ページID:67483

更新日:2023年4月12日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)अप्रिल अंक

9 प्रकारका HPV खोपको डोज (पाठेघरको मुखको क्यान्सर रोकथामको लागि खोप) निशुल्क खोप लगाउन सकिन्छ

अप्रिल 1 तारिक देखि, परम्परागत 2 प्रकारको डोज र 4 प्रकारको डोजको खोपको तुलनामा संक्रमण रोक्न बढी प्रभावकारी हुने, 9 प्रकारका HPV खोपको डोजको (हिटप्यापिलोमा भाइरस) संक्रमण रोगको रोकथामको लागिको खोप (पाठेघरको मुखको क्यान्सरको लागिको खोप) लगाउन सकिनेछ। 

  1. नियमित खोप
    लक्षित =प्रथामिक बिधालय 6 कक्षादेखि माध्यमिक बिधालयको 10 कक्षासम्मका महिला (2023 आर्थिक बर्षमा, 2007 अप्रिल 2 तारिक देखि 2012 अप्रिल 1 तारिकको बीचमा जन्मिएका व्यक्तिहरु लक्षित) 
  2. क्याच-अप खोप(※)
    लक्षित = 1997 अप्रिल 2 तारिक देखि 2007 अप्रिल 1 तारिक सम्ममा जन्मिएका महिला
    (※)खोपको सुरक्षा र प्रभावकारिता पुष्टि गर्नको लागि, 2013 जुन पछिको सिफारिस खोप लगाउन रोकलगाएको अवधिमा, खोप लगाउने मौका गुमाएका व्यक्तिहरुको लागि क्याच-अप खोप 2025 मार्च 31 तारिक सम्ममा लगाउने कार्य गर्दैछौ। 

1 र 2 दुवै

  • खोप लगाउने स्थान:HPV भ्याक्सिन रोकथाम खोप लगाउन दर्ता भएका चिकित्सा संस्था (बुकिंग आदिको बारेमा, दर्ता भएका चिकित्सा संस्थामा सिधै सम्पर्क गर्नुहोस)
  • खोपको संख्या:【2 प्रकारको खोपको डोज र 4 प्रकारको खोपको डोज】= 3 पटक【9 प्रकारको खोपको डोज】पहिलोपटकको खोप लगाउने सकिने चाँही 14 बर्ष सम्ममा 2 पटक, 15 बर्ष भन्दा माथिकाले लगाउने सक्ने चाँही 3 पटक
  • खोपको संख्या र लिएर जाने सामग्रीको बारेमा बिस्तृत जानकारीको लागि, सिटिको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।
    सम्पर्कको लागि:वडा कार्यालय परिवार स्वास्थ्य बिभाग, सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

नयाँ कोरोना भाइरस खोप लगाउने सम्बन्धि जानकारी

नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा, जापानिज, सरल जापानिज, अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपाली भाषाहरुमा हेर्न सक्नुहुन्छ ।
नेपाली

कर सम्बन्धि जानकारी

नगर कर भुक्तानी गरेको प्रमाणपत्र वितरण गरिनेछ

वडाकार्यालय, सामान्य शाखा कार्यालय, प्रमाणपत्र वितरण केन्द्र, सेन्दाई स्टेशन अगाडिको सेवा केन्द्रबाट, नगर करको भुक्तानी प्रमाणपत्र,कर प्रमाणपत्र आदि विभिन्न प्रकारका प्रमाणपत्रहरू (शुल्क लाग्ने) जारी गरिनेछ। 2023 आर्थिक बर्षको भुक्तानी गरेको प्रमाणपत्र वितरण गर्ने अवधि भने, तलका निम्नअनुसार छन।
・नगर तथा प्रान्तीय करको प्रमाणपत्र (तलबबाट स्वत कटौती भएको व्यक्ति), कर छुटको प्रमाणपत्र (कर छुट भएका व्यक्ति) … मे को मध्यतिरबाट 
・नगर तथा प्रान्तीय करको प्रमाणपत्र (कर सूचना कार्डको आधारमा भुक्तानी गरेका व्यक्ति, पेन्सनबाट कटौती भएका व्यक्ति) … जुन को मध्यतिरबाट
※केही प्रमाणपत्र, प्रमाणपत्र वितरण केन्द्र, सेन्दाई स्टेशन अगाडिको सेवा केन्द्रबाट वितरण गर्न नसकिने भएको हुँदा, पहिलेनै पुष्टी गर्नुहोस।
सम्पर्कको लागि:कर विभाग 022-214-8622 वडा कार्यालय कर तथा लेखा विभाग, सामान्य शाखा कर तथा निवासी बिभाग

नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन?

2022 आर्थिकबर्षको नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन? यदि भुक्तानी गर्न गाह्रो छ भने, कृपया सकेसम्म चाँडो वडाकार्यालयमा सम्पर्क गर्नुहोस।
नगर कर भुक्तानीको लागि आग्रह सम्बन्धि प्रणालीको बारेमा, जापानिज, अंग्रेजी, चाइनिज, कोरियन, भियनामी, नेपाली भाषाहरुमा हेर्न सकिन्छ।
नेपाली(External Link)

 बिधालय सहायता अनुदान प्रणालीको जानकारी

नगरपालिका भित्रको प्राथमिक र जुनियर हाई स्कूल साथै सेन्दाई सेइरियो निम्नमाध्यमिक विद्यालय (प्रारम्भिक पाठ्यक्रम) मा अध्ययनको लागि जाने बालबालिका र उनिहरुको अभिभावकलाई, आर्थिक कारणले विद्यालय जान समस्या भएकाहरूका लागि, विद्यालयका सामाग्रीहरु, विद्यालयको खाना, इत्यादिको लागि आंशिक सहयोग प्रदान गरिनेछ। 

  • लक्षित= बालबालिका पालनपोषण भत्ता प्राप्त गरिरहेको परिवार, सार्वजनिक सहायता निलम्बित वा खारेज गरिएको परिवार, परिवारको कुल आय प्रत्येक परिवार संख्या र उमेर संरचना अनुसार गणना गरिएको मानक रकम भन्दा कम भएका व्यक्ति आदि

आबेदन: नगरपालिका भित्रको अध्ययन गरिरहेको प्राथमिक, निम्नमाध्यामिक बिधालय तथा सेन्दाई सेइरियो निम्नमाध्यमिक विद्यालयमा 

सम्पर्कको लागि:शैक्षिक मामिला बिभाग 022-214-8861

बच्चा जन्माउनु अघि र पछिको अवधिमा राष्ट्रिय पेन्सन भुक्तानी छुट हुनेछ

बच्चा जन्मिने अपेक्षित मिति अथवा जन्मिने सम्बन्धित महिनाबाट 4 महिनाको अवधि (जुम्ल्याहा जन्माएको खण्डमा तिन महिना पहिलेदेखि छ महिना सम्मको अवधि) राष्ट्रिय पेन्सन भुक्तानीको लागि छुट दिइन्छ।
बच्चा जन्मिने बारेको सूचना पठाउनको लागि भने, सुत्केरी हुने दिन भन्दा 6 महिना पहिले देखि पठाउन सकिन्छ। बच्चा जन्मिए पछिपनि सूचना पठाउन सकिने छ, सूचना पठाउनको लागि समय सीमा तोकिएको छैन। तपाईले बच्चालाई जन्म दिनु अघि सूचना पेश गर्नुभएमा, बच्चा जन्मिने मिति पुष्टि गर्न सक्ने कागजपत्र (मातृबाल स्वास्थ्य बिबरण पुस्तिका, आदि) पनि लिएर जानुहोस। बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस।

  • लक्षित=राष्ट्रिय पेन्सन भाग 1 को राष्ट्रिय बिमामा दर्ता गरिएका व्यक्ति, जन्म मिति 2019 फेब्रुअरी 1 तारिक पछिको उल्लेख गरिएको 

सम्पर्कको लागि:वडाकार्यालय, मियागी सामान्य शाखा बीमा तथा कर बिभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाहको लागिको अनुरोधलाई सहयोग प्रदान गर्छौं

  • लक्षित बर्ग = सेवासंस्था आदि प्रयोग लाभ प्रमाणीकरण (नयाँ 2 नम्बर, नयाँ 3 नम्बर) सुबिधाको उपयोग लिईरहनुभएका, नर्सरी तथा प्रमाणित गरिएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, लाइसेन्स नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
  • लक्षित गरिएको उपयोग गर्न सकिने अवधि = 2023 जनवरी 1 तारिक देखि मार्च 31 तारिक
  • भुक्तानी गर्नुपर्ने अवधि = अप्रिल 20 तारिक 
  • बिस्तृत विवरणको लागि, सिटीको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस ।

सम्पर्कको लागी:सेन्दाई सिटि नि: शुल्क प्रारम्भिक बालशिक्षा केन्द्रीय कार्यालय 022-214-8978

बाल- पालनपोषण भत्ता, विशेष बाल-पालनपोषण भत्ता प्रदान गरिने रकम परिमार्जन भएको छ

कानूनको आंशिक भाग संशोधनको कारण, अप्रिल देखि भुक्तानी गरिने रकममा परिमार्जन गरिएको छ।
बाल पालनपोषण भत्ता (मे महिनामा भुक्तानी गरिने)
・पहिलो बच्चा:सबै भुक्तानी लिईदाको खण्डमा …मासिक 44 हजार एकसय चालीस 
 आंशिक भुक्तानी लिइदाको खण्डमा … मासिक 10 हजार चारसय दश येन देखि 44 हजार एकसय तिस येन
・दोस्रो बच्चा:सबै भुक्तानी लिईदाको खण्डमा …मासिक 10 हजार चारसय बिस येन थप हुने
 आंशिक भुक्तानी लिइदाको खण्डमा … मासिक 5 हजार दुईसय दश येन देखि 10 हजार चारसय दसयेन थपहुने
・तेस्रो बच्चा पछिबाट:सबै भुक्तानी लिईदाको खण्डमा … प्रति बच्चा प्रति महिना 6 हजार दुईसय पचास येन थपहुने
 आंशिक भुक्तानी लिइदाको खण्डमा … प्रति बच्चा प्रति महिना 3 हजार एकसय तिस येन देखि 6 हजार दुईसय चालीस येन थपहुने
विशेष बाल पालन-पोषण भत्ता (प्रति बच्चा) (अगष्ट महिनामा भुक्तानी गरिने)
・प्रथमश्रेणी अन्तरगत (वडाले तोकिएको अपांगता विशेष श्रेणीको आधारमा):मासिक 53 हजार सातसय येन
・दोस्रोश्रेणी अन्तरगत (वडाले तोकिएको अपांगता विशेष श्रेणीको आधारमा):मासिक 35 हजार सातसय साठी येन

 राष्ट्रिय पेन्सन भुक्तानी छुट गर्ने आदिको लागि आवेदन 2 वर्ष एक महिना पहिलेबाट 

राष्ट्रिय पेन्सन रकम भुक्तानी गर्न गाह्रो हुने भएको खण्डमा, आबेदन गर्ने मितिबाट 2 वर्ष एक महिना पहिलेदेखिको बिमा रकम छूट, भुक्तानी रोक्नको लागि आग्रह, विद्यार्थीहरुको लागी विशेष भुक्तानी छुटको लागी आवेदन दिन सक्नुहुन्छ। आबेदन
स्वीकृत भएपछि, राष्ट्रिय पेन्सन रकम भुक्तानी छुट वा रोक्का गरिनेछ।

सम्पर्कको लागि : वार्ड कार्यालयको मियागी सामान्य शाखा कार्यालय बीमा तथा पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

 नागरिक स्वास्थ्य जाँचको लागि आवेदन दिन नबिर्सनुहोला

सिटि द्वारा सञ्चालन गरिएका विभिन्न प्रकारका क्यान्सर जाँच र आधारभूत स्वास्थ्य परीक्षाको लागि पहिलो पटकको आवेदन गर्नको लागिको म्याद अप्रिल 25 तारिकबाट हो । (अवश्य) आवेदन दिने भन्ने बारे जानकारी तपाई बस्नुभएको वार्डको वार्ड कार्यालय, सामान्य शाखा कार्यालय, नागरिक केन्द्र, आदिमा उपलब्ध हुनुका साथै, सिटिको वेबसाइटबाट पनि आवेदन दिन सक्नुहुन्छ। बिस्तृत जानकारीको लागि, आबेदन सामग्रीको लागि सिटिको होमपेजमा हेर्नुहोला ।

सम्पर्कको लागि : वार्ड कार्यालय परिवार तथा स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

 राष्ट्रिय स्वास्थ्य बीमा छोडी कर्मचारी बिमामा प्रबेश गर्दा सूचना पेश गर्न नबिर्सनुहोला

राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएका व्यक्ति काम गर्ने ठाउको कर्मचारी स्वास्थ्य बीमामा सामेल हुँदा, वा परिवारको सदस्यको स्वास्थ्य बीमामा आश्रित हुँदा, कम्पनिबाट नयाँ स्वास्थ्य बीमा कार्ड आउने बित्तिकै, सकेसम्म चाँडो पुरानो स्वास्थ्य बिमा कार्ड बन्द गर्नको लागि सूचना पेश गर्नुहोस।
ध्यानपुर्याउनुपर्ने, कार्यस्थलको कर्मचारी स्वास्थ्य बीमामा प्रबेश गरेको दिनदेखि, राष्ट्रिय स्वास्थ्य बीमा कार्डको उपयोग गर्न सकिनेछैन ।

सम्पर्कको लागि:वडाकार्यालय, मियागी सामान्य शाखा बीमा तथा कर बिभाग, अकिउ सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917