Page ID: 63674

Updated: October 13, 2022

ここから本文です。

2022 मासिक प्रकाशन हुने म्यागजिन (सिसेदायोरी) अक्टोबर अंक

कर सम्बन्धित जानकारी

निवास तथा प्रान्तीय कर (केन मिन जे) को भुक्तानी गर्नुपर्ने अन्तिम म्याद

2022 आर्थिकबर्षको निवास तथा प्रान्तीय कर (केन मिन जे) को तेस्रोकिस्ता चाँही अक्टोबर 31 तारिक (सोमबार) सम्ममा भुक्तानी गर्नुहोस । साथै, बैंक ट्रान्सफर बिधिबाट भुक्तानी गर्नुहुने व्यक्तिहरूले पनि अक्टोबर 31 तारिक (सोमबार) भित्रमा ट्रान्सफर गर्नुपर्ने हुन्छ ।
सम्पर्क : बिमा रकम भुक्तानी बिभाग 022-214-1010
अक्टोबरमा तिरेको पेन्सनबाट काटिने निवास तथा प्रान्तीय कर (केन मिन जे) काटेको छ,छैन जाँच गर्नुहोस।
2022 अप्रिल 1 तारिक हाल 65 बर्ष वा सोभन्दा माथिका व्यक्तिहरु हुनुहुन्छ भने, र तपाईंको निवास तथा प्रान्तीय कर (केन मिन जे) बेंकखाताबाट आफै कटौती हुने व्यवस्था गर्नुभएको छ भने, हामी तपाईंलाई जून महिनामा तिरेको सूचना कार्ड पठाउनेछौं । कटौती गरिने रकम वा लक्षित सार्वजनिक पेन्सनको प्रकारको बारेमा पुष्टि गर्नुहोस । यदि तपाईंले सूचना कार्ड हराउनुभयो भने, पुनः पठाउने छौ ।
सम्पर्क:निवास तथा प्रान्तीय कर (केन मिन जे) बिभाग 022-214-1009

सुनामी आउँदा आफ्नो ज्यान कसरि जोगाउने भन्ने बारेमा अभ्यास गराउनेछौ

मियागी प्रान्तको समुन्द्री तटमा ठुलो सुनामीको चेतावनी जारी गरिएको छ भन्ने अनुमान गर्दै, सुनामी आउँदा आश्रयस्थलमा जाने तरिकाको अभ्यास सञ्चालन गर्नेछौ । नोभेम्बर 4 तारिक (शुक्र) बिहान 8 बजेर 48 मिनेट तिर, मियागीनो वार्ड, वाकाबायाशी वार्ड, ताइहाकु वार्ड भित्रको स्थानमा बसोबास गर्नुभएको जानकारी भएकालाई, लक्षित गरि मोबाइलफोन नम्बर आदि आफ्नो साथमा भएका व्यक्तिहरुलाई, आपतकालिन पुर्बसूचना मेल पठाउनेछौ । मेल आउँदा रिङ्गटोन बज्नेछ (यो आपतकालिन भूकम्प पुर्बचेतावनी को आवाज भन्दा फरक हुन्छ) ।
साथै, सिटि र प्रिफेक्चर 76 वटै क्षेत्रमा जडान गरिएको बाहिरी यन्त्र लाउडस्पीकर वा हेलिकप्टर, दमकल आदि द्वारा, साइरन र आवाजको साथै सुनामी आउँदा आश्रयस्थलमा जाने तरिकाको अभ्यास सञ्चालन गर्नेछौं । बाहिरी यन्त्र लाउडस्पीकर बाट निस्किने सूचना चर्को आवाज हुने हुँदा । कृपया ध्यान पुयाउनुहोस ।
सम्पर्क:विपद् न्यूनीकरण प्रवर्द्धन विभाग 022-214-3109

भालु देखि सावधान रहनुहोस 

शरद ऋतु (आकी) मा जाडो सुरुहुनु भन्दा पहिला खानाको खोजीमा भालु मानव बस्ती नजिक तिर देखा पर्न सक्छन । त्यसैले, पाकेको, टिप्नेबेला भएको बगैंचाको हलुवा बेद वा कटुस भएमा चाडैनै टिप्नेकाम गरौ । साथै, भालु देखिएको भन्ने रिपोर्ट आएको छेत्रतिरमा, बाहिर जाँदा घन्टी वा रेडियो साथमा लिएरजाने, विशेष गरी बिहान र बेलुका को समयमा सावधान रहनुहोस । यदि तपाइँ भालु सँग जम्काभेट हुनुभयो भने, नडराईकन, एक अर्काको सामना गर्दै उसलाई नजिस्क्याउने र बिस्तारै आफुपछि हट्नुहोस । 
भालुको आक्रमणको जानकारीहरु,「भालु आक्रमण हुने छेत्रको नक्सा」 आदि सिटिको होमपेजमा वा मेलबाट पठाउने सेवा (पहिलेनै दर्ता गर्नुपर्ने) भएको हुँदा त्यहाँबाट पनि जानकारी दिनेछौ ।
सम्पर्क : पर्यावरण समाज बिभाग :022-214-0013

नयाँ कोरोना भाइरस बिरुद्ध खोप लगाउने सम्बन्धि सूचना

नयाँ कोरोना भाइरस बिरुद्ध खोप लगाउने बारेमा, जापानीज, सरल जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि हेर्न सक्नुहुन्छ ।

 नेपाली

2023 अप्रिल देखि नर्सरी स्कूल, किन्डरगार्डेन आदिको लागि आबेदन खुल्ला हुनेछ। अक्टोबर 13 तारिकबाट नर्सरी स्कूल, किन्डरगार्डेन आदिको उपयोग गर्नको लागीको जानकारी वितरण गरिनेछ ।

1, नर्सरी स्कूल आदि
लक्षित / आबेदन गर्न सकिने किन्डरगार्डेन र स्कूल आदि:

  • सिटि भित्र बसोबास गरेको हुनुपर्ने, बालबालिकाको उमेर 3 बर्ष भन्दा मुनिका (2020 अप्रिल 2 तारिक पछि जन्मिएका) बालबालिका
    → नर्सरी स्कूल (नर्सरी), मान्यताप्राप्त बाल नर्सरी (नर्सरी स्कूल छेत्र), बालबालिका हेरचाह गर्ने आमा, ६ महिना पछिका बाल हेरचाह गर्ने स्थान, कार्यालयमा हुने बाल हेरचाह स्थान
  • सिटि भित्र बसोबास गरेको हुनुपर्ने, बालबालिकाको उमेर 3 वर्षभन्दा माथिको (2017 अप्रिल 2 तारिक देखि 2020 अप्रिल 1 तारिकमा जन्मिएका) बालबालिका 
     → नर्सरी स्कूल (नर्सरी), मान्यताप्राप्त बाल नर्सरी (नर्सरी स्कूल छेत्र),
  • आबेदन गर्न सकिने अवधि= नोभेम्बर 2 तारिक (बुधबार) देखि डिसेम्बर 2 तारिक (शुक्र)
  • आवश्यकता = बच्चा राख्न नर्सरीको आवश्यकताको बारेमा प्रमाणित गर्नुपर्ने कुरा (मान्यता भएको चाँही, रोजगारी, गर्भवती, सुत्केरी, बिरामी, अशक्तता तथा अपांगता, घरमा बृद्ध बाबुआमाको हेरचाह गर्दै गरेको, नर्स पेशा, प्राकृतिक बिपतको पछि समान मिलाउने कार्यले नभ्याई, जागिर खोज्नको लागि, बिधालय उपस्थित यस बाहेक अन्य परिस्थितिहरूको कारण बालबालिका हेरचाह गर्न असुबिधा भएको खण्डमा पनि नर्सरी मा राख्ने सुबिधा प्राप्त गर्न सक्नुहुन्छ ।)
  • लक्षित संस्थाहरु आदि, बिस्तृत विवरणहरूको लागि अक्टोबर 13 तारिक देखि वडाकार्यालयको नर्सरी, बाल हेरचाह सहायता बिभाग, मियागी सामान्य शाखाको स्वास्थ्य तथा कल्याण बिभाग द्वारा वितरण गरिएको प्रयोग सामाग्री अथवा होमपेजमा हेर्नुहोला ।

※कागजपत्र र अन्तरबार्ता ,परीक्षाको नतिजा आदिको अधारमा, बाल हेरचाहको लागि पर्ने उच्च आवश्यकता भएको व्यक्तिबाट को निबेदनलाई सुइकर गरि निर्णय गरिनेछ ।
※यसको वर्षको लागि पहिलेनै नर्सरी स्कूल आदीको उपयोग गर्नको लागि आवेदन गरिसकेको भएतापनि, उपयोग गर्न नसक्नु भएका व्यक्तिहरुले फेरिनिरन्तर अप्रिलबाट उपयोग गर्नुपरेको खण्डमा, नयाँ आबेदन गर्नुपर्ने आवश्यक पर्नेछ ।
आबेदन: प्रयोग सामाग्रीमा संलग्न भएको आवेदन फारम (सिटीको होमपेज बाट डाउनलोड गर्न सक्नुहुन्छ) लाई पहिलो छनोट को नर्सरी स्कूल आदि अवस्थित वडाकार्यालयको बाल हेरचाह सहायता बिभाग (मियागी सामान्य शाखाको अधिकार क्षेत्र र मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग) मा लिएर जानुहोस वा हुलाक मार्फत पठाउनुहोस ।
बिस्तृत विवरणहरूको लागि सिटीको होमपेजमा हेर्नुहोस ।

2, किन्डरगार्डेन, मान्यताप्राप्त बाल नर्सरी (किन्डरगार्डेन क्षेत्र)

  • सबै निजी किन्डरगार्डेन, मान्यताप्राप्त बाल नर्सरीमा पनि बालबालिका राखिदिने र हेरचाह गरिदिने गर्दछ ।
  • नर्सरी स्कूलको जस्तै रुपमा लामो समयसम्म बालबालिका राखिदिने र हेरचाह गरिदिने नर्सरी पनि छन ।
  • राख्न सकिने अवधि, आवश्यकता, आवेदन गर्ने तरिका, आदिको लागि प्रत्येक नर्सरी स्कूलमा सम्पर्क गर्नुहोस ।

सम्पर्कको लागि:

  1. वडाकार्यालयको बाल हेरचाह सहायता बिभाग, मियागी सामान्य शाखा स्वास्थ्य तथा कल्याण विभाग
  2. मान्यता प्राप्त सहायता विभाजन 022-214-8655

प्रारम्भिक बाल शिक्षा, नि:शुल्क बाल हेरचाहको अनुरोधलाई पनि सुइकर गर्नेर्छौं

  • लक्षित बर्ग = सेवासंस्था आदि प्रयोग गर्न सहयोगको मान्यता (नयाँ 2 नम्बर, नयाँ 3 नम्बर) सुबिधाको उपयोग लिईरहनुभएका व्यक्ति, नर्सरी साथै मान्यता पाएका बाल हेरचाह र बालबालिका राख्ने संस्था, लाइसेन्स नभएका बाल हेरचाह संस्था, थोरैसमयको लागी बालबालिका राखिदिने संस्था, बिरामी बच्चा बाल हेरचाह गर्ने संस्था, सेन्दाई सुकुसुकु सपोर्ट संस्थाको प्रयोग गर्दै आईरहनुभएका व्यक्तिहरु
  • लक्षित गरिएको उपयोग अवधि = जुलाई 1 तारिक देखि सेप्टेम्बर 30 तारिक
  • अनुरोधको लागिको अवधि = अक्टोबर 20 तारिक (बिहिबार)
  • बिस्तृत विवरणको लागि, सिटीको होमपेजमा हेर्नुहोस वा हामीलाई सम्पर्क गर्नुहोस ।

सम्पर्कको लागी:सेन्दाई सिटि नि: शुल्क प्रारम्भिक बाल शिक्षा केन्द्रीय कार्यालय 022-214-8978

अनैच्छिक रुपमा बेरोजगार भएका व्यक्तिको राष्ट्रिय स्वास्थ्य बिमा रकम कम गर्ने प्रणाली 

ब्यबसायमा टाट पल्टिएको, बर्खास्त, काम गर्ने ठाउँ फेलानपरेको आदि कारणले आफ्नो जागिर छोडेका व्यक्तिहरुलाई राष्ट्रिय स्वास्थ्य बीमा प्रिमियम घटाउने व्यवस्था छ ।
बेरोजगारी बीमा योग्य प्रमाणपत्रको जागिर छाड्दाको उमेर 65 वर्ष भन्दा मुनि भएमा, यदी जागिर छाड्नुको कारणकोड तलका मध्ये भएको खण्डमा, गत वर्षको तलब आय आम्दानीको 30% हो भनी गणना गरिनेछ । 

  1. वर्गीकरण「बिशेष योग्यता प्राप्तगरेका व्यक्ति」भै、「जागिर छोड्नुको कारण कोड」भएका11・12・21・22・31・32
  2. वर्गीकरण「विशेष कारणले कम्पनी छोड्ने व्यक्तिहरू」भै、「जागिर छोड्नुको कारण कोड」भएका23・33・34
  • कम गर्न सकिने अवधि = कारोबार गरेको दिनको पछिल्लो दिनबाट अर्को वर्षको अन्त्य सम्ममा
  • कम हुने सुबिधा पाउनको लागि निवेदन दिन आवश्यक पर्दछ
  • आवश्यक पर्ने कागजपत्र =स्वास्थ्य बीमा कार्ड, रोजगार बिमा योग्य भएको प्रमाणपत्र
  • विशेष योग्य प्राप्त गरेको प्रमाणपत्र, वृद्धवृद्धाको योग्यता प्रमाणपत्र जारी गरिएको व्यक्ति चाँही लक्ष्य भित्रमा पर्दैन

सम्पर्कको:वडाकार्यालय, मियागी सामान्य शाखा बिमा र पेन्सन बिभाग, आक्यु सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग

अर्को वसन्तमा प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिकाको स्वास्थ्य जाँच

  • स्थान = विद्यालय समयमा गरिने स्वास्थ्य परीक्षणको सूचनामा (सेप्टेम्बर अन्त्य सम्ममा हुलाकबाट पठाईसकेको) कुनै एउटा तोकिएको बिधालय छान्नुहोस 
  • लक्षित बर्ग = 2016 अप्रिल 2 तारिक देखि 2017 अप्रिल 1 तारिक सम्ममा जन्मिएको बच्चा (अभिभावकको साथमा भएका)
  • लिएरजाने कुरा = बिधालय समयमा गरिने स्वास्थ्य परीक्षणको सूचना, बिधालय समयमा गरिने स्वास्थ्यको परीक्षण पत्र, बिधालय भित्र लगाउने जुत्ता, ज्योमेट्ररी वस्क
  • सैदान्तिक रूपमा, पार्किङको समस्याको कारण आफ्नो निजी कारबाट आउन मिल्नेछैन ।
  • अभिभावकहरू लक्षित「बालबालिका खेलाउनको लागिको कक्षा (लगभग 30 मिनेट)」 सन्चालन गर्ने बिधालय पनि छ।
  • तोकिएको बिधालयहरुमा मेडिकल जाँच गराउन नसक्नु भएको खण्डमा, अन्य बिधालयमा पनि मेडिकल जाँच गराउन सक्नुहुन्छ। अवश्य पहिलेदेखिनै, तोकिएको बिधालय र मेडिकल जाँचको लागि जाने बिधालय दुवै पट्टिको बिधालयमा जानकारी गराउनुहोस ।

सम्पर्क:【स्वास्थ्य जाँच】स्वास्थ्य तथा शिक्षा महाशाखा 022-214-8881
【बालबालिका हुर्काउनको लागिको कक्षा (बालहेरचाह भएको, नभएको आदी)】प्रत्येक बिधालय तथा नियमित अध्यापन कार्य बिभाग 022-214-8887

एड्स, यौनरोग, क्लामिडिया (संभोग वा मुखमैथुन द्वारा संक्रमण) परीक्षण

  • गोपनीयताको ख्याल राखी जाँच गरिनेछ
  • बुकिंग प्रणाली अनुसार
  • आबेदन = परिक्षण गर्ने मिति भन्दा एकमहिना अगाडि ~ सरकारी बिदा नभएको दिन दिउँसो 1 बजे ~ 4 बजे अघिल्लो दिन सम्म बुकिंग गर्नको लागिको मात्रैको फोन 090-4478-4641 मा फोन गर्न सकिन्छ। 
  1. एड्स, यौनरोग, क्लामिडिया (संभोग वा मुखमैथुन द्वारा संक्रमण) रतिको समयमा परिक्षण गर्नको लागि … नोभेम्बर 10 तारिक(बिहिबार)17:30~19:00 आओबा कु वडाकार्यालयमा सम्पर्क गर्नुपर्ने
    परिक्षणको रिपोर्ट चाँही रिपोर्ट आएपछि जापानिज व्यक्तिलाई जानकारी दिनेछौ ।
  2. सरकारी बिदाको दिनमा परिक्षण गरिने एड्स र यौनरोग (सिफिलिस) एकै दिन परीक्षण गरिन्छ … नोभेम्बर 5 तारिक(शनिबार)13:30~15:00, स्वास्थ्य परामर्श कार्यालय कोसेइकान (आओबा कु मियामाची 1-1-5)
  3.  सरकारी बिदाको दिन रातिको समय परिक्षण गर्ने एड्स, यौनरोग (सिफिलिस) … नोभेम्बर 11 तारिक (शुकबार), 25 तारिक (शुकबार) 17:00~19:00 आएर 6 तल्ला

परीक्षणको रिपोर्ट चाँही रगत परिक्षण पछि लगभग 1 घण्टा भित्रमा जानकारी गर्नेछौ । (यदि निर्णय हुन बाँकी भएको खण्डमा, पछि जानकारी गरिने छ)
1, 2र 3 दुवैमा, परिक्षण क्षमता भने जो पहिले आइपुग्ने छन त्यसैको आधारमा लगभग 25 जानाको जांच गरिने,
सम्पर्कको लागि:संक्रामक रोग नियन्त्रण कक्ष(022-214-8029)

 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917