ページID:71965

更新日:2024年1月11日

ここから本文です。

2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)जनवरी अंक

नयाँ कोरोना भाइरसको खोप लगाउन सम्बन्धि सूचना

नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा,जापानिज,सरल जापानिज,अंग्रेजी,चाइनिज,कोरियन,भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सकिनेछ।
नेपाली

प्रारम्भिक बालशिक्षा, नर्सरीमा नि:शुल्क बाल हेरचाहको लागिको आवेदन लिनेछौ

  • लक्षित बर्ग = सेवासंस्था आदिमा प्रयोग लाभ प्रमाणीकरण (नयाँ २ र ३ अंकमा) सुबिधा लिईरहनु भएका व्यक्ति, नर्सरी तथा प्रमाणीत गरिएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, इजाजत नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु।
  • उपयोग गर्नको लागि लक्षित अवधि = २०२३ अक्टोबर १ तारिक देखि डिसेम्बर ३० तारिक
  • अबेदनको अवधि = जनवरी १९ तारिक (शुक्रबार)
  • बिस्तृत विवरणको लागि, सिटीको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क:सेन्दाई सिटि नि:शुल्क प्रारम्भिक बालशिक्षा प्रवर्द्धन कार्यालय ०२२-२१४-८९७८

के तपाईंले राष्ट्रिय स्वास्थ्य बीमा दर्ता प्रक्रिया पूरा गर्नुभयो?

काम छोड्नु भएको वा बेरोजगार जस्ता कारणले आफ्नो कार्यस्थलको स्वास्थ्य बीमाबाट बाहिरिनु भएको अवस्थामा, राष्ट्रिय स्वास्थ्य बीमा दर्ता प्रक्रिया पुरागर्न आवश्यक पर्दछ (स्वैच्छिक स्वास्थ्य बीमामा दर्ता हुनुभएको वा परिवारको सदस्यको स्वास्थ्य बीमामा निर्भर हुनुभएको अवस्थामा बाहेक)।
कार्यस्थलको स्वास्थ्य बीमाबाट बाहिरिनु भएको मिति नै राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएको मिति हुने भई, दर्ता भएको अर्को महिनाबाट बीमा शुल्क लाग्नेछ। बीमा दर्ता प्रक्रियामा ढिला भएमा पनि त्यही लागू हुने।
दर्ता प्रक्रिया पुरा नगर्नु भएका व्यक्तिहरुले चाँही, कृपया चाँडो दर्ता प्रक्रिया पुरा गर्नुहोला।
सम्पर्क = वार्ड कार्यालय, मियागी सामान्य शाखा कार्यालयको बीमा र पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य र कल्याण बिभाग

राष्ट्रिय स्वास्थ्य बीमा, वृद्धबृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा, नर्सिङ हेरचाह स्वास्थ्य बीमा रकम भुक्तानी गरिएको बारे सूचित गर्नेछौं।

२०२३ आर्थिकबर्ष भित्रको स्वचालित रुपमा बैंक मार्फत ट्रान्सफर भएको राष्ट्रिय स्वास्थ्य बीमा रकम, वृद्धबृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा, नर्सिङ हेरचाह स्वास्थ्य बीमा रकम भुक्तानी गरिएको व्यक्तिहरुलाई भुक्तानी भएको रकमको सूचना पठाइनेछ, प्रत्येकलाई जनवरी अन्त्य सम्ममा पठाइनेछ । भुक्तानी गर्नुपर्ने बीमा रकम, आयकर र बसोबास करको लागि कर्मचारी बीमा रकमबाट कटौती गरिने हुँदा, कर समायोजन आदि (कर फिर्ता फाइल) को लागि प्रयोग गर्नुहोस।
यदि, आफ्नो स्वास्थ्य बीमा पेन्सनबाट कटौती गरि बीमा प्रिमियम तिर्नु हुने व्यक्तिहरुले भने, बीमाकर्तालाई पठाएको कर भुक्तानी गरिएको जानकारी कार्डमा हेरि पुष्टी गर्नुहोस।
सम्पर्क: [राष्ट्रिय स्वास्थ्य बीमा, वृद्धबृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा] वडा कार्यालय, मियागी सामान्य शाखा कार्यालयको बीमा र पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य र कल्याण बिभाग
[नर्सिङ हेरचाह स्वास्थ्य बीमा रकम] वडा कार्यालय नर्सिङ हेरचाह बीमा बिभाग, मियागी सामान्य शाखा अपांगतातथा अपाङ्गता वृद्ध वृद्धा बिभाग, अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य र कल्याण बिभाग

भारी हिमपात पर्नु अगाडी राम्रोसँग तयारी र सावधानी

हिउँ पर्ने मौसम आउँदै गरेको हुनाले भारी हिमपातका लागि तयारी र निम्न बुँदाहरूमा साबधानी र सहयोगको आग्रह गर्दछौ।

(1)टिभी, रेडियो आदि मार्फत मौसमको जानकारी लिने गरौ।

(2)भारी हिमपातका बेला बाटो चिप्लो हुनेहुनाले चोटपटक वा दुर्घटना देखि सावधानी अपनाउदै, अति आवश्यक समय बाहेक बाहिर ननिस्किनु होला।

(3)आगो निभाउने कार्यमा अवरोध हुन सक्ने हुनाले आफ्नो घर नजिकैको फायर आगो निभाउन पर्ने स्थान वरिपरिको हिउँ हटाउन सहयोग गर्नुहोला।

(4)सडक अवरोध वा दुर्घटना निम्त्याउने कारण हुनसक्ने हुनाले सडकमा हिउँ नफालिदिनु होला।

(5)हिउँ हटाउने कार्यमा अवरोध हुनेहुनाले सडकमा पार्किंग नगरिदिनु होला।

(6)हिउँ हटाउने गाडीले हिउँलाई सडकको छेउमा थुप्रो लगाईदिने हुँदा, तपाईं हिड्ने बाटो वा गेटको अगाडि हिउँ थुप्रिने हुँदा, कृपया यसलाई बुझीदिनुहोला र सहयोग गरिदिनुहोला ।

(7)जेष्ठ नागरिकहरु आदि हिउँ हटाउन समस्यामा हुनुहुन्छ भने, स्थानीय समुदायमा एक अर्कालाई मद्दत गर्न अनुरोध गर्दछौं ।

(8)नगरपालिका मातहतको सडकहरुमा हिउँ जम्ने, हिमपातको समयमा हिडडुल गर्नको लागी चिप्लन रोक्नेलाई हिउँ पगाल्ने स्प्रे वा सडकमा छर्किने प्रदार्थ वितरण गर्दैछौं।

सम्पर्क : (1)(2)संकट व्यवस्थापन बिभाग ०२२-२१४-३०४९

(3)दमकल बिभागको सुरक्षा शाखा ०२२-२३४-११११ 

(4)~(7)सडक मर्मत तथा सम्भार बिभाग ०२२-२१४-८३८१

(8)वार्ड कार्यालय, मियागी सामान्य शाखा सडक बिभाग, अकिउ सामान्य शाखा निर्माण बिभाग

राष्ट्रिय स्वास्थ्य बीमाको चिकित्सा खर्चको बारेमा जानकारी पठाउनेछौं

अस्पताल आदिमा स्वास्थ्य परीक्षण गराउदा लाग्ने खर्चको कुल रकम आदि उल्लेखित, राष्ट्रिय स्वास्थ्य बीमाको「चिकित्सा खर्चको जानकारी」, २०२३ जनवरी देखि अक्टुबर महिना सम्मको स्वास्थ्य परीक्षणको भाग जनवरी महिनामा र नोबेम्बर देखि डिसेम्बर सम्मको परीक्षणको भाग मार्च महिनामा पठाउनछौ।

  • यस जानकारी चाँही कर फिर्ता आवेदनमा चिकित्सा खर्च कटौतीको लागि प्रयोग गर्न मिल्दछ।
  • पुन:जारी गर्न नमिल्ने हुनाले जतनसँग राख्नु होला।

सम्पर्क:वार्ड कार्यालय,मियागी सामान्य शाखा कार्यालयको बीमा र पेन्सन बिभाग,अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य र कल्याण बिभाग

विशिष्ट स्वास्थ्य परीक्षण गर्नुभयो ?

राष्ट्रिय स्वास्थ्य बीमाको विशिष्ट स्वास्थ्य परीक्षण गरिने अवधि जनवरी ३१ तारिक (बुधबार) सम्म हो। परीक्षण नगराउनु भएको व्यक्तिहरुले चाँडो परीक्षण गराउनु होला।

  • लक्षित वर्ग = राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएका ४० वर्ष देखि ७४ वर्ष सम्म उमेर पुगेका व्यक्तिहरु (२०२४ मार्च ३१ गतेका दिन सम्ममा )।
  • लिएर आउनु पर्ने कुराहरु = विशिष्ट स्वास्थ्य परीक्षण टिकट (पहिले नै सबैलाई पठाईएको छ), राष्ट्रिय स्वास्थ्य बीमा कार्ड
  • दर्ता गरिएका चिकित्सा संस्थाहरुमा परीक्षण गराउनुहोला।
  • परीक्षणको बेलामा राष्ट्रिय स्वास्थ्य बीमाको लागि आफ्नो काम गर्ने योग्यता गुमाएकाहरूले परीक्षण गराउन मिल्ने छैन।
  • विशिष्ट स्वास्थ्य परीक्षण टिकट आफ्नो साथमा नभएको व्यक्तिहरुले आफु बस्ने वार्डको सामान्य शाखा कार्यलयमा आफ्नो बीमा कार्ड लिएर गई, पुन: जारीको प्रक्रिया पुरा गर्नु होला।

सम्पर्क: वडा कार्यालयको परिवार स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग

कर सम्बन्धित जानकारी

नगर तथा प्रान्तीय कर (केन मिन जे) भुक्तानी गर्नुपर्ने म्याद हो

नगर तथा प्रान्तीय करको चौथो किस्ता चाँही, जनवरी ३१ तारिक (बुधबार) सम्ममा आफुबसोबास गर्ने नजिकैको कुनैपनि वित्तीय संस्था आदिबाट भुक्तानी गर्नुहोस । बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिहरुको पनि जनवरी ३१ तारिक (बुधबार) मा बैंकबाट काटिने छ । 
सम्पर्क:कर भुक्तानी ब्यबस्थापन बिभाग ०२२-२१४-१०१० 

२० वर्षको भए पछि राष्ट्रिय पेन्सन

२० वर्षको भएका व्यक्तिहरु, कल्याण पेन्सनमा दर्ता भएकाहरु बाहेकका लागि जापान पेन्सन सेवा द्वारा, राष्ट्रिय पेन्सनमा दर्ता हुनु भएको कुराको जानकारी गराउदछौ। राष्ट्रिय पेन्सन बुढेसकाल लागे पछि मात्र नभई, रोग या चोटपटकका कारणले असाय भएको वा पेन्सनमा दर्ता सदस्यको मृत्यु भएको खण्डमा, मृतकको परिवारलाई पैसा दिईने हुनाले, भैपरीको लागि तयारी पनि हुनेछ। बीमा शुल्कको भुक्तानीमा समस्या आएको खण्डमा, बीमा शुल्क भुक्तानीको मिनाहाको लागि आवेदन दिनमिल्ने हुनाले परामर्श गर्नु होला । (आय आम्दानीको परीक्षण हुनेछ)
सम्पर्क: वार्ड कार्यलय, मियागी सामान्य शाखा बीमा र पेन्सन बिभाग ,अकिउ सामान्य शाखा स्वास्थ्य र कल्याण बिभाग

नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आवेदन खुल्ला (एकल अभिभावक, बच्चा हुर्काउदै हुनुहुने, एक भन्दा धेरै बच्चा भएको परिवारहरूको लागि) जनवरी १६ तारिक सम्म आवेदन बुझिने

  • 「आवास आवेदन खुल्लाको जानकारी」=जनवरी ५ तारिक (शुक्रबार) देखि नगरपालिकाको कोकुबुन्चो शाखा कार्यालयको दोस्रो तल्लाको सेन्दाई सिटी शहर निर्माण तथा सार्वजनिक निगम बिभाग, नगरपालिकाको मुख्य सरकारी भवनको दास्रो तल्ला नगरपालिका सूचना केन्द्र, वडा कार्यालयको सामान्य जानकारी,सामान्य शाखा कार्यालय,आओबा वार्ड कार्यालयको नागरिक दर्ता बिभाग सेन्दाई एकिमाए सेवा केन्द्रको (आएरु ५ तल्ला ), प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वार्ड कार्यालयको केन्द्रीय नागरिक केन्द्र,आजीवन सिकाई विभाग आदिमा वितरण गरिन्छ।
  • आवेदनको प्रक्रिया : उल्लेखित घरहरुबाट एउटा घर छनौट गरि,「आवास आवेदन खुल्लाको जानकारी」मा भएको आवेदन फारम भरि यसलाई खाममा राखी जनवरी १६ तारिक सम्ममा पठाउनुहोला। धेरै आवेदन आएको खण्डमा गोलाप्रथा हुनेछ।
  • घर सर्न मिल्ने दिन = मार्च २९ तारिक (शुक्रबार) (योजना)
  • आवेदन दिन मिल्ने व्यक्ति=तलका निम्न मापदण्डहरु पूरा गर्नेहरू
  1. हाल आवासको समस्या भएकाहरु
  2. आवेदक आफैले २० वर्ष मुनिको बच्चाको हेरविचार गर्नु हुने एकल-अभिभावकको परिवार, वा विद्यालय जान सुरु गर्नु नभएको बच्चा भएको परिवार, अथवा १८ वर्ष मुनिका ३ वा सोभन्दा बढी बच्चाहरू भएको परिवार
  3. यस सिटीमा बसोबास वा काम भएकाहरु। यस बाहेक, निश्चित रकम भन्दा कम आयआर्जन भएको मापदण्ड पनि हुने। विस्तृत जानकारीको लागि「आवास आवेदन खुल्लाको जानकारी」हेर्नु होला।

आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरु आदिले भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क:सेन्दाई सिटी शहर निर्माण तथा सार्वजनिक निगम बिभाग ०२२३६०४-२१४-

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917