेआउने गर्न सक्ने, आफ्नो साधारण कार्य आफै गर्न सक्नेहुनुपर्ने)
  • लागत:मासिक शुल्क ३००० येन (छुट हुन सक्ने ब्यबस्था भएको) समय अवधि थप गरि प्रयोग गर्नु परेको (बेलुका ६ बजे देखि बेलुका ७ बजेर १५ मिनेट) खण्डमा अलग मासिक शुल्क १००० लाग्नेछ। यस बाहेक, खाजा शुल्क तथा बिभिन्न कार्यक्रमहरुको लागि शुल्क, आदि लाग्ने अवस्था पनि हुन्छ।
  • आवेदन:नोभेम्बर २० तारिक देखि डिसेम्बर ९ तारिक(आइतबार र बिदाको दिन बाहेक)बिहान ९ बजे देखि बेलुका ६ बजे(शनिबार चाँही बेलुका ५ बजे सम्म)सम्ममा आवेदन लिएर प्रत्यक्ष बाल केन्द्रमा जाने।
  1. आवेदन फारम नोभेम्बर १ तारिक देखि प्रत्येक बाल केन्द्रबाट वितरण गरिनेछ (सिटिको होमपेजबाट पनि डाउनलोड गर्न सकिन्छ)।
  2. आवेदन गर्दा अभिभावकको रोजगार प्रमाणपत्र आदि आवश्यक पर्छ।
  3. आवेदनहरू धेरै भएको खण्डमा, दर्ता अस्वीकार हुनपनि सक्छ।
  4. बाल केन्द्र बाहेक अन्य ठाउँमा पनि बाल कल्बको सन्चालन गर्नुपर्ने अवस्था पनि हुन्छ।
  5. आवेदन अवधि समाप्त भएपछि पनि, रिक्त स्थान भएको खण्डमा, आवेदन बुझिनेछ।

बिस्तृत विवरणहरूको लागि, नगरपालिकाको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917