ページID:65321

更新日:2023年1月12日

ここから本文です。

2023 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)जनवरी अंक

बिजुली,ग्याँस, खाद्यान्न आदिको मूल्य वृद्धिको लागि आपतकालीन अनुदानको आवेदनको प्रक्रिया छिटो गर्नुहोला।

यस अनुदानको बारेमा जापानिज, अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी र नेपाली भाषामा हेर्न सक्नुहुनेछ ।

नेपाली

「सुनामी इभ्याकुएसन गाईडलाईन (छैठौ संस्करण) को वितरण

सुनामीको जोखिम रहेका क्षेत्रहरु,इभ्याकुएसन स्थान,आकस्मिक स्थान्तरणको लागि आवश्यक कुराहरुको पम्फ्लेट「सुनामी इभ्याकुएसन गाईडलाईन 」संशोधन गरिएकोछ। जनवरीको दोस्रो हप्ताबाट सबै घरधुरीहरुमा वितरण गरिनेछ। पम्फ्लेट हेरी,सुनामी प्रकोपको लागि तयारी गर्नुहोला। 
सम्पर्क: प्रकोप न्यूनीकरण प्रवर्द्धन बिभाग ०२२-२१४-३०४८ 

नयाँ कोरोना भाईरस खोप सम्बन्धि जानकारी

  • ओमिक्रोन विरुद्धको खोपको बारे

नयाँ कोरोना भाईरस खोपको बारेमा सजिलो जापानिज, अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामी र नेपाली भाषामा हेर्न सकिनेछ।
नेपाली

भारी हिमपातका लागि राम्रो संग तयारी र सावधानी 

हिउँ पर्ने मौसम आउँदै गरेको हुनाले भारी हिमपातका लागि तयारी र निम्न बुँदाहरूमा साबधानी र सहयोगको आग्रह गर्दछौ।

  1. टिभी, रेडियो आदि मार्फत मौसमको जानकारी लिने गरौ।
  2. भारी हिमपातका बेला चिप्लो हुनेहुनाले चोटपटक वा दुर्घटना देखि सावधानी अपनाउदै,अति आवश्यक समय बाहेक बाहिर ननिस्किनु होला।
  3. आगो निभाउने कार्यमा अवरोध हुन सक्ने हुनाले आफ्नो घर नजिकैको फायर हाइड्रन्ट वरिपरिको हिउँ हटाउन सहयोग गर्नुहोला।
  4. सडक अवरोध वा दुर्घटना निम्त्याउने कारण हुनसक्ने हुनाले सडकमा हिउँ नफालिदिनु होला।
  5. हिउँ हटाउने कार्यमा अवरोध हुनेहुनाले सडकमा पार्किंग नगरिदिनु होला।

सम्पर्क : 1,2:संकट व्यवस्थापन बिभाग ०२२-२१४-३०४९ 3:दमकल बिभागको सुरक्षा शाखा ०२२-२३४-११११ 
4,5: सडक संरक्षण बिभाग ०२२-२१४-८३८१

नगर करको भुक्तानी म्याद अवधि

नगर करको चौथो किस्ता, नजिकैको वित्तीय संस्था मार्फत जनवरी ३१ तारिक (मंगलबार) सम्ममा तिर्नु होला। बैंक ट्रान्सफर माध्यमबाट भुक्तानी गर्नुहुने व्यक्तिहरुको पनि जनवरी ३१ तारिक(मंगलबार) बैंक खाताबाट कटौती हुनेछ ।
सम्पर्क:संकलन व्यवस्थापन विभाग ०२२-२१४-१०१०

HPV खोप (गर्भाशय क्यान्सरको खोप) आफनै खर्चमा लगाउनु भएकोहरुका लागि अनुदान प्रदान

सक्रिय रूपमा HPV खोप (गर्भाशय क्यान्सरको खोप)को प्रवर्द्धन नगरिएकाले नियमित खोपको लागि लक्षित उमेर नाघेका र आफ्नै खर्चमा खोप लगाएकाहरूलाई सरकारी खर्चमा खोप लगाउदा लागेको खर्च अनुदान दिइनेछ। 

  • खोपको लक्षित वर्ग = २०२२ अप्रिल १ तारिक सम्ममा, यस नगरको बासिन्दाको रुपमा दर्ता भई, निम्न उल्लेखित सम्पूर्ण मापदण्ड पुरा गर्नु हुनेहरु।
  1. १९९७ अप्रिल २ तारिक~२००५ अप्रिल १ तारिक सम्ममा जन्मेको छोरी मान्छेहरु ।
  2. नियमित खोपको लक्षित उमेर (प्राथमिक विद्यालयको ६ कक्षा~उच्च माध्यमिक विद्यालयको पहिलो वर्ष बराबर) भित्रमा, तेस्रो पटकसम्मको खोप नलगाउनु भएकाहरु ।
  3. नियमित खोपको लक्षित उमेर नाघिसकेपछि, २०२२ मार्च ३१ तारिक सम्ममा,देश भित्रको चिकित्सा संस्था मार्फत बाईभेलेन्ट वा क्वाड्रिभेलेन्ट को स्वैच्छिक खोप लगाई, खोपको खर्च आफैले बेहोरेको ।
  4. अन्य मापदण्डहरु पनि लागु हुने हुनाले, सम्पर्क गर्नु होला।
  • आवेदन अवधिको सिमा = २०२५ मार्च ३१ तारिक (सोमबार)
  • आवेदन दिने तरिका जस्ता विस्तृत विवरणका लागि नगरको होम पेज हेर्ने वा सम्पर्क गर्नु होला।

सम्पर्क :संक्रामक रोग नियन्त्रण कक्ष ०२२-२१४-८४५२

प्रारम्भिक बाल शिक्षा,नर्सरीमा नि:शुल्क बाल हेरचाहको लागि आवेदन

  •  लक्षित वर्ग = सेवासंस्था आदिमा प्रयोग लाभ प्रमाणीकरण (नयाँ २ र ३ अंकमा) सुबिधा लिईरहनुभएका व्यक्ति, नर्सरी तथा प्रमाणित गरिएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, इजाजतपत्र नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु।
  • उपयोग गर्नको लागि लक्षित अवधि = २०२२ अक्टोबर १ तारिक देखि डिसेम्बर ३१ तारिक सम्म
  • आवेदनको समय अवधि = जनवरी २० तारिक (शुक्रबार)
  • विस्तृत विवरणका लागि नगरको होम पेज हेर्ने वा हामिलाई सम्पर्क गर्नुहोस ।

सम्पर्क: सेन्दाई नगर नि:शुल्क प्रारम्भिक बाल शिक्षा प्रवर्द्धन कार्यालय- ०२२-२१४-८९७८

२० वर्षको भए पछि राष्ट्रिय पेन्सन

 २० वर्षको भएको व्यक्तिहरु, कल्याण पेन्सनमा दर्ता भएकाहरु बाहेकका लागि जापान पेन्सन सेवा द्वारा, राष्ट्रिय पेन्सनमा दर्ता हुनु भएको कुराको जानकारी गराउदछौ। राष्ट्रिय पेन्सन बुढेसकाल लागे पछि मात्र नभई, रोग या चोटपटकका कारणले असाय भएको वा पेन्सनमा दर्ता सदस्यको मृत्यु भएको खण्डमा, मृतकको परिवारलाई पैसा दिईने हुनाले, भैपरीको लागि तयारी पनि हुनेछ।
बीमा शुल्कको भुक्तानीमा समस्या आएको खण्डमा, बीमा शुल्क भुक्तानीको मिनाहाको लागि आवेदन दिनमिल्ने हुनाले परामर्श गर्नु होला । (आम्दानीको परीक्षण हुने)
सम्पर्क:वार्ड कार्यलय,मियागी सामान्य शाखा बीमा र पेन्सन बिभाग ,अकिउ सामान्य शाखा स्वास्थ्य र कल्याण बिभाग

विशिष्ट चिकित्सा परीक्षण गर्नुभयो ?

राष्ट्रिय स्वास्थ्य बीमाको विशिष्ट परीक्षण अवधि जनवरी ३१ तारिक (मंगलबार) सम्म हुनेछ। परीक्षण नगराउनु भएको व्यक्तिहरुले चाँडो परीक्षण गराउनु होला।

  • लक्षित वर्ग = राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएको र (२०२३ मार्च ३१ गतेका दिनमा ) ४० वर्ष देखि ७४ वर्ष सम्मको उमेर पुगेका व्यक्तिहरु।
  • लिएर आउनु पर्ने कुराहरु = विशिष्ट चिकित्सा परीक्षण टिकट(पहिले नै सबैलाई पठाईएको हुने ),राष्ट्रिय स्वास्थ्य बीमा कार्ड
  • दर्ता गरिएका चिकित्सा संस्थामा परीक्षण गराउनुहोला ।
  • परीक्षणको बेलामा राष्ट्रिय स्वास्थ्य बीमाको लागि आफ्नो योग्यता गुमाएकाहरूले परीक्षण गराउन मिल्ने छैन।
  • विशिष्ट चिकित्सा परीक्षण टिकट नभएको व्यक्तिहरुले आफु बस्ने वार्डको सामान्य शाखा कार्यलयमा आफ्नो बीमा कार्ड लिएर गई, पुन: जारीको प्रक्रिया पुरा गर्नु होला।

सम्पर्क: वडा कार्यालयको परिवार स्वास्थ्य बिभाग, सामान्य शाखा कार्यालयको स्वास्थ्य तथा कल्याण बिभाग

राष्ट्रिय स्वास्थ्य बीमा दर्ता प्रक्रिया पूरा गर्नुभयो?

 काम छोड्नु भएको वा बेरोजगार जस्ता कारणले आफ्नो कार्यस्थलको स्वास्थ्य बीमाबाट बाहिरिनु भएको अवस्थामा, राष्ट्रिय स्वास्थ्य बीमा दर्ता प्रक्रिया पुरा गर्नुपर्दछ (स्वैच्छिक स्वास्थ्य बीमामा दर्ता हुनुभएको वा परिवारको सदस्यको स्वास्थ्य बीमामा निर्भर हुनुभएको अवस्थामा बाहेक)।
 कार्यस्थलको स्वास्थ्य बीमाबाट बाहिरिनु भएको मिति नै राष्ट्रिय स्वास्थ्य बीमामा दर्ता भएको मिति हुने भई, दर्ता भएको अर्को महिनाबाट बीमा रकम लाग्नेछ । बीमा दर्ता प्रक्रियामा ढिला भएमा पनि त्यही लागू हुने।
दर्ता प्रक्रिया पूरा गर्नुभएको छैन भने, कृपया चाँडो गर्नुहोला ।
सम्पर्क = वार्ड कार्यालय, मियागी सामान्य शाखा कार्यालयको बीमा र पेन्सन बिभाग, अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य र कल्याण बिभाग

राष्ट्रिय स्वास्थ्य बीमाको चिकित्सा खर्चको बारेमा जानकारी पठाउने

 अस्पताल आदिमा परीक्षण गराउदा लाग्ने खर्चको कुल रकम आदि उल्लेखित, राष्ट्रिय स्वास्थ्य बीमाको 「चिकित्सा खर्चको जानकारी」, २०२२ को जनवरी देखि अक्टुबर महिना सम्मको परीक्षणको भाग जनवरी महिनामा र नोबेम्बर देखि डिसेम्बर सम्मको परीक्षणको भाग मार्च महिनामा पठाउनछौ।

  • यस जानकारी कर फिर्ता आवेदनमा चिकित्सा खर्च कटौतीको लागि प्रयोग गर्न मिल्दछ।
  • पुन:जारी गर्न नमिल्ने हुनाले राम्रोसंग राख्नु होला।

सम्पर्क:वार्ड कार्यालय,मियागी सामान्य शाखा कार्यालयको बीमा र पेन्सन बिभाग,अकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य र कल्याण बिभाग

नगरीय आवासमा निवासीको आवेदन खुल्ला (एकल अभिभावक, बच्चा हुर्काउदै हुनुहुने, एक भन्दा धेरै बच्चा भएको घरपरिवारहरूको लागि)
जनवरी १६ तारिक सम्म आवेदन बुझिने

  • 「आवास आवेदन खुल्लाको जानकारी」=जनवरी ६ तारिक (शुक्रबार) देखि नगरपालिकाको कोकुबुन्चो शाखा कार्यालयको दोस्रो तल्लाको सेन्दाई नगर निर्माण सार्वजनिक निगम बिभाग,नगरपालिकाको मुख्य सरकारी भवनको पहिलो तल्लामा रहेको नागरिक कक्षमा,वडा कार्यालयको सामान्य जानकारी,सामान्य शाखा कार्यालय,आओबा वार्ड कार्यालयको नागरिक दर्ता बिभाग सेन्दाई एकिमाए सेवा केन्द्रको (आएरु ५ तल्ला ),प्रमाणपत्र वितरण केन्द्र, प्रत्येक वार्ड कार्यालयको केन्द्रीय नागरिक केन्द्र,आजीवन सिकाई विभाग आदिमा वितरण गरिन्छ ।
  • आवेदनको प्रक्रिया : उल्लेखित घरहरुबाट एउटा घर छनौट गरि,「आवास आवेदन खुल्लाको जानकारी」मा भएको आवेदन फारमलाई खाममा राखी जनवरी १६ सम्ममा पठाउनुहोला । धेरै आवेदन आएको खण्डमा गोलाप्रथा हुनेछ।
  • घर सर्न मिल्ने दिन = मार्च ३० तारिक (बिहिबार) (योजना)
  • आवेदन दिन मिल्ने व्यक्ति=निम्न मापदण्डहरु पूरा गर्नेहरू
  1. हाल आवासको समस्या भएकाहरु।
  2. आवेदक आफैले २० वर्ष मुनिको बच्चाको हेरविचार गर्नु हुने एकल-अभिभावकको परिवार, विद्यालय जान सुरु गर्नु नभएको बच्चा भएको परिवार , अथवा १८ वर्ष मुनिका ३ वा बढी बच्चाहरू भएको परिवार।
  3. यस नगरमा बसाई वा काम भएकाहरु। यस बाहेक, निश्चित रकम भन्दा कम आय भएको मापदण्ड पनि हुने। विस्तृत जानकारीको लागि 「आवास आवेदन खुल्लाको जानकारी」हेर्नु होला।

आणविक प्रकोपका कारण सुरक्षित स्थानमा सर्न निर्देशन पाएको क्षेत्रमा बसोबास गर्ने व्यक्ति वा बालबच्चा,प्रकोप पीडितहरूको सहयोग ऐनमा आधारित अनुदानद्वारा लक्षित क्षेत्रहरूमा बसोबास गर्नेहरू,घरेलु हिंसाका पिडितहरू,अपराधिक गतिबिधिका पिडितहरूको आवेदनको मापदण्डहरु फरक हुने भएकोले सम्पर्क गर्नुहोला !
सम्पर्क:सेन्दाई नगर निर्माण सार्वजनिक निगम बिभाग ०२२-२१४-३६०४

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917