ページID:66248

更新日:2023年2月10日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी) फेब्रुअरी अंक

नगर करको विवरण बुझाउन पर्ने बारे।

संक्रमण फैलावट रोकथामको लागि नगर करको विवरण हुलाक मार्फत बुझाउनुहोला।
<नगर करको विवरण बुझाउन पर्नेहरु।>

  • २०२३ जनवरी १ तारिकका दिन सम्ममा,यस नगरको बासिन्दा भई,निम्नलिखित「नगर करको विवरण बुझाउन नपर्ने व्यक्तिहरु」मा नपर्नुहुनेहरु (२०२२ मा आम्दानी नभएकाहरुले पनि विवरण बुझाउन पर्ने । विवरण नबुझाएको खण्डमा,कर छुटको प्रमाणपत्र आदि जारी नहुने हुनाले,सावधान रहनुहोला।) 

<नगर करको विवरण बुझाउन नपर्ने व्यक्तिहरु>

  • आयकर फिर्ताको लागि आवेदन दिनेहरु
  • आम्दानीको स्रोतमा तलब मात्र भएको अथवा सरकारी पेन्सन मात्रको आम्दानीको स्रोत भएको (आर्थिक बर्षको बिचदेखि जागिर गर्न थाली वा अवकाश लिई,वर्षको अन्त्यमा कर समायोजन नगरेका व्यक्तिहरु र चिकित्सा खर्च आदिको रकम फर्छ्यौट पर्चीमा सूचीबद्ध नगरिएका र फिर्ता पाउनुपर्ने भएको खण्डमा विवरण बुझाउनुपर्ने।
  • माथि उल्लेखित बुँदाहरूमा पर्नु हुने आश्रीत व्यक्तिहरु आदि (एकै घर परिवारको पति/पत्नी वा आश्रीत व्यक्ति) (सेन्दाई नगर बाहेक अन्य ठाउँमा बसोबास गर्ने व्यक्तिहरुमा आश्रीत व्यक्तिहरुले विवरण बुझाउन पर्ने।)

नगर करको विवरण बुझाउने स्थान

  • खुल्ने अवधि=फेब्रुअरी १६ तारिक(बिहिबार)~मार्च १५ तारिक(बुधबार)(कार्यालय बन्द हुने दिन बाहेक)
    विवरण बुझिने समय ९:०० बजे देखि ११:३० बजे सम्म、१३:०० बजे देखि १६:०० बजे सम्म
    स्थान आऐरु पाँचौं तल्लाको प्रदर्शनी क्षेत्रको विशेष स्थान ( आओबा वार्ड,ताईहाकु वार्डको बैकल्पिक स्थान), मियागीनो वार्ड वाकाबायाशी वार्ड कार्यालयको छैटौं तल्लाको हल, इजुमी वार्ड कार्यालयको पूर्वी सरकारी भवनको पहिलो तल्लाको मुख्य सम्मेलन कक्ष
    विवरण बुझिने समय ९:०० बजे देखि ११:३० बजे सम्म、१३:०० बजे देखि १६:०० बजे सम्म
    स्थान मियागी सामान्य शाखा कार्यालयको तेस्रो तल्लाको सम्मेलन कक्ष
  • खुल्ने अवधि=फेब्रुअरी २२ तारिक(बुधबार)~मार्च १५ तारिक(बुधबार)(कार्यालय बन्द हुने दिन बाहेक)
    विवरण बुझिने समय ९:०० बजे देखि ११:३० बजे सम्म、१३:०० बजे देखि १६:०० बजे सम्म
    स्थान अकिउ सामान्य शाखा कार्यालयको दोस्रो तल्लाको सम्मेलन कक्ष

सम्पर्क: नगर कर बिभाग【आओब वार्ड・इजुमी वार्ड 】०२२-२१४-८६३७,【मियागीनो वार्ड・वाकाबायाशी वार्ड・ताइहाकु वार्ड】०२२-२१४-८६३८

कर सम्बन्धि जानकारी

आय कर,नगर करको विवरण बुझाउने अवधि मार्च १५ तारिक (बुधबार) हो। विवरण बुझाउन पर्ने व्यक्तिहरुले तोकिएको अवधि भित्रमा विवरण बुझाउनु हुन अनुरोध गर्दछौ।
 आय करको विवरणको लागि विद्युतीय माध्यम(e-tax), नगर करको विवरणको लागि हुलाक मार्फत विवरण पेश गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं।

<माई नम्बर कार्डको विवरण र नम्बर पुष्टि गर्न सकिने कागजपत्रहरू आदिको बारेमा>

  • दुवै आय कर विवरण पेश गर्दा वा नगर करको विवरण पेश गर्दा, पेशकर्ता स्वयम, कर कटौती लक्षित योग्य व्यक्ति (एकै घर परिवारको) पति/पत्नी अथवा अन्य आश्रित परिवारको माई नम्बर पनि उल्लेख गर्न आवश्यक पर्दछ।
  • करको विवरण पेश गर्ने समयमा पेशकर्ताले आफ्नो नम्बर पुष्टि हुने कागजपत्र र आफ्नो पहिचान खुलाउने कागजपत्रको प्रमाण पेश गर्न आवश्यक पर्नेछ। कर कटौतीका लागि लक्षित व्यक्ति (एकै घर परिवारको) पति/पत्नी अथवा अन्य आश्रित परिवारको माई नम्बरको सम्बन्धमा पुष्टिकरणको कागजपत्र पेश गर्न आवश्यक पर्ने छैन।

आय कर विवरण पेश गर्ने बारेमा सम्पर्क:
सेन्दाई किता कर कार्यालय ०२२-२२२-८१२१ , सेन्दाई नाका कर कार्यालय ०२२-७८३-७८३१ , सेन्दाई मिनामी कर कार्यालय ०२२-३०६-८००१

स्कूल नयाँप्रबेश तयारी खर्चको लागि ऋण प्रणालीको उपयोग गर्नुहोस ।

  • आवेदन अवधि=मार्च ३१ तारिक
  • लक्षित वर्ग=आवेदन दिने समय सम्ममा ६ महिना भन्दा धेरै नगर भित्र बसोबास गरेको भई, हुर्काउदै गरेको बच्चा अथवा विद्यार्थीको विद्यालय भर्ना गर्दा लाग्ने खर्च भार बहन गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएका घरपरिवारहरू
  • ऋण दिइने रकमको सीमा आदि=
  1. प्राथमिक,माध्यामिक विद्यालय (जीवनयापन कल्याणकारी सहयोग प्राप्त गरिरहेको परिवार बाहेक) ५०,००० येन सम्म
  2. सरकारी उच्च माध्यामिक विद्यालय/ १,००,००० येन सम्म
  3. निजी उच्च माध्यामिक विद्यालय/ १,५०,००० येन सम्म 

कुनैको पनि ब्याज नलाग्ने ।

  • ऋण फिर्ता=दुई महिना कटेपछिको, २० महिना भित्र (एक लाख पचास हजार येन ऋणको खण्डमा ३० महिना भित्रमा)
  • ऋण दिनको लागि छानबिन हुने।
  • नगर भित्रमा बसोबास गरिरहेका एक जना ग्यारेन्टरको आवश्यक पर्दछ।
  • आवेदन दिने तरिका आदि,विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस।

आवेदन अथवा सम्पर्क=आफु बसोबास गरिरहेको वार्डको समाज कल्याण परिषद्को प्रत्येक वार्ड, शाखा कार्यालय
आओब वार्ड ०२२-२६५-५२६० आओब वार्डको मियागी शाखा ०२२-३९२-७८६८ मियागीनो वार्ड ०२२-२५६-३६५०
वाकाबायाशी वार्ड ०२२-२८२-७९७१ ताइहाकु वार्ड ०२२-२४८-८१८८ इजुमी वार्ड ०२२-३७२-१५८१

अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम आदिका लागि अनुदान प्रदान गरिने

पहिलो चरण 
कार्यक्रम कार्यान्वयन अवधि:अप्रिल देखि २०२४ को मार्च सम्म, आवेदन अवधि:फेब्रुअरी १ तारिक देखि २८ तारिक सम्म
दोस्रो चरण 
कार्यक्रम कार्यान्वयन अवधि:जुलाई देखि २०२४ को मार्च सम्म, आवेदन अवधि:मई १ तारिक देखि ३१ तारिक सम्म
तेस्रो चरण 
कार्यक्रम कार्यान्वयन अवधि:अक्टोबर देखि २०२४ को मार्च सम्म,आवेदन अवधि:अगस्ट १ तारिक देखि ३१ तारिक सम्म
चौथो चरण 
कार्यक्रम कार्यान्वयन अवधि:२०२४ को जनवरी देखि मार्च सम्म, आवेदन अवधि:नोभेम्बर १ तारिक देखि ३० तारिक सम्म
※आवेदन शनिबार,आइतबार र राष्ट्रिय बिदाका दिनहरु बाहेकका दिनहरुमा

  • लक्षित वर्ग=मुख्य रूपमा नगर भित्र सक्रिय कृयाकलाप गरेको,अधिकांश सदस्यहरू यहि नगरमा बसोबास गरेको,काम गरेको वा विद्यालय जाने गरेको समूहहरु
  • अनुदान रकमको सीमा १,००,००० येन
  • आवेदन दिने तरिका आदि विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस।

सम्पर्क:सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ ०२२-२६८-६२६०

न्यून आय भई बालबच्चा हुर्काउँदै गरिराखेको परिवारहरूलाई दिईने दैनिक जीवनयापनको लागि सहयोग स्वरुप दिईने विशेष सहायता रकमको लागि आवेदन दिनुभयो ?

  1. एकल अभिभावक परिवार
    एकल अभिभावक परिवार को बारेमा सजिलो जापानिज, अंग्रेजी, चाईनिज,कोरियन,भियतनामी र नेपाली भाषामा हेर्न सक्नुहुन्छ ।
    नेपाली(External link)
  2. निवासी कर छुट प्राप्त परिवारहरू
    निवासी कर छुट प्राप्त परिवारहरू को बारेमा सजिलो जापानिज,अंग्रेजी,चाईनिज,कोरियन,भियतनामी र नेपाली भाषामा हेर्न सक्नुहुन्छ।
    नेपाली(External link)

नयाँ कोरोनाभाइरस खोप बारे जानकारी

ओमिक्रोन भाइरस विरुद्धको खोपको बारेमा सजिलो जापानिज, अंग्रेजी, चाईनिज,कोरियन,भियतनामी र नेपाली भाषामा हेर्न सक्नुहुन्छ ।
नेपाली

J-अलर्टको राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण गरिने

भुकम्प,सुनामी वा सशस्त्र आक्रमण भएको खण्ड आदिको पूर्वतयारी स्वरुप, राष्ट्रव्यापी आपतकालीन चेतावनी प्रणाली (J-अलर्ट) प्रयोग गरी राष्ट्रव्यापी सूचना प्रसारण परीक्षण फेब्रुअरी १५ तारिक (बुधबार) बिहान ११ बजे गरिने।
परीक्षणको जानकारी,नगरको वेबसाइट र संकट व्यवस्थापन बिभागको ट्विटर द्वारा गराइने बाहेक शहरको पूर्वी भागमा जडान गरिएको माईक द्वारा परीक्षणको प्रसारण पनि गरिनेछ।
सम्पर्क: संकट व्यवस्थापन बिभागको ०२२-२१४-८५१९

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917