ページID:72733

更新日:2024年2月13日

ここから本文です。

2024 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)फेब्रुअरी अंक

नगर करको विवरण बुझाउन पर्ने बारे

नगर कर बुझाउन जाने स्थानको भीडभाड रोकथामको लागी, नगर करको रशिद बिबरण हुलाक मार्फत बुझाउनुहोला।

<नगर करको विवरण बुझाउन आवश्यक पर्ने व्यक्तिहरु>

  • २०२४ जनवरी १ तारिकका दिन सम्ममा, यस नगरको बासिन्दा भई, निम्नलिखित「नगर करको विवरण बुझाउन नपर्ने व्यक्तिहरु」मा नपर्नुहुनेहरु (२०२३ मा आम्दानी नभएकाहरुले पनि विवरण बुझाउन पर्ने । विवरण नबुझाएको खण्डमा,कर छुटको प्रमाणपत्र आदि जारी नहुने हुनाले,सावधान रहनुहोला।) 

<नगर करको विवरण बुझाउन नपर्ने व्यक्तिहरु>

  • आयकर फिर्ताको लागि आवेदन दिने व्यक्तिहरु
  • आम्दानीको स्रोतमा तलब मात्र भएको अथवा सरकारी पेन्सन मात्रको आम्दानीको स्रोत भएको (आर्थिक बर्षको बिचदेखि जागिर गर्न थाली वा अवकाश लिई,वर्षको अन्त्यमा कर समायोजन नगरेका व्यक्तिहरु र चिकित्सा खर्च आदिको रकम फर्छ्यौट पर्चीमा सूचीबद्ध नगरिएका र फिर्ता पाउनुपर्ने भएको खण्डमा विवरण बुझाउनुपर्ने।
  • माथि उल्लेखित बुँदाहरूमा पर्नु हुने आश्रीत व्यक्तिहरु आदि (एकै घर परिवारको पति/पत्नी वा आश्रीत व्यक्ति) (सेन्दाई नगर बाहेक अन्य ठाउँमा बसोबास गर्ने व्यक्तिहरुमा आश्रीत व्यक्तिहरुले विवरण बुझाउन पर्ने।)

नगर कर विवरण बुझाउने स्थान
※खुल्ने अवधि=फेब्रुअरी १६ तारिक(शुक्रबार)~मार्च १५ तारिक(शुक्रबार)(कार्यालय बन्द हुने दिन बाहेक)
विवरण बुझिने समय ९:०० बजे देखि ११:३० बजे देखि 、१:०० बजे सम्म ४:०० बजे सम्म
स्थान आऐरु पाँचौं तल्लाको प्रदर्शनी क्षेत्रको विशेष स्थान ( आओबा वार्ड, वाकाबयासी वार्ड, ताईहाकु वार्डको बैकल्पिक स्थान), मियागीनो वार्ड कार्यालयको छैटौं तल्लाको हल, इजुमी वार्ड कार्यालयको पूर्वी सरकारी भवनको पहिलो तल्लाको मुख्य सम्मेलन कक्ष
विवरण बुझिने समय ९:३० बजे देखि ११:३० बजे देखि、१:०० बजे सम्म ४:०० बजे सम्म
स्थान मियागी सामान्य शाखा कार्यालयको तेस्रो तल्लाको सम्मेलन कक्ष
※खुल्ने अवधि=फेब्रुअरी २६ तारिक(सोमबार)~मार्च १५ तारिक(शुक्रबार)(कार्यालय बन्द हुने दिन बाहेक)
स्थान आकियु सामान्य शाखा कार्यालयको दोस्रो तल्लाको सम्मेलन कक्ष
सम्पर्क: नगर कर बिभाग【आओब वार्ड・इजुमी वार्ड 】०२२-२१४-८६३७,【मियागीनो वार्ड・वाकाबायाशी वार्ड・ताइहाकु वार्ड】०२२-२१४-८६३८

कर सम्बन्धि जानकारी

आय कर, नगर करको विवरण बुझाउने अवधि मार्च १५ तारिक (शुकबार) हो। विवरण बुझाउन पर्ने व्यक्तिहरुले तोकिएको अवधि भित्रमा विवरण बुझाउनु हुन अनुरोध गर्दछौ।
त्यसैले, आय करको विवरणको लागि विद्युतीय माध्यम(e-tax), नगर करको विवरणको लागि हुलाक मार्फत विवरण पेश गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं।
<माई नम्बर कार्डको विवरण र व्यक्तिगत नम्बर पुष्टि गर्न सकिने कागजपत्रहरू आदिको बारेमा>

  • आय कर विवरण बुझाई कर संयोजन र नगर करको विवरण दुवै बुझाउँदा, कर फिर्ता फारम, पेशकर्ता स्वयम, कर कटौती लक्षित योग्य व्यक्ति (एकै घर परिवारको) पति/पत्नी अथवा अन्य आश्रित परिवारको माई नम्बर पनि उल्लेख गर्न आवश्यक पर्दछ।
  • करको विवरण पेश गर्ने समयमा पेशकर्ताले आफ्नो व्यक्तिगत नम्बर पुष्टि हुने कागजपत्र र आफ्नो पहिचान खुलाउने कागजपत्रको प्रमाण पेश गर्न आवश्यक पर्नेछ। (कर कटौतीका लागि लक्षित व्यक्ति (एकै घर परिवारको) पति/पत्नी अथवा अन्य आश्रित परिवारको माई नम्बरको सम्बन्धमा पुष्टिकरणको कागजपत्र पेश गर्न आवश्यक पर्ने छैन।)

आय कर विवरण बुझाउने बारेमा सम्पर्क गर्न :
सेन्दाई किता कर कार्यालय ०२२-२२२-८१२१ , सेन्दाई नाका कर कार्यालय ०२२-७८३-७८३१ , सेन्दाई मिनामी कर कार्यालय ०२२-३०६-८००१

बालबच्चा पालन-पोषण भत्ता प्राप्त गर्नेलाई केहीसमयको लागि सहायता रकम दिइनेछ

उच्च मुल्यबृद्धि बाट प्रभावित, बालबच्चा पालन-पोषण भत्ता प्राप्त गर्ने परिवारहरूलाई विशेष प्रभाव परेको हुँदा, प्रति घरपरिवार ३०,००० येन प्रदान गरिनेछ। 

  • लक्षित बर्ग= २०२३ नोभेम्बर अथवा डिसेम्बर महिनाको लागिको बालबच्चा पालन-पोषण भत्ता प्राप्त गरेको परिवार
  • भुक्तानी गरिने मिति = फेब्रुअरी २९ तारिक (बिहीबार) को (योजना)
  • भुक्तानीको लागी लक्षित परिवारहरूलाई, फेब्रुअरी ७ तारिक मा 「भुक्तानी गरिएको सूचना」पठाउने योजना छ। थप जानकारीको लागि, नगरको वेबसाइटमा जानुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क: बालबच्चा पालन-पोषण भत्ता प्राप्त गर्नेहरुलाई केहीसमयको लागि दिइने सहायता रकम कल सेन्टर ०१२०-७१०-०६३

उच्च मूल्य विरुद्ध न्यून आय भएका घरहरूलाई आकस्मिक सहायता भत्ता प्रदान गरिनेछ।

उच्च मूल्य विरुद्ध न्यून आय भएका घरहरूलाई दिइने आकस्मिक सहायता भत्ता को बारेमा, सरल जापानिज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी, नेपाली भाषाहरुमा पनि हेर्नसकिन्छ।
नेपाली

नयाँ कोरोना भाइरसको खोप लगाउने सम्बन्धि सूचना

नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा, जापानीज, सरल जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सक्नुहुन्छ।
नेपाली

 बिधालयमा नयाँभर्ना तयारी खर्चको लागि ऋण प्रणालीको जानकारी

  • आवेदन अवधि=मार्च २९ तारिक(शुक्रबार)
  • लक्षित बर्ग=आवेदन दिने समय सम्ममा ६ महिना भन्दा बढी नगर भित्र बसोबास गरेको भई, हुर्काउदै गरेको बच्चा अथवा विद्यार्थीको विद्यालय भर्ना गर्दा लाग्ने खर्च भार बहन गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएका घरपरिवारहरू
  • ऋण दिइने रकमको सीमा आदि= 
  1. प्राथमिक, माध्यामिक विद्यालय (जीवनयापन कल्याणकारी सहयोग प्राप्त गरिरहेको परिवार बाहेक) / ५०,००० येन सम्म
  2. सरकारी उच्च माध्यामिक विद्यालय / १,००,००० येन सम्म
  3. निजी उच्च माध्यामिक विद्यालय / १,५०,००० येन सम्म

कुनैको पनि ब्याज नलाग्ने 

  • ऋण फिर्ता= दुई महिना कटेपछिको, २० महिना भित्र (एक लाख पचास हजार येन ऋणको खण्डमा ३० महिना भित्रमा)
  • ऋण दिनको लागि छानबिन हुनेछ
  • नगर भित्रमा बसोबास गरिरहेका एक जना ग्यारेन्टरको आवश्यक पर्दछ
  • आवेदन दिने तरिका आदि, विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस

सम्पर्क=आफु बसोबास गरिरहेको वार्डको समाज कल्याण परिषद्को प्रत्येक वार्ड, शाखा कार्यालय
आओबा वार्ड ०२२-२६५-५२६० आओबा वार्डको मियागी शाखा ०२२-३९२-७८६८ मियागीनो वार्ड ०२२-२५६-३६५०
वाकाबायाशी वार्ड ०२२-२८२-७९७१ ताइहाकु वार्ड ०२२-२४८-८१८८ इजुमी वार्ड ०२२-३७२-१५८१

J-अलर्टको राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण कार्य गरिने

भुकम्प,सुनामी वा सशस्त्र आक्रमण आदि भएको खण्ड पूर्वतयारी स्वरुप, राष्ट्रव्यापी आपतकालीन चेतावनी प्रणाली (J-अलर्ट) प्रयोग गरी राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण गरिने कार्य फेब्रुअरी ९ तारिक (शुक्रबार) बिहान ११ बजे गरिने।
त्यस दिन, नगरको वेबसाइट, नगरको आधिकारिक LINE अकाउन्ट, नगरको संकट व्यवस्थापन बिभाग X (पुरानो ट्विटर) बाट परीक्षण सूचना प्रसारण गर्ने अतिरिक्त, शहरको पूर्वी भागमा जडान गरिएको माईक द्वारा परीक्षणको अडियो पनि प्रसारण गरिनेछ। कृपया ध्यान दिनुहोस।
सम्पर्क:संकट व्यवस्थापन बिभाग ०२२-२१४-८५१९

अन्तर्राष्ट्रिय आदानप्रदान परियोजना आदिको लागि अनुदान प्रदान गरिनेछ।

पहिलो चरण
परियोजना कार्यान्वयन अवधि : अप्रिल देखि २०२५ मार्च सम्म, आवेदन अवधि: फेब्रुअरी १ तारिक देखि २९ तारिक सम्म
दोस्रो चरण
परियोजना कार्यान्वयन अवधि : जुलाई देखि २०२५ मार्च सम्म, आवेदन अवधि: मे १ तारिक देखि ३१ तारिक सम्म
तेस्रो चरण
परियोजना कार्यान्वयन अवधि : अक्टोबर देखि २०२५ मार्च सम्म, आवेदन अवधि: अगष्ट १ तारिक देखि ३१ तारिक सम्म
चौथो चरण
परियोजना कार्यान्वयन अवधि : २०२५ जनवरी देखि मार्च सम्म, आवेदन अवधि: नोभेम्बर १ तारिक देखि ३० तारिक सम्म
※आवेदनको लागि शनिबार, आइतबार र सार्वजनिक बिदाका दिनहरु बाहेक

  •  लक्षित बर्ग=मुख्य रूपमा नगर भित्र सक्रिय कृयाकलाप गरेको, अधिकांश सदस्यहरू यहि नगरमा बसोबास गरेको, काम गरेको वा विद्यालय जाने गरेको समूहहरु
  • अनुदान रकमको सीमा १,००,००० येन
  • आवेदन दिने तरिका आदि विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस

सम्पर्क:सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६०

एड्स, सिफिलिस, यौनरोग परीक्षण

  • गोपनीयता अपनाई परिक्षण गराउन सकिन्छ
  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा एकमहिना अगाडि देखि अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागिको मात्रैको फोन ०९०-४४७८-४६४१ मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।

(1)रतिको समयमा परिक्षण गरिने एड्स,सिफिलिस,यौनरोग…मार्च ७ तारिक(बिहिबार)५:३०~७: ०० /आओबा कु वडाकार्यालय परिक्षणको रिपोर्ट चाँही परिक्षण पछि सिधै सम्बन्धित व्यक्तिलाई जानकारी दिनेछौ। 

(2)बिदाको दिन परिक्षण गरिने एड्स, सोहि दिन परिक्षण गरिने सिफिलिस…मार्च २ तारिक(शनि)१:३०~३:०० /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)

(3)रातिको समय परिक्षण गरिने एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस… मार्च ८ तारिक(शुक्रबार)२२ तारि (शुक्रबार) ५:००~७:००/ AER बिल्डिङ ६ तल्ला 
परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)
(1)को लागि परीक्षण क्षमता भने पहिले आइपुग्ने व्यक्तिको आधारमा २५ जाना, र (2)र (3)को लागि परीक्षण क्षमता पनि पहिले आइपुग्ने व्यक्तिको आधारमा पहिले आइपुग्ने ३० जाना
सम्पर्क:संक्रामक रोग नियन्त्रण कार्यालय(०२२-२१४-८०२९)

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917