ページID:68122

更新日:2023年5月15日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)मे अंक

नयाँ कोरोनाभाइरस संक्रमण रोग चाँही ५औँ स्तरमा स्थानान्तरण गरिनेछ ।

मे 8 देखि, संक्रामक रोग नियन्त्रण कानून अन्तर्गत संक्रामक रोगहरूको स्थिति निर्धारण चाँही, मौसमी इन्फ्लुएन्जा इत्यादि,"५औँ स्तर" को समान वर्गीकरणमा घटाइनेछ।

  • कोरोना पोजेटिभका बिरामी र नजिक सम्पर्कमा आएका व्यक्तिहरुका लागि, अबदेखि कानून अनुसार बाहिर हिडडुल नगर्नको लागिको अनुरोध हटाइएको छ।
  • स्वइच्छाले कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको अवस्थामा पनि, पोजेटिभ व्यक्ति दर्ता प्रणाली खारेज गरिएको छ
  • चिकित्सा खर्च(परीक्षण, उपचार खर्च आदि) पनि बीमा स्वास्थ्य जाँच अन्तर्गत, आफ्नो भागमा उठेको खर्च आफैले भुक्तानी गर्नुपर्ने हुन्छ, नयाँ कोरोनाभाइरस संक्रामक रोगको उपचार र औषधि आदि लागतको बारेमा, तत्कालका लागि भने सार्वजनिक खर्च कोषलाई निरन्तरता दिईनेछ

※प्रकाशित सामग्रीहरू भने हाललाई अप्रिल १९ तारिक हो। समान प्रकारहरुको समीक्षाको बारेमा, आवश्यकता अनुसार सिटीको होमपेजमा जानकारी गराउनेछौं। नयाँ जानकारी आदि बिस्तृत रुपमा सिटीको होमपेजमा हेर्नुहोला वा हामीलाई सम्पर्क गर्नुहोस
सम्पर्कको लागिको डायल : ०९०-१६६६-१०७६ (कार्यालय दिन ९:००बजे देखि ५:००बजे)

नयाँ कोरोना भाइरस खोप लगाउने बारेको सूचना

नयाँ कोरोना भाइरस खोप लगाउने बारेमा, जापानीज, सरल जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सक्नुहुन्छ ।
नेपाली

उच्च माध्यमिक विद्यालय आदि अध्ययन गर्नको लागि ऋण सहायता प्रणालीको जानकारी

जापान वित्त निगम सार्वजनिक कोष सर्वसाधारणको लागि शैक्षिक ऋण (राष्ट्रिय शैक्षिक ऋण) को उपयोग गरेको व्यक्तिले चलाएको ऋणको ब्याज मध्ये, उच्च माध्यमिक बिधालय आदि पढाई अवधिमा भुक्तान गरिएको ब्याजमा अनुदान दिनेछौं।

  • आवेदन अवधि = जुलाई ३ तारिक (सोम) देखि डिसेम्बर ८ तारिक (शुक्र) सम्म
  • लक्षित बर्ग: सिटि भित्र बसोबास गरेका निम्नमाध्यमिक बिधालय आदिका विद्यार्थीहरूका अभिभावक इत्यादि
  • सिटि कर भुक्तानी गरेका जस्ता आदि सर्तहरू छन।

सम्पर्क : शैक्षिक मामिला बिभाग ०२२-२१४-८८६१

 २०२३ अर्थिक वर्षको नगर तथा प्रान्तीय कर,आयकर(आयकर छुट भएको) प्रमाणपत्र (आय प्रमाणपत्र) पठाइनेछ

२०२३ जनवरी १ तारिक तपाईंको हल बसोबास भएको स्थानको वडाकार्यालय वा नगरपालिकाबाट पठाउनेछ। २०२३ अर्थिक वर्षको लागि पठाइने मिति भने,तलका निम्नानुसार छन।

  • आयकर छुट भएका व्यक्तिहरु, तलबबाट नगर तथा प्रान्तीय कर कटौती भएको व्यक्तिहरु

[पठाइने स्थान ]・काउन्टर ... मे १२ तारिक (शुक्र) बाट पठाउन सुरु गरिनेछ

・कम्बिनीयन स्टोर डेलिभरी सेवा ...मे २१ तारिक (आइत) बाट पठाउन सुरु गरिनेछ

  •  कर भुक्तानी रषिद मार्फत कर तिरेको व्यक्तिहरु,पेन्सनबाट नगर तथा प्रान्तीय कर चाँही कटौती भएको व्यक्तिहरु

[पठाइने स्थान ]・काउन्टर, कम्बिनीयन स्टोर डेलिभरी सेवा… जुन ९ तारिक (शुक्र) बाट पठाउन सुरु गरिनेछ

सम्पर्क: कर प्रणाली विभाग ०२२-२१४-८६२२ / वाडा कार्यालय कर तथा लेखा विभाग, सामान्य शाखा कार्यालय कर तथा आवाष बिभाग

तेस्रो बच्चा पछिको बच्चालाई प्राथमिक विद्यालय भर्नाको लागि सहायता रकम प्रदान गर्नेछौं

  • लक्षित बर्ग = यस आर्थिक वर्षमा प्राथमिक विद्यालयमा प्रवेश गरेका बालबालिका (तेस्रो बच्चा पछिको बच्चा) को अभिभावकहरूलाई, मे १ तारिक सम्म पनि सिटि भित्रमा बसोबास गरेका व्यक्तिहरु 
  • भुक्तानी गरिने रकम = ३०,००० येन
  • आवेदनको म्याद = मे ३१ तारिक 
  • आवेदन दिने तरिका आदिको बिस्तृत विवरणहरूको लागि प्राथमिक विद्यालय मार्फत वितरण गरिएको पर्चामा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्क: बालबालिका सहायता अनुदान बिभाग ०२२-२१४-२१३३

नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदनखुल्ला (एकल अभिभावक, बालबच्चा पालनपोषण गरेको परिवार, ठुलोपरिवार लक्षित) आबेदन मिति मे १६ तारिक सम्म

  • 「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」=मे २ तारिक (मंगल) बाट नगरपालिका कोकुबुन्चो शाखा कार्यालय भवनको दोस्रो तल्ला सेन्दाई सिटि शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग,नगरपालिका सरकारी भवनको पहिलो तल्लामा रहेको नागरिक भवन, वाडा कार्यालय सामान्य जानकारी, सामान्य शाखा कार्यालय, अओवा कु वाडा कार्यालय परिवार र निवासी दर्ता बिभाग सेन्दाई स्टेशन अगाडि सेवा केन्द्र (आएर पाचौ तल्ला), प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वाडा कार्यालयको केन्द्रीय नागरिक भवन, सेवानिवृत्ति पछि सिक्ने र सिकाउने केन्द्रबाट वितरित
  • आबेदन गर्ने तरिका =तालिका भित्रबाट एउटा छानेर,「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」शीर्षकमा संलग्न आबेदन फारम अन्तर्गतको खाममा हालेर मे १६ तारिक सम्ममा हुलाकबाट पठाउनुहोस। आबेदकहरु धेरै भएको खण्डमा चिट्ठा प्रणालीबाट छान्नेछौ।
  • कोठामा सर्न सम्भब हुने दिन = जुलाई २५ तारिक (मंगल) (को योजना)
  •  आवेदन गर्न सक्ने व्यक्तिहरु = तलका निम्न सर्तहरू पूरा गरेका व्यक्तिहरु
  1. हाल आवासको लागि समस्यामा परेका
  2. आवेदक आफै एकल अभिभावक भै २० वर्ष भन्दा मुनिको बालबच्चालाई पालनपोषण गर्दै आएको, अथवा प्राथमिक बिधालयमा जाने साना उमेरका बालबच्चा भएको परिवार, अथवा १८वर्ष भन्दा मुनिका ३जना भन्दा बढी बच्चा भै सबैजना सँगै बस्ने परिवार
  3. सिटि भित्रमा नै ठेगाना अथवा काम गर्ने ठाउँ भएको । अन्य सर्तहरू पनि छन जस्तै, निश्चित आयआम्दानी भन्दा कम भएको अवस्थामा । 
    बिस्तृत जानकारीको लागि「भाडामा बस्नको लागि आबेदन खुल्ला भएको जानकारी」मा हेर्नुहोस

आणविक बिपतको कारणले खाली गर्नुपर्ने आदेश प्राप्तभएको छेत्रहरुमा बसोबास गरिरहेका व्यक्तिहरु वा बालबालिका बिपत पीडितहरुको लागि सहयोग ऐनमा आधारित सहयोग लक्षित क्षेत्रहरूमा बसोबास गरिरहेका विस्थापित व्यक्तिहरु, पति वा पत्नी बाट हिंसाको शिकार भएका व्यक्तिहरु, अपराधीबाट पीडित भएका व्यक्तिहरुलाई भने, आवेदनको सर्तहरू फरक फरक हुनेभएकाले कृपया हामीलाई सम्पर्क गर्नुहोस।

सम्पर्कको लागि:सेन्दाई शहर निर्माण तथा सरकारी भवनमा बस्न आबेदन बिभाग ०२२-२१४-३६०४

आर्थिक वर्ष २०२२ मा बालभत्ता प्राप्त गर्नको लागि अयोग्य भएका व्यक्तिहरु, आर्थिकवर्ष २०२३ मा योग्य हुन सक्छ

तलका (1)(2) कुनै पनि अन्तर्गत पर्ने व्यक्तिहरूले २०२३ जुन महिनापछि बाल भत्ता प्राप्त गर्न सक्नेछन।

  • लक्षित बर्ग =
    (1)२०२१ को आयआम्दानीमा निर्धारित कूल आम्दानीको सीमा नाघेको भएर, २०२२ मा बाल भत्ता प्राप्त गर्नको लागि अयोग्य भएका तर
    (2)२०२२ को आयआम्दानीमा निर्धारित कूल आम्दानीको सीमा भन्दा कम भएमा 
  •  प्राप्त गर्नको लागि आवेदन गर्न आवश्यक पर्छ। आबेदन गर्ने तरिका आदिको लागि, बिस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस।

सम्पर्क : वडा कार्यालय बाल हेरचाह सहायता बिभाग, सामान्य शाखा कार्यालय बीमा तथा कल्याण विभाग

एड्स,सिफिलिस, यौनरोग परीक्षण

  • गुप्तरुपमा जाँच गराउन सकिन्छ
  • बुकिंग प्रणाली
  • आबेदन = परिक्षणगर्ने मिति भन्दा एकमहिना अगाडि ~ अघिल्लो दिन सरकारी बिदा नभएको दिन दिउँसो १ बजे देखि ४ बजे सम्म बुकिंग गर्नको लागिको मात्रैको फोन  मा फोन गर्न सकिन्छ। सिटीको होमपेजबाट पनि आवेदन दिन सक्नुहुन्छ।

(1)रतिको समय परिक्षण एड्स, सिफिलिस, यौनरोग…जुन १ तारिक(बिहीबार)५:३०~७:०० /आओबा कु वडाकार्यालय परिक्षणको रिपोर्ट चाँही परिक्षण पछि सिधै सम्बन्धित व्यक्तिलाई जानकारी दिनेछौ।

(2)बिदाको दिन परिक्षण एड्स, सिफिलिस सरकारी बिदाको दिन गरिने परिक्षण… जुन ३ तारिक(शनि)१:३०~३:०० /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)

(3)रातिको समय परिक्षण एड्स, सरकारी बिदाको दिन परिक्षण गरिने सिफिलिस… जुन ९ तारिक (शुक), 
२३ तारिक (शुक) ५:००~७:०० /स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची १-१-५)

(4) इभेन्ट एड्स, सिफिलिसको नियमित परीक्षणको दिन…जुन १० तारिक (शनि) १०:००~११:३०, २:३०~४:००/ 
आओबा कु वार्ड कार्यालय

(2)(3)(4)परीक्षणको नतिजा भने रगत परिक्ष गरेपछि १ घण्टा भित्रमा जानकारी दिनेछौं। (यदि नतिजा विचाराधीन गर्नुपर्ने भएमा भने भोलिपल्ट मात्र नतिजाको जानकारी गर्नेछौं)

(1) र (4) नम्बरको लागि परिक्षण गरिने व्यक्तिहरु भने, पहिले आउने व्यक्तिबाट २५ जना, (2) र (3)नम्बरको लागि भने,पहिले आउने व्यक्तिबाट ३० जना

सम्पर्क : संक्रामक रोग नियन्त्रण कार्यालय (०२२-२१४-८०२९)

राष्ट्रिय स्वास्थ्य बिमा शुल्क सँग सम्बन्धित बिमा समायोजन फारम पठाउनेछौं।

परिवार सदश्यको आयआम्दानी मापदण्डभन्दा कम भएको खण्डमा, राष्ट्रिय स्वास्थ्य बीमा शुल्क कम गर्न सकिने प्रणाली छ।
अघिल्लो वर्षको बीमा शुल्क कम भएको परिवारका लागि,२०२२ आर्थिक वर्ष भित्रमा आफ्नो कूलआय आकलन गर्न नसकेको खण्डमा, मे महिना भित्रमा「राष्ट्रिय स्वास्थ्य बीमा शुल्क सँग सम्बन्धित बिमा समायोजन फारम」पठाउने भएको हुँदा, मे २४ तारिक सम्ममा अवश्य पेश गर्नुहोस।
सम्पर्क : वाडा कार्यालय,मियागी सामान्य शाखा बीमा तथा पेन्सन बिभाग, आकिउ सामान्य शाखा कार्यालय स्वास्थ्य तथा कल्याण बिभाग

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917