ページID:64743

更新日:2022年12月12日

ここから本文です。

2022 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी)डिसेम्बर अंक

★२०२३ मा सेन्दाई नगरको 【हाताचि नो चुदोई】जनवरी ८ गते,आइतवार को दिन आयोजना गरिनेछ।

  • समय =【पहिलो चरण (आओबा वार्ड र इजुमी वार्डको बासिन्दाहरुका लागि) 】१२:००~१२:३० (११:०० मा प्रवेश खुल्ने ),
     【दोस्रो चरण (मियागिनो-वार्ड, वाकाबायाशी-वार्ड र ताइहाकु-वार्डको बासिन्दाहरुका लागि) 】 १५:००~१५:३० 
    (१४:००मा प्रवेश खुल्ने)※ तोकिएको चरणमा सहभागी हुन गार्हो भएमा,अर्को चरणमा सहभागी हुन मिल्नेछ।
  • स्थान=खामेइ एरिना सेन्दाई (सेन्दाई नगरको खेलकुद हल )
  • लक्षित समुह=सेन्दाई नगरमा बसोबास गर्ने, २००२ को अप्रिल २ देखि २००३ को अप्रिल १ गते सम्ममा जन्मेका ( १० महिनाको मसान्त सम्म सेन्दाई नगर बासिन्दाका रूपमा दर्ता भएकाहरूकालागि ११ महिनाको अन्त्य देखि निमन्त्रणा पत्र पठाइनेछ।निमन्त्रणा पत्र नपाएकाले पनि सहभागी हुन मिल्नेछ।)
  • निमन्त्रणा पत्रमा भएको QR कोड अथवा नगरको होमपेज मार्फत सम्बन्धित फारममा एक्स्सेस गरि, १२ महिना ११ गते सम्ममा सहभागिताको लागि दर्ता गर्नुहोस।
  • त्यस दिन मार्ग निर्देशनको पालना गर्नु होला।
  • पार्किङको प्रयोग गर्न मिल्ने छैन। कृपया सार्वजनिक यातायातको प्रयोग गर्नुहोला।
  • रक्सी जन्य पदार्थ बोकेको वा सेवन गरेको व्यक्तिलाई प्रवेश निषेध गरिनेछ।

सम्पर्क: आजीवन सिकाई विभाग (०२२-२१४-८८८७)

बिजुली, ग्याँस, खाध्यान आदिको मूल्य वृद्धिको लागी आकस्मिक अनुदान प्रदान गरिने। 

अनुदानको बारेमा, जापानिज, अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी र नेपाली भाषामा हेर्न सकिन्छ।
नेपाली

नयाँ कोरोनाभाइरस बिरुद्ध खोप लगाउने सम्बन्धि जानकारी

  • ओमिकोरोनं बिरुद्ध खोप सम्बन्धि जानकारी

नयाँ कोरोनाभाइरस बिरुद्ध खोप लगाउने बारेमा, जापानी, अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी र नेपाली भाषामा हेर्न सकिन्छ।

नेपाली

वर्षको अन्त्यबाट नयाँ वर्षको सुरुको दिनसम्ममा नगरको कामकाज 

नगरको काम, डिसेम्बर २९ तारिक (बिहिबार) देखि जनवरी ३ तारिक (मंगलबार) सम्म बिदा रहनेछ । वर्षको अन्त्य र नयाँ वर्ष सुरुको समयमा, वडा कार्यालय आदि ठाउँको काउन्टरहरूमा धेरै भीडभाड हुनेहुँदा, कार्यालय सम्बन्धित केही कामकाजको प्रक्रिया गर्नुपरेमा जतिसक्दो चाँडो गर्नुहुन अनुरोध गर्दछौ।

  • वडा कार्यालय
    विवाह दर्ता, मृत्यु दर्ता आदि पारिवारिक दर्ता को स्वीकृति, दाहसंस्कार अनुमतिपत्र जारी, डिसेम्बर २९ तारिक (बिहिबार) देखि जनवरी ३ तारिक (मंगलबार) सम्म पनि वडा कार्यालय, सामान्य शाखा कार्यालयको सुरक्षा कोठामा २४ सै घण्टा (आकिऊ सामान्य शाखा कार्यालय चाँही बिहान ८:३० बजे देखि बेलुका ८:०० बजे) सम्म सेवा उपलब्ध हुनेछ।
  • नगरद्वारा संचालित बस र रेल सेवा
    सञ्चालन समय तालिका र काउन्टरको समयमा परिवर्तन हुनेछ। बिस्तृत जानकारीको लागि यातयात बिभागको होमपेजमा हेर्ने अथवा यातयात बिभागको सूचना केन्द्र(०२२-२२२-२२५६ (डिसेम्बर २९ देखि (बिहिबार)देखि जनवरी ३ तारिक (मंगलबार) सम्ममा बिहान ८:३० बजे देखि बेलुका ५ :०० बजेसम्म )मा सम्पर्क गर्नुहोला।
  • ग्यास, खानेपानी
    तल उल्लेखित काउन्टरहरु नयाँ वर्षको समय (डिसेम्बर २९ तारिक (बिहिबार) देखि जनवरी ३ तारिक (मंगलबार) पनि २४ सै घण्टा खुल्ला रहनेछ।
  1. ग्यास बिभाग सुरक्षा समिति ०२२-२५६-२१११(ग्याँस चुहावट आदिको काउन्टर)
  2. खानेपानी मर्मत सेवा केन्द्र ०२२-३०४-३२९९(पानीको पाइप फुटेको, पानी चुहावट आदिको काउन्टर)
  • ढल
    ढलको मुख्य पाइपमा वा सार्वजनिक ढलको च्याम्बर थुनिएमा, सार्वजनिक म्यानहोल वा ढलको पाइप फुटेको आदि अवस्थामा, नगरपालिकाको सुरक्षा कक्ष (०२२-२६१-२१११) मा सम्पर्क गर्नुहोस। आफ्नो घरको ढलको उपकरणमा समस्या आएको खण्डमा मर्मत कम्पनिमा सिधै सम्पर्क गर्नुहोस।
  • संघसंस्थाहरु बन्दहुने बारेमा
    खेलकुद संस्था, शैक्षिक संस्था, सांस्कृतिक संस्था आदिको बन्द हुने समयहरु फरकफरक हुनेछन। बिस्तृत विवरणहरूको लागि प्रत्येक संस्थामा सम्पर्क गर्नुहोस्।
  • फोहोर संकलन आदि
    फोहोर संकलन गर्ने दिनको पालना गरि, संकलन गर्ने दिनको बिहान सबेरै देखि ८:30 बजे सम्ममा, फोहोर संकलन गर्ने स्थानमा लगेर राखिदिनुहोला।
    सम्पर्क : आफ्नो वार्डको वातावरण कार्यालय
    आओबा वातावरण कार्यालय ०२२-२७७-५३००
    मियागीनो वातावरण कार्यालय ०२२-२३६-५३००
    वाकाबायासी वातावरण कार्यालय ०२२-२८९-२०५१
    ताइहाकु वातावरण कार्यालय ०२२-२४८-५३००
    इजुमी वातावरण कार्यालय ०२२-७७३-५३००

नगरपालिकाको सरकारी आवासमा बस्नको लागि आवेदन खुल्ला - १२ महिना १६ गते सम्म आवेदन बुझिने

  • 「आवास आबेदन खुल्लाको जानकारी」=१२ महिना ६ गते (मंगलबार ) देखि नगरपालिकाको कोकुबुन्चो शाखा कार्यालयको दोस्रो तल्ला,सेन्दाई नगर निर्माण सार्वजनिक निगम बिभाग,नगरपालिकाको मुख्य सरकारी भवनको पहिलो तल्लामा रहेको नागरिक कक्षमा,वडा कार्यालय सामान्य जानकारी,सामान्य शाखा कार्यालय,आओबा वार्ड कार्यालय नागरिक दर्ता बिभाग सेन्दाई एकिमाए सेवा केन्द्र (आएरु ५ तल्ला ),प्रमाणपत्र वितरण केन्द्र,प्रत्येक वार्डको केन्द्रीय नागरिक केन्द्र,आजीवन सिकाई विभाग इत्यादिमा वितरण गरिन्छ।
  • आवेदनको प्रक्रिया : उल्लेखित घरहरु बाट एउटा घर छानी,「आवास आबेदन खुल्लाको जानकारी」मा भएको आवेदन फारमलाई खाममा राखी डिसेम्बर १६ सम्ममा पठाउनुहोला। धेरै आवेदन आएको खण्डमा गोलाप्रथा हुनेछ।
  • घर सर्न मिल्ने दिन =३ महिनाको १ गते (बुधबार ) (योजना )
  • आवेदन दिन मिल्ने व्यक्ति=निम्न मापदण्डहरु पूरा गर्नेहरू
  1. हाल आवासको समस्या भएकोहरु।
  2. हाल सँगै बस्ने वा सँगै बस्न चाहने आफन्त भएकाहरु।
  3. यस नगरमा बसाई वा काम भएकोहरु। यस बाहेक, निश्चित रकम भन्दा कम आय भएको मापदण्ड पनि हुने। थप जानकारीको लागि 「आवास आबेदन खुल्लाको जानकारी」हेर्नु होला।

आणविक प्रकोपका कारण सुरक्षित स्थानमा सर्न निर्देशन पाएको क्षेत्रमा बसोबास गर्ने व्यक्ति वा बालबच्चा,प्रकोप पीडितहरूको सहयोग ऐनमा आधारित अनुदानद्वारा लक्षित क्षेत्रहरूमा बसोबास गर्नेहरू, घरेलु हिंसाका पीडितहरू,अपराधिक गतिबिधिका पीडित आदिको आवेदनको मापदण्डहरु फरक हुने भएकोले सम्पर्क गर्नुहोला।
सम्पर्क:सेन्दाई नगर निर्माण सार्वजनिक निगम बिभाग ०२२-२१४-३६०४

नवजात शिशुको श्रवण/कान परीक्षण खर्चको लागि अनुदानको सुरुवात गरिएकोछ।

जनवरीको सुरुदेखि, नवजात शिशुहरूमा श्रवणशक्तिको प्रारम्भिक पहिचान र प्रारम्भिक उपचारलाई सहज बनाउनका लागि नवजात शिशुहरूको श्रवण परीक्षणको रकमको आंशिक रकम अनुदान प्रदान गरिने। 

  • लक्षित वर्ग =आमाको बसाई यस नगरमा भई, जनवरी १, २०२३ मा वा पछि जन्मेका नवजात शिशुहरू जसले जन्म भएको एक महिना भित्र पहिलो परीक्षण गरेकाहरु।
  • अधिकतम अनुदान रकम=स्वचालित ABR परीक्षण (स्वचालित श्रवण ब्रेनस्टेमको प्रतिकिया परीक्षण)] ५००० येन [OAE परीक्षण (कान ध्वनिकी उत्सर्जन)] २२०० येन।
  • बिस्तृत विवरणहरूको लागि नगरको होमपेज हेर्ने अथवा सम्पर्क गर्नुहोला।
    सम्पर्क: वडा कार्यालयको गृह स्वास्थ्य बिभाग, सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग।

राष्ट्रिय स्वास्थ्य बीमा रकम,वृद्ध चिकित्सा बीमाको रकमको भुक्तानीको विधि परिवर्तन गर्न मिल्ने।

विशेष सङ्कलन (सार्वजनिक पेन्सनबाट कटौती) को व्यक्तिहरुले, बीमा शुल्कको भुक्तानी गर्ने बिधिलाई खाता मार्फत ट्रान्सफर हुने प्रणालीमा परिवर्तन गर्न मिल्दछ। परिवर्तनका लागि इच्छुक व्यक्तिहरुले खाता मार्फत ट्रान्सफर प्रणालीको आवेदन संगै विशेष सङ्कलनको रोक्काको आवेदन बुझाउनु पर्दछ। त्यस्तै, विशेष सङ्कलन रोक्का हुने समय, आवेदन बुझाएको समय अनुसार फरक पर्दछ। सम्पर्क: वडा कार्यालय,मियागी सामान्य शाखा कार्यालयको बीमा र पेन्सन बिभाग, आकिउ सामान्य शाखा कार्यालयको स्वास्थ्य र कल्याण बिभाग।
 

 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917